Khabar Dabali १० चैत्र २०८२ मंगलवार | 24th March, 2026 Tue
Investment bank

एमाले चन्द्रपुरको अधिवेसन चैत ३० गते हुने

खबरडबली संवाददाता

चन्द्रपुर । नेकपा एमाले चन्द्रपुर नगर कमिटीको अधिवेशन यही आउँदो चैत्र ३० गते हुने भएको छ । 

नेकपा एमाले चन्द्रपुर नगर कमिटीको शनिबार बसेको सचिवालय बैठकले उक्त निर्णय गरेको हो । आउँदो चैत २३ गते चन्द्रपुर नगरपालिकाका १० वटा वडामा एकै दिन वडाबाट प्रतिनिधि छनौट गर्ने कार्यक्रम तय भएको छ । सो नगर अधिवेशनमा करिब २०० प्रतिनिधिको सहभागिता रहने आयोजकले जनाएको छ । 

शनिबार बसेको सचिवालय बैठकले विभिन्न उपसमिति समेत चयन गरेको छ । नगर अधिवेशन भव्यताका साथ सफल पार्नका लागि विभिन्न उपसमिति गठन गरिएको नेकपा एमाले चन्द्रपुर नगर कमिटीका कार्यवाहक अध्यक्ष राजेन्द्र तिवारीले जानकारी दिएका    छन् । 

प्रतिवेदन तथा प्रतिनिधि व्यवस्थापन समितिको संयोजकमा राजु तिवारी आर्थिक समितिको संयोजकमा रामसिंहासन यादव, प्रचारप्रसार समितिको संयोजकमा चिरञ्जीवी गौतम, अतिथि सत्कार तथा मञ्च व्यवस्थापन समितिमा लालबहादुर दोङ र रामबहादुर घलान रहेका छन् । शनिबार नेकपा एमालेका केन्द्रीय सदस्य उद्धव प्रसाद रेग्मीको प्रमुख आतिथ्यतामा बसेको सचिवालय बैठकले सो निर्णय गरेको हो । 

बैठकमा प्रदेश कमिटी सदस्य वीरबहादुर गोले, जित बहादुर बिक, नेकपा एमाले रौतहटका सचिव बाबुराम दाहाल र उपसचिव मुना लामिछाने लगायतको उपस्थितिमा बसेको सचिवालय बैठकले सो निर्णय गर्दै नेकपा एमाले चन्द्रपुर नगर कमिटीको अधिवेशन भव्यताका साथ सफल पार्ने निर्णय गरेको हो । अधिवेशनले आगामी चार वर्षका लागि नयाँ नेतृत्व चयन गर्ने बताइएको छ  ।

 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सिंहदरबारबाट बिदा भइन् प्रधानमन्त्री कार्की, सामान निजी निवासमा सारियो

काठमाडौं । प्रधानमन्त्री शुशिला कार्की राजकीय जिम्मेवारीबाट अलग हुने तयारीमा रहेकी छन्। शुक्रबार प्रस्तावित नयाँ प्रधानमन्त्री बालेन शाहले पद तथा गोपन...

अदालतको फैसला नआएसम्म महाधिवेशन हुन सक्दैन : श्याम घिमिरे

देउवालाई बेवास्ता गरेर अघि बढ्दा कांग्रेसले निर्वाचनमा लज्जास्पद हार व्यहोरेको आरोप

कांग्रेसको १५ औँ महाधिवेशन भदौमा

काठमाडौँ। नेपाली कांग्रेसले आफ्नो १५ औँ महाधिवेशनका लागि प्रस्तावित कार्यतालिका सार्वजनिक गरेको छ । पार्टीको केन्द्रीय कार्यसमितिले तयार पारेको प्र...

तौल घटाउने औषधिमा भारतको चेतावनी

नयाँदिल्ली। तौल घटाउने औषधिको सस्तो जेनेरिक संस्करण बजारमा तीव्ररूपमा फैलिन थालेपछि भारतले त्यसको दुरुपयोग र स्वास्थ्य जोखिमबारे कडा चेतावनी दिएको छ ।...

‘तेल भिसा’चलचित्र निर्माता शिवराज कार्की पक्राउ

काठमाडौं । चलचित्र ‘तेल भिसा’ का निर्माता शिवराज कार्की पक्राउ परेका छन्। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय को टोलीले उनलाई स्वयम्भू बाट पक...

कांग्रेसद्वारा संविधान संशोधन अध्ययन गर्न विज्ञ समिति गठन गर्ने तयारी

काठमाडौं । नेपाली कांग्रेस ले संविधान संशोधनसम्बन्धी अध्ययन गर्न विज्ञ समिति गठन गर्ने तयारी गरेको छ। पार्टी उपसभापति पुष्पा भुसालको संयोजकत्वमा समिति...

बित्थडचिर गाउँपालिकाका प्रशासकीय अधिकृतसहित पाँचविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बझाङको बित्थडचिर गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत चक्रदेव भट्टसहित पाँचजनाविरुद्ध भ्...

नयाँ प्रधानमन्त्रीले शपथ लिएकै दिन कार्कीले बालुवाटार छाड्ने

काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीले नयाँ प्रधानमन्त्रीका रूपमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले शपथ लिए...

धनुषाको बस्ती नजिकै चितुवा देखिएपछि स्थानीय त्रसित

ढल्केबर। धनुषाको मिथिला नगरपालिका-७, एक्लेबरस्थित मानवबस्ती नजिकै जङ्गली चितुवा देखापरेको छ । वडाध्यक्ष रामबहादुर स्याङ्दनले मङ्गलबार बिहान १० बजे एक्...

मुलुकमा सुशासन कायम गर्न सरकारसँग सहकार्य गर्छौँ : सभापति थापा

काठमाडौँ। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मुलुकमा सुशासन कायम गर्न तथा शासकीय सुधारका सन्दर्भमा अब बन्ने सरकारसँग सहकार्य गर्न पार्टी तयार रह...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: