Khabar Dabali ४ चैत्र २०८२ बुधबार | 18th March, 2026 Wed
Investment bank

विश्वव्यापी बढ्दो तापक्रमले खाद्य पदार्थको मूल्य बढाउने

खबरडबली संवाददाता

एजेन्सी । विश्वव्यापी बढ्दो तापक्रम र गर्मीको लहरका कारण भविष्यमा विश्वभर खाद्यान्नको मूल्य र समग्र मुद्रास्फीति थप बढ्ने अपेक्षा गरिएको वैज्ञानिक र युरोपेली केन्द्रीय बैंकले गरेको नयाँ शोधले बताएको छ । 

बिहीबार कम्युनिकेसन्स अर्थ एन्ड इन्भाइरोन्मेन्ट जर्नलमा प्रकाशित पेपरमा असर अलग अलग भए पनि हरेक स्थानमा विशेषगरी विकासोन्मुख मुलुकहरूमा यसको महसुस हुने बताइएको छ । लु, खडेरी र बाढीजस्ता चरम मौसम तीव्ररूपमा बढिरहँदा र जलवायु तापक्रम बढिरहँदा खेती र खाद्यान्न उत्पादनसहित अर्थतन्त्रका प्रमुख क्षेत्रमा असर परिरहेको छ । 

उक्त नयाँ अध्ययनका लागि पोट्सड्याम इन्स्टिच्युट फर क्लाइमेट इम्प्याक्ट रिसर्च (पिआइके) र युरोपेली केन्द्रीय बैंकका शोधकर्ताहरूले सन् १९९६ र सन् २०२१ बीच एक सय २१ मुलुकका ऐतिहासिक  मूल्य र मौसमी तथ्याङ्क लिएका थिए । 

उनीहरूले जलवायु परिवर्तनका कारण बढ्दो तापक्रमबाट सन् २०३५ सम्म विश्वभर खाद्यान्नको मूल्य प्रत्येक वर्ष एक दशमलव ४९ र एक दशमलव ७९ प्रतिशत अङ्कको बीचमा बढ्ने प्रक्षेपण गरेका छन् । समग्र मुद्रास्फीतिमा भविष्यमा तापक्रम वृद्धि र गर्मीको चरम सीमाको प्रभाव सर्वोत्तम र सबैभन्दा खराब स्थिमिा शून्य दशमलव ७६ र शून्य दशमलव ९१ प्रतिशत अङ्कबीच हुनेछ ।

“उच्च तापक्रम विशेषगरी गर्मीमा वा उष्ण स्थानहरूमा मुख्यरूपमा खाद्यान्न मुद्रास्फीतिसहित समग्र मुद्रास्फीतिमा पनि मूल्य बढ्ने हामीले बलियो प्रमाण प्राप्त गरेका छौँ”, पिआइकेबाट रिपोर्ट गरिएक लेखकहरूमध्येका एक म्याक्सिमिलियन कोट्जले भने । 

उनका अनुसार पहिले नै तातो भएका क्षेत्रहरू विशेषगरी विश्वका गरिब र विकासोन्मुख क्षेत्रमा भविष्यमा तापक्रम वृद्धिबाट खाद्यान्न मूल्य र मुद्रास्फीतिमा प्रभाव सबैभन्दा धेरै महसुस गरिने छ । 

अध्ययनमा अफ्रिका दक्षिण अमेरिका सबैभन्दा धेरै प्रभावित महादेश बन्ने पाइएको छ । यद्यपि चरम जलवायु सीमाका कारण उत्तरी गोलार्ध उच्च मूल्यबाट नबच्ने कोट्जले बताए । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: