Khabar Dabali १६ चैत्र २०८२ सोमबार | 30th March, 2026 Mon
Investment bank

राष्ट्रिय सभा अध्यक्षमा माओवादीको दाबीले झस्कियो कांग्रेस

खबरडबली संवाददाता

काठमाडौँ । राष्ट्रिय सभा अध्यक्ष आफूले पाउनेमा ढुक्क रहेको कांग्रेस मंगलबार माओवादीबाट समेत दाबी गरिएपछि झस्किएको छ । माओवादीको स्थायी कमिटी बैठकमा मंगलबार अधिकांश नेताहरूले राष्ट्रिय सभा अध्यक्षमा दाबी प्रस्तुत गर्नुपर्ने अडान राखेका हुन् । 

संवैधानिक आयोगका पदाधिकारी नियुक्ति सिफारिस गर्ने ६ सदस्यीय संवैधानिक परिषद्को सदस्यसमेत हुने भएकाले दुवै दलले राष्ट्रिय सभा अध्यक्ष आफनो दलका नेतालाई बनाउन चाहेका छन् । राष्ट्रिय सभा अध्यक्षको निर्वाचन यही फागुन २९ मा हुँदैछ । 

राष्ट्रिय सभा अध्यक्षमा माओवादीको दाबीले झस्कियो कांग्रेस
पार्टीका पूर्वमहामन्त्रीसमेत रहेका नेता कृष्णप्रसाद सिटौलालाई अध्यक्ष बनाउने योजनाका साथ कांग्रेसले राष्ट्रिय सभामा प्रवेश गराएको महामन्त्री विश्वप्रकाश शर्माले बताए । माघ ११ मा १९ पदका लागि भएको निर्वाचनमा सिटौला कोशी प्रदेशबाट निर्वाचित भएका हुन् । शर्माका अनुसार माओवादी र कांग्रेसबीचकै समझदारीमा राष्ट्रिय सभा सदस्यका लागि सिटौलालाई अघि सारिएको हो ।

गठबन्धनभित्रबाटै कोशी प्रदेशमा भएको गडबडीका कारण माओवादी कांग्रेससँग सशंकित बन्न थालेको छ । कोशीमा गठबन्धनबाट सिटौला निर्वाचित हुँदा माओवादी नेतृ चम्पादेवी कार्की पराजित भएकी थिइन् । कार्कीलाई एमाले नेतृ रुक्मिणी कोइरालाले हराएकी थिइन् । त्यसयता राष्ट्रिय सभा अध्यक्ष कांग्रेसलाई छाड्न नहुने मत माओवादीमा सशक्त बन्दै गएको छ । महासचिव देव गुरुङका अनुसार स्थायी कमिटी बैठकमा बोल्ने सबैजसो नेताहरूले राष्ट्रिय सभा अध्यक्ष माओवादीले छाडन नहुने बताएका छन् ।

पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहालले भने त्यसबारे केही बोलेका छैनन् । ‘चुनाव प्रक्रिया सुरु भइनसकेकाले पार्टी अध्यक्षज्यूले समयक्रममा निर्णय गरौंला भन्नुभएको छ,’ गुरुङले भने ।

कांग्रेस नेताहरूले भने दुई पार्टीका नेतृत्वबीच राष्ट्रपतिको निर्वाचन हुनुअघि नै सिटौलालाई राष्ट्रिय सभा अध्यक्ष बनाउने अनौपचारिक समझदारी भएको दाबी गर्दै आएका छन् । माओवादी महासचिव गुरुङले भने यस्तो कुनै समझदारी नभएको दाबी गरे । पार्टी बैठकमा दाहालले पनि कांग्रेसलाई राष्ट्रिय सभा अध्यक्ष दिने भन्ने समझदारी नभएको जानकारी गराएका थिए । ‘कुराकानीका क्रममा प्रसंग चले होलान्, तर औपचारिक तहमा कुनै सहमति भएको होइनरछैन भन्ने कुरा नै अध्यक्षज्यूको छ,’ गुरुङले भने ।

माओवादीले उम्मेदवार नै अघि सार्ने परिस्थिति बनेको खण्डमा बढी सम्भावना वर्तमान राष्ट्रिय सभा उपाध्यक्ष उर्मिला अर्याल र नवनिर्वाचित सांसद झक्कु सुवेदी भएको नेताहरूले बताए । अर्यालको कार्यकाल चार वर्ष बाँकी छ भने भर्खरै निर्वाचित सुवेदी आगामी ६ वर्षसम्म राष्ट्रिय सभामा हुनेछन् ।

‘उहाँहरूको दाबी एक हिसाबले आउन सक्छ । कोशीमा गठबन्धनबाट माओवादीको उम्मेदवार हार्दै गर्दा कांग्रेससँगको गठबन्धन फापेन भनेर आशंका गरेर, त्यसैको जगमा अध्यक्ष पाउनुपर्छ भन्ने कुरालाई हामीले अन्यथा मान्न हुँदैन । दुवै पार्टीको नेतृत्वबीच अध्यक्ष बनाउने गरेर नै सिटौलालाई अघि सार्ने अनौपचारिक तहमा एउटा मनोविज्ञान बनेको हो,’ कांग्रेस महामन्त्री शर्माले भने, ‘गठबन्धनका बीच भएका निश्चित घटनाक्रमलाई लिएर कमीकमजोरी केलाउने, कसरी सुधार गर्न सकिन्छ भनेर सचेत हुन सकिन्छ । तर, त्यत्तिकै आधारमा अनौपचारिक समझदारी भत्किन्छ भन्ने मलाई लाग्दैन ।’

माओवादीका नेताहरूले राष्ट्रिय सभामा ठूलो दल भएको हैसियतले पनि अध्यक्ष पाउनुपर्ने तर्क अघि सारिरहेका छन् । तीन दलका अध्यक्ष ९देउवा, दाहाल र नेपाल० बीच भएको सहमतिअनुसार एक वर्षपछि माओवादीले सरकारको नेतृत्व छाड्दा माओवादीबाट संवैधानिक परिषद्मा सदस्य नहुने तर्क पनि माओवादीको छ । ‘माओवादीले साँच्चै कांग्रेससँगको गठबन्धन नचाहेको हो भने राष्ट्रिय सभा अध्यक्षमा उम्मेदवार अघि सारेर एउटा गतिलो बहाना सुरु हुनेछ,’ कांग्रेसका एक नेताले चेतावनी दिए, ‘त्यसपछि इलाममा हुने उपनिर्वाचनमा मतान्तर हुन्छ र बिस्तारै गठबन्धन भत्किने बाटोतिर जान सक्छ ।’ यो समाचार आजको कान्तिपुर दैनिकले लेखेको छ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

तीन पूर्वप्रधानमन्त्रीविरुद्ध सम्पत्ति शुद्धीकरणमा अनुसन्धान भइरहेको हो?

काठमाडौं । तीन पूर्वप्रधानमन्त्रीहरू केपी शर्मा ओली, शेरबहादुर देउवा र पुष्पकमल दाहाल 'प्रचण्ड'विरुद्ध सम्पत्ति शुद्धीकरणको कसुरमा अनुसन्धान थ...

प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले मन्त्रिपरिषद् बैठक बोलाएका छन्। बालेनले सोमबार दिउँसो ४ बजेका लागि मन्त्रिपरिषद् बैठक बोलाएका हुन्। ...

कार्यवाहक सभापतिको हैसियतमा पूर्णबहादुरको विज्ञप्तिले झन्झन् पेचिलो हुँदै कांग्रेस विवाद

काठमाडौं । आधिकारिकता विवाद सर्वोच्च अदालतमा विचाराधीन रहेकै तथा निर्वाचनमा अनपेक्षित हार खाएकै वेला कांग्रेसको आन्तरिक विवाद झन्झन् बढ्दै गएको छ । जे...

औपचारिक माफी माग्ने सरकारको प्रतिबद्धताप्रति दलित समुदायद्वारा स्वागत

काठमाडौँ । दलित तथा ऐतिहासिक रूपमा बहिष्कृत समुदायमाथि सरकारले औपचारिक रूपमा माफी माग्ने विषयको दलित समुदायले स्वागत गरेका छन् । दलित समुदायका नेता...

पुराना ऐन खारेज गर्ने र नीतिगत सुधारको प्रतिबद्धता स्वागतयोग्य: नेपाल उद्योग परिसंघ

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको सरकारले असान्दर्भिक तथा धेरै पुराना ऐन खारेजी तथा नीतिगत सुधारको प्रतिबद्वताप्रति नेपाल उद्योग परिसंघ...

लहान नगरपालिकाका कर्मचारीले चार महिनादेखि तलब पाएनन्

सिरहा । यहाँको लहान नगरपालिकामा कार्यरत कर्मचारी र शिक्षकहरूको विगत चार महिनादेखि तलब रोकिएको छ । तलब नपाउँदा उनीहरूको दैनिकी चलाउनै समस्या भएको गुनास...

यस्तो छ कृषि उपजको आजका लागि थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्रत...

गतलाङ क्षेत्रमा ‘ड्रोन’बाट वनस्पतिका बीउ छरिदै

रसुवा । डडेलोका कारण उजाड बनेको यहाँको गतलाङस्थित वन क्षेत्रलाई पुनः हरियाली बनाइने भएको छ । यसका लागि डिभिजन वन कार्यालयले ‘ड्रोन’मार्फत वनस्पतिका बी...

एमाले लुम्बिनी प्रदेश सांसद रेखा शर्मा पक्राउ

काठमाडौँ । लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ ।  सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गरे। ...

स्पा सेन्टरमा बालिकालाई काममा लगाएको आरोपमा लेकसाइडका आठ सञ्चालक पक्राउ

गण्डकी । जिल्ला प्रहरी कार्यालय, कास्कीले पोखराको लेकसाइडमा सञ्चालित स्पा सेन्टरमा बालिकाहरूलाई काममा लगाएको आरोपमा आठ जना स्पा सञ्चालकलाई आइतबार पक्र...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending