Khabar Dabali १५ असार २०८३ सोमबार | 29th June, 2026 Mon
Investment bank

चलचित्र समीक्षा : पृथक निर्देशन र छायाङ्कनको ‘रङ्गेली’

खबरडबली संवाददाता

काठमाडौँ । शक्ति र प्रभावको द्वन्द्व र संवादमा केन्द्रित नेपाली कथानक चलचित्र ‘रङ्गेली’ अहिले प्रदर्शनमा रहेको छ । निर्देशक अर्जुन सुवेदीद्वारा निर्देशित ‘रङ्गेली’ यही फागुन २५ गते रिलिजमा आएको हो । ‘ग्याङस्टर’ श्रेणीमा पर्ने यस चलचित्रमा प्रमुख कलाकारहरू दयाहाङ राई, मिरूना मगर, अर्पण थापा, प्रवीण खतिवडा, रूपेश झा, सुन्दर धिताल छन् । चलचित्र केन्द्रीय पात्रहरू विजय, भगवान् दादा र जुनकिरीको वरिपरि घुम्छ, जसको बाटो अप्रत्याशितरूपमा एकार्कासँग जोडिएको हुन्छ ।

विजय (दयाहाङ राई) आमाबाबुबिहीनताबाट दु:ख पाएको मानिस हो । ऊ बाल्यावस्थादेखि नै तोता भाई यादव (रूपेश झा) की हजुरआमाको साथमा हुर्केको हुन्छ । परिस्थितिले उसलाई अन्धकारको बाटोमा डोर्‍याउँछ । उसलाई चलचित्रभित्रको एक शक्तिशाली व्यक्तित्वमा रूपान्तरण गराइएको छ । उसले सानैदेखि समाजमा बलियो आफ्नो स्थान बनाउने दृढ सङ्कल्प राखेको हुन्छ । जसका कारण उसले साथी समेत गुमाउनु र अन्य अकल्पनीय घटना हुनुले चलचित्रको कथालाई रोचक बनाएको छ ।

रङ्गेलीमा शक्ति र प्रभावको प्रतीकको रूपमा भगवान् दादा (अर्पण थापा) रहेको छ । ऊ राजनीतिक आरोहणको ठूलो महत्वाकाङ्क्षामा छ । विजय र भगवान् दादाबीचको असमझदारी चलचित्रको केन्द्रीय द्वन्द्व र शक्ति हो । विरोधाभासयुक्त विचारधारा र व्यक्तिगत प्रतिशोधले उत्तेजित विजय र भगवान्को सम्बन्ध द्वन्द्वमा परिणत हुन्छ । उनीहरूको एक पटक–सम्बन्धित सम्बन्ध विश्वासघात र महत्वाकाङ्क्षाको भरमा टुक्रिन्छ, जसले दर्शकलाई चलचित्रको कथाको घुम्ती भेट्टाउन मद्दत गर्छ । चलचित्रमा जुनकिरी (मिरुना मगर) पात्रमा आउने असामान्य बदलावमा दर्शक मोहित हुन्छन् । सन्की प्रहरी अधिकारी मानबहादुर ढकाल ९प्रवीण खतिवडा० को प्रवेश हुने हरेक दृश्यमा दर्शकले मज्जा लिन्छन् । बीचबीचमा आउँदै जाँदै गर्ने ग्याङस्टर पात्रहरू छोटो तर प्रभावशाली भूमिकामा छन् ।

दर्शकले सबैभन्दा मनोरञ्जन लिने चलचित्रका पात्र हुन्, अभिनेता आर्यन सिग्देल । उनी अप्रत्याशित रूपमा अन्त्यमा आउँछन् । जतिञ्जेल रहन्छन्, तहल्का मच्चाउँछन् । उनको परिचय चलचित्रको सुरुदेखि अन्तिमसम्मै रहने पात्र गट्टु भैया (सुन्दर धिताल) ले गराउँछन्, जुन रोचक छ ।

रङ्गेलीका कलाकारहरू प्रभावशाली छन् । प्रत्येक कलाकारले आफ्नो भूमिकामा गहिराइ र जटिलता ल्याउँछन् । डर र शक्तिको खेलमा वफादार साथी, वफादार सहयोगी, असल र खराब नियतका प्रहरी अधिकारी, नैतिकतासहितका र नैतिक पतन भएका नेता, सोझा जनता, प्रेममा धोका सबै चरित्रहरू एकपछि अर्को गर्दै भित्रिन्छन् । वफादारी र महत्वाकाङ्क्षाको साथ प्रभुत्व खोज्ने निर्दयी प्रतिद्वन्द्वीसम्म, प्रत्येक पात्रले कथामा तहहरू थपेको छ र आफूलाई पृथक बनाउने प्रयास गरेको छ ।

‘रङ्गेली’को निर्देशन र छायाङ्कन पृथक देखिन्छ । चलचित्रले दर्शकलाई डरलाग्दा अवस्थामा डुबाउँछ र अपराधको जालो बुझिने धमिलो र उज्यालो प्रकाशयुक्त कोठा, वातावरण र तनावको स्पष्ट भावना सिर्जना गर्दछ । प्रकाश र छायाको प्रयोगले दृश्यमा सौन्दर्य थपेको छ । हरेक कुनामा लुकेको अप्रत्याशित दृश्यलाई क्यामेराको कुशलरुपमा झल्काउन खोजेको छ ।

यसको पटकथाले एकाध ठाउँमा केही बिस्तारै गति लिए पनि निर्देशकको कथा भन्ने शैलीलाई सफल रूपमा पछ्याउँछ । निर्देशक र लेखक एकै जना भएको कारण पनि चलचित्रको ग्राफको गति बिग्रन पाएको छैन । निर्देशकले प्रयोग गरेका मेटाफोरहरूले दृश्य र कथालाई अलग स्वाद प्रदान गरेको छ । कलाकारहरूका चरित्र विकासमा निर्देशकले अथक मेहनत गरेको प्रस्ट देखिन्छ । 
रङ्गेली’को अर्को पक्ष संवादमा गरिएको मेहनत र पाश्र्व सङ्गीत हो । दृश्यहरूसँगै पछाडि सुनिने सङ्गीतका ‘इफेक्ट’हरू शानदार छन् । चलचित्रका खलपात्र अर्पण थापा र प्रहरी अधिकारी प्रवीण खतिवडाको लागि तयार गरिएका संवादले दर्शकको मथिङ्गल हल्लाउँछ । सबै पात्रको संवादमा पूर्वी नेपालको मोरङ जिल्लाको रङ्गेली क्षेत्र वरपर बोलिने स्थानीय भाषालाई आत्मसात् गर्दै तयार गरिएको संवाद विशेष छ ।

नवप्रवेशी कलाकारहरू रुपेश झा, सुन्दर धिताल, सान डोमा, सुजन खतिवडालगायतले तारिफयोग्य काम गरेका छन् । चलचित्रमा समावेश गीतहरू सान्दर्भिक नलाग्न सक्छन् भने सम्पादनमा केही मेहनत गर्न सकिन्थ्यो भन्ने महसुस हुन्छ । दर्शकलाई भण्डै तीन घन्टासम्म हलमा अडाउन चुनौतीपूर्ण रहेको अवस्थामा चलचित्र अलि लामो भएको भान हुन्छ ।
 
‘रङ्गेली’ अपराध र प्रतिशोधको कथा मात्र होइन, नेपालजस्तो देशमा रहने सामाजिक अवस्थाको प्रतिबिम्ब पनि हो । भलै चलचित्रमा देखाइएको जस्तो गुण्डागर्दीमा उत्रिने पात्रहरू खुलेआम  अस्तित्वमा त छैनन् तर, भित्रीरूपमा अपराधको जालो भने अविश्वसनीय छ । यो चलचित्रले त्यही सन्देश दिन खोजेको देखिन्छ । यो पहिचान, नैतिकता र शक्तिको खोजीका विषयवस्तु रहेको यो एक आकर्षक चलचित्र यात्रा हो । जसले हाम्रो समाजको मनोभावलाई दर्शाउँछ ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

गृहमन्त्री र गृहसचिवको सवारीबाट कालो सिसा हटाइयो

काठमाडौं। काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले गृहमन्त्री सुधन गुरुङ र गृहसचिव राजकुमार श्रेष्ठको सरकारी सवारीमा जडान गरिएको कालो सिसा हटाएको छ।...

विष्णु पौडेललाई थप तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति

काठमाडौं। सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानका क्रममा पक्राउ परेका नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वउपप्रधानमन्त्री विष्णु पौडेलको तीन दिन म्याद थप ...

क्याम्पसबाट दलीय विद्यार्थी संगठनका संरचना हटाउन त्रिविको निर्देशन

काठमाडौं। त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले आफ्ना आंगिक क्याम्पसहरूलाई दलीय विद्यार्थी संगठनका संरचना हटाउन निर्देशन दिएको छ। त्रिविको विद्यार्थी क...

राष्ट्रिय सभाबाट ‘विनियोजन विधेयकमाथि विचार गरियोस्’ प्रस्ताव स्वीकृत

काठमाडौँ। राष्ट्रिय सभाको बैठकले ‘प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त विनियोजन विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत गरेको छ । अर...

नयाँ कर नीति दीर्घकालीन आर्थिक हित र औपचारिकीकरणमा केन्द्रित छ: अर्थमन्त्री वाग्ले

काठमाडौँ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकारले अवलम्बन गरेका नयाँ कर नीति र बजेटका प्रावधानहरू मुलुकको दीर्घकालीन आर्थिक हित र अर्थतन्त्रको औपचार...

सरकारको पहिलो कर्तव्य राष्ट्रिय सीमा र जनताको सुरक्षा हो : भीम रावल

काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टीका नेता डा.भीम रावलले सरकारको पहिलो कर्तव्य राष्ट्रिय सीमाको रक्षा र जनताको सुरक्षा रहेको बताएको छन् । सोमबार काठ...

कीर्तिपुरस्थित होल्डिङ सेन्टरबाट एक जना पक्राउ

काठमाडौं। कीर्तिपुरस्थित होल्डिङ सेन्टरबाट प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा ३९ वर्षीय डम्बरबहादुर तामाङ रहेको जिल्ला प्रहरी परिसर ...

नेपालको हवाई क्षेत्रमा सरकार आफैँले केही गरिहाल्न सक्ने अवस्था छैन: पर्यटनमन्त्री पौडेल

काठमाडौँ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले नेपालको हवाई उद्योगको क्षेत्रमा सरकारले तत्काल ठूलो लगानी गर्न सक्ने अवस्था नरहेको ...

किसानका समस्या समाधानमा सरकार गम्भीर बन्नुपर्छ : सभापति चौधरी

काठमाडौँ। प्रतिनिधिसभाअन्तर्गतको कृषि तथा प्राकृतिक स्रोत समितिका सभापति अशोककुमार चौधरीले किसानका समस्या समाधानलाई सरकारले उच्च प्राथमिकतामा राख्नुपर...

लेखापरीक्षणको गुणस्तर सुधार गर्न वित्तीय स्वायत्तता र थप स्रोतसाधन आवश्यक: महालेखा परीक्षक राया

काठमाडौँ। महालेखा महालेखा परीक्षक तोयम रायाले लेखापरीक्षणको गुणस्तर सुधार गर्न वित्तीय तथा सङ्गठनात्मक स्वायत्तता अपरिहार्य रहेको बताएको छन्।  सोमब...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending