Khabar Dabali ११ पुष २०८२ शुक्रबार | 26th December, 2025 Fri
Investment bank

दिलबहादुर रम्तेलको हत्या र ज्ञानेन्द्र शाहीको अभिव्यक्ति

ज्ञानेन्द्र शाही तिम्राे अगाडी तिम्रा छाेराछाेरीकाे कसैले हत्या गरे तिमी के गर्छाै ?

मनाेज भट्टराई
मनाेज भट्टराई

काठमाडाैं । यो कुनै काल्पनिक कथा र कुनै काल्पनिक पात्रहरू नभएर वास्तविकता हो । एउटा अकल्पनीय र अवर्णनीय घटना जुन २०५२ साल फागुन १४ गतेको थियो । आजका दिनसम्म पनि भयभीत बनाउने त्यो घटना एउटा अलिखित डरलाग्दो र पीडादायी इतिहास हो भन्ने लाग्छ ।

गोरखा सदरमुकामबाट उत्तरी भागमा अवस्थित प्राकृतिक रूपमा सुन्दर, बहुजातीय, बहुभाषिक र विभिन्न सांस्कृतिक र सामाजिक परम्परा रहेको रमणीय साविक ताकुकोट गाविस हाल बारपाक सुलीकोट गाउँपालिका–६ मा अवस्थित सूर्यज्योति मावि २०५२ साल फागुन १४ गते एकाएक रणभूमि बन्यो । हुन त राष्ट्रिय राजनीतिक परिवर्तन र उथलपुथल भएसँगै घटनालाई आआफ्नै तरिकाले रङ भर्ने काम भएका होलान् तथापि तत्कालीन घटनाको वास्तविकतालाई उजागर गर्ने प्रयास गरिएको छ ।

गोरखाको सूर्यज्योति मावि त्यस क्षेत्रमा स्रोत विद्यालय थियो र जिल्लामै उत्कृष्ट नतिजा ल्याउन सफल विद्यार्थीहरूको रोजाइमा पर्ने कारण तत्कालीन समयमा करिब सात सय विद्यार्थी भएको अब्बल माविका रूपमा पहिचान बनाउन सफल थियो । घटना तत्कालीन प्रअ वीरबहादुर गुरुङसँग जोडिएको जस्तो देखिन्थ्यो । तत्कालीन प्रअ गुरुङ विद्यार्थीहरू र त्यस भेगका जनताहरूको प्रिय पात्र थिए । वीरबहादुर गुरुङ र तत्कालीन शिक्षक, स्टाफको लगनसिलताबाट विद्यालयले सफलता हासिल गरेको थियो ।

त्यो दिन (फागुन १४,२०५२)प्रअ गुरुङलाई गिरफ्तार गर्नका लागि भनेर पचासदेखि साठी जनाको सशस्त्र प्रहरी जत्था विद्यालयहाताभित्र प्रवेश गर्छ र एकाएक विद्यालय लडाइँको मैदानजस्तो बन्न पुग्छ । पाँचौँ घण्टी सकेर सबै शिक्षकहरू स्टाफरुममा पुग्न नभ्याउँदै प्रअलाई हतकडी लगाएर उनको आफ्नै गाउँको बाटो गरेर लैजाँदैगर्दा विद्यार्थीहरू असह्य चीत्कारसँगै ढुङ्गा बर्साउँदै पछि पछि दगुरी रहेका थिए । गाउँका किसानहरू मेलो छाडेर प्रहरीका पछि कुद्दै थिए । 

प्रहरीको जत्था गोली बर्साउँदै गोरखा सदरमुकाम जाने नियमित बाटो नभई प्रअको गाउँको बाटो लागेको हुन्छ र उनको आफ्नै गाउँ पन्द्रुङ, जराङ्गकै व्रह्माचारिणी निमाविका भाइबहिनीहरू रमिते भएर घटनातिर नियाल्दै गर्दा साना एघार वर्षीय अबोध बालक दिलबहादुर रम्तेल गोली लागेर ढल्छन् । अर्का रामप्रसाद भट्ट पनि गोली लागेर ढलेका हुन्छन् । दिलबहादुर घ्याम्पेसाल स्वास्थ्य चौकी लग्दैगर्दा बाटामा नै मृत्यु वरण गर्न पुग्छन् भने रामप्रसाद भट्ट गोली निकालेर हालसम्म पनि घाईते जीवन जीउन बाध्य रहेका छन् ।

आज रम्तेलको हत्या भएको २९ वर्ष पुगिसकेको छ । स्कुल र क्याम्पस गएको छोरो गुमाउन पर्दा, जंगल गएकी छोरी बलात्कृत हुँदा, स्कुल गएको शिक्षक बिद्यार्थीकै अगाडी ढल्दा, खेतमा जोत्न गएको श्रीमान खेतमै ढल्दा र सुतीरहेको परिवारको सदस्य थुतेर केही पर लगेर गरिएको हत्याको पिडा त हामीले भग्यौं । जो माओवादी जनयुद्धलाई नजिकबाट नियाली रहेका थियौं ।

सांसद ज्ञानेन्द्र शाहीलाई के थाहा ? यी र यस्ता घटनाको पिडा कस्तो हुन्छ भनेर ? जनयुद्धको जगमा भएको १० वर्षे युद्ध र १९ दिने आन्दोलनको उपलव्धि गणतन्त्र नेपालको व्याज खाइरहेका उनले हिजो मात्रै संसदमा दिएको अभिव्यक्ति कति निन्दनीय छ त्यो शव्दमा उरारी रहन सम्भव नै छैन । उनको अभिव्यक्तिः ‘मैले आठ र नौ वर्षका बच्चाबच्चीको घाँटी काटेर आएको हो ? गुड्दै गरेको बसमा बम हानेर मारेको हो ? मैले नेपाली दाजुभाइ तथा दिदीबहिनी मारेको हो ? मैले जातजाति, धर्म भेषभूषाको नाममा हिंसा गरेर आएको हो ?’
दिलबहादु रम्तेल सहित १७ हजार बढी सहिदहरुको बलीदानले प्राप्त गणतन्त्रका विरुद्ध उनी बारम्वार आइलागी रहेका हुन्छन् । उनका विरुद्ध  कुनै दलका एकजना नेताले बोल्न सकीरहेकाे देिखँदैन । यसले के लाग्छ भने कतै माओवादी सहितका गणतन्त्रबादीहरुले शहिद दिलबहादुर रम्तेल सहितका १७ हजार बढी सहिदहरुको सपना चकनाचुर त बनाउे हैनन् । शाहीले आइतबार संसद बैठकमा जो बोलेका छन् उनले यसको मूल्य एकदिन पक्कै चुकाउनु पर्ने छ ।

शाही जस्ता अपराधिक मानसिकता भएकाहरुलाई केही प्रश्न नगरी रहन सकिएन । १० वर्षे लामो जनयुद्ध र १९ दिने आन्दोलनमा तिमी कुन दुलामा थियौ  ? त्यही युद्धको सफलताले ल्याएको गणतन्त्रमा तिमीलाई यतिसम्म बोल्ने अधिकार कहाँबाट प्राप्त भयो? गणतन्त्रमा जनयुद्धको व्याज खादै जनयुद्धमा भएका एकाध घटनाका विरुद्ध बोल्ने आँट तिमीलाई कहाँबाट आयो? तिमी आठ–नौ वर्षको बालबालीका मारेर संसद बनेका हैनौ भने यति भन तिम्रो काखको आठ–नौ वर्षको छोराछोरी कसैले लगेर तिम्रै अगाडी हत्या गर्छ भने के हेरेर बस्छौ? ओछ्यानमा सुती रहेको तिम्रो आमाबावु, दाजभाई, दिदीबहिनी, तिम्रो श्रीमती, छोराछोरी र आफन्तको अपहरण पछि हत्या हुँदा तिमी के गरेर बस्छौ ? शाही जी तिमी सँग यसको जवाफ छ ? 

उनी जस्ता अपराधिक मानसिकता भएकाहरू सँग यसकाे जवाफ त कहाँबाट हुनु जुन बेला उनी जुम्लाबाट तल झरेकै थिएनन् ।

 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बालेन–रेशम संवाद चुनावी सहकार्यतर्फ : ‘नयाँ शक्तिहरू एक हुनैपर्छ’

काठमाडौँ । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र नागरिक उन्मुक्ति पार्टी नेपालका संरक्षक रेशम चौधरीबीच आगामी प्रतिनिधिसभा निर्वाचनमा सहकार्यको सम्भ...

अमर्यादित लेखाइ भएका सवारीसाधन नियन्त्रणमा लिन बाँके ट्राफिकको अभियान

नेपालगञ्ज । जिल्ला ट्राफिक प्रहरी कार्यालय, बाँकेले सवारीसाधनमा लेखिएका अमर्यादित, असभ्य तथा सामाजिक मर्यादा विपरीतका भनाइहरू हटाउने अभियान सुरु गरेको...

शीतलहर र हिमपातले जनजीवन कष्टकर बन्दा तत्काल सहयोग गर्न प्रचण्डको अपिल

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मौसममा आएको परिवर्तनका कारण तराई–मधेसमा शीतलहर र उच्च पहाडी तथा हिमाली क्षेत्र...

कांग्रेस महामन्त्री विश्वप्रकाशले गरे युवालाई अवसर दिँदै चुनाव नलड्ने घोषणा

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आगामी प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार नबन्ने घोषणा गरेका छन् । २०७९ को निर्वाचनमा झापा–१...

जेनजी आन्दोलनपछिको राजनीति उथलपुथल: चुनाव नजिकिँदै दलहरू एकता र ध्रुवीकरणको होडमा

काठमाडौँ । जेनजी आन्दोलनपछि बदलिएको मुलुकको राजनीतिक परिस्थिती र आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई केन्द्रमा राख्दै नयाँ तथा पुराना दलह...

प्रतिनिधिसभा निर्वाचन फागुन २१ मै हुन्छ : अर्थमन्त्री खनाल

लहान । अर्थमन्त्री डा. रामेश्वर खनालले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन तोकिएकै मितिमा सम्पन्न हुने स्पष्ट पारेका छन् । लहानस्थित रामक...

नेपाली कांग्रेस कार्य सम्पादन समितिको बैठक पुस ११ मा पुनः बस्ने

काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठक आज बसेको छ । कार्यवाहक सभापति पूर्णबहादुर खड्काको सभापतित्वमा ललितपुरस्थित पार्टीको के...

नेपाली कांग्रेसको ६ लाख ६६ हजारभन्दा बढी क्रियाशील सदस्यता नवीकरण

काठमाडौँ । नेपाली कांग्रेसले हालसम्म ६ लाख ६६ हजारभन्दा बढी क्रियाशील सदस्यताको नवीकरण सम्पन्न भएको जनाएको छ । सदस्यता व्यवस्थापन समितिका सदस्य प्र...

मोरङमा टिपरको ठक्करबाट छोराको मृत्यु, बुबा घाइते

विराटनगर । मोरङको ग्रामथान गाउँपालिका ५ मा टिपरको ठक्करबाट स्कुटरलाई ठक्कर दिँदा छोराको मृत्यु भएको छ भने बुबा घाइते भएका छन् । बिहीबार साँझ विराटच...

वैकल्पिक शक्ति ध्रुवीकरणमा गोपाल हमालको स्पष्ट ‘ब्रेक’– “कार्यकालभरि कुनै दल वा अभियानमा लाग्दिनँ”

काठमाडौं । वैकल्पिक राजनीतिक शक्तिहरूबीच एकता र ध्रुवीकरणको बहस तीव्र भइरहेका बेला धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले आफू कुनै पनि नयाँ राजनीतिक...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending