Khabar Dabali २७ श्रावण २०८३ बुधबार | 12th August, 2026 Wed
Investment bank

राष्ट्रियसभामा सत्तागठन्धनका १९ उम्मेदवारलाई जिताउन अपिल

खबरडबली संवाददाता

काठमाडौं। सत्तारुढ गठबन्धनले राष्ट्रिय सभा सदस्य निर्वाचनमा गठबन्धनको साझा उम्मेदवारलाई मतदान गर्न मतदातालाई आह्वान गरेका छन् । आइतबार बिहान बसेको गठन्धनको बैठकले १९ जना साझा उम्मेदवारको नाम सार्वजनिक गर्दै मतदान गर्न आह्वान गरेको हो ।

‘नेपालको संविधानको रक्षा र लोकतान्त्रिक गणतन्त्रात्मक प्रणालीको सुदृढीकरणका लागि हामीले यो राजनीतिक गठबन्धन निर्माण गरेका हौं । देशमा दिगो शान्ति, सुशासन, विकास, समृद्धि र सामाजिक न्याय प्राप्त गर्ने हाम्रो साझा लक्ष्य हो । देशको उन्नतिका लागि राजनीतिक स्थीरता पूर्वशर्त हो । लोकतान्त्रिक गणतन्त्रात्मक प्रणालीको सुदृढीकरण, राजनीतिक स्थीरता, दिगो शान्ति, शुसासन र समृद्धिका लागि प्रतिवद्ध छौं र सदैव निष्ठापूर्वक क्रियाशील रहने प्रतीज्ञा गर्दछौं,’ साझा अपिलमा नेताहरुले भनेका छन्, ‘राष्ट्रियसभाको निर्वाचन सम्पन्न हुँदै छ । निर्वाचनका लागि गठबन्धनको तर्फबाट प्रस्तुत उम्मेदवार हामी सबैका साझा उम्मेदवार हुन्। राष्ट्रियसभा निर्वाचनको क्रममा हाम्रो गठबन्धनलाई कमजोर गर्ने विभिन्न गतिविधि हुन सक्दछन् । यो निर्वाचन गठबन्धनलाई अझ संगठित र बलियो बनाउँदै देशमा राजनितिक स्थायित्व थप सुनिश्चित गर्ने अवसर पनि हो । तसर्थ गठबन्धनका पक्षमा दृढतापूर्वक उभिन आवश्यक छ । हामी सम्पूर्ण मतदातालाई राष्ट्रियसभा निर्वाचनमा गठबन्धनका देहाय बमोजिमका साझा उम्मेदवारलाई मतदान गरी अत्यधिक मतले विजय गराउन हार्दिक अपील गर्दछौं ।’

नेकपा माओवादी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा, एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादव, नागरिक उन्मुक्ति पार्टीकी रञ्जिता श्रेष्ठ चौधरी, लोसपा अध्यक्ष महन्थ ठाकुर, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले साझा अपिल जारी गर्दै गठबन्धनको साझा उम्मेदवारलाई मतदान गर्न आह्वान गरेका हुन् ।

आगामी ११ माघमा राष्ट्रिय सभा सदस्य चयनका लागि निर्वाचन हुँदै छ । सोही निर्वाचनका लागि गठबन्धनको यी हुन् १९ उम्मेदवार:

१. कृष्ण प्रसाद सिटौला, नेपाली कांग्रेस
२. चम्फादेवी कार्की, माओवादी केन्द्र
३. आनन्द प्रसाद ढुंगाना, नेपाली कांग्रेस 
४. पूजा चौधरी, जसपा
५. विष्णुदेवी पुडासैनी, नेपाली कांग्रेस
६. जीतजंग बस्नेत, नेपाली कांग्रेस
७. कृष्णप्रसाद अधिकारी, माओवादी केन्द्र
८. घनश्याम रिजाल, एकीकृत समाजवादी
९. मनरुपा शर्मा, माओवादी केन्द्र
१०. किरणबाबु श्रेष्ठ, नेपाली कांग्रेस
११. पदम बहादुर परियार, नेपाली कांग्रेस
१२. विष्णु कुमारी सापकोटा, नेपाली कांग्रेस
१३. झक्कु प्रसाद सुवेदी, माओवादी केन्द्र
१४. कृष्ण बहादुर रोकाया, नेपाली कांग्रेस
१५. सावित्री मल्ल, एकीकृत समाजवादी 
१६. विष्णुबहादुर विश्वकर्मा, माओवादी केन्द्र
१७. रेणु चन्द, माओवादी केन्द्र 
१८. बलदेव बोहरा, नेपाली कांग्रेस
१९. नारायणदत्त भट्ट, नेपाली कांग्रेस

patra

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सरकारको कामप्रति आङ्देम्बेको प्रश्न : ‘जेनजीले खोजेको रोजगारी कहाँ सिर्जना भयो ?’

काठमाडौँ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले जेनजी आन्दोलन र निर्वाचनबाट बनेको बालेन नेतृत्वको सरकारप्रति युवाले...

दुई बहालवाला सचिवको राजीनामा स्वीकृत

काठमाडौं । सरकारले बहालवाला दुई सचिवको राजीनामा स्वीकृत गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका पूर्वसचिव कमल...

भित्र बहस चलिरहँदा अदालत बाहिर मिटरव्याज पीडितले गरिन् आत्मदाहको प्रयास

जनकपुरधाम । भित्र बहस चलिरहँदा धनुषा जिल्ला अदालत अगाडि मिटरब्याज पीडितले आत्मदाहको प्रयास गरेका छन् । मिटरब्याज पीडितले नाराबाजी गर्दै विरोध प्रदर्शन...

सांसदको भूमिका प्रभावकारी बनाउन रास्वपाले फेरि तीनदिने प्रशिक्षण दिने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना सांसदहरूको संसदीय भूमिका थप प्रभावकारी बनाउने उद्देश्यले तीनदिने प्रशिक्षण कार्यक्रम आयोजना ग...

भारत र चीनसँगको सम्बन्धमा प्रधानमन्त्री शाहको नयाँ कूटनीतिक शैली

काठमाडौँ। प्रधानमन्त्री वालेन्द्र शाहले सरकारको नेतृत्व सम्हालेपछि पहिलोपटक नेपालका दुई ठूला छिमेकी भारत र चीनका राजदूतसँग छुट्टाछुट्टै भेटवार्ता गर्न...

राष्ट्रिय भेलामा खड्काको सहभागिताबारे कोइराला र खड्काबिच छलफल

काठमाडौं । नेपाली कांग्रेसका पूर्वउपसभापति पूर्णबहादुर खड्का र पूर्वमहामन्त्री डा। शशांक कोइरालाबीच भेटवार्ता भएको छ। आगामी शुक्रबार काठमाडौंको सुकेधा...

कांग्रेस इतर समूहको राष्ट्रिय भेला शुक्रबारदेखि सुकेधारास्थित मिराकल पार्टी प्यालेसमा

काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतर समूहले राष्ट्रिय भेलाको तयारी तीव्र बनाएको छ। आगामी २९ साउनमा आयोजना हुने भेलाका लागि काठमाडौंको सुकेधारास्थ...

गुल्मीमा अचेत अवस्थामा फेला परेका एक पुरुषको मृत्यु

गुल्मी। गुल्मीमा अचेत अवस्थामा फेला परेका एक पुरुषको मृत्यु भएको छ। यस जिल्लाको रुरुक्षेत्र गाउँपालिका वडा नम्बर–१, रिडीस्थित मदन भण्डारी राजमार्ग छेउ...

कृषि वन तथा वातावरण क्षेत्रमा रोजगारीका अवसर सृजना गरिनेछ: मन्त्री चौधरी

काठमाडौँ । कृषि वन तथा पर्यावरणमन्त्री गिता चौधरीले सरकारले कृषि वन तथा वातावरण क्षेत्रमा रोजगारीका अवसर सृजना गर्ने विषय मूल प्रथमिकतामा राखेको बताएक...

लमजुङको ५७ वर्षीय बोहरा हत्या आरोपमा लामिछाने कारागार चलान, सुनार धरौटीमा रिहा

लमजुङ। बुद्धिबहादुर बोहराको हत्या आरोपमा पक्राउ परेका विजय लामिछानेलाई जिल्ला अदालत लमजुङले पुर्पक्षका लागि कारागार चलान गरेको छ । घटनामा बोहराको साथब...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending