Khabar Dabali २६ बैशाख २०८३ शनिबार | 9th May, 2026 Sat

गम्भीर संकटमा सत्ता गठबन्धन

खबरडबली संवाददाता

काठमाडौँ । मन्त्रिपरिषद् पुनर्गठन र राष्ट्रिय सभा निर्वाचनमा असहयोग र अविश्वास बढ्दा सत्ता गठबन्धन गम्भीर संकटमा परेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल र एमाले अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टी र जनता समाजवादी पार्टीसमेत समेटेर नयाँ समीकरण बनाउन निर्णायक पहल सुरु गरेका छन् । 

लामो गृहकार्यपछि आइतबार साँझ अबेर प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओली दुई–दुई सहयोगी नेताहरूसहित बालुवाटारमा औपचारिक छलफलका लागि बसेका थिए । छलफलमा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र माओवादी उपमहासचिव वर्षमान पुन तथा एमाले उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेल थिए । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र जसपा अध्यक्ष उपेन्द्र यादव पनि साथमा थिए । सत्य निरूपण तथा मेलमिलाप आयोगसम्बन्धी विधेयकका लागि भनिए पनि बैठकमा वैकल्पिक सरकार निर्माणको विषयमा छलफल भएको थियो ।

सत्तारूढ कांग्रेस र माओवादीबीच अविश्वास बढेको भने लामो समय भइसकेको छ । अर्थमन्त्री प्रकाशशरण महतमाथि कार्यक्षमतामा र स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतमाथि भ्रष्टाचारमा प्रश्न उठेको भन्दै समग्र मन्त्रिपरिषद् पुनगर्ठन गर्न खोज्दा कांग्रेस सभापति देउवाले अवरोध गरेको भन्दै प्रधानमन्त्री दाहालले कांग्रेसकै पदाधिकारीसँग असन्तुष्टि व्यक्त गर्दै आएका थिए ।

यता प्रतिपक्षी सांसदहरूले विवादास्पद मन्त्रीको राजीनामा मागेर संसद्मा नाराबाजी गर्दै आएका छन् । सभामुख देवराज घिमिरेले सोमबार संसद् बैठकमा विपक्षीहरूको मागमा जवाफ दिन प्रधानमन्त्रीलाई रुलिङ गरिसकेका छन् ।

संसद् जानुअघि प्रधानमन्त्री दाहालले सत्ता गठबन्धनको बैठक बोलाएका छन् । बिहान ८ बजे बालुवाटारमा बस्ने बैठकबाट वर्तमान गठबन्धनको भविष्य तय हुने माओवादी नेताहरूको भनाइ छ । त्यसलगत्तै एमाले, माओवादी, रास्वपा र जसपाको बैठक बोलाउने दाहालको तयारी छ ।

गठबन्धन टुट्ने सम्भावना बढेपछि देउवा आइतबार रातिसम्म नेताहरूसँगको छलफलमा व्यस्त रहे । ‘अपराह्न पार्टीका सबै मन्त्रीहरूलाई बोलाएर देउवाले प्रधानमन्त्री दाहालले मन्त्रिपरिषद् पुनर्गठन गर्न खोजिरहेको भन्दै सामूहिक राजीनामा दिनुपर्ने अवस्था आएको बताउनुभयो । सोमबार संसद्मा प्रधानमन्त्रीको सम्बोधन छ । त्यसअघि वर्तमान गठबन्धनको बैठक बस्छ । त्यो बेलासम्म धेरै विषय स्पष्ट हुनेछ,’ कांग्रेसका एक मन्त्रीले भने ।

उनका अनुसार देउवाले सबै मन्त्रीहरूलाई फिर्ता बोलाउने र मन्त्रिपरिषद् पुनर्गठनको प्रस्ताव गर्ने सम्भावना छ । ‘अब हाम्रो हातमा आएको राष्ट्रिय सभाको अध्यक्ष थियो, त्यो पनि दिएर गठबन्धन जोगाउने अन्तिम कसरतमा सभापति लाग्नुभएको छ । त्यति गर्दा पनि गठबन्धन जोगिने ग्यारेन्टी छैन ।’

आइतबारको राजनीतिक घटनाक्रमसँगै परराष्ट्रमन्त्री एनपी साउदको फिनल्यान्ड भ्रमण स्थगित भएको छ । परराष्ट्र मन्त्रालयका अनुसार साउद आइतबार राति ‘सेकेन्ड यूएन एलडीसी फ्युचर फोरम’ मा भाग लिन त्यता जाने कार्यक्रम थियो ।

कांग्रेस र माओवादीबीचको अविश्वास संक्रमणकालीन न्यायसम्बन्धी विधेयकमा समेत प्रकट भएको छ । शान्ति सम्झौता भएको १७ वर्षयता यो विषयमा कांग्रेस र माओवादी सँगै थिए भने एमालेका मात्र सर्त रहँदै आएका छन् । तर, आइतबार प्रतिनिधिसभाको कानुन, न्याय तथा मानवअधिकार समितिमा भने एमाले, माओवादी र रास्वपासमेत सहमत हुँदा कांग्रेसले समय चाहिने भन्दै विधेयक पारित गर्न मानेन । समितिले आइतबार बोलाएको बैठकअघि नै प्रधानमन्त्री दाहालले कांग्रेस सभापति देउवा र एमालेका अध्यक्ष ओलीसँग छलफल गरेका थिए । बैठकमा विधेयकलाई सहमतिमै टुंग्याउने समझदारी बनेको थियो ।

शीर्ष नेताहरूको छलफलपछि विधेयकमा कसरी समस्या समाधान गर्ने भन्नेबारे समिति सभापति विमला सुवेदी, कांग्रेस नेता रमेश लेखक, एमाले नेता महेश बर्तौला, रास्वपाका सन्तोष परियारलगायतबीच अनौपचारिक छलफल भएको थियो । बिहान साढे ११ बजे बोलाइएको बैठक दुई घण्टापछि दिउँसो साढे १ मा सुरु भयो । कांग्रेस, एमाले, माओवादी, रास्वपा र राप्रपाका सांसदहरूले साँझसम्म भए पनि आइतबार नै विधेयक पारित गर्ने भनिरहेका थिए । तर, कानुनमन्त्री धनराज गुरुङले सरकारलाई सहमति जुटाउन समय चाहिने भन्दै समय मागेर विधेयक रोकेका छन् । यो समाचार आजको कान्तिपुर दैनिकमा छ।

 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending