काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीविरुद्ध धार्मिक भावनामा आँच पुर्याएको भन्दै उजुरी परेको छ ।काठमाडौंका ध्रुवराज लुईंटेलले मन्त्री किराँतीविरुद्ध जिल्ला प्रहरी परिसर काठमाडौंमा उजुरी दिएका हुन् ।
यही ४ पुसमा प्रज्ञा भवन कमलादीमा आयोजित सार्वजनिक कार्यक्रममा मन्त्री किराँतीले दिएको अभिव्यक्तिले धार्मिक भावना आघात पुगेकाले उनलाई पक्राउ गरी ३ वर्ष कैद र २० हजार रुपैयाँ जरिमाना गराउन निवेदक लुईंटेलले माग गरेका छन् ।
‘म जाहेरवाला लामो समय अगाडिदेखि हिन्दु धर्मको भावनाले ओतप्रोत भई धर्मको माध्यमले राज्यलाई सशक्तिकरण गर्ने र एकतामा राख्न सक्छ भनी धार्मिक सेवा गरी हिडी आएको एक वैदिक सनातनी धार्मिक व्यक्ति हुँ । विपक्षी सुदन किराती भन्ने सुदन राई नेपाल सरकारको पर्यटन संस्कृति मन्त्री भई कार्य गरेकोमा नेपालको संस्कृति र पर्यटन क्षेत्रमा काम गर्नु पर्नेमा विपक्षीले मिति २०८०र९र१४ गते भएको भेलामा क्रिश्चियन मान्दिन ‘भन्नुु संविधान मान्दिन भन्नु हो, संविधान मान्दिन भन्ने देश द्रोही हो, देशद्रोहीलाई हत्कडी लगाउने र जेलमा हालिने भनी भाषण गरी निजले भाषणबाट जात जाति सम्प्रदाय र वर्गको धार्मिक भावनामा सनातन कालदेखि चलिआएको धर्मलाई आघात पुर्याई क्रिश्चियनवाहेक अन्य धर्मलाई हेयको रुपमा हेरी धार्मिक प्रचार समेत गरेको तथा मुलुकी अपराध संहिता, २०७४ को दफा १२६ मा कसैले जात जाति, सम्प्रदाय वा वर्गको भावनामा आघात पुर्याउन हुँदैन भन्ने कानुनी व्यवस्थाको बर्खिलापमा क्रिश्चियन धर्म नमान्ने देश द्रोही भएको अफवाह फैलाई अन्य धार्मिक भावनामा आघात पुर्याएको, विपक्षी कसूरदारले क्रिश्चियन धर्मको प्रचारक जस्तो बनी अन्य वैदिक सनातन धर्मप्रति हेय तथा भेदभावपुर पुर्याएकोले विपक्षीले गरेको उक्त मितिको भाषण सामाजिक सञ्जालमा भाइरल समेत भै रहेको हुँदा विपक्षीबाट धार्मिक भावनामा आघात पुगेको हुँदा विपक्षीलाई पक्राउ गरी मुलुकी अपराध संहिता, २०७४ को दफा १५६(१) को कसूरमा ऐ। को दफा १५६ ९२० बमोजिम ३ वर्ष कैद र २० हजार रुपैयाँ जरिवाना समेत गराई पाउँ,’ निवेदकमा उल्लेख गरिएको छ ।


यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ १५ गते, २०८३ - १८:०६
काठमाडौं। काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले गृहमन्त्री सुधन गुरुङ र गृहसचिव राजकुमार श्रेष्ठको सरकारी सवारीमा जडान गरिएको कालो सिसा हटाएको छ।...
आषाढ़ १५ गते, २०८३ - १८:००
काठमाडौं। सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानका क्रममा पक्राउ परेका नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वउपप्रधानमन्त्री विष्णु पौडेलको तीन दिन म्याद थप ...
आषाढ़ १५ गते, २०८३ - १७:४२
काठमाडौं। त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले आफ्ना आंगिक क्याम्पसहरूलाई दलीय विद्यार्थी संगठनका संरचना हटाउन निर्देशन दिएको छ। त्रिविको विद्यार्थी क...
आषाढ़ १५ गते, २०८३ - १७:३२
काठमाडौँ। राष्ट्रिय सभाको बैठकले ‘प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त विनियोजन विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत गरेको छ । अर...
आषाढ़ १५ गते, २०८३ - १७:१८
काठमाडौँ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकारले अवलम्बन गरेका नयाँ कर नीति र बजेटका प्रावधानहरू मुलुकको दीर्घकालीन आर्थिक हित र अर्थतन्त्रको औपचार...
आषाढ़ १५ गते, २०८३ - १६:५२
काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टीका नेता डा.भीम रावलले सरकारको पहिलो कर्तव्य राष्ट्रिय सीमाको रक्षा र जनताको सुरक्षा रहेको बताएको छन् । सोमबार काठ...
आषाढ़ १५ गते, २०८३ - १६:३५
काठमाडौं। कीर्तिपुरस्थित होल्डिङ सेन्टरबाट प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा ३९ वर्षीय डम्बरबहादुर तामाङ रहेको जिल्ला प्रहरी परिसर ...
आषाढ़ १५ गते, २०८३ - १६:०३
काठमाडौँ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले नेपालको हवाई उद्योगको क्षेत्रमा सरकारले तत्काल ठूलो लगानी गर्न सक्ने अवस्था नरहेको ...
आषाढ़ १५ गते, २०८३ - १५:५६
काठमाडौँ। प्रतिनिधिसभाअन्तर्गतको कृषि तथा प्राकृतिक स्रोत समितिका सभापति अशोककुमार चौधरीले किसानका समस्या समाधानलाई सरकारले उच्च प्राथमिकतामा राख्नुपर...
आषाढ़ १५ गते, २०८३ - १५:४४
काठमाडौँ। महालेखा महालेखा परीक्षक तोयम रायाले लेखापरीक्षणको गुणस्तर सुधार गर्न वित्तीय तथा सङ्गठनात्मक स्वायत्तता अपरिहार्य रहेको बताएको छन्। सोमब...



प्रतिकृया लेख्नुहोस्: