Khabar Dabali ६ पुष २०८२ आईतवार | 21st December, 2025 Sun
Investment bank

जिल्ला टुक्रयाउन पाइदैन भन्दै बाग्लुङ बन्द

\"baglung\"बागलुङ । सङ्घीय प्रदेशहरुको सीमाङ्कनमा बागलुङलाई विभाजन गर्ने प्रमुख दलहरुको निर्णयको विरोधमा सुरु भएको आन्दोलनले यहाँको जनजीवन प्रभावित बनेको छ । मङ्गलबारदेखि सुरु भएको अनिश्चितकालीन बागलुङ बन्दका कारण जनजीवन ठप्प बनेको हो । आदिवासी जनजातिहरुको दुई दिनको बन्दपछि सुरु भएको अर्को बन्दले अवस्था झन कष्टकर बन्दै गएको छ । विगत छ दिनदेखिको बन्दले जिल्लाभर नराम्रो प्रभाव पारेको छ । बजार, कलकारखाना, यातायात, विद्यालय, सङ्घसंस्था, कार्यालय सबै बन्द छन् । सरकारी कार्यालयहरु सुरक्षाकर्मीको पहरामा खुले पनि सेवाग्राही छैनन् । आयात ठप्प हुँदा बजारमा दैनिक उपभोग्य सामानको अभाव देखिन थालेको छ । अघिल्लो छ प्रदेशको प्रस्तावमै विभाजित बनेको बागलुङ पछिल्लो सीमाङ्कनमा झन् धेरै भू–भागसहित विभाजित बनेपछि जिल्लावासी आन्दोलित बनेका हुन् । सदरमुकामदेखि जिल्लाका प्रमुख व्यापारिक केन्द्र गलकोट, बुर्तिवाङ, कुश्मिसेरा, खरवाङलगायतका क्षेत्रमा बन्दले जनजीवन प्रभावित छ । गलकोटमा छुट्टै तवरबाट पनि अनिश्चितकालीन बन्दको घोषणा गरिएको छ । जिल्लास्थित राजनीतिक दलको नेतृत्वमा गठित आन्दोलन परिचालन समितिले आन्दोलन चर्काएको हो । बिहीबार हजारौँको सङ्ख्यामा रहेका महिलाले एकीकृत बागलुङको पक्षमा प्रदर्शन गरेका थिए । उनीहरुले रित्तो थाल र घरेलु भाँडाकुँडा बजाउँदै चर्को नाराबाजी गरेका थिए । बागलुङ विभाजन गर्ने निर्णय नसच्चिएसम्म आन्दोलन जारी रहने आन्दोलन परिचालन समितिमा रहेका दलहरुले जनाएका छन् । जिल्लामा क्रियाशील सबै दलहरुले आन्दोलनमा समर्थन जनाएका छन् । बिनाआधार र कारण गरिएको जिल्ला टुक्र्याउने निर्णय नसच्चिएसम्म आन्दोलन जारी रहने नेपाली काँग्रेस बागलुङका कार्यबाहक सभापति जगदीशचन्द्र उपाध्यायले बताए । उनले बागलुङलाई अखण्ड राखेर प्रदेश नं ४ मा समेट्नुपर्ने बताए । प्रमुख दलका शीर्ष नेतृत्वले धोका दिएको उल्लेख गर्दै उनले जिल्ला नटुक्र्याउने आश्वासन दिएका नेताहरुले बागलुङमाथि खेलबाड गरेको आरोप लगाए । अघिल्लो छ प्रदेशको प्रस्तावमा जिल्ला टुक्र्याउने निर्णयको चौतर्फी विरोध भएपछि प्रमुख दलका शीर्ष नेतृत्वले बागलुङ नटुक्र्याउने आश्वासन दिएका थिए । पछिल्लो सात प्रदेशको सीमाङ्कनमा बागलुङबारे कुनै निर्णय नभएपछि आन्दोलनमा जानुपरेको नेकपा ९एमाले० का जिल्ला अध्यक्ष श्रीप्रसाद शर्माले बताए । उनले अघिल्लोमा भन्दा पछिल्लो सीमाङ्कनमा बागलुङको ठूलो भूभाग प्रदेश नं ५ मा गाभिएको उल्लेख गरे । ‘कुनै सिद्धान्त र आधारबिना स्रोतसाधनमाथि हस्तक्षेप कायम गर्न बागलुङ टुक्र्याउन खोजिएको छ’ अध्यक्ष शर्माले भने – “सीमित नेता र व्यक्तिको स्वार्थका कारण आज यो भइरहेको छ, हामीले यसलाई कदापि मान्दैनौँ ।’ जिल्लाकै पहिचान बोकेको सम्पदा ढोरपाटन सिकार आरक्ष र जलाधार क्षेत्रमा पकड राख्ने स्वार्थले जिल्लालाई विभाजन गर्न खोजिएको आरोप दलहरुले लगाएका छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending