Ntc summer Offer
Khabar Dabali १२ श्रावण २०८१ शनिबार | 27th July, 2024 Sat
NIMB

गम्भीर संकटमा सत्ता गठबन्धन

खबरडबली संवाददाता

काठमाडौँ । मन्त्रिपरिषद् पुनर्गठन र राष्ट्रिय सभा निर्वाचनमा असहयोग र अविश्वास बढ्दा सत्ता गठबन्धन गम्भीर संकटमा परेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल र एमाले अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टी र जनता समाजवादी पार्टीसमेत समेटेर नयाँ समीकरण बनाउन निर्णायक पहल सुरु गरेका छन् । 

लामो गृहकार्यपछि आइतबार साँझ अबेर प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओली दुई–दुई सहयोगी नेताहरूसहित बालुवाटारमा औपचारिक छलफलका लागि बसेका थिए । छलफलमा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र माओवादी उपमहासचिव वर्षमान पुन तथा एमाले उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेल थिए । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र जसपा अध्यक्ष उपेन्द्र यादव पनि साथमा थिए । सत्य निरूपण तथा मेलमिलाप आयोगसम्बन्धी विधेयकका लागि भनिए पनि बैठकमा वैकल्पिक सरकार निर्माणको विषयमा छलफल भएको थियो ।

सत्तारूढ कांग्रेस र माओवादीबीच अविश्वास बढेको भने लामो समय भइसकेको छ । अर्थमन्त्री प्रकाशशरण महतमाथि कार्यक्षमतामा र स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतमाथि भ्रष्टाचारमा प्रश्न उठेको भन्दै समग्र मन्त्रिपरिषद् पुनगर्ठन गर्न खोज्दा कांग्रेस सभापति देउवाले अवरोध गरेको भन्दै प्रधानमन्त्री दाहालले कांग्रेसकै पदाधिकारीसँग असन्तुष्टि व्यक्त गर्दै आएका थिए ।

यता प्रतिपक्षी सांसदहरूले विवादास्पद मन्त्रीको राजीनामा मागेर संसद्मा नाराबाजी गर्दै आएका छन् । सभामुख देवराज घिमिरेले सोमबार संसद् बैठकमा विपक्षीहरूको मागमा जवाफ दिन प्रधानमन्त्रीलाई रुलिङ गरिसकेका छन् ।

संसद् जानुअघि प्रधानमन्त्री दाहालले सत्ता गठबन्धनको बैठक बोलाएका छन् । बिहान ८ बजे बालुवाटारमा बस्ने बैठकबाट वर्तमान गठबन्धनको भविष्य तय हुने माओवादी नेताहरूको भनाइ छ । त्यसलगत्तै एमाले, माओवादी, रास्वपा र जसपाको बैठक बोलाउने दाहालको तयारी छ ।

गठबन्धन टुट्ने सम्भावना बढेपछि देउवा आइतबार रातिसम्म नेताहरूसँगको छलफलमा व्यस्त रहे । ‘अपराह्न पार्टीका सबै मन्त्रीहरूलाई बोलाएर देउवाले प्रधानमन्त्री दाहालले मन्त्रिपरिषद् पुनर्गठन गर्न खोजिरहेको भन्दै सामूहिक राजीनामा दिनुपर्ने अवस्था आएको बताउनुभयो । सोमबार संसद्मा प्रधानमन्त्रीको सम्बोधन छ । त्यसअघि वर्तमान गठबन्धनको बैठक बस्छ । त्यो बेलासम्म धेरै विषय स्पष्ट हुनेछ,’ कांग्रेसका एक मन्त्रीले भने ।

उनका अनुसार देउवाले सबै मन्त्रीहरूलाई फिर्ता बोलाउने र मन्त्रिपरिषद् पुनर्गठनको प्रस्ताव गर्ने सम्भावना छ । ‘अब हाम्रो हातमा आएको राष्ट्रिय सभाको अध्यक्ष थियो, त्यो पनि दिएर गठबन्धन जोगाउने अन्तिम कसरतमा सभापति लाग्नुभएको छ । त्यति गर्दा पनि गठबन्धन जोगिने ग्यारेन्टी छैन ।’

आइतबारको राजनीतिक घटनाक्रमसँगै परराष्ट्रमन्त्री एनपी साउदको फिनल्यान्ड भ्रमण स्थगित भएको छ । परराष्ट्र मन्त्रालयका अनुसार साउद आइतबार राति ‘सेकेन्ड यूएन एलडीसी फ्युचर फोरम’ मा भाग लिन त्यता जाने कार्यक्रम थियो ।

कांग्रेस र माओवादीबीचको अविश्वास संक्रमणकालीन न्यायसम्बन्धी विधेयकमा समेत प्रकट भएको छ । शान्ति सम्झौता भएको १७ वर्षयता यो विषयमा कांग्रेस र माओवादी सँगै थिए भने एमालेका मात्र सर्त रहँदै आएका छन् । तर, आइतबार प्रतिनिधिसभाको कानुन, न्याय तथा मानवअधिकार समितिमा भने एमाले, माओवादी र रास्वपासमेत सहमत हुँदा कांग्रेसले समय चाहिने भन्दै विधेयक पारित गर्न मानेन । समितिले आइतबार बोलाएको बैठकअघि नै प्रधानमन्त्री दाहालले कांग्रेस सभापति देउवा र एमालेका अध्यक्ष ओलीसँग छलफल गरेका थिए । बैठकमा विधेयकलाई सहमतिमै टुंग्याउने समझदारी बनेको थियो ।

शीर्ष नेताहरूको छलफलपछि विधेयकमा कसरी समस्या समाधान गर्ने भन्नेबारे समिति सभापति विमला सुवेदी, कांग्रेस नेता रमेश लेखक, एमाले नेता महेश बर्तौला, रास्वपाका सन्तोष परियारलगायतबीच अनौपचारिक छलफल भएको थियो । बिहान साढे ११ बजे बोलाइएको बैठक दुई घण्टापछि दिउँसो साढे १ मा सुरु भयो । कांग्रेस, एमाले, माओवादी, रास्वपा र राप्रपाका सांसदहरूले साँझसम्म भए पनि आइतबार नै विधेयक पारित गर्ने भनिरहेका थिए । तर, कानुनमन्त्री धनराज गुरुङले सरकारलाई सहमति जुटाउन समय चाहिने भन्दै समय मागेर विधेयक रोकेका छन् । यो समाचार आजको कान्तिपुर दैनिकमा छ।

 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

वर्षाले सडक बन्द भएपछि सुनसान भए होमस्टे

बागलुङ । वर्षाले बाटो बन्द हुँदा बागलुङमा सञ्चालित घरबास (होमस्टे) सुनसान बनेका छन्। असार दोस्रो सातापछिको निरन्तर वर्षाका कारण ग्रामीण सडक अवरुद्ध भए...

घर भत्किँदा एकै घरका आठ घाइते

सुर्खेत । जाजरकोटको  छेडागाड नगरपालिका–१२ काँडागाउँमा  घर भत्किँदा एकै घरका आठजना घाइते भएका छन् ।  घरमुली ३५ वर्षीय पदम अधिकारीसहित परिवारका आठजना...

त्रिभुवन विमानस्थलमा भएको विमान दुर्घटनापछि उठेका पाँच प्रश्न र तिनका उत्तर

काठमाडौं । सौर्य एअरलाइन्सको एउटा विमान बुधवार काठमाण्डूस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उड्नेबित्तिकै दुर्घटनामा परेर १८ जनाको ज्यान गएपछि...

बेनी-जोमसोम सडक फेरि अवरुद्ध

म्याग्दी । रघुगङ्गा गाउँपालिका–२ सिरुबारीमा खसेको पहिरोले बेनी–जोमसोम सडक अवरुद्ध भएको छ । आज बिहान ठूलो ढुङ्गासहित खसेको पहिरोका कारण सडक अवरुद्ध भएक...

टीआरसी विधेयकमा कार्यदल भेट्ला सहमतिको मिलनबिन्दु ?

काठमाडौं । सङ्क्रमणकालीन न्याय (टीआरसी)को सहजीकरणका लागि बनाइएको कार्यदलको बैठक आज बस्दैछ। बैठक बिहान साढे ९ बजे सिंहदरबारस्थित गृहमन्त्रालयमा बैठक बस...

कीर्तिपुरका नगर प्रमुख राजकुमार नकर्मीको निधन

काठमाडौं । कीर्तिपुर नगरपालिकाका प्रमुख राजकुमार नकर्मीको निधन भएको छ ।  प्रमुख नकर्मीलाई बिहीबार राती ८ बजे उपचारमा संलग्न डाक्टरले मृत घोषणा गर्न...

धादिङमा तीन चितुवा मृत भेटिए

धादिङ । धादिङको थाक्रे गाउँपालिका–१० गढीमा तीन वटा चितुवा मृत फेला परेको छ। गढीस्थित अदुवाबारीमा दुई वटा र मकैबारी एक वटा चितुवा मृत अवस्थामा बिहीब...

क्याप्टेन शाक्यको कस्तो छ पछिल्लो स्वास्थ्य अवस्था ?

काठमाडौं । सौर्य एयरलाइन्सको विमान दुर्घटनामा घाइते भएका क्याप्टेन मनिषरत्न शाक्यको स्वास्थ्य अवस्था सामान्य रहेको काठमाडौं मेडिकल कलेजले जनाएको छ।  ...

३३ औँ संस्करणको ओलम्पिकको पेरिसमा आज औपचारिक रुपमा उद्धाटन हुँदै

काठमाडौं । विश्वकै सबभन्दा ठूलो खेलकुद मेला ओलम्पिकको ३३ औँ संस्करणको औपचारिक उद्घाटन फ्रान्सको पेरिसमा आज हुँदैछ।  उद्धघाटन नेपाली समय अनुसार राति...

यी स्थानमा आज भारी वर्षाको पूर्वानुमान

 काठमाडौं । देशका केही भूभागमा बिहानैदेखि वर्षा भइरहेको छ। गण्डकी  प्रदेशका  थोरै तथा बाँकी प्रदेशका एकदुई स्थानमा हल्का वर्षा भइरहेको मौसम पूर्वानुमा...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy