Ntc summer Offer
Khabar Dabali २२ बैशाख २०८१ शनिबार | 4th May, 2024 Sat
NIMB

१०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता कर्णालीमा हुनु उपलब्धिमूलक: मुख्यमन्त्री शर्मा

खबरडबली संवाददाता

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता देशभित्र सञ्चालित महत्त्वपूर्ण प्रतियोगिता भएकाले यो कर्णालीमा हुनु उपलब्धिमूलक हुने बताएको छन् । 

प्रदेश राजधानी सुर्खेतको वीरेन्द्रनगरमा प्रस्तावित ‘इन्डोर तथा आउटडोर क्रिकेट रङ्गशाला र देउडा पार्क’ को आज यहाँ शिलान्यास गर्दै उनले १०औँ राष्ट्रिय खेलकुद प्रतियोगितालाई लक्षित गरी क्रिकेट मैदान बनाउन लागिएको जानकारी दिए ।

मुख्यमन्त्री शर्माले १०औँ राष्ट्रिय खेलकुदको संस्करण कर्णालीमा हुनु प्रदेशका लागि गौरवको विषय भएको भन्दै यसले यहाँको खेलकुदसँगै पर्यटन प्रवर्द्धनमा सहयोगी साबित हुने अपेक्षा गरिएको बताए । 

खेलका माध्यमबाट प्रदेशको पर्यटन प्रवर्द्धनका साथै विकास निर्माणका क्षेत्रमा काम गर्ने नीतिअनुसार प्रदेश सरकारले काम गरिरहेको जनाउँदै खेलाडीले पनि आफ्नो भविष्य खेल क्षेत्रमा छ भन्ने विश्वासका साथ अभ्यास गर्नुपर्नेमा उनले जोड दिए।

उक्त क्रिकेट मैदान वीरेन्द्रनगर नगरपालिका कार्यालयको दक्षिण क्षेत्रमा संरचना निर्माण गर्न लागिएको हो । यस क्षेत्रलाई वीरेन्द्रनगरको गुरुयोजनामा खेलकुद तथा मनोरञ्जन पार्क भनेर छुट्याइएको कणाली प्रदेश खेलकुद विकास परिषद्का सदस्य सचिव विश्वामित्र सञ्ज्यालले बताए।

रू चार करोड ५९ लाख लागतमा निर्माण हुने उक्त आयोजनाअन्तर्गत ल्यान्ड स्क्यापिङ तथा देउडा पार्क निर्माण, माटो कटिङ, लेवलिङ, क्रिकेट मैदानमा दुबो लगाउने, मैदान कालोपत्र, इन्डोर क्रिकेट हाललगायत पूर्वाधार निर्माण गरिने सञ्ज्यालले जानकारी दिए।

१०औँ संस्करणलाई लक्षित गरी मैदान बनाउन लागिएको भन्दै कालिञ्चोक क्रिकेट मैदान तयारी भइरहेको उनले जानकारी दिए ।“दुई खेलकुद मैदान आवश्यक भएकाले आर्को शिलान्यास गरिएको हो”, उनले भने।

यसअघि पोखरामा सम्पन्न नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको समापन समारोहमा १०औँ संस्करण आयोजना गर्ने जिम्मेवारी कर्णाली प्रदेशलाई दिइएको थियो ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

पोखरा महानगरका इन्जिनियरसहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

पोखरा। पोखरा महानरपालिकाका इन्जिनियर शिवप्रसाद बरालसहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। मिलेमतोमा सेवाग्राहीबाट ३ लाख ५० हजार रूपैयाँ घु...

४८ जना उपसचिवको सरुवा (सूचीसहित)

काठमाडौं । सरकारले विभिन्न मन्त्रालय, निकाय र स्थानीय तहमा कार्यरत ४ दर्जन उपसचिवहरुको सरुवा तथा पदस्थापन गरेको   छ । संघीय मामिला तथा समान्य प्रश...

प्रतिस्पर्धात्मक जनशक्ति उत्पादनमा केन्द्रित हुन नवनियुक्त उपकुलपतिहरूलाई प्रधानमन्त्रीको निर्देशन

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले  योग्यताक्रमका  आधारमा विश्वविद्यालयका उपकुलपति नियुक्ति गरिएको बताएको छन् ।  हालै नियुक्त हुनु...

नुहाउने क्रममा डुवेर बेपत्ता भएका एक जनाको शव फेला

डोटी । डोटी जिल्लाको शिखर नगरपालिका–८ लुवाखडीस्थित सेती नदिमा नुहाउने क्रममा डुवेर बेपत्ता भएका एक जनाको शव सशस्त्र प्रहरीले बैशाख १९ गते फेला पारेको ...

रेसुङ्गा पर्यटनका लागि निकै सम्भावना बोकेको क्षेत्र- प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रेसुङ्गा धार्मिक तथा प्राकृतिक पर्यटनका लागि निकै सम्भावना बोकेको क्षेत्र भएको बताएका छन् । ‘जा...

कञ्चनपुरमा लागूऔषधसहित दुई जना पक्राउ

कञ्चनपुर। कञ्चनपुरबाट लागूऔषधसहित दुई जना पक्राउ परेका छन्। बेलौरी नगरपालिका-७ कालोपुलबाट कैलालीको धनगढी उपमहानगरपालिका-६ का २८ वर्षीय ओमप्रकाश चौध...

वेस्ट इन्डिज ए सँग नेपालको लगातार तेस्रो हार

काठमाडौँ । नेपाल वेस्ट इन्डिज ए सँग लगातार तेस्रो खेलमा पराजित भएको छ । विहिबार सम्पन्न चौथो खेलमा वेस्ट इन्डिज ए ले नेपाललाई २८ रनले पराजित गरेको हो ...

नक्कली प्रमाणपत्र लिएको आरोपमा गल्याङ नगरपालिकाका सिनियर अहेवविरुद्ध मुद्धा

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्याङ्जाको गल्याङ नगरपालिकाका सिनियर अहेव दुर्गा प्रसाद भट्टराईविरुद्ध नक्कली प्रमाणपत्र सम्बन्धी आरोप प...

कप्तान रोहितको वेस्ट इन्डिज ए विरुद्ध अर्धशतक

काठमाडौँ । कप्तान रोहित पौडेलले वेस्ट इन्डिज ए विरुद्ध अर्धशतक पुरा गरेका छन् । कप्तान रोहितले ३५ बलमा ६ चौका र २ छक्का प्रहार गर्दै आफ्नो अर्धशतक ...

कप्तान रोहित ८२ रन बनाएर आउट

काठमाडौँ । कप्तान रोहित पौडेल ८२ रन बनाएर आउट भएका छन् । वेस्ट इन्डिज ए विरुद्ध अर्धशतक पुरा गरेका रोहितले ४७ बलमा ८२ रन बनाएर आउट भएका हुन् । व...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies