काठमाडौं । छुट्टाछुट्टै सवारी दुर्घटनामा ६ जनाको मृत्यु भएकाे छ । देशभर भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा उनीहरूकाे मृत्यु भएकाे हाे ।
भक्तपुरकाे चाँगुनारायण नगरपालिका-७ खरिपाटी भद्रकालीस्थित सडकमा बा.प्र.०२-०२५ प १४०१ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई शनिबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकलमा सवार ओखलढुङगाकाे मानेभन्ज्याङ गाउँपालिका घर भई हाल भक्तपुर खरिपाटी बस्ने ४० वर्षीय रामराज राईको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको मध्यपुर अस्पताल ठिमीमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएकाे छ । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
कञ्चनपुरकाे बेलौरी नगरपालिका-५ मैनाहस्थित सडकमा कलुवापुरबाट बेलौरीतर्फ जाँदै गरेको से.२ त २२५४ नम्बरको ट्याक्टर आफै अनियन्त्रित भई शनिबार राति दुर्घटना हुँदा चालक लालझाडी गाउँपालिका-६ चान्देउ बस्ने ३५ वर्षीय सुरेश चौधरीको घटनास्थलमै मृत्यु भएको छ ।
यसैगरी मकवानपुरकाे हेटौंडा उपमहानगरपालिका-१० बसपार्क पिपलबोटस्थित सडकमा बा.प्र.०३-००५ प ३५११ नम्बरको स्कुटरलाई प्र.२-०३-००१ ख ६८५४ नम्बरको टिपरले शनिबार दिउँसो ठक्कर दिँदा स्कुटर चालक हेटौंडा उपमहानगरपालिका-११ थानाभर्याङ बस्ने ५५ वर्षीय भिम बहादुर बिडारीको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको नयाँ मेडिकल कलेज भरतपुर चितवनमा थप उपचारको क्रममा मृत्यु भएको हो । टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यसैगरी झापाकाे बिर्तामोड नगरपालिका-५ मुक्तिचोकमा चारपानेबाट काकडभिट्टातर्फ जाँदै गरेको प्र.१-०१-००२ च १९० नम्बरको कारको ठक्करबाट मेचिनगर नगरपालिका-१२ बस्ने ११ वर्षीय सन्तोष रोकाको शनिबार राति मृत्यु भएको छ ।
ठक्करबाट गम्भीर घाइते भएका उनको बिएण्डसी अस्पताल बिर्तामोडमा उपचारको क्रममा मृत्यु भएको हो । कार चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
बाँकेकाे कोहलपुर नगरपालिका-८ पिपिरीस्थित सडकमा नेपालगंजबाट कोहलपुरतर्फ जाँदै सु.प.प्र.०२००१ख१२९१ नम्बरको हाईसको ठक्करबाट पैदलयात्री कोहलपुर नगरपालिका-८ पिपिरी बस्ने २८ वर्षीया लालसरी बुढाको शनिबार साँझ मृत्यु भएको छ ।
ठक्करबाट गम्भीर घाइते भएकी उनको मेडिकल कलेज कोहलपुरमा उपचारको क्रममा मृत्यु भएको हो । हाईस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
नवलपरासी पश्चिमकाे प्रतापपुर गाउँपालिका-७ बन्दास्थित सडकमा सूर्यपुरादेखि गुठीप्रसौनतर्फ जाँदै गरेको युपि ५६ एई ३१३५ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई शनिबार राति दुर्घटना हुँदा चालक सरावल गाउँपालिका-७ भुजहवा बस्ने ३१ वर्षीय उमेश सहनीको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको सहिद स्मृति सामुदायिक अस्पताल चौपत्ता हुँदै जिल्ला अस्पताल परासीमा उपचारको क्रममा मृत्यु भएको हो ।
सबै दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएकाे छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र ७ गते, २०८२ - १०:०१
नवलपरासी । मुख्य राजमार्ग क्षेत्रमा यात्रा गर्दा मोबाइल नेटवर्क नटिप्ने समस्याका कारण यात्रुले सास्ती भोग्दै आएको अवस्थामा समाधानका लागि नवलपुरको जङ्ग...
चैत्र ७ गते, २०८२ - ०९:५९
काठमाडौं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प नेतृत्वको प्रशासनले इरानको आणविक सामग्री सुरक्षित गर्ने वा नियन्त्रणमा लिने सम्भावित रणनीतिबारे आन्तरिक प...
चैत्र ७ गते, २०८२ - ०९:५७
काठमाडौं। ११ वर्ष कैद भुक्तान गरी हालै मात्र जेलबाट छुटेका एक व्यक्ति पुनः चोरी घटनामा संलग्न भएको आरोपमा पक्राउ परेका छन्। ललितपुरको महालक्ष्मी नग...
चैत्र ७ गते, २०८२ - ०९:५५
काठमाडौं। इरानले आफ्ना शत्रुहरूलाई लक्षित गर्दै विश्वभरका पर्यटकीय र मनोरञ्जन स्थलहरूमा प्रतिशोधात्मक आक्रमण विस्तार गर्ने धम्की दिएको छ। अल जजीराक...
चैत्र ७ गते, २०८२ - ०८:५९
काठमाडौं । भारतको बिहार क्षेत्रबाट विकसित वर्षा प्रणाली नेपाल प्रवेश गर्दै बागमती प्रदेशमा प्रभाव पार्ने सम्भावना रहेको मौसमविद्ले बताएक...
चैत्र ७ गते, २०८२ - ०८:५८
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका पूर्वसभापति गिरिजाप्रसाद कोइरालाको १६ औँ स्मृति दिवस आज विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । च...
चैत्र ७ गते, २०८२ - ०८:४३
काठमाडौं। काभ्रेपलाञ्चोकस्थित रोशी खोलामा आएको बाढी सडकमा पसेपछि बीपी राजमार्ग अवरुद्ध भएको छ। जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार...
चैत्र ७ गते, २०८२ - ०८:४१
बैतडी । बैतडीमा ट्रक दुर्घटना हुदा चार जना घाइते भएका छन् । जयपृथ्वी राजमार्ग अन्तरगत पर्ने पाटन नगरपालिका वडा न ८ ज्याफुमा नेपालगन्जबाट बझाङ जाँदै ग...
चैत्र ७ गते, २०८२ - ०८:३९
बागलुङ । नेपालको एकमात्र सिकार आरक्ष ढोरपाटनसहित बागलुङको उच्च पहाडी क्षेत्रमा भारी हिमपात भएको छ । शुक्रबार दिउँसोदेखि भएको हिमपातले ढोरपाटन सेताम्य ...
चैत्र ७ गते, २०८२ - ०८:३६
काठमाडौं । जल तथा मौसम विज्ञान विभागले हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेको जानकारी दिएको छ । हाल मधेस, बागमती, गण...


प्रतिकृया लेख्नुहोस्: