सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता देशभित्र सञ्चालित महत्त्वपूर्ण प्रतियोगिता भएकाले यो कर्णालीमा हुनु उपलब्धिमूलक हुने बताएको छन् ।
प्रदेश राजधानी सुर्खेतको वीरेन्द्रनगरमा प्रस्तावित ‘इन्डोर तथा आउटडोर क्रिकेट रङ्गशाला र देउडा पार्क’ को आज यहाँ शिलान्यास गर्दै उनले १०औँ राष्ट्रिय खेलकुद प्रतियोगितालाई लक्षित गरी क्रिकेट मैदान बनाउन लागिएको जानकारी दिए ।
मुख्यमन्त्री शर्माले १०औँ राष्ट्रिय खेलकुदको संस्करण कर्णालीमा हुनु प्रदेशका लागि गौरवको विषय भएको भन्दै यसले यहाँको खेलकुदसँगै पर्यटन प्रवर्द्धनमा सहयोगी साबित हुने अपेक्षा गरिएको बताए ।
खेलका माध्यमबाट प्रदेशको पर्यटन प्रवर्द्धनका साथै विकास निर्माणका क्षेत्रमा काम गर्ने नीतिअनुसार प्रदेश सरकारले काम गरिरहेको जनाउँदै खेलाडीले पनि आफ्नो भविष्य खेल क्षेत्रमा छ भन्ने विश्वासका साथ अभ्यास गर्नुपर्नेमा उनले जोड दिए।
उक्त क्रिकेट मैदान वीरेन्द्रनगर नगरपालिका कार्यालयको दक्षिण क्षेत्रमा संरचना निर्माण गर्न लागिएको हो । यस क्षेत्रलाई वीरेन्द्रनगरको गुरुयोजनामा खेलकुद तथा मनोरञ्जन पार्क भनेर छुट्याइएको कणाली प्रदेश खेलकुद विकास परिषद्का सदस्य सचिव विश्वामित्र सञ्ज्यालले बताए।
रू चार करोड ५९ लाख लागतमा निर्माण हुने उक्त आयोजनाअन्तर्गत ल्यान्ड स्क्यापिङ तथा देउडा पार्क निर्माण, माटो कटिङ, लेवलिङ, क्रिकेट मैदानमा दुबो लगाउने, मैदान कालोपत्र, इन्डोर क्रिकेट हाललगायत पूर्वाधार निर्माण गरिने सञ्ज्यालले जानकारी दिए।
१०औँ संस्करणलाई लक्षित गरी मैदान बनाउन लागिएको भन्दै कालिञ्चोक क्रिकेट मैदान तयारी भइरहेको उनले जानकारी दिए ।“दुई खेलकुद मैदान आवश्यक भएकाले आर्को शिलान्यास गरिएको हो”, उनले भने।
यसअघि पोखरामा सम्पन्न नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको समापन समारोहमा १०औँ संस्करण आयोजना गर्ने जिम्मेवारी कर्णाली प्रदेशलाई दिइएको थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ २ गते, २०८३ - १७:३६
काठमाडौँ ।निजामती कर्मचारी (सिभिल)अस्पतालले अन्तरङ्ग सेवाका बिरामीलाई नि:शुल्क खाना वितरण कार्यक्रम सुरु गरेको छ। अस्पतालले २०८३ साल जेठ १ गते शुक्...
जेष्ठ २ गते, २०८३ - १७:१४
काठमाडौँ। आइसिसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत शनिबारको खेलमा नेपालले अमेरिकामाथि शानदार जित निकालेको छ । र्कीतिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर...
जेष्ठ २ गते, २०८३ - १६:५८
काठमाडौँ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको नाम दुरूपयोग गरी राष्ट्रसेवक कर्मचारीलाई धम्क्याउने, भय र त्रास सिर्जना गर्ने तथा अमर्यादित शब्...
जेष्ठ २ गते, २०८३ - १०:२०
काठमाडौँ। बङ्गलादेशस्थित नेपाली राजदूतावासले बङ्गलादेश–नेपाल फ्रेन्डसिप सोसाइटीसँगको सहकार्यमा शनिबार ढाकास्थित बङ्गलादेश शिल्पकला एकेडेमीमा ‘नेपाल फे...
जेष्ठ २ गते, २०८३ - ०९:३९
गुल्मी। गुल्मीमा एक हप्ताको समय अवधिमा १६० जनाले राहदानी बनाउँदा नौ लाख बढी राजस्व संकलन भएको छ । जिल्ला प्रशासन कार्यालय गुल्मीका सहायक प्रमुख जिल्ला...
जेष्ठ २ गते, २०८३ - ०९:२७
काठमाडौं । आइसिसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत आज अमेरिकाविरुद्धको खेलमा नेपालले पहिले फिल्डिङ गर्ने भएको छ । अमेरिकाले टस जितेर पहिले ब्याटिङ गर्ने...
जेष्ठ २ गते, २०८३ - ०९:११
गौर। प्रादेशिक अस्पताल गौरमा चिकित्सक अभाव भएपछि स्वास्थ्य सेवा प्रभावित हुन थालेको छ । दरबन्दीअनुसार चिकित्सक नहुँदा बिरामीको उपचारमा समेत समस्या देख...
जेष्ठ २ गते, २०८३ - ०८:५६
नवलपुर। नवलपुरको कावासोती–१ स्याउलीस्थित मकैबारीमा मृत फेला परेको २५ वर्षीय भाले गैँडा करेन्ट लगाएर मारिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । डिभिजन ...
जेष्ठ १ गते, २०८३ - १८:०१
किन्शासा। कङ्गोको दुर्गम इटुरी प्रान्तमा नयाँ इबोला प्रकोप पुष्टि भएपछि अफ्रिकी स्वास्थ्य अधिकारी उच्च सतर्कतामा पुगेका छन् । अफ्रिका सीडीसीका अनुसार ...
जेष्ठ १ गते, २०८३ - १७:४९
काठमाडौं । आर्थिक वर्ष २०८१/८२ मा सात प्रदेशमध्ये सबैभन्दा बढी बेरुजु मधेस प्रदेश मा देखिएको छ। महालेखा परीक्षकको कार्यालयका अनुसार मधेस प्रदेशको बेरु...



प्रतिकृया लेख्नुहोस्: