Khabar Dabali १ चैत्र २०८२ आईतवार | 15th March, 2026 Sun
Investment bank

निर्माणाधीन नमोबुद्ध–तेमाल खण्डका ५९ घर भत्काइँदै

खबरडबली संवाददाता

काभ्रेपलाञ्चोक । निर्माणाधीन नमोबुद्ध–तेमाल सडक खण्डअन्तर्गत तेमाल गाउँपालिका–५ पोखरी नारायणस्थानका ५९ घर तथा भौतिक संरचना भत्काइने भएको छ । यसका लागि स्थानीयलाई सार्वजनिक स्थलमा बनाइएका उक्त संरचना भत्काइ सडक दायाँबाँयाँ खाली गरिदिन गाउँपालिकाले ३५ दिने सार्वजनिक सूचना जारी गरेको छ । 

हाल बिपी राजमार्गअन्तर्गत नमोबुद्धनगरस्थित भकुण्डेचोबाट नारायणस्थान हुँदै तेमाल गाउँपालिकाको मच्छेसम्मको १३ किलोमिटर स्तरोन्नतिसहित पक्की बनाउने कार्य भइरहेको छ । पोखरी नारायणस्थानमा सार्वजनिक जग्गा कब्जा गरी पक्की संरचनासमेत निर्माण गरिएको थियो । विसं २०५५ मा भकुण्डे–मेच्छे सडक निर्माणका क्रममा उक्त स्थानमा घर बनाउन थालेपछि बजारका रुपमा विकसित भइसकेको छ । 

गाउँपालिका उपाध्यक्ष दलमान लामाले पोखरी नारायणस्थानमा सार्वजनिक जग्गा अतिक्रमण गरी निर्माण भएका सबै घर–टहरासहितका संरचना हटाउन ३५ दिने सूचना जारी गरिएको बताए । उनका अनुसार स्थानीयलाई समयसीमाभित्रै घर–टहरा हटाउन सूचनाबाहेक अन्य माध्यमबाटसमेत अनुरोध गरिएको हो । उक्त स्थानमा रहेको सार्वजनिक पोखरीमा निर्माण गरिएका पक्की संरचना हटाइ पहिलाकै अवस्थामा ल्याउन पनि अनुरोध गरिएको उनले बताए ।

बजारमा स्थानीय तेमाल सिं तामाङलगायत केहीले विसं २०५९ पछि पक्की घर निर्माण गरेका छन् । “पक्की संरचना त बनाइयो, तर गाउँपालिकाले आफँैं भत्काउन सूचना गरेको छ, हामी पक्की संरचना जोगाइदिन आग्रह गर्दैछौँ”, तामाङले भने । उनले केही स्थानीयवासीको ‘घरबास’नै उठ्ने भएकाले संवेदनशील बन्न जनप्रतिनिधिलाई अनुरोध गरेको बताए ।

गाउँपालिकाद्वारा जारी सूचनामा समयसीमाभित्र आफैँले भत्काउन र अटेर गरेमा गाउँपालिका कार्यालयले भत्काउने उल्लेख गरिएको छ । 

सडक डिभिजन कार्यालय भक्तपुरले भकुण्डेबाट मेच्छेसम्म दुई खण्डअन्तर्गत १३ किमी सडक कालोपत्र गर्नेगरी २० महिनाअघि ९२०७९ साउन १६ गते० निर्माण कम्पनी केएस देवी रमनरतेज जेभीसँग रु २० करोड ८९ हजारमा ठेक्का सम्झौता गरेको थियो । सम्झौताअनुसार सडक छेउमा पर्खाल लगाउने, नाली निर्माण गर्ने, सववेस, वेस र कालोपत्र गर्नुपर्ने छ । 

आगामी साउन १५ गतेसम्ममा निर्माण सम्पन्न गर्नुपर्ने उक्त सडक स्तरोन्नति एवं विस्तारको काम ढिलाइ हुँदा पानी परे हिलो र घाम लागे धुलोका सास्ती खेप्नुपरेको भन्दै नमोबुद्ध नगर र तेमाल गाउँपालिकाका स्थानीयले सडक डिभिजन कार्यालय तथा निर्माण कम्पनीलाई विरोध जनाउँदै आएका छन् । हाल उक्त खण्डमा २२ प्रतिशत मात्रै काम भएको कार्यालयले जनाएको छ ।

जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकले शुक्रबार निर्माणाधीन उक्त सडकको अनुगमनपछि कार्यतालिका बनाएर तोकिएको समयसीमाभित्रमा काम सक्ने गरी निरन्तरता दिन निर्देशन दिएको छ । साथै कामको प्रगति विवरण पेस समेत गर्न निर्माण कम्पनीलाई निर्देशन दिएको छ । यसअघि स्थानीयले स्तरोन्नति सुरु गरिएको उक्त सडकको अनुगमन गरी काम छिटो सम्पन्न गराउनुपर्ने माग गर्दै आएका थिए ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभा सदस्यमा सिफारिस गर्ने मन्त्रिपरिषद्को निर्णय

काठमाडौँ । सरकारले गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभा सदस्यमा नियुक्त गर्न रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ। आइतबार बसेको...

हात्तीको आक्रमणबाट घाइते वृद्धाको मृत्यु

सप्तरी। हात्तीको आक्रमणबाट गम्भीर घाइते भएका सप्तरीको कञ्चनरुप नगरपालिका १२ धरमपुरकी एक बृद्वाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ६९ वर्षीय खड्गम...

सहसचिव झलकराम अधिकारीविरुद्ध ७० लाख रुपैंया घुस लिएको आरोपमा मुद्दा

काठमाडौँ । घुस लिएको आरोपमा सहसचिव झलकराम अधिकारीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले  भ्रष्टाचार मुद्दा दायर गरेको छ। अख्तियारका अनुसार अधिक...

भद्रपुरबाट दुई अर्ब ७० करोड बढी राजस्व सङ्कलन

भद्रपुर। आन्तरिक राजस्व कार्यालय भद्रपुरले चालु आर्थिक वर्षको पहिलो आठ महिनामा रु दुई अर्ब ७० करोड ५८ लाख ९८ हजार राजस्व सङ्कलन गरेको छ । यो रकम सो अव...

नेप्से चार दशमलव ४५ अङ्कले बढ्यो

काठमाडौँ। यो साता कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको सुधार देखिएको छ । आज नेप्से परिसूचक चार दशमलव ४५ अङ्कले ब...

एमालेले समानुपातिकका १६ उम्मेदवारको नाम निर्वाचन आयोगमा बुझायो (नामसहित)

काठमाडौँ । नेकपा एमालेले समानुपातिकतर्फ चयन हुने १६ जना सांसदको नाम निर्वाचन आयोग मा बुझाएको छ। शनिबार बसेको एमाले सचिवालय बैठकले समानुपातिकतर्फबाट...

कांग्रेसले समानुपातिकका २० जनाको नाम निर्वाचन आयोगमा बुझाउने निर्णय

काठमाडौँ । नेपाली कांग्रेसले समानुपातिकतर्फको बन्दसूचीमा रहेका २० जनाको नाम निर्वाचन आयोग मा बुझाउने निर्णय गरेको छ। पार्टी प्रवक्ता देवराज चालिसेक...

बालुवाटारमा मन्त्रिपरिषद् बैठक जारी

काठमाडौँ । प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक सुरु भएको छ। प्रधानमन्त्रीको सचिवालयका अनुसार केहीबेरअघिदेखि बैठक जारी रहेको छ। मन्त्...

यी हुन् राप्रपाको समानुपातिक ४ जना सांसद

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले समानुपातिकतर्फबाट प्रतिनिधिसभा सदस्य बन्ने चार जनाको नाम टुंगो लगाएको छ। आइतबार पार्टीको केन्द्...

मध्यपूर्व युद्धमा नयाँ उथलपुथल

पेरिस। मध्यपूर्व युद्धले यसै साता क्षेत्रमा नयाँ उथलपुथल ल्याएको छ । इजरायली सेनाले पश्चिमी इरानमा व्यापक आक्रमण सुरु गरेसँगै यसले अमेरिका-इजरायल युद्...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: