Khabar Dabali ४ पुष २०८२ शुक्रबार | 19th December, 2025 Fri
Investment bank

संसद् जनताप्रति उत्तरदायी हुनुपर्छ : नारायणदत्त भट्ट

खबरडबली संवाददाता

काठमाडौँ । सङ्घीय संसद्ले जनताको अपेक्षाअनुरुप प्रभावकारी रुपमा काम गर्न सकेको छैन । संसद्ले जनहितका काम गर्नुपर्छ । संसद् र सांसदका  कामबाट जनता निराश छन् । सरकार बनाउने, ढाल्ने,  मन्त्री बनाउने खेलमा नै सदन अलमलिएको छ ।

सत्ता कसले प्राप्त गर्‍यो गरेन त्यो गौण कुरा हो । जनताले सेवा प्राप्त गरे वा गरेनन् त्यो महत्त्वपूर्ण विषय हो । देश र जनता पहिलो प्राथमिकता हुन् । शिक्षा, स्वास्थ्य, खानेपानीलगायत आधारभूत सेवासुविधा पहिलो प्राथमिकता हुनुपर्छ । कानुनले मात्रै सबै कुराको व्यवस्था हुँदैन । व्यवस्थापकीय पक्षलाई पनि ध्यान दिनुपर्छ ।

जनतालाई आधारभूत सेवा प्रभावकारी बनाउन संसद्, सरकार, राजनीतिक दल र नेताहरू जिम्मेवार भएर लाग्नुपर्छ । सांसदहरूको मुख्य दायित्व कानुन निर्माण भए पनि विकास सरोकारका विषयलाई प्राथमिकता दिनै पर्छ । जनताबाट निर्वाचित हामीले जनतासमक्ष गरेका वाचा पूरा गर्न सदनमार्फत पहल गर्नुपर्ने दायित्व बिर्सन हुँदैन । सङ्घीय संसद्ले आवश्यक कानुन चाँडो निर्माण गरिनुपर्ने थियो तर जनअपेक्षाअनुसार किन त्यसो हुन सकेन भन्ने हामीसँग चित्तबुझ्दो जवाफ छैन ।

राष्ट्रियसभाले प्रतिनिधिसभाबाट प्राप्त विधेयकलाई चाँडो पारित गराउन भूमिका खेलेको देखिन्छ । संसदीय समितिहरू पनि सक्रिय छन् । प्रतिनिधिसभाले पनि आएका विधेयकलाई चाँडो पारित गराउनेतर्फ ध्यान केन्द्रित गर्नुपर्छ । कानुन निर्माणसँगै जनताको दैनिक जीवनका आवश्यक विषयलाई पनि प्राथमिकताका साथ उठाइनुपर्छ ।

जनताका दैनिक जीवनका कुरालाई बजेटले सम्बोधन गर्नुपर्छ ।  स्वास्थ्य, शिक्षा, खानेपानी, रोजगारीजस्ता आमजनताले पाउनुपर्ने आधारभूत सुविधा सहज रूपमा पाउनुपर्छ । कानुन बनाएर मात्र हुँदैन त्यसको कसरी व्यवस्थापन गर्ने भन्ने विषयलाई सांसदहरूले मनन गरेर जिम्मेवारीपूर्वक आफ्नो भूमिका निर्वाह गर्नुपर्छ । पहिलो कुरा त संसद्को दायित्व जनताप्रतिनै बढी हुन्छ । दोस्रो कुरा, राष्ट्र र राष्ट्रियताको सम्वद्र्धन र संरक्षण हो । म, मेरो र हाम्रो भन्ने हैन । हामी, हाम्रो र राम्रो भन्ने कुरा हामीले ग्रहण ग¥यौँ भने त्यसले जनजीविकामा पनि प्रभाव पार्छ ।

यस किसिमको भावनाले राष्ट्रलाई भावनात्मक एकता कायम गर्दै राष्ट्रियतालाई सबल र प्रभावकारी बनाउँछ । यसबाट जातीय, वर्गीय, लैङ्गिक कुरा जो उठेको छ, त्यसलाई पनि मेटाउन सक्छ । हैन भने, म मात्रै ठिक हो जनता केही हैनन् केही जान्दैनन् भन्ने सोचबाट अगाडि बढियो भने कोही पनि सफल हुँदैन ।

त्यसैले आमजनताको भावनालाई आत्मसात् गरी राष्ट्रिय दायित्वलाई केन्द्रमा राखेर जनताको अपेक्षा पूरा गर्दै देशलाई आर्थिक समृद्धिको यात्रामा अगाडि बढाउन सबै जिम्मेवार भएर लाग्नुपर्छ । जनताप्रति उत्तरदायी नभए जनताले निर्वाचित गराएर पठाएको जनप्रतिनिधिको के अर्थ रहन्छ रु त्यस्ता जनप्रतिनिधिप्रति जनताले के सोच्छन् रु

संसद्मा अस्वस्थ राजनीतिक खेल र अस्वस्थ प्रतिस्पर्धाले जनताका यथार्थ सवालओझेलमा परिरहेका छन् । संसद् मुख्य दायित्वभन्दा अरु विषयमा रुमल्लिएको जस्तो भान भएको छ । ‘जे जसको जिम्मामा छ, आफ्नो जिम्मामा भएको काम जिम्मेवारीपूर्वक पूरा गरियो भने जनता निराश हुँदैनन्’ यो सांसदको भूमिका पनि प्रभावकारी  देखिन्छ । 

अहिलेको संसदीय अभ्यासप्रति म पूर्णरुपमा सन्तुष्ट छैन । संसद्ले गर्नुपर्ने काम गरिरहेको छैन । नगर्ने काममा बढी समय व्यतीत गरिरहेको छ । हामी जनताप्रति जसरी जिम्मेदार भएर सडक बनाउँछौँ, शिक्षा, स्वास्थ्यलगायत सबै कुराको प्रबन्ध गर्छौं भनेका छौँ त्यो जनताप्रतिको भूमिकालाई जिम्मेवारीपूर्वक पालना गर्नुपर्छ । सांसद भइसकेपपछि मन्त्री र प्रधानमन्त्री हुने खेलमा लाग्नुहुँदैन । यसरी लागिरह्यौँ भने जनतामा वितृष्णा आउन सक्छ । व्यवस्थामाथि नै प्रश्न उठ्न सक्छ ।

जनताले पनि आफूले जिताएर पठाएका जनप्रतिनिधिको खबरदारी गर्नुपर्छ । मैले पठाएको प्रतिनिधिले के कसरी काम गरिरहेको छ रु जनप्रतिनिधिलाई सचेत गराउनुपर्छ । मुकदर्शक भएर बस्नुहुन्न । पार्टीभन्दा माथि उठेर कुन सांसदले  काम गरेको छ, त्यसको समीक्षा हुनुपर्छ । असल कामको समर्थन र काम नै नगर्नेप्रति प्रश्न उठाउनुपर्छ । यसले सांसदलाई पनि जनताप्रति उत्तरदायी बनाउँछ । जनताको मतको पनि कदर हुन्छ । नत्र एउटै प्रक्रिया, पद्धति र व्यवहारले कसैलाई पनि फाइदा पुग्दैन । सङ्घीय संसद्का दुवै सदनको कामलाई प्रभावकारी बनाएर जनताको मनोबल उच्च बनाउँदै देशलाई विकास र आर्थिक समृद्धिको दिशामा अगाडि बढाउन सबै सरोकारवाला जिम्मेवार भएर लाग्नुपर्छ ।

सांसद नारायणदत्त भट्टको परिचय

नेपाली कांग्रेस डडेल्धुराका सभापतिसमेत रहेका राष्ट्रियसभाका सदस्य नारायणदत्त भट्ट अनुभवी नेताका रुपमा चिनिन्छन्। सांसद भट्ट शारीरिक रुपमा अशक्त (अपाङ्गता-अल्पसङ्ख्यक) कोटाबाट राष्ट्रियसभामा प्रतिनिधित्व गर्छन् । विसं २०२२ कात्तिक ८ गते डडेल्धुराको भैरवपुर गाउँपालिका–३ मा जन्मिएका भट्टले २०३४ सालमा नेपाल विद्यार्थी सङ्घको सदस्य भएर राजनीतिक यात्रा सुरु गरेका हुन्। त्यसयता उनी वडाध्यक्ष, नगरपालिका सदस्य, जिल्ला सदस्य र कार्यवाहक उपसभापति हुँदै जिल्ला सभापतिको जिम्मेवारीका साथ राष्ट्रियसभामा सक्रिय छन् । 

कुराकानीमा आधारित

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रवि लामिछानेलाई धरौटीमा रिहा गर्न आदेश

रुपन्देही । उच्च अदालत बुटवलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्व उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेलाई रिहा गर्न आदेश ...

लगानीका लागि सकारात्मक वातावरण बनाउन आवश्यक : उद्योगमन्त्री सिन्हा

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हाले लगानीका लागि सकारात्मक वातावरण बनाउनु पर्ने बताएको छन् । उनले वर्तमान सरकारको मुख्...

सरकार जेनजीबीचको १० बुँदे सम्झौताविरुद्ध सर्वोच्चमा रिट, शुक्रबार पेसी तोकियो

काठमाडौँ । सरकार र जेनजीबीच गत मंसिर २४ गते सम्पन्न १० बुँदे सम्झौताविरुद्ध गम्भीर संवैधानिक प्रश्न उठाउँदै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरिएको छ...

गृह मन्त्रालयले दियो जेनजी घाइतेको वर्गीकरणलाई तीव्रता

काठमाडौँ। सरकारले भदौ २३ र २४ गतेको घटनामा घाइते भएकाहरूको वर्गीकरण प्रक्रियालाई तीव्रता दिएको छ । जेनजी प्रदर्शन तथा आन्दोलनमा घाइते भएका व्यक्तिको अ...

समयमा संकट समाधान भएन भने विष्फोटको अवस्था आउँछ : श्रममन्त्री भण्डारी

काठमाडौँ। श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्रसिंह भण्डारीले समयमा संकट समाधान नभए विष्फोटको अवस्था आउने बताएको छन्। मन्त्री भण्डारीले...

महासचिवमा हारेका सुरेन्द्र पाण्डे केन्द्रीय सदस्यमा पनि पराजित

काठमाडौं । नेकपा एमालेको एघारौं महाधिवेशनबाट नयाँ नेतृत्व चयनका लागि भएको मतदानमा महासचिवमा पराजित भएका सुरेन्द्र पाण्डे केन्द्रीय सदस्यमा पनि पराजित ...

रास्वपामा प्रतिनिधिसभा समानुपातिक उम्मेदवारीका लागि ३२५ आवेदन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिकतर्फ उम्मेदवारका लागि मंसिर मसान्तसम्म कुल ...

डाडाखेत–राहुघाट प्रसारण लाइन आयोजना: पाँच वर्षमा ७० प्रतिशतकाम सम्पन्न

म्याग्दी। म्याग्दी र राहुघाट वेसिनका जलविद्युत् आयोजनाबाट उत्पादन हुुने विद्युतलाई केन्द्रीय प्रणालीमा आवद्ध गराउन सञ्चालन भएको डाडाखेत–राहुघाट प्रसार...

स्थानीय तहलाई काम गर्न कसैले रोक्न सक्दैनन् : महानगर प्रमुख महर्जन

काठमाडौँ । ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले स्थानीय तहलाई काम गर्न कसैले रोक्न नसक्ने प्रष्ट पारेको छन् । ‘‘स्थानीय पालिका हरेक काम ...

एमाले महाधिवेशन: यी तीन पदाधिकारीले ल्याए सर्वाधिक मत

काठमाडौं। नेकपा (एमाले) को ११ औं महाधिवेशनमा सर्वाधिक मत ल्याएर तीन जना पदाधिकारी निर्वाचित भएको छन् । पहिलो सर्वाधिक मत ल्याएर पृथ्वीसुब्बा गुरुङ निर...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending