Khabar Dabali १६ श्रावण २०८३ शनिबार | 1st August, 2026 Sat
Investment bank

सार्वभौम संसद्ले पारित गरेको बजेट कटौती गर्न मिल्दैन: अर्थमन्त्री डा महत

खबरडबली संवाददाता

काठमाडौँ । अर्थमन्त्री प्रकाशशरण महतले सार्वभौम संसद्ले पारित गरेको बजेट कटौती गर्न नमिल्ने बताएको छन् । 

मन्त्रालयमा आज पत्रकार सम्मेलन गरेर उनेले चालु आर्थिक वर्षको बजेट कटौती गरिएको भन्ने समाचारको खण्डन गर्दै संसद्ले पारित गरेको बजेट मन्त्रालयले कटौती गर्न नसक्ने स्पष्ट पारेको हो ।  

मन्त्री डा महतले यसले जनतामा द्विविधा उत्पन्न हुने बताउँदै बजेटको अर्धवार्षिक मूल्याङ्कन गरिएको स्पष्ट पारे बजेटको मध्यावधि मूल्याङ्कन गर्दै मन्त्रालयले चालु वर्षका लागि विनियोजन गरेको बजेटमा सवा दुई खर्ब बजेट कम गरिएको भन्ने समाचार केही दिन अघि सार्वजनिक भएको थियो ।

साथै उनले राजस्व र बजेट कार्यान्वयन प्रगतिको समीक्षा गरिएको बताउँदै अघिल्लो वर्षको तुलनामा १० प्रतिशत राजस्व वृद्धि भएकोसमेत जानकारी गराए । मन्त्री डा महतले नियमसम्मत बढी राजस्व उठाउने र खर्च गरिने उल्लेख गर्दै उठेको राजस्वको आधारमा आय र व्ययको आकलन मात्रै गरिएको बताए । सरकारले चालु वर्षमा रु १७ खर्ब ५१ अर्ब ३१ करोड २१ लाख बजेट विनियोजन गरेको थियो ।

सो अवसरमा उहाँले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि रु १८ खर्बको बजेट सिलिङ तोकिएको जानकारी गराए । राष्ट्रिय योजना आयोगका उपाध्यक्षको नेतृत्वमा रहने स्रोत समितिले सरोकारवाला निकायबीच छलफलपछि सो सिलिङ तोकेको उनको भनाइ थियो ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सप्तरीमा ग्यासको चरम अभाव, सर्वसाधारणलाई सास्ती

सप्तरी। सप्तरी जिल्लामा एक हप्तादेखि  एलपी ग्यासको अभाव हुँदा जिल्लाका सर्वसाधारणले सास्ती व्यहोर्नुपरेको छ । जिल्लामा पाँच दिनदेखि लगातार गाडी बन्दका...

गोलबजारमा दुई घण्टाका लागि कर्फ्यु खुला

सिरहा। सिरहाको गोलबजार क्षेत्रमा जारी कर्फ्यु आदेश शनिबार दुई घण्टाका लागि खुला गरिएको छ। जिल्ला प्रशासन कार्यालय सिरहाले सूचना जारी गर्दै सर्वसाधा...

कांग्रेस इतर समूहको राष्ट्रिय भेला तयारी तीव्र, ५५१ सदस्यीय मूल आयोजक समिति गठन

काठमाडौं। नेपाली कांग्रेसको संस्थापन इतर समूहले आगामी राष्ट्रिय भेलाको तयारीलाई औपचारिक रूप दिँदै ५५१ सदस्यीय मूल आयोजक समिति गठन गरेको छ। शनिबार आ...

विश्व स्तनपान सप्ताह : जन्मेको एक घण्टाभित्रै शिशुलाई आमाको दुध खुवाउन आग्रह

काठमाडौँ। आजदेखि विश्वभर विश्व स्तनपान सप्ताह मनाउन थालिएको छ।  यस वर्ष दिगो जीवनको स्वस्थ सुरुआत स् प्रभावकारी स्तनपानका लागि सबैको साथ भन्ने नारा...

विश्व स्तनपान सप्ताह : जन्मेको एक घण्टाभित्रै शिशुलाई आमाको दुध खुवाउन आग्रह

काठमाडौँ। आजदेखि विश्वभर विश्व स्तनपान सप्ताह मनाउन थालिएको छ।  यस वर्ष दिगो जीवनको स्वस्थ सुरुआत स् प्रभावकारी स्तनपानका लागि सबैको साथ भन्ने नारा...

प्रवेश परीक्षा दिन गएका युवाले विश्वविद्यालयको छतबाट हाम फाल्दा मृत्यु

धनगढी। सुदूरपश्चिम विश्वविद्यालयको केन्द्रीय क्याम्पसमा प्रवेश परीक्षा दिन पुगेका एक युवाको भवनबाट हाम फालेपछि उपचारका क्रममा मृत्यु भएको छ। जिल्ला...

ब्रोड पिक हिमपहिरोमा नेपालीसहित तीन पर्वतारोहीको शव फेला

इस्लामाबाद। पाकिस्तानको ब्रोड पिक हिमालमा हिमपहिरोमा परी बेपत्ता भएका १० पर्वतारोहीको खोजीका क्रममा उद्धार टोलीले चार शव फेला पारेको छ । तीमध्ये तीन ज...

सहकारी ठगीका मुद्दा छिटो टुंग्याउन समर्पित इजलास गठनको प्रस्ताव

काठमाडौं। सहकारी ठगीसम्बन्धी मुद्दाको बढ्दो चापलाई मध्यनजर गर्दै सरकारले मुद्दाको शीघ्र न्याय निरूपणका लागि जिल्ला अदालतहरूमा ‘सहकारी कसुर हेर्ने समर्...

धनुषामा कर्फ्यु हट्यो, निषेधाज्ञा जारी

महोत्तरी । धनुषा जिल्लामा जारी गरिएको कर्फ्यु आदेश हटाइ निषेधाज्ञा जारी गरिएको छ। जिल्ला प्रशासन कार्यालय धनुषाले शनिबार सूचना जारी गर्दै साउन १४ गते ...

लहानमा कर्फ्यु हट्यो

लहान। सिरहाको लहान क्षेत्रमा बुधबार अपराह्न ४ बजेदेखि लागू गरिएको कर्फ्यु शनिबार बिहान १० बजेदेखि हटाइएको छ। कर्फ्यु हटाइएसँगै लहानमा सद्भाव र्‍याली न...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending