वेलिङ्टन। न्युजिल्याण्डले विश्वको पहिलो ध्रुमपान निषेधित राष्ट्र रूपमा आफुलाइ उभ्याउने कसरतमा लागेको छ ।
भविष्यका पुस्ताका लागि सुर्तीजन्य पदार्थको बिक्रीमा प्रतिबन्ध लगाउने विश्वको पहिलो देश बन्ने तयारीमा रहेको न्युजील्याण्डले पुराना कानुनहरू खारेज गरी नयाँ कानुन निर्माण गरी नियमहरू लागु गर्ने भएको छ ।
अनुसन्धानकर्ता र अभियानकर्ताहरूले परिणाम स्वरूप मानिसलाइ मर्ने खतरा कम गर्नका लागि ध्रुमपान निषेधित राष्ट्र बनाउन लागेको हो ।
आगामी जुलाइ्बाट लागू हुने गरी संसारको सबैभन्दा कडा सूर्ति विरोधी नियमहरूको तयारी गरेको छ, जसअनुसार जनवरी १, २००९ पछि जन्मेकाहरूलाई अब सुर्तिजन्य पदार्थ बिक्रीमा पुर्ण प्रतिबन्ध लगाउने, धुम्रपान र सूर्तिजन्य उत्पादनहरूमा निकोटिनको मात्रा घटाउने र ९० प्रतिशत भन्दा बढी सुर्ती विक्रेताहरूको संख्या घटाउने निर्णय कार्वन्वयन गरिदैँछ ।
गत अक्टोबरमा निर्वाचित नयाँ गठबन्धन सरकारले पुराना कानुन खारेजी तथा नयाँ नियम तत्काल लागु गराउने निर्णय लिएको हो, यसले सार्वजनिक टिप्पणी र आलोचनालाइ वेवास्ता गर्दै पुराना कानूनलाई खारेज गर्न सक्षम भएको जनाउँदैँ पहिले घोषणा गरिएका योजनाहरू अनुरूप लागु गर्ने अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन ।
स्वास्थ्य मन्त्री केसी कोस्टेलोका अनुसार गठबन्धन सरकार धुम्रपान र सुर्तिजन्य पदार्थ प्रयोग र बिक्री कम गर्न प्रतिबद्ध रहेको जनाउँदै तर लागिसकेको बानी निरुत्साहित गर्न र यसले निम्त्याउने हानी कम गर्न फरक नियामक दृष्टिकोण अपनाइने बारेमा छलफल गरिरहेको छ । ‘म चाँडै नै क्याबिनेटमा मानिसहरूलाई धुम्रपान छोड्न मद्दत गर्नका लागि उपलब्ध उपकरणहरू बढाउनका लागि उपायहरूको प्याकेजको घोषणा गर्नेछु, ’ कोस्टेलोले सञ्चारकर्मीलाइ भने, ‘नव युवाहरूलाई यसको लतवाट पुर्ण रूपमा रोक्न भ्यापिङसम्बन्धी नियमहरू पनि कडा बनाइने छु।’
न्युजिल्यान्डमा स्वास्थ्य नतिजाहरूमा यसको सम्भावित प्रभावको बारेमा कडा आलोचना गरिएको यो निर्णयले माओरी र पासिफिकका जनसंख्या, उच्च धुम्रपान दर भएका समूहहरूमा ठूलो प्रभाव पार्न सक्ने डरले पनि आलोचना गरिरहेका छन् ।
उता, ओटागो युनिभर्सिटीका अनुसन्धानकर्ता जेनेट होकले भने, ‘ठूलो स्तरको क्लिनिकल परीक्षणहरू र मोडेलिङ अध्ययनहरूले यो कानूनले धूमपान गर्नेहरूको बीचमा द्रुत रूपमा छाड्ने दरहरू बढाउने र युवाहरूलाई धुम्रपान गर्न धेरै गाह्रो बनाएको देखाउँछ ।’ प्राध्यापक होक धुम्रपान कम गर्ने तरिकाहरू अध्ययन गर्ने समूहका सह निर्देशक हुन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ १५ गते, २०८३ - १८:०६
काठमाडौं। काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले गृहमन्त्री सुधन गुरुङ र गृहसचिव राजकुमार श्रेष्ठको सरकारी सवारीमा जडान गरिएको कालो सिसा हटाएको छ।...
आषाढ़ १५ गते, २०८३ - १८:००
काठमाडौं। सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानका क्रममा पक्राउ परेका नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वउपप्रधानमन्त्री विष्णु पौडेलको तीन दिन म्याद थप ...
आषाढ़ १५ गते, २०८३ - १७:४२
काठमाडौं। त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले आफ्ना आंगिक क्याम्पसहरूलाई दलीय विद्यार्थी संगठनका संरचना हटाउन निर्देशन दिएको छ। त्रिविको विद्यार्थी क...
आषाढ़ १५ गते, २०८३ - १७:३२
काठमाडौँ। राष्ट्रिय सभाको बैठकले ‘प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त विनियोजन विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत गरेको छ । अर...
आषाढ़ १५ गते, २०८३ - १७:१८
काठमाडौँ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकारले अवलम्बन गरेका नयाँ कर नीति र बजेटका प्रावधानहरू मुलुकको दीर्घकालीन आर्थिक हित र अर्थतन्त्रको औपचार...
आषाढ़ १५ गते, २०८३ - १६:५२
काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टीका नेता डा.भीम रावलले सरकारको पहिलो कर्तव्य राष्ट्रिय सीमाको रक्षा र जनताको सुरक्षा रहेको बताएको छन् । सोमबार काठ...
आषाढ़ १५ गते, २०८३ - १६:३५
काठमाडौं। कीर्तिपुरस्थित होल्डिङ सेन्टरबाट प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा ३९ वर्षीय डम्बरबहादुर तामाङ रहेको जिल्ला प्रहरी परिसर ...
आषाढ़ १५ गते, २०८३ - १६:०३
काठमाडौँ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले नेपालको हवाई उद्योगको क्षेत्रमा सरकारले तत्काल ठूलो लगानी गर्न सक्ने अवस्था नरहेको ...
आषाढ़ १५ गते, २०८३ - १५:५६
काठमाडौँ। प्रतिनिधिसभाअन्तर्गतको कृषि तथा प्राकृतिक स्रोत समितिका सभापति अशोककुमार चौधरीले किसानका समस्या समाधानलाई सरकारले उच्च प्राथमिकतामा राख्नुपर...
आषाढ़ १५ गते, २०८३ - १५:४४
काठमाडौँ। महालेखा महालेखा परीक्षक तोयम रायाले लेखापरीक्षणको गुणस्तर सुधार गर्न वित्तीय तथा सङ्गठनात्मक स्वायत्तता अपरिहार्य रहेको बताएको छन्। सोमब...



प्रतिकृया लेख्नुहोस्: