काठमाडौं। प्रहरीले विभिन्न स्थानबाट लागूऔषधसहित १० जनालाई पक्राउ गरेको छ ।
सुर्खेतको भेरीगंगा नगरपालिका-५ बबईस्थित सडकबाट अवैध लागूऔषध ब्राउनसुगर करिब ६ सय १० मिलिग्रामसहित वीरेन्द्रनगर नगरपालिका-११ बस्ने २२ वर्षीय मदन वादीलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट बबई र प्रदेश प्रहरी व्युरोबाट खटिएको प्रहरीले भे. १ ख ४११४ नम्बरको गाडीलाई जाँच गर्दा गाडीमा सवार उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
यसैगरी सुनसरीको हरिनगर गाउँपालिका-५ बाट अवैध लागूऔषध गाँजा करिब १६ किलोसहित सोही गाउँपालिका-६ बस्ने २२ वर्षीय हफरोज मिया समेत ३ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । उक्त स्थानमा खटिएको प्रहरीले को.२ ह ६३६७ नम्बरको अटोलाई जाँच गर्ने क्रममा अटोमा सवार उनीहरूलाई उक्त गाँजासहित पक्राउ गरेको हो ।
यस्तै कञ्चनपुरको भिमदत्त नगरपालिका-४ बसपार्कस्थित सुदुर पश्चिम गेष्ट हाउसबाट अवैध लागूऔषध खैरो हेरोइन ३४ ग्राम १ मिलिग्राम र नगद ८ हजार भारतीय रूपैयाँसहित सोही नगरपालिका-१५ बस्ने ३० वर्षीय भुवन साहुलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
लागूऔषध नियन्त्रण व्यूरो शाखा कार्यालय महेन्द्रनगर र जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
कञ्चनपुरकै बेलौरी नगरपालिका-४ स्थित सडकबाट अवैध लागूऔषध खैरो हेरोइन १ ग्राम ४ मिलिग्रामसहित २ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कैलाली गोदावरी नगरपालिका-५ बस्ने २२ वर्षीय जीवन चौधरी र धनगढी उपमहानगरपालिका-१३ बस्ने २५ वर्षीय सचिन राना रहेका छन् ।
इलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरीले से.४ प ६०९ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
कपिलवस्तुको बाणगंगा नगरपालिका-२ राजपुरबाट अवैध लागूऔषध ब्राउनसुगर ६ सय ९० मिलिग्रामसहित सोही ठाउँ बस्ने ३४ वर्षीय देव कुमार थापालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय पिपराबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
झापाको मेचिनगर नगरपालिका-६ मेचीपुलबाट अवैध लागूऔषध खैरो हेरोइन १ ग्राम ८ सय मिलिग्रामसहित मोरङ उर्लाबारी नगरपालिका-२ सुनझोडा बस्ने २० वर्षीय पवन भट्टराईलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
लागूऔषध नियन्त्रण ब्यूरो काँकरभिट्टा र इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
बाँके, खजुरा गाउँपालिका-२ सत्ताईसधुरी बस्ने २३ वर्षीय राकेश परियारलाई अवैध लागूऔषध ब्राउनसुगर १ ग्रामसहित बुधबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय धनौलीबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र ४ गते, २०८२ - २१:२२
सङ्खुवासभा । अत्यधिक रक्तश्रावबाट पीडित एक सुत्केरीको हेलिकप्टरबाट उद्धार गरिएको छ । जिल्ला अस्पताल सङ्खुवासभामा भर्ना भएकी मकालु गाउँपालिका–१ की २८ व...
चैत्र ४ गते, २०८२ - २१:१७
काठमाडौं । सर्लाही र दाङमा जुवातास खेलिरहेको अवस्थामा १८ जनालाई प्रहरीले पक्राउ गरेको छ। सर्लाहीको लालबन्दी नगरपालिका–१६ परवानीपुरबाट ४३ वर्षीय सन...
चैत्र ४ गते, २०८२ - २१:१५
काठमाडौं । सामाजिक सञ्जाल प्रयोग गरी एक महिलामाथि चरित्रहत्या गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ। काठमाडौं महानगरपालिका–१६ नयाँबजार बस...
चैत्र ४ गते, २०८२ - २१:१३
काठमाडौं । अष्ट्रेलिया पठाइदिने भन्दै आकर्षक तलबको प्रलोभनमा पारी रकम ठगी गरेको आरोपमा एक महिला पक्राउ परेकी छन्। काठमाडौं महानगरपालिका–३२ बस्ने ५५...
चैत्र ४ गते, २०८२ - २१:१०
काठमाडौं । देशका विभिन्न जिल्लामा गरिएको छुट्टाछुट्टै कारबाहीमा अवैध लागूऔषधसहित १५ जनालाई प्रहरीले पक्राउ गरेको छ। चितवनको भरतपुर महानगरपालिका–१ प...
चैत्र ४ गते, २०८२ - २१:०७
काठमाडौं । यात्रुहरूको गुनासोका आधारमा २०८२ चैत ४ गते काठमाडौं उपत्यकामा सञ्चालन हुने सार्वजनिक सवारीसाधनमा विशेष चेकजाँच गरिएको छ। चेकजाँचका क्रमम...
चैत्र ४ गते, २०८२ - २१:०३
काठमाडाैँ । रुसले बुधबार इरानको बुशहर आणविक ऊर्जा संयन्त्रमा ‘मिसाइल हमला’ भएको भन्दै कडा शब्दमा निन्दा गरेको छ। रुसी विदेश मन्त्रालयकी प्रवक्ता मा...
चैत्र ४ गते, २०८२ - २०:४०
सिन्धुली । हुरीका कारण यहाँको दुधौली नगरपालिका–१ बङ्कामा ठूलो क्षति पुगेको छ। गत सोमबार पानीसँगै आएको हुरीले केराखेतीमा क्षति गरेको हो। यहाँका किसा...
चैत्र ४ गते, २०८२ - २०:२३
काठमाडौं । जेनजी आन्दोलनका क्रममा भदौ २४ गते केन्द्रीय कारागार सुन्धाराबाट भागेका एक हजार भन्दा बढी कैदीबन्दी अझै फरार छन् । केन्द्रीय कारागार कार्...
चैत्र ४ गते, २०८२ - २०:२०
बागलुङ । बागलुङमा बोलेर जीप दुर्घटना हुँदा सातजना घाइते भएका छन् । जिल्लाको गलकोट नगरपालिका–३ हटियाबाट बागलुङ बजारका लागि छुटेको लु ३ च ५१५० नम्बर को ...


प्रतिकृया लेख्नुहोस्: