Khabar Dabali १३ पुष २०८२ आईतवार | 28th December, 2025 Sun
Investment bank

कृषि विश्वविद्यालयमा कृषि इञ्जिनियरिङ पढाइ हुने

खबरडबली संवाददाता

चितवन । कृषि तथा वन विज्ञान विश्वविद्यालयमा कृषि इञ्जिनियरिङको पढाइ हुने भएको छ । विश्वविद्यालयले आउँदो शैक्षिकसत्रबाट कृषि इञ्जिनियरिङ कलेज स्थापना गर्ने निर्णय गरेको छ ।

विश्वविद्यालयको कृषि सङ्कायका डिन प्रा डा अर्जुनकुमार श्रेष्ठकाअनुसार विश्वविद्यालयको केन्द्रीय क्याम्पसमा ४८ जना कृषि इञ्जिनियरिङ पढाइका लागि अनुमति लिइनेछ । सुरुको वर्ष २४ जनाबाट पढाइ सुरु गर्ने उनले बताए ।

डिन श्रेष्ठकाअनुसार भारतलगायत देशमा अधिकांश कृषि पठनपाठन हुने विश्वविद्यालयमा कृषि इञ्जिनियरिङको पढाइ हुने गरेको छ ।

धरानको पूर्वाञ्चल इञ्जिनियरिङ कलेजमा मात्रै यो विषयको पढाइ हुँदै आएको छ । यस विषयको अध्ययनसँगै कृषिमा यान्त्रीकरण गरी उत्पादकत्व बढाउन मद्दत पुग्ने विश्वविद्यालयका उपकुलपति प्रा डा पुण्यप्रसाद रेग्मीले बताए । उनले भने, “देशको मेरुदण्डका रुपमा रहेको कृषिको सर्वाङ्गीण विकास गर्न र कृषिको आधुनिकीकरण एवं यान्त्रिकीकरण गर्दै ग्रामीण समुदायको सामाजिक तथा आर्थिकस्तर उठाउन यो विषय महत्वपूर्ण हुनेछ ।”

कृषि, वन, पशु विज्ञान र मत्स्य स्नातक पढाइ हुँदै आएको यस विश्वविद्यालयमा कृषि इञ्जिनियरिङ थप हुने भएको हो । सम्बन्धित विषयको एकीकृतरुपले अध्ययन, अध्यापन, अनुसन्धान र प्रसार गराइ मुलुकभित्रै उच्चस्तरको प्राविधिक जनशक्ति उत्पादन गर्ने उद्देश्य विश्वविद्यालयको रहेको उनले बताए। हालै सम्पन्न विश्वविद्यालय सभाको १२औँ साधारण बैठकले आउँदो शैक्षिकसत्रबाट कृषि इञ्जिनियरिङ कलेज स्थापना गर्ने निर्णय गरेको हो ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महामन्त्री शर्माले प्रत्यक्ष र समानुपातिक दुवैतर्फ उम्मेदवार नदिने

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आफू प्रत्यक्षतर्फ र समानुपातिक दुवैतर्फबाट उम्मेदवार नहुने बताएका छन्। आइतबार सम्पन्न क...

पार्टी परित्याग गरेकाहरूलाई पुन: फर्किन कांग्रेसको आह्वान

काठमाडौं । नेपाली कांग्रेसले विभिन्न समयमा पार्टी परित्याग गरेकाहरूलाई पुन: पार्टीमा फर्किन आह्वान गरेको छ। पार्टी छाडेर स्वतन्त्र बसेकादेखि अन्य दलमा...

सामाजिक सञ्जाल र एआईको प्रयोगबारे निर्वाचन आयोग, हेट स्पिचजस्ता भ्रामक टिप्पणी गर्न वर्जित

काठमाडौँ । आसन्न प्रतिनिधिसभाको निर्वाचनका लागि निर्वाचन आयोगले सामाजिक सञ्जाल र एआईको प्रयोगबारे आचारसंहिता तय गरेको छ । आयोगबाट स्वीकृत निर्वाचन आचा...

रवि-बालेन एकताले सेयर लगानीकर्ता उत्साहित, साढे ४७ अंकले बढ्यो नेप्से

काठमाडौं । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साह राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा प्रवेश गरेसँगै सेयर लगानीकर्ताहरू उत्साहित भएका छ...

समानुपातिकमा पुरानालाई नदोहोर्‍याउने कांग्रेसको निर्णय

काठमाडौं । नेपाली कांग्रेसले यसपटक समानुपातिक निर्वाचन प्रणालीबाट यसअघि सांसद बनेकाहरूलाई उम्मेदवार नबनाउने निर्णय गरेको छ। समानुपातिकतर्फका उम्मेद...

एमाले सचिवालय बैठक जारी, समानुपातिक उम्मेदवार चयन मुख्य एजेन्डा

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक सुरु भएको छ। ११औँ महाधिवेशनबाट निर्वाचित पदाधिकारीहरू सम्मिलित सचिवालयको यो पहिलो बैठक हो। ललितपुरको च्यासलस्...

चुनावी प्रचारमा उम्मेदवारले दुईभन्दा बढी गाडी प्रयोग गर्न नपाउने

काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवारले चुनावी प्रचार–प्रसारका क्रममा दुईभन्दा बढी सवारी साधन प्रयोग गर्न नपाउने ...

पम्फा भुसालले फागुन २१ को निर्वाचन नलड्ने

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका नेता पम्फा भुसालले आगामी फागुन २१ गतेको प्रतिनिधि सभा निर्वाचन नलड्ने निर्णय गरेकी छन्। उनले समानुपातिक र प्रत्य...

सभामुख घिमिरे र उपसभामुख रानाको कार्यकाल सकियो, निवास सर्ने तयारी

काठमाडौँ । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे र उपसभामुख इन्दिरा राना आफ्नो कार्यकाल समाप्त भएसँगै बिदा हुने भएका छन्। सभामुख घिमिरेका सञ्चार विज्ञ ...

६ महिनादेखि बन्द रसुवागढी नाकाको मितेरी पुलबाट आवतजावत सुरु

रसुवा । ६ महिनादेखि बन्द रसुवागढी नाकामा आजदेखि आवतजावत सुरू भएको छ । आजै बिहान ७ बजेदेखि नेपाली ट्रकका सवारी चालक केरूङतर्फ जान सुरू गरेका हुन् । ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending