ललितपुर । उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले खेलकुद क्षेत्रको विकास र खेलाडीहरुको क्षमता अभिबृद्धिका लागि खेलकुद पूर्वाधारलाई प्राथमिकता दिन जरुरी रहेको बताएका छन् ।
ललितपुर जिल्ला खेलकुद बिकास समितिद्वारा बुधबार बुद्धि बिकास खेलमैदान लगनखेलमा आयोजित १४औँ जिल्लास्तरीय राष्ट्रपति रनिङ्ग सिल्ड प्रतियोगिताका अवसरमा उपप्रधानमन्त्री खड्काले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी उत्पादनका लागि सरकारले सक्दो सहयोग गर्नेमा प्रतिबद्धता जनाएका हुन् ।
उपप्रधानमन्त्री खड्काले खेलकुद क्षेत्रको समग्र विकास गर्न तीन वटै तहका सरकारले मिलेर काम गर्नुपर्नेमा जोड दिए । उपप्रधानमन्त्री खड्काले भने, 'अहिले पर्याप्त बजेट नहुँदा खेलकुदका लागि आवश्यक भौतिक पूर्वाधार निर्माण हुन सकेको छैन, त्यसैका कारण खेलाडीले पनि क्षमता अनुसारको प्रभाव गर्न सक्नुभएको छैन तर अब तीन वटै तहका सरकार एक भएर काम गरे खेल क्षेत्रको विकास हुन्छ ।'
खेल क्षेत्रको बिकासका लागि खेलकुद पूर्वाधारलाई प्राथमिकता दिन जरुरी रहेको भन्दै उनले आफू सरकारको जिम्मेवारीमा रहँदा यस क्षेत्रको बिकासका लागि इमानदारीपूर्वक अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरे । यसका लागि तीनै तहको सरकार एकताबद्ध भएर लाग्नेमा उहाँले प्रतिवद्धता व्यक्त गरे ।
उनले यस प्रतियोगितामा सहभागी खेलाडीलाई मित्रवत प्रतिस्पर्धामा लाग्न आग्रह गर्नुहुँदै सफलताको शुभकामना व्यक्त गरे । प्रतियोगिता तीन दिनसम्म चल्नेछ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र ६ गते, २०८२ - १६:१६
काठमाडौँ। परराष्ट्र मन्त्रालयले कन्सुलर सेवा विभागको अनलाइन दर्ता प्रणालीमा हालसम्म मध्यपूर्वबाट ८२ हजार १०० जना नेपाली नागरिकले आफ्नो विवरण दर्ता गरा...
चैत्र ६ गते, २०८२ - १६:०६
काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापा को राजीनामा अस्वीकृत गर्ने प्रस्ताव शुक्रबार पार्टीको केन्द्रीय कार्यसमितिको बैठकमा पेस भएको छ। बैठकको...
चैत्र ६ गते, २०८२ - १५:५५
वीरगञ्ज। सशस्त्र प्रहरी बलले पर्साबाट स्रोत नखुलेको २० लाख रुपियाँभन्दा बढी नगदसहित एक व्यक्तिलाई नियन्त्रणमा लिएको छ । चैत ६ गते बिहान वीरगञ्ज म...
चैत्र ६ गते, २०८२ - १५:५०
काठमाडौँ । नेपाली कांग्रेसले फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा आफ्नो प्रदर्शनको प्रारम्भिक समीक्षा गरेको छ। शुक्रबार बसेको केन्द्रीय सम...
चैत्र ६ गते, २०८२ - १४:५९
ललितपुर। नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक जारी छ। ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालय बीपी स्मृति भवनमा बैठक बसेको हो । बैठक...
चैत्र ६ गते, २०८२ - १४:५५
काठमाडौं । सामाजिक सञ्जालमार्फत अफवाह फैलाएको आरोपमा युनाइटेड अरब इमिरेट्स (यूएई) मा हालसम्म ७ नेपाली पक्राउ परेका छन्। इजरायल–अमेरिका र इरानबीच जा...
चैत्र ६ गते, २०८२ - १४:४८
घोराही । मौसम विज्ञान विभागको पूर्वानुमान अनुसार आज लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा तीव्र हावाहुरी चलेको छ। बाँके, दाङ, कपिलवस्तु, रुपन्देही लगायतक...
चैत्र ६ गते, २०८२ - १४:४०
भक्तपुर। महान्यायाधिवक्ता सविता भण्डारीले महिला उच्च पदमा पुग्दा महिलाबाटै विरोध हुने गरेको भन्दै त्यसको सट्टा एक–अर्काको पक्षमा वकालत गर्ने संस्कार ब...
चैत्र ६ गते, २०८२ - १४:२७
काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बयान र संकलित प्रमाणको प्रतिकूल बकपत्र गरेको अभियोगमा सरकारी साक्षी टकबहादुर घर्तीविरुद्ध विशेष अदालतमा आ...
चैत्र ६ गते, २०८२ - १४:०९
ललितपुर। नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आजदेखि सुरु भएको छ। ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालय बीपी स्मृति भवनमा बैठक सुरु भ...


प्रतिकृया लेख्नुहोस्: