Khabar Dabali ५ पुष २०८२ शनिबार | 20th December, 2025 Sat
Investment bank

उपहारलाई लिएर उत्साहित नायिका रेखा थापा

खबरडबली संवाददाता

काठमाडौं । आजबाट हलहलमा नायिका रेखा थापाको बहुप्रतिक्षित फिल्म उपहार प्रर्दशनमा आउँदैछ ।

अघिल्ला चलचित्रको समयमा भन्दा यो पल्टचाहिँ एकदमै उत्साहित रहेको रेखाले प्रतिक्रिया दिईन् । 

मैले काम गरेका र निर्माण गरेका अघिल्ला चलचित्रहरू प्रदर्शनको समयमा नर्मस हुन्थेँ म । यो पटकचाहिँ उत्साहित छु रेखाले भनिन्, अहिले जति पनि हलमा चलिरहेका छन्,  तीभन्दा फरक स्वाद ‘उपहार’मा पाउनुहुनेछ । रेखाको अनुसार फिल्मको कन्टेन अहिले चलिरहेको भन्दा फरक छ । कथाकारले पनि एकदमै फरक शैलीमा राम्रो कथा तयार पार्नुभएको छ भने निर्देशकीय पक्षबाट पनि मिहिनेत गरिएको छ ।

मैले अघिल्ला फिल्ममा गरेको गल्ती यसमा सुधारेको छु । यो फिल्म हेरुन्जेल दर्शकलाई बोर लाग्दैन । फिल्म हेरुन्जेल दर्शकलाई हरेक क्यारेक्टरमा म हुँ भन्ने लाग्छ । यो फिल्म युनिभर्सल फिल्म हो भन्न रुचाउँछु ।

चलचित्रमा सामाजिक विषयवस्तुलाई मनोरञ्जनपूर्ण हिसाबले प्रस्तुत गरेका गरिएको छ । यहाँ समाज रुपान्तरणका कुरादेखि समाजमा भइरहने घटनाक्रम पनि उठान गरेका छौँ, अभिनेत्री रेखा थापाले भनिन्, “मेरो चलचित्रले दर्शकलाई मनोरञ्जनसँगै सन्देश दिने गरेको छ । त्यही शैलीलाई निरन्तरता दिएकी छु हामीलाई माया गर्नुहुन्छ भन्ने विश्वास लिएको छु।”

‘उपहार’ले सामाजिक विषयवस्तुलाई मनोरञ्जनपूर्ण हिसाबले प्रस्तुत गरेको रेखा बताईन् । नेपाली चलचित्रमा एउटै विषयवस्तु भयो भन्ने आरोप आफूले पनि सुनिरहेको बताउने रेखाले त्यो आरोपलाई ‘उपहार’ ले गलत साबित गर्ने दाबी गर्ने उल्लेख गरिन् ।

‘हाम्रो फिल्म आँखालाई शीतल दिने किसिमको छ । फिल्ममा हरेक मान्छेको यात्रामा भेटिने सफलता र असफलता तथा प्रेम र विछोडका कुरा दर्शकले पाउनुहुनेछ,’ रेखा भन्छिन् । उनले ‘उपहार’ मा समाज रूपान्तरणका कुरादेखि लिएर हरेक दिन समाजमा भइरहने घटनाका कुरा पनि उठान भएको बताईन् । चलचित्रमा नारीमात्र होइन, पुरुष पनि पीडित छन भन्ने कुरा देखाइएको उनको भनाइ छ । हामीले दर्शकले मन पराउने कथामा फिल्म बनाएका छौँ ।झ

उनका अनुसार यो चलचित्रले समसामयिक विषयवस्तुलाई निकै नै रमाइलो तरिकाले उठाएको छ । फिल्मको  पहिलो हाफमा कमेडी भरपूर छ । दोस्रो हाफमा भने गम्भीरतालाई केन्द्रमा राखिएको छ ।

ज्ञानेन्द्र देउजाको निर्देशनमा तयार भएको चलचित्र ‘उपहार’मा रेखा थापा, पूजा शर्मा, बेनिशा हमाल, मुकुन भुसाल, तेज गिरी, समर्पण जंग कार्की, शिशिर राणा, सुष्मा कार्की लगायतका कलाकारको अभिनय छ ।

रेखाले यसअघि ज्ञानेन्द्र देउजाको निर्देशनमा ‘देवर बाबु’, ‘हिफाजत’, ‘खुसी’ लगायतका हिट  फिल्ममा काम गरी सकेकी छिन 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

जिल्ला कारागार कञ्चनपुरमा कैदीबन्दीबीच झडप, अवस्था तनावग्रस्त

काठमाडौं । जिल्ला कारागार कार्यालय कञ्चनपुरमा तनाव उत्पन्न भएको छ। कारागारभित्र रहेका कैदीबन्दीबीच विवाद भएपछि अवस्था तनावग्रस्त बनेको हो। तनाव भएक...

देउवाले उपसभापति र महामन्त्रीलाई छलफलमा बोलाए

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका शीर्ष तहका चार नेतालाई छलफलका लागि बोलाएका छन्। शनिबार बिहान ९ बजे बैठक बस्ने गरी उनले ...

जेनजी आन्दोलनका घाइते पत्रकारको उपचार सरकारले गर्छ : सञ्चारमन्त्री खरेल

काठमाडौँ । जेनजी युवा पुस्ताको आन्दोलनको रिपोर्टिङका क्रममा घाइते भएका पत्रकारको उपचार खर्च सरकारले व्यहोर्ने भएको छ ।  शुक्रबार घाइते पत्रकारलाई न...

केन्द्रीय कमिटीमा ओलीले भने : पार्टी भित्रका असन्तुष्टि मिडियामा गएर नपोख्नु

काठमाडौँ। नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले एमालेको काँधमा अहिले असाधारण जिम्मेवारी रहेको बताएको छन्।  ११ औँ महाधिवेशनबाट निर्वाचित नयाँ केन...

अमेरिकाले एकै दिन गर्याे ७५ नेपाली डिपोर्ट

काठमाडौँ । अमेरिकाले अवैध रूपमा बसोबास गर्दै आएका तथा कानुनको पालना नगरेका ७५ जना नेपालीलाई एकै दिन डिपोर्ट गरेको छ। उनीहरूलाई बिहीबार दिउँसो चार्टर्ड...

बैठकको नेताको मोबाइल फोन बज्दा ओलीले आपत्ति

एमाले राष्ट्रिय झन्डा ओढेर सिंहदरबार जलाउने जस्तो नक्कली आवरणको पार्टी होइन

जेनजी आन्दोलनका घाइते पत्रकारलाई सम्मान

काठमाडौँ। सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जेनजी आन्दोलनका क्रममा घाइते भएका पत्रकारलाई सम्मान गरेको छने । शुक्रबार मन्त्रालयमा विशेष क...

रवि लामिछालाई भरतपुरबाट गाडिमा रुपन्देही लगिँदै

चितवन । चितवनको भरतपुरबाट रास्वपा सभापति रवि लामिछानेलाई अहिले रुपन्देहीतर्फ लगिँदैछ। भैरहवा विमानस्थलमा घना हुस्सु ९कुहिरो०का कारण उडान नखुलेपछि उनी ...

बाँसलाई निर्माण सामाग्रीको रुपमा प्रयोग गरौँ : मन्त्री घिसिङ

काठमाडौँ। ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र  शहरी विकासमन्त्री कुलमान घिसिङले बाँसवाट निर्माण हुने संरचनाको डिजाइन सम्बन्धी मार...

अमेरिकाले स्थगित गर्याे ‘ग्रीन कार्ड लटरी’

काठमाडौँ । अमेरिकाले ‘ग्रीन कार्ड लटरी’ योजना अस्थायी रूपमा स्थगित गरेको छ। यो निर्णय ब्राउन युनिभर्सिटीमा दुई जनाको ज्यान जाने गोलीकाण्डपछि अमेरिकी र...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending