Khabar Dabali ८ पुष २०८२ मंगलवार | 23rd December, 2025 Tue
Investment bank

बृहत् राष्ट्रिय मोर्चा निर्माण नभएसम्म राजाबादीको आन्दोलन निरथर्क: कमल थापा

खबरडबली संवाददाता

काठमाडौं। राप्रपा नेपालका अध्यक्ष कमल थापाले देशमा हाल कायम संघीय धर्मनिरपेक्ष गणतन्त्र असफल प्रमाणित भएको दाबी गर्दै गणतन्त्र लुटतन्त्रमा परिणत भएको आरोप लगाएका छन् ।

पार्टी कार्य सम्पादन समितिको बिस्तारित बैठकमा बोल्दै थापाले अहिले मुलुकमा सिमित राजनितीक दलका नेताले सिण्डिकेट खडा गरेर राज्य सन्चालन गरिरहेको समेत टिप्पणी गरेको समेत जनाएका छन ।

थापाले अहिलेको राज्य प्रणाली र शासकबर्गप्रती जनतामा बितृष्णा रहेको भन्दै भ्रष्ट ब्यबस्था र शासकबाट जनताले मुक्ति खोजेको बताए। सबै अटाउन सक्ने मौलिक प्रजातन्त्रले मात्र मुलुकको राष्ट्रिय सुरक्षा , समाबेशी प्रजातन्त्र र आर्थिक समृद्धिको ग्यारेन्टी गर्ने भन्दै थापाले जनताको भरोसा टुटेको ब्यबस्थाले निकास दिन नसक्ने दाबी गरे । आफुलाई राजसंस्था र हिन्दुराष्ट्रको पक्षधर भन्नेहरुले समयको महत्वलाई बुझ्न नसकेको भन्दै थापाले राजसंस्था र हिन्दुराष्ट्रको सम्भावनालाई तुहाईदिने आत्मघाती सोचबाट मुक्त हुनुपर्ने समेत बताए ।

बृहत् राष्ट्रिय मोर्चा निर्माण नभएसम्म कुनै पनि पक्षबाट एकाङ्की रुपमा गरिने आन्दोलन निरर्थक र औचित्यहिन अभ्यास हुने स्पष्ट हुने हुँदा मोर्चा निर्माणमा राप्रपा नेपाल निरन्तर प्रयत्नशील रहेको समेत उनले स्पष्ट पारे । सामुहिक नेतृत्व र  सबैको सहभागिताको सिद्धान्तको आधारमा सहकार्य र मोर्चा निर्माणमा आफुहरुको प्रयास हुने थापाको कथन छ।

बैठकले मिटरब्याज,लघुबित्त ,सहकारी र बैंकबाट पीडित लाखौ जनताको समस्या समाधान लाई सरकारले उच्च प्राथमिकता दिनुपर्ने समेत निर्णय गरेको छ। पछिल्लो राजनीतिक घटनाक्रम, पार्टीको आगामी कार्यक्रम, सकृय सदस्यता बितरण अभियान, उपनिर्बाचन र संगठन सुदृढीकरण लगायतका बिषयमा बैठकमा छलफल भएको राप्रपा नेपालका महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

शीतल निवासमा तीन दलका शीर्ष नेतासँग राष्ट्रपति र प्रधानमन्त्रीको छलफल जारी

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री सुशीला कार्कीले तीन दलका शीर्ष नेतासँग छलफल गरेका छन्। छलफलमा नेकपा एमालेका अध्यक्ष केपी शर्म...

आयोगले गर्याे तत्कालीन गृहसचिव, आईजी र काठमाडौंका सीडीओको स्थानहद फुकुवा

काठमाडौं । जाँचबुझ आयोगले तीन जनाको स्थानहद फुकुवा गरेको छ। आयोगले मंगलबार पत्र पठाउँदै तत्कालीन गृहसचिव गोकर्णमणि दुवाडी, नेपाल प्रहरीका आईजीपी चन...

देउवा र ओली सुटुक्क पुगे शीतल निवास

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग छलफल गर्न नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली शीतल निवास पुगेका छ...

सिन्धुलीमा शरीरमा पेट्रोल छर्की आगो लगाई बुहारीको हत्या, सासू र नन्द पक्राउ

सिन्धुली। सिन्धुलीको कमलामाई नगरपालिका–४, धुराफाँट निवासी ३२ वर्षीया सुशीला बम्जनको हत्यामा संलग्न रहेको आशङ्कामा दुई जनालाई पक्राउ गरी घटनाको थप अनुस...

छानबिन आयोगले पठायो पूर्व गृहमन्त्री रमेश लेखकलाई बयानका लागि पत्र

काठमाडौँ । जेनजी आन्दोलनका घटनाको छानबिनका लागि गठित जाँचबुझ आयोगले तत्कालीन गृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखकलाई बयानका लागि उपस्थित हु...

सरकारी टोलीले गर्याे क्षतिग्रस्त नेकपा कार्यालयको अनुगमन

काठमाडौं । जेनजी आन्दोलनका क्रममा आगजनी भएको नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को पार्टी कार्यालयको सरकारी टोलीले अनुगमन गरेको छ। सरकारद्वारा गठित र...

शितल निवासमा प्रधानमन्त्री कार्की र तीन शीर्ष नेताबीच पहिलो पटक वार्ता हुँदै

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रमुख तीन दलका शीर्ष नेतालाई छलफलका लागि बोलाएको बैठकमा प्रधानमन्त्री सुशीला कार्की पनि सहभागी हुने भएकी छन्।...

हामी सुदन गुरुङजी र कुलमानजीसँग पनि कुरा गर्छौ: रवी लामिछाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानले नयाँ र वैकल्पिक भनिएका सबै राजनीतिक शक्तिसँग सहकार्यका लागि छलफल सुरु गरिएको ब...

सबैभन्दा पहिला चुनावमा भाग लिने स्पष्ट सन्देश एमालेबाट आयो: सञ्चारमन्त्री खरेल

काठमाडौं । नेकपा एमालेले चुनावी वातावरण तयार पार्न सरकारसँग आग्रह गरेको छ। मंगलबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा सरकारी टोलीसँग भेट्दा महासचिव शं...

हुस्सु र कुहिरोले नेपालगन्ज विमानस्थलबाट कुनै हवाइ उडान हुन सकेन

नेपालगन्ज। बाक्लो शीतलहर तथा कुहिरोका कारण भिजिबिलिटी नपुग्दा मङ्गलवार दिउँसोसम्म नेपालगन्ज विमानस्थलबाट कुनै हवाइ उडान हुन सकेन ।  नागरिक उड्डयन क...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending