Khabar Dabali ५ पुष २०८२ शनिबार | 20th December, 2025 Sat
Investment bank

बन्दका नाममा व्यापारीको कालोबजारी बढ्यो

उदयपुर । बन्दको मौका छोपेर सदरमुकाम गाईघाटका व्यापारीले व्यापक कालोबजारी गर्न थालेका छन् । बन्दको बहानामा विभिन्न उपभोग्य वस्तुको अभाव देखाउँदै स्थानीय व्यापारीले वस्तुको मूल्य दुई हप्ताअघिको भन्दा तेब्बरले वृद्धि गरेका छन् । व्यापारीको कालोबजारीका कारण अहिले सदरमुकाम गाईघाटलगायत त्रियुगा नगरक्षेत्रका उपभोक्ता ठगिने क्रम बढ्दै गएको उनीहरुको गुनासो छ । डेढ हप्ताअघिसम्म रु ५० प्रतिकिलोमा पाइने प्याज अहिले रु १५० देखि रु २०० मा बिक्री गर्न थालेको स्थानीय गङ्गा राईले बताए । यस्तै सब्जी व्यापारीले प्रतिकिलो रु ४० सम्मपर्ने आलु अहिले रु १०० पर्ने गरेको छ । यस्तै बन्दको कारण भनेर व्यापारीले वस्तुको अभाव देखाउँदै चिनी, दाल, तेललगायतका वस्तुको मूल्यमा भारी वृद्धि गर्न थालेका छन् । अहिले गाईघाट क्षेत्रका आम उपभोक्ता मारमा परेको त्रियुगा नगरपालिका–४का स्थानीय ममता थापा बताउँछिन् । यता स्थानीय पेट्रोल पम्पमा पेट्रोल, डिजेललगायतका इन्धनयुक्त वस्तुको अभाव हुन थालेपछि व्यापारीले कालोबजारी गरेर रु १०७   प्रतिलिटर पर्ने पेट्रोल रु २५० देखि रु ३०० मा बिक्री गरेर उपभोक्तालाई ठग्न थालेका छन् । ‘बन्दका नाममा व्यापारीले मनपरी मूल्य बढाएर उपभोक्ताको ढाडै सेक्न थाले, पेट्रोलपम्पमा पहिलेको मूल्यमा डिजेल पेट्रोल पाइँदैन तर मूल्य बढी तिरे सुटुक्क तेल मागे रु ३०० प्रतिलिटर पेट्रोल पाइन्छ स्थानीय कुमार कार्कीले भने । अहिले बन्दका नाममा सब्जी व्यापारी, खुद्रा व्यापारीदेखि पेट्रोल पम्प सञ्चालकलेसमेत कालोबजारी गरेर व्यापक उपभोक्ता ठग्न थालेको गुनासो बढ्दै जान थालेको छ । यसरी दैनिक उपभोग्य वस्तुको मूल्य बढेसँगै होटलमा खाना नास्ताको पनि मूल्य व्यापक वृद्धि हुन थालेको छ । उद्योग वाणिज्य सङ्घ तथा स्थानीय प्रशासनिक निकायले बजार अनुगमन नगर्दा व्यापारीको कालोबजारी बढ्दै गएको गुनासो स्थानीय उपभोक्ताको रहेको छ । त्रियुगा उद्योग वाणिज्य सङ्घका उपाध्यक्ष भरत राईले मूल्य वृद्धिबारे अनुगमन गरिने बताए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending