Khabar Dabali ४ पुष २०८२ शुक्रबार | 19th December, 2025 Fri
Investment bank

राष्ट्रिय सभा अध्यक्षमा माओवादीको दाबीले झस्कियो कांग्रेस

खबरडबली संवाददाता

काठमाडौँ । राष्ट्रिय सभा अध्यक्ष आफूले पाउनेमा ढुक्क रहेको कांग्रेस मंगलबार माओवादीबाट समेत दाबी गरिएपछि झस्किएको छ । माओवादीको स्थायी कमिटी बैठकमा मंगलबार अधिकांश नेताहरूले राष्ट्रिय सभा अध्यक्षमा दाबी प्रस्तुत गर्नुपर्ने अडान राखेका हुन् । 

संवैधानिक आयोगका पदाधिकारी नियुक्ति सिफारिस गर्ने ६ सदस्यीय संवैधानिक परिषद्को सदस्यसमेत हुने भएकाले दुवै दलले राष्ट्रिय सभा अध्यक्ष आफनो दलका नेतालाई बनाउन चाहेका छन् । राष्ट्रिय सभा अध्यक्षको निर्वाचन यही फागुन २९ मा हुँदैछ । 

राष्ट्रिय सभा अध्यक्षमा माओवादीको दाबीले झस्कियो कांग्रेस
पार्टीका पूर्वमहामन्त्रीसमेत रहेका नेता कृष्णप्रसाद सिटौलालाई अध्यक्ष बनाउने योजनाका साथ कांग्रेसले राष्ट्रिय सभामा प्रवेश गराएको महामन्त्री विश्वप्रकाश शर्माले बताए । माघ ११ मा १९ पदका लागि भएको निर्वाचनमा सिटौला कोशी प्रदेशबाट निर्वाचित भएका हुन् । शर्माका अनुसार माओवादी र कांग्रेसबीचकै समझदारीमा राष्ट्रिय सभा सदस्यका लागि सिटौलालाई अघि सारिएको हो ।

गठबन्धनभित्रबाटै कोशी प्रदेशमा भएको गडबडीका कारण माओवादी कांग्रेससँग सशंकित बन्न थालेको छ । कोशीमा गठबन्धनबाट सिटौला निर्वाचित हुँदा माओवादी नेतृ चम्पादेवी कार्की पराजित भएकी थिइन् । कार्कीलाई एमाले नेतृ रुक्मिणी कोइरालाले हराएकी थिइन् । त्यसयता राष्ट्रिय सभा अध्यक्ष कांग्रेसलाई छाड्न नहुने मत माओवादीमा सशक्त बन्दै गएको छ । महासचिव देव गुरुङका अनुसार स्थायी कमिटी बैठकमा बोल्ने सबैजसो नेताहरूले राष्ट्रिय सभा अध्यक्ष माओवादीले छाडन नहुने बताएका छन् ।

पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहालले भने त्यसबारे केही बोलेका छैनन् । ‘चुनाव प्रक्रिया सुरु भइनसकेकाले पार्टी अध्यक्षज्यूले समयक्रममा निर्णय गरौंला भन्नुभएको छ,’ गुरुङले भने ।

कांग्रेस नेताहरूले भने दुई पार्टीका नेतृत्वबीच राष्ट्रपतिको निर्वाचन हुनुअघि नै सिटौलालाई राष्ट्रिय सभा अध्यक्ष बनाउने अनौपचारिक समझदारी भएको दाबी गर्दै आएका छन् । माओवादी महासचिव गुरुङले भने यस्तो कुनै समझदारी नभएको दाबी गरे । पार्टी बैठकमा दाहालले पनि कांग्रेसलाई राष्ट्रिय सभा अध्यक्ष दिने भन्ने समझदारी नभएको जानकारी गराएका थिए । ‘कुराकानीका क्रममा प्रसंग चले होलान्, तर औपचारिक तहमा कुनै सहमति भएको होइनरछैन भन्ने कुरा नै अध्यक्षज्यूको छ,’ गुरुङले भने ।

माओवादीले उम्मेदवार नै अघि सार्ने परिस्थिति बनेको खण्डमा बढी सम्भावना वर्तमान राष्ट्रिय सभा उपाध्यक्ष उर्मिला अर्याल र नवनिर्वाचित सांसद झक्कु सुवेदी भएको नेताहरूले बताए । अर्यालको कार्यकाल चार वर्ष बाँकी छ भने भर्खरै निर्वाचित सुवेदी आगामी ६ वर्षसम्म राष्ट्रिय सभामा हुनेछन् ।

‘उहाँहरूको दाबी एक हिसाबले आउन सक्छ । कोशीमा गठबन्धनबाट माओवादीको उम्मेदवार हार्दै गर्दा कांग्रेससँगको गठबन्धन फापेन भनेर आशंका गरेर, त्यसैको जगमा अध्यक्ष पाउनुपर्छ भन्ने कुरालाई हामीले अन्यथा मान्न हुँदैन । दुवै पार्टीको नेतृत्वबीच अध्यक्ष बनाउने गरेर नै सिटौलालाई अघि सार्ने अनौपचारिक तहमा एउटा मनोविज्ञान बनेको हो,’ कांग्रेस महामन्त्री शर्माले भने, ‘गठबन्धनका बीच भएका निश्चित घटनाक्रमलाई लिएर कमीकमजोरी केलाउने, कसरी सुधार गर्न सकिन्छ भनेर सचेत हुन सकिन्छ । तर, त्यत्तिकै आधारमा अनौपचारिक समझदारी भत्किन्छ भन्ने मलाई लाग्दैन ।’

माओवादीका नेताहरूले राष्ट्रिय सभामा ठूलो दल भएको हैसियतले पनि अध्यक्ष पाउनुपर्ने तर्क अघि सारिरहेका छन् । तीन दलका अध्यक्ष ९देउवा, दाहाल र नेपाल० बीच भएको सहमतिअनुसार एक वर्षपछि माओवादीले सरकारको नेतृत्व छाड्दा माओवादीबाट संवैधानिक परिषद्मा सदस्य नहुने तर्क पनि माओवादीको छ । ‘माओवादीले साँच्चै कांग्रेससँगको गठबन्धन नचाहेको हो भने राष्ट्रिय सभा अध्यक्षमा उम्मेदवार अघि सारेर एउटा गतिलो बहाना सुरु हुनेछ,’ कांग्रेसका एक नेताले चेतावनी दिए, ‘त्यसपछि इलाममा हुने उपनिर्वाचनमा मतान्तर हुन्छ र बिस्तारै गठबन्धन भत्किने बाटोतिर जान सक्छ ।’ यो समाचार आजको कान्तिपुर दैनिकले लेखेको छ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एमाले महाधिवेशन- सर्वपक्षीय बैठकपछि मात्रै अन्तिम नतिजा सार्वजनिक गरिने

काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भएको मतदान प्रक्रिया सम्पन्न भएको छ। बिहीबार बिहान सम्पन्न मतदानमा २ हजार २ सय २७ जना महाधिवेशन प्रति...

प्रतिनिधिसभा पुनर्स्थापनाका लागि कांग्रेसभित्र बढ्यो सक्रियता

बहुमत सांसदको हस्ताक्षरसहित जाँदा अदालत दबाबमा पर्ने विश्लेषण

धान्द्रुके बाजेलाई त्रियासी वर्षमा नागरिकता

गलकोट । यहाँको बागलुङ नगरपालिका–१० भकुण्डेमा बस्दै आउनुभएका एक ८३ वर्षीय वृद्धले नागरिकता प्राप्त गरेका छन्। २०८१ फागुन २ गते राष्ट्रिय समाचार समितिमा...

लगातार बढ्दै आएको अमेरिकी डलरको मूल्यमा गिरावट

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (बिहीबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, पाउन्ड, कुबे...

नेकपापंक्तिमा प्रचण्डको निर्देशन- चुनावको विकल्प छैन, तयारीमा जट्नू

धनुषा । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देशको वर्तमान राजनीतिक सङ्कटको निकासका लागि प्रतिनिधिसभाको चुनाव एउटैमात्र विकल्...

यी हुन् नयाँ नेतृत्व चयनका लागि भोट नहाल्ने ३६ प्रतिनिधि (सूचीसहित)

काठमाडौँ । नकेपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनको नयाँ नेतृत्वका लागि भएको मतदानमा दुई हजार २२७ जनाले मतदान गरेका छन् ।  महाधिवेशनस्थल भृकुटीमण्...

एमाले महाधिवेशन- २२२७ मत खस्यो, मतगणना सुरु भएको तीन घण्टाभित्र नतिजा आउने

काठमाडौँ । नकेपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनको नयाँ नेतृत्वका लागि भएको मतदानमा दुई हजार २२७ जनाले मतदान गरेका छन् ।  महाधिवेशनस्थल भृकुटीमण्...

तनहुँमा सुन्तला उत्पादन तथा बिक्रीको विवरण सङ्कलन गरिँदै

तनहुँ । तनहुँस्थित कृषि विकास कार्यालयले जिल्लाभित्र उत्पादित सुन्तलाको विवरण सङ्कलन गर्न थालेको छ । व्यावसायिक रुपमा सुन्तलाखेती गरिएका ठाउँमा कार्या...

पदीय मर्यादा अनुरूप काम नगर्नेलाई कारबाही

धनुषा। मधेस प्रदेशका १८ वटा सरकारी कार्यालयमा छड्के निरीक्षण गरिएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट दुई/दुई जनाको सम्मिलित आठ वटा टोल...

निर्वाचन ७७ दिन बाँकी: निर्वाचन कार्यक्रमका लागि नागरिक शिक्षा प्रवर्द्धन स्रोत पुस्तिका सार्वजनिक

काठमाडौँ । निर्वाचन आयोगले ‘निर्वाचन कार्यक्रमका लागि नागरिक शिक्षा प्रवर्द्धन स्रोत पुस्तिका’ सार्वजनिक गरेको छ । ‘निर्वाचन शिक्षा तथा सूचनाको विस...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending