कैलाली, सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले प्रदेश सरकारले खेलकुदका क्षेत्रमा बजेट बढाउने बताएको छन्।
सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्ले आज धनगढीमा आयोजना गरेको अन्तर प्रदेशस्तरीय खेलकुद र १४औँ राष्ट्रपति रनिङसिल्ड प्रतियोगिताको पदक प्राप्त खेलाडीलाई बधाई तथा सम्मान कार्यक्रममा उहाँले प्रदेश सरकारले खेलकुद क्षेत्रमा बजेट बढाउने प्रतिबद्धता व्यक्त गरे ।
मुख्यमन्त्री सोडारीले भने, “खेलकुदका क्षेत्रमा यस प्रदेशलाई स्थापित गर्न प्रदेश सरकारकातर्फबाट आगामी आर्थिक वर्ष २०८१र८२ को बजेटमा यसअघिभन्दा उत्साहपूर्ण ढङ्गले बजेट विनियोजना गर्ने प्रतिबद्धता व्यक्त गर्दछु ।”
उनले हिजोका दिनमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी उत्पादन गर्ने सुदूरले राष्ट्रपति रनिङसिल्ड प्रतियोगितामा प्रथम भएर नयाँ आशा जगाएको बताए । मुख्यमन्त्री सोडारीले पदक प्राप्त खेलाडीलाई प्रदेश सरकारले सम्मानस्वरुप सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।
राष्ट्रिय खेलकुद परिषद्ले यही वैशाख ४ देखि ६ गतेसम्म काठमाडौँमा आयोजना गरेको १४औँ राष्ट्रपति रनिङसिल्ड प्रतियोगितामा यस प्रदेशले १९ स्वर्ण, १२ रजत र १८ कास्य गरी ४९ पदक प्राप्त गरी प्रथम भएको सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्ले जनाएको छ ।
बागमती प्रदेश खेलकुद परिषद्ले विसं २०८० चैत २५ गतेदेखि यही वैशाख १ गतेसम्म चितवनमा आयोजना गरेको अन्तर प्रदेशस्तरीय खेलकुद प्रतियोगितामा सुदूरपश्चिमले २१ स्वर्ण, २१ रजत र २९ कास्य गरी ७१ पदक प्राप्त गरी दोस्रो स्थान हासिल गरेको थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २८ गते, २०८२ - १७:१४
काठमाडौँ। एसिसी यु–१९ एसिया कप क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको पहिलो खेलमा नेपाल श्रीलङ्कासँग ८ विकेटले पराजित भएको छ । दुबईको द सेभेन्स रङ्गश...
मंसिर २८ गते, २०८२ - १७:०८
काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपिएल) फाइनलमा लुम्बिनी लायन्सका कप्तान रोहितकुमार पौडेलले ह्याट्रिक पूरा गरेको छन् । ११ ओभरको चौथो, पाँचौँ र छैटौं...
मंसिर २८ गते, २०८२ - १६:४८
सुर्खेत । नेपाली कम्युनिस्ट पार्टीका नेता एवं पूर्व प्रधानमन्त्री झलनाथ खनालले नेकपा (एमाले) का नेताहरूलाई नेकपामा समाहित हुन आग्रह गरेका छन्। सुर्...
मंसिर २८ गते, २०८२ - १६:१०
संयुक्त राष्ट। संयुक्त राष्ट्र महासचिव एन्टोनियो गुटेरेसले सुडानको साउथ डारफुरमा ड्रोन आक्रमणमा कम्तीमा ३० नागरिकको मृत्यु भएको खबरप्रति गहिरो चिन्ता ...
मंसिर २८ गते, २०८२ - १६:०४
काठमाडौँ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा (एमाले)को ११ औँ राष्ट्रिय महाधिवेशनले एकताको सन्देश दिने बताएको छन्। नेकपा एमालेको ११ औँ मह...
मंसिर २८ गते, २०८२ - १४:००
काठमाडौं । नेकपा (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले एमाले न्यातपोल दरबारजस्तै गौरव बोकेको र धरहराजस्तै अनेक धक्का चिरेर पनि पुन: उठ्न सक्ने शक्ति भ...
मंसिर २८ गते, २०८२ - १२:५६
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले शान्ति विद्या गृह माध्यमिक विद्यालय लैनचौर र लोकहित आधारभूत विद्यालय भगवानवहाल ठमेललाई ४२ थान कम्युटर प्रदान गरेको ...
मंसिर २८ गते, २०८२ - १२:३४
गुल्मी। जिल्ला प्रशासन कार्यालय गुल्मीले विगत केही वर्षदेखि एक हप्तामा सम्पादन गरेका कार्यहरूको विवरण सार्वजनिक गर्दैआएको छ। प्रशासन कार्यालयले सा...
मंसिर २८ गते, २०८२ - १२:१३
दमौली । भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले एक महिनाभित्र काम सुरु नगरे घुमाउने पुलको ठेक्का तोड्ने चेतावनी दिएका छन् । तनहुँको आँबुख...
मंसिर २८ गते, २०८२ - १२:००
गुल्मी। राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान, गुल्मीले बुटवल हस्पिटल प्रालिसँग उपचार सम्झौता गरेको छ । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान गुल्...




प्रतिकृया लेख्नुहोस्: