Khabar Dabali १० चैत्र २०८२ मंगलवार | 24th March, 2026 Tue
Investment bank

कांग्रेस महासमिति बैठक: कोशी प्रदेशका १४ जिल्ला सभापतिको १६ बुँदे साझा धारणा

खबरडबली संवाददाता

ललितपुर । लालितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा जारी नेपाली कांग्रेसको महासमिति बैठकमा कोशी प्रदेशका १४ जिल्ला सभापतिहरुले १६ बुँदामा साझा धारणा राखेको छन् । 

सम्मेलन केन्द्रको मुख्य हलमा जारी छलफलमा उनीहरुले पार्टीको विधान संशोधन, मर्यादाक्रम, पार्टीको साङ्गठनिक परिचालनलगायतका विषयमा साझा धारणा प्रस्तुत गरेको हो ।

जिल्ला सभापतिहरुले नेपाली कांग्रेसको केन्द्रीय सदस्यहरुको हकमा स्वत: महाधिवेशन प्रतिनिधि महासमिति सदस्य हुने व्यवस्था परिवर्तन गरी क्षेत्रीय प्रतिनिधि मात्र कायम गर्नुपर्ने, पार्टीको आन्तरिक निर्वाचनमा जुनसुकै तहमा भाग लिँदा क्रियाशील सदस्यता लिइएको समय, सीमा निर्धारण गरेको विधानको धारा निलम्बन गरिएमा उक्त धारा कार्यान्वयन गर्नुपर्ने साथै अब उप्रान्त निलम्बन गर्न नपाइने व्यवस्था गर्नुपर्ने उल्लेख गरेको छन् । 

यस्तै, वडादेखि केन्द्र तहको निर्वाचनमा एक महिला उपसभापति एक महिला सचिव, एक महिला सहसचिव पदहरु थप गर्नुपर्ने र एक उपसभापति एक महामन्त्री/सचिव एक सहमहामन्त्री/सहसचिव र एक कोषाध्यक्ष सभापतिले मनोनित गरी सम्बन्धित कार्यसमितिबाट अनुमोदन गर्नुपर्ने उनीहरुको माग छ । सबै तहको सभापतिलाई ५० प्रतिशत सदस्य मनोनित गर्ने अधिकार हुनुपर्ने उहाँहरुले उल्लेख गरेको छन् । 

पार्टीबाट हुने राजनीतिक नियुक्ति वा लाभको पद समानुपातिक प्रतिनिधित्वको अवसर एक पद एक तह, एक पटक मात्र प्राप्त हुनुपर्ने साझा धारणामा समेटिएको छ । पार्टीका तर्फबाट सिफारिस भई राष्ट्रपति तथा उपराष्ट्रपतिको पदमा दुई पूर्ण कार्यकाल मात्र बहाल हुन पाउने । मुख्यमन्त्री तथा प्रधानमन्त्री दुई पूर्ण कार्यकाल हुन पाउने, सङ्घतर्फ उपप्रधानमन्त्री, मन्त्री र राज्यमन्त्रीका साथै प्रदेशमन्त्री र राज्यमन्त्री समेत एक तहमा बढीमा तीन कार्यकाल हुन पाउने, सङ्घीय सांसद र प्रदेश सांसद एक तहमा बढीमा चार कार्यकाल हुन पाउने, कुनै तहको सांसदको कार्यकालको बीचमा समानुपातिक भएमा सो समेत कार्यकालमा गणना हुने व्यवस्था गर्नुपर्ने उनीहरुको साझा धारणा छ । 

यसैगरी, दुईभन्दा बढी सङ्घीय सांसद क्षेत्र भएको जिल्लाको हकमा स्थानीय तहको गाउँ तथा नगर सदस्य, वडाध्यक्षको टिकट वितरण गर्न नगर, प्रदेशसभा क्षेत्र, प्रतिनिधीसभा क्षेत्र समितिको सिफारिसका आधारमा जिल्ला संसदीय समितिले वितरण गर्ने व्यवस्था गर्नुपर्ने, संसदीय समितिमा सम्बन्धित क्षेत्रको क्षेत्रीय सभापति सदस्यका रुपमासमेत रहने व्यवस्था गर्नुपर्ने उनीहरुले माग गरेको छन् ।

जिल्ला सभापतिले जिल्लास्तरमा सङ्कलित सहयोग शुल्क ९लेवी० रकम जिल्ला कार्यसमितिको निर्णयअनुसार जिल्लाले नै खर्च गर्ने व्यवस्था हुनुपर्ने, कुनैपनि तहको पदाधिकारी/सदस्य निरन्तर तीन पटकभन्दा बढी सम्बन्धित तहको सभापतिलाई लिखित/मौखिक जानकारी नगराई अनुपस्थित रहेमा निजको पद स्वत: खारेज हुने प्रक्रियामा जाने व्यवस्था गर्न माग उनीहरुको छ । 

उनीहरुले पार्टीको स्वीकृति प्राप्त भ्रातृ तथा शुभेच्छुक संस्थाको हकमा जिल्ला सभापतिले निर्वाचित वा मनोनित भएपछि जिल्ला सभापतिमार्फत जिल्ला कार्यसमितिमा आफ्नो ओहोदाको प्रमाणपत्र पेश गर्नुपर्नेछ व्यवस्था गर्न माग गर्नुभएको छ । नियमन, अनुगमन र आवश्यकताका आधारमा तोकिएको जिम्मेवारी हेरफेर गर्न सक्ने, तोकिएको समयमा निर्वाचन नभएमा पुन:गठन/निर्वाचन  गर्ने अधिकार नेपाली कांग्रेस जिल्ला कार्यसमितिलाई हुने व्यवस्था गर्नुपर्ने उनीहरुको छ । 

पार्टीको तर्फबाट निर्वाचित जनप्रतिनिधि स्थानीय तह, प्रदेश र सङ्घहरुले आफूसँग सम्बन्धित समिति र जिल्ला कार्यसमितिमा कम्तीमा दुई महिनामा एकपटक लिखित प्रतिवेदन बुझाउनुपर्ने, पार्टीविरुद्ध लागेका पार्टीका क्रियाशील सदस्यलाई प्रमाणसहित उजुर गरेको अवस्थामा जिल्ला अनुशासन समितिले निलम्बन गर्न सक्ने व्यवस्था गर्न माग गरेका छन् ।

प्रतिनिधिसभा, प्रदेशसभाका प्रतक्ष्य एवम् समानुपातिक उम्मेदवार छनोट गर्दा क्षेत्रीय प्रतिनिधिको भोटिङको आधारमा एक महिलासहित तीन जनालाई सिफारिस गर्नुपर्ने, प्रदेशसभा महाधिवेशन प्रतिनिधिले प्रदेशमा उम्मेदवार हुन पाउने तर महाधिवेशन/महासमिति प्रतिनिधिले मतदानको अधिकार मात्र पाउने, प्रदेशसभा सभापति उठ्नका लागि महासमिति प्रतिनिधि हुनुपर्ने व्यवस्था गर्नुपर्ने बताइएको हो ।

प्रदेश सभापतिपछि जिल्ला सभापतिको मर्यादाक्रम हुनुपर्ने, केन्द्रीय सदस्य उठ्नका लागि महासमिति सदस्य हुनुपर्ने, क्रियाशील सदस्य जिल्लालाई वितरणको अधिकार दिनुपर्ने, गठबन्धनको सन्दर्भमा आवश्यक औचित्यका आधारमा सही समयमा मात्र उचित निर्णय लिनुपर्ने उल्लेख गरिएको छ । 

बैठकमा कांग्रेस मोरङका सभापति डिगबहादुर लिम्बू, खोटाङ सभापति विष्णुकुमार राई, उदयपुर सभापति हिमाल कार्की, झापा सभापति देउकुमार थेवे, सङ्खुवासभा सभापति दीपक खड्का, सुनसरी सभापति केदार भण्डारी, ओखलढुङ्गा सभापति तेजेन्द्र खनाल, सोलुखुम्बु सभापति नामगेल जाम्बु शेर्पा, तेह्रथुम सभापति अर्जुन तुम्बाहाम्फे, इलाम सभापति डम्बर खड्का, धनकुटा सभापति दिनेश राई, भोजपुर सभापति विनोद राई वान्तवा र ताप्लेजुङ सभापति गजेन्द्र तुम्बाहाङको तर्फबाट संयुक्त धारणा राखिएको हो ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सिंहदरबारबाट बिदा भइन् प्रधानमन्त्री कार्की, सामान निजी निवासमा सारियो

काठमाडौं । प्रधानमन्त्री शुशिला कार्की राजकीय जिम्मेवारीबाट अलग हुने तयारीमा रहेकी छन्। शुक्रबार प्रस्तावित नयाँ प्रधानमन्त्री बालेन शाहले पद तथा गोपन...

अदालतको फैसला नआएसम्म महाधिवेशन हुन सक्दैन : श्याम घिमिरे

देउवालाई बेवास्ता गरेर अघि बढ्दा कांग्रेसले निर्वाचनमा लज्जास्पद हार व्यहोरेको आरोप

कांग्रेसको १५ औँ महाधिवेशन भदौमा

काठमाडौँ। नेपाली कांग्रेसले आफ्नो १५ औँ महाधिवेशनका लागि प्रस्तावित कार्यतालिका सार्वजनिक गरेको छ । पार्टीको केन्द्रीय कार्यसमितिले तयार पारेको प्र...

तौल घटाउने औषधिमा भारतको चेतावनी

नयाँदिल्ली। तौल घटाउने औषधिको सस्तो जेनेरिक संस्करण बजारमा तीव्ररूपमा फैलिन थालेपछि भारतले त्यसको दुरुपयोग र स्वास्थ्य जोखिमबारे कडा चेतावनी दिएको छ ।...

‘तेल भिसा’चलचित्र निर्माता शिवराज कार्की पक्राउ

काठमाडौं । चलचित्र ‘तेल भिसा’ का निर्माता शिवराज कार्की पक्राउ परेका छन्। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय को टोलीले उनलाई स्वयम्भू बाट पक...

कांग्रेसद्वारा संविधान संशोधन अध्ययन गर्न विज्ञ समिति गठन गर्ने तयारी

काठमाडौं । नेपाली कांग्रेस ले संविधान संशोधनसम्बन्धी अध्ययन गर्न विज्ञ समिति गठन गर्ने तयारी गरेको छ। पार्टी उपसभापति पुष्पा भुसालको संयोजकत्वमा समिति...

बित्थडचिर गाउँपालिकाका प्रशासकीय अधिकृतसहित पाँचविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बझाङको बित्थडचिर गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत चक्रदेव भट्टसहित पाँचजनाविरुद्ध भ्...

नयाँ प्रधानमन्त्रीले शपथ लिएकै दिन कार्कीले बालुवाटार छाड्ने

काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीले नयाँ प्रधानमन्त्रीका रूपमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले शपथ लिए...

धनुषाको बस्ती नजिकै चितुवा देखिएपछि स्थानीय त्रसित

ढल्केबर। धनुषाको मिथिला नगरपालिका-७, एक्लेबरस्थित मानवबस्ती नजिकै जङ्गली चितुवा देखापरेको छ । वडाध्यक्ष रामबहादुर स्याङ्दनले मङ्गलबार बिहान १० बजे एक्...

मुलुकमा सुशासन कायम गर्न सरकारसँग सहकार्य गर्छौँ : सभापति थापा

काठमाडौँ। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मुलुकमा सुशासन कायम गर्न तथा शासकीय सुधारका सन्दर्भमा अब बन्ने सरकारसँग सहकार्य गर्न पार्टी तयार रह...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: