काठमाडौं । मोरङ, महोत्तरी र तनहुँबाट अवैध लागूऔषधसहित तीन जना पक्राउ परेका छन् ।
मोरङको विराटनगर महानगरपालिका-१५ एक नम्बर ढाँटबाट अवैध लागूऔषध खैरो हेरोइन ७२ मिलिग्रामसहित इलाम माङ्सेबुङ गाउँपालिका-४ बस्ने २७ वर्षीय मन बहादुर राईलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
लागूऔषध नियन्त्रण ब्यूरो बिराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
यसैगरी महोत्तरीको मनराशिस्वा गाउँपालिका-४ जाउकबाट अवैध लागूऔषध गाँजा करिब ५ सय ग्रामसहित सोही गाउँपालिका बस्ने ६५ वर्षीया सरस्वती देवी मण्डललाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ ।
अस्थायी प्रहरी पोष्ट सरपल्लोबाट खटिएको प्रहरीले मनराबाट जाउकतर्फ जाँदै गरेकी उनलाई उक्त गाँजासहित पक्राउ गरेको हो ।
तनहुँको आबुखैरेनी गाउँपालिका-४ बेनिटारबाट अवैध लागूऔषध गाँजा करिब ३ किलोसहित नुवाकोट ककनी गाउँपालिका-६ घर बताउने २७ वर्षीय ईन्द्र लामालाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
अस्थायी प्रहरी पोष्ट मुग्लिङ पुलजिपबाट खटिएको प्रहरीले काठमाडौंबाट पोखरातर्फ जाँदै गरेको ग.२ ख १५१५ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनलाई उक्त गाँजासहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र ९ गते, २०८२ - १९:३३
पोखरा । पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा जीवी राई र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध जाहेरी दिने कृष्णप्रसाद जैसी नै अर्क...
चैत्र ९ गते, २०८२ - १९:३१
काठमाडौं। विशेष अदालतले नेकपा (एमाले)का नेता तथा पूर्वमन्त्री भीम आचार्यसँग साढे दुई लाख रुपैयाँ धरौटी माग गरेको छ। पोखरा अन्तर्राष्ट्रिय विमानस्थल...
चैत्र ९ गते, २०८२ - १९:२७
काठमाडौँ । प्रायः मन्त्रालयका गेटदेखि भित्रैसम्म ‘इनडोर प्लान्ट’ का गमला सजाएर हरियाली पारिएको छ । मन्त्रालयका परिसरहरू पनि फूल रोपेर चिटिक्क देखिन्छन...
चैत्र ९ गते, २०८२ - १९:२४
सिराहा । जेनजी आन्दोलनका क्रममा केन्द्रीय कारागारबाट काठमाडौंबाट फरार एक कैदीलाई प्रहरीले सिराहाबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिराहाकै कर्जन्...
चैत्र ९ गते, २०८२ - १९:२३
महोत्तरी । सिङ्गो हिउँदमा पानी नपरेका कारण निराश बनेका महोत्तरीका किसानले राहत महसुस गरेका छन्। गत शुक्रबार र शनिबार परेको पानीले जग्गामा पर्याप्त चिस...
चैत्र ९ गते, २०८२ - १९:२०
काठमाडाैँ । न्युयोर्कस्थित महावाणिज्य दूतावासले आइतबार पेन्सलभेनिया राज्यमा घुम्ती शिविर सम्पन्न गरेको छ । उक्त शिविरबाट सेवाग्राहीले राहदानी नवीकरण, ...
चैत्र ९ गते, २०८२ - १९:१७
बैतडी । पाटन नगरपालिका–६ स्थित कृष्ण माध्यमिक विद्यालयमा पुस्तकालय स्थापना गरिएको छ । पठन संस्कृतिको विकासका लागि विद्यालयका पूर्वप्रधानाध्यपक शरदप्रस...
चैत्र ९ गते, २०८२ - १९:१६
डोटी । नेपालमा पहिलोपटक ‘सेती–कर्णाली अन्तर्राष्ट्रिय महाशिर एङ्गलिङ प्रतियोगिता’ सुरु भएको छ । नेपाल पर्यटन बोर्डको प्रवर्द्धनात्मक सहयोगमा यहाँको बो...
चैत्र ९ गते, २०८२ - १९:१४
तनहुँ । तनहुँमा चालु आर्थिक वर्षमा १८३ जना क्षयरोगका बिरामी उपचारको दायरमा आएका छन् । चालु आर्थिक वर्षको आठ महिनामा जिल्लाभित्र ती क्षयरोगी भेटिएका हु...
चैत्र ९ गते, २०८२ - १९:१२
मुगु । रारा विमानस्थलमा नेपाल एयरलाइन्सले आइतबारदेखि नियमित उडान सुरु गरेको छ।नेपालगञ्जबाट हप्तामा चार पटक, आइतबार, मङ्गलबार, बिहीबार र शुक्रबार उडान ...


प्रतिकृया लेख्नुहोस्: