Khabar Dabali २० मंसिर २०८२ शुक्रबार | 5th December, 2025 Fri
Investment bank

कैलाली–कञ्चनपुरमा चिसो बढ्दा जनजीवन प्रभावित

खबरडबली संवाददाता

कञ्चनपुर । कैलाली–कञ्चनपुरमा हुस्सु र कुहिरोका कारण निकै चिसो बढेपछि जनजीवन प्रभावित भएको छ । बिहानदेखि दिउसो १२ बजेको समयसम्म हुस्सु र कुहिरो लाग्ने गरेकाले दुई सातादेखि यहाँको जनजीवन चिसोका कारण प्रभावित भएको हो ।

कुहिरो र हुस्सुकै कारण बजार क्षेत्रका पसल ढिलोगरी खुल्न थालेका छन् । बजार क्षेत्रमा बिहानीको समयमा हुने चहलपहलको कार्यमा समेत कमी आएको छ । हुस्सु र कुहिरोकै कारण सडक क्षेत्रमा ‘भिजिविलिटी’ कम हुँदा सडक दुर्घटना हुने सम्भावना बढ्दै गएको छ ।

“सडकमा पाँच मिटर परसम्म पनि बिहानीको समयमा कुहिरो र हुस्सुका कारण देख्न सकिने अवस्था हुँदैन”, ट्रयाक्टर चालक मानबहादुर डगौराले भने, “त्यही भएर बिहानै बालुवा बोक्न महाकालीतर्फ जान्थ्यौँ, हाल ढिलोगरी जाने गरेका छौँ, चिसो पनि त्यतिकै छ ।” पूर्वपश्चिम राजमार्गमा चल्ने यात्रुबाहक सवारीसाधन चालकले पनि हुस्सु र कुहिरोकै कारण निकै सावधानी पूर्वक सवारी साधन चलाउनुपर्ने अवस्था रहेको छ ।

विद्यालय जाने बालबालिका, बुढापाका, दीर्घरोगी, मजदुर, गन्तव्यमा जाने यात्रु चिसोबाट बढी प्रभावित भएका छन् । बिहानी कक्षामा पुग्ने विद्यार्थी चिसोका कारण कठ्याङ्ग्रिने समस्या हुन थालेपछि केही विद्यालयले ढिलोगरी कक्षा सञ्चालन गर्न थालेका छन् । विद्यालयमै आगो ताप्ने व्यवस्था गरिएको छ ।

चिसोका कारण बालबालिकामा निमोनिया, रुघाखोकी र वृद्धवृद्धामा श्वासप्रश्वासको समस्या लिएर आउने बिरामीको सङ्ख्या दिन प्रतिदिन बढ्दोरुपमा रहेको दीपनगर आधारभूत स्वास्थ्यचौकीका प्रमुख कृष्णराज जोशीले बताए ।

उनले शीतलहरबाट जोगिनका लागि घर बाहिर निस्कँदा शरीरभरि न्यानो हुनेगरी बाक्लो कपडा लगाउने, जुत्तासँगै बाक्लो मोजा लगाउने, तातोपानी लगायतको तरल पदार्थ बढी खानुपर्ने उनको सुझाव छ । ओढ्ने बिछ्याउने न्यानो कपडाको अभाव हुँदा जिल्लाका विभिन्न शिविरमा बस्दै आएका भूमिहीन परिवारले चिसोमै रात कटाउने गरेको दुखेसो गरेका छन् ।

वनहरा शिविरमा बस्दै आएका मानध्वज लुहारले झोपडीको छाना बनाउन राखिएको प्लाष्टिकको त्रिपालभित्रबाट शीतका थोपा चुहिने गरेकाले कपडा भिज्दा कठ्याङ्ग्रिँदो चिसोमै रात कटाउनुपर्ने बाध्यता भएको बताए। सामुदायिक वनबाट दाउरा ल्याउन नसक्दा झुपडीमा रातभरी आगो बालेर न्यानो गर्न नपाइएको उनको भनाइ छ ।

“चिसोका कारण बिरामी पर्न थालेपछि शिविरका अधिकांशले मजदुरी गर्न जान नसक्दा भोकभोकै बस्नुपर्ने अवस्था सिजना भएको छ”, उनले भने, “चिसोले शरीरमा न्यानो गर्ने कपडाको जोहो मिलाउन सकेका छैनौँ, त्यही भएर मजदुरी गर्न जानै सकिएको छैन ।” कैलाली र कञ्चनपुरमा एक हप्ताअघिदेखि बिहानी पख र साँझपख निकै चिसो बढेको छ । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

प्रतिनिधि छनोट विवाद भएपछि च्यासलमा एमाले कार्यकर्ताबीच हात हालाहाल

काठमाडौं । नेकपा एमालेको केन्द्रीय कार्यालय, च्यासलमा शुक्रबार कार्यकर्ताबीच हातहालाहालको स्थिति सिर्जना भएको छ। आदिवासी जनजाति लोकतान्त्रिक महासंघका ...

दिल्लीमा मोदी-पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण

नयाँदिल्ली। चार वर्षपछि भारतीय भूमिमा पुन: भेट भएका प्रधानमन्त्री नरेन्द्र मोदी र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबिचको आजको अन्तरक्रिया कूटनीतिक औपचार...

तिला जलविद्युत् निर्माणका लागि सात अर्ब लाग्ने

जुम्ला। जुम्लाको तिला गाउँपालिका र कालीकोटको तिलागुफा नगरपालिकाको सिमानामा निर्माण हुने कुल ३८ दशमलव ०७ मेगाबाट बिजुली तिला जलविद्युत् निर्माणका लागि ...

राष्ट्रिय सभा निर्वाचनमा १३ दल सहभागी, सबै दलको निर्वाचन चिह्न स्वीकृत

मतपत्रको अन्तिममा श्रम–संस्कृति पार्टी

उच्च पदस्थ व्यक्तिलाई धम्की दिने दुई जना पक्राउ, अनुसन्धान सुरु

काठमाडौं । उच्च पदस्थ व्यक्तिलाई दिइएको धम्की प्रकरणमा प्रहरीले दुई व्यक्तिलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ। धम्की दिएको आरोप लागेका प्रकाश...

प्रधानमन्त्री कार्कीको आह्वानमा सर्वपक्षीय बैठक ४ बजे बस्दै

काठमाडौं। प्रधानमन्त्री सुशीला कार्कीले आह्वान गरेको सर्वपक्षीय बैठक आज बस्दैछ। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनबारे छलफल गर्न उनले अपराह...

माटोको गुणस्तर सुधार तथा संरक्षणमा मन्त्री परियारको जोड

काठमाडौँ। कृषि तथा पशुपन्छी बिकासमन्त्री डा मदन परियारले माटोलाई उत्पादनको साधनका रुपमा प्रयोगसँगै त्यसको गुणस्तर सुधार तथा संरक्षण गर्नुपर्नेमा जोड द...

सात वटा विद्युत ग्रिड सब स्टेसन स्वचालित प्रणालीमा सञ्चालन

काठमाडौँ। नेपाल विद्युत् प्राधिकरणका पुराना सात वटा ग्रिड सब स्टेसन स्वचालित बनेका छन् । विद्युत् प्रणालीलाई आधुनिक, स्वचालित र स्मार्टमा रूपान्तरण गर...

चालक र सहचालकलाई सकारात्मक ढङ्गले हेरिदिँदा सडक दुर्घटना न्यूनीकरण हुन्छ: मन्त्री गुप्ता

काठमाडौँ। युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले ट्राफिक अनुशासनलाई दैनिक जीवनशैलीमै अपनाउनुपर्ने बताएका छन्। शुक्रबार रामशाहपथस्थित उपत्यका ट्राफिक प्...

दुई पटकको सूचनामा पनि उपकुलपतिका लागि परेन निवेदन

काठमाडौँ। सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति पदमा नियुक्तिका लागि दुई पटक सूचनामा समेत कुनै पनि उम्मेदवारको दरखास्त पर्न सकेन ।...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending