Khabar Dabali ७ पुष २०८२ सोमबार | 22nd December, 2025 Mon
Investment bank

भक्तपुरका मासु पसलहरुको अनुगमन : बिग्रेको मासु जफत गरी नष्ट

खबरडबली संवाददाता

भक्तपुर । भक्तपुर नगरपालिका पसल अनुगमन समितिका संयोजक राजकृष्ण गोराको संयोजकत्वमा गरुद्धकुण्डदेखि च्याम्हासिहसम्म रहेको मासु पसलहरुको बुधबार अनुगमन गरियो ।

अनुगमनका क्रममा धेरै पसलहरुमा मासुहरु खुल्ला राख्दा धुवा धुलो र झिंगाले भन्किने भएकोले सिसाको बाकस बनाई मासु छोपेर बेच्न निर्देशन दिएयो ।

अनुगमनमा तुल्सीनारायण शाहीको मासु पसल नवीकरण गर्न, मासुहरु खुल्ला राख्दा धुवा धुलो र झिंगाले भन्किने भएकोले सिसाको बाकस बनाई मासु जालिले छोपेर राख्न, सरसफाईमा ध्यान दिन, एप्रोन सेतो प्रयोग गर्न, भुई, भित्ता पानी नसोसिने र सजिलै सफा गर्न मिल्ने गरी कार्पेट वा टायल राख्न, प्रयोग गरेको पानी बाटोमा नआउने गरी निकास व्यवस्थित गर्न, पेटी र पेटीमुनि सामान नराख्न निर्देशन दियो ।

त्यस्तै च्याम्हासिंह फ्रेस मिट पसल नवीकरण गर्न, मासुहरु खुल्ला राख्दा धुवा धुलो र झिंगाले भन्किने भएकोले सिसाको बाकस बनाई मासु जालीले छोपेर राख्न, सरसफाईमा ध्यान दिन, एप्रोन सेतो प्रयोग गर्न, भुई, भित्ता पानी नसोसिने र सजिलै सफा गर्न मिल्ने गरी कार्पेट वा टायल राख्न, प्रयोग गरेको पानी बाटोमा नआउने गरी निकास व्यवस्थित गर्न, पेटी र पेटीमुनि सामान नराख्न, सरसफाईमा ध्यान दिन, एप्रोन सेतो प्रयोग गर्न, प्रयोग गरेको पानी बाटोमा नआउने गरी निकास व्यवस्थित गर्न, पेटी र पेटीमुनि सामान नराख्न निर्देशन दिई तराजू नवीकरण नभएकोले जफत गरी बासी र विग्रेको मासु २२ किलो जफत गरी नष्ट गरियो ।

जय जय श्री ब्रम्हायणी कोल्ड स्टोर सरसफाईमा ध्यान दिन, एप्रोन सेतो प्रयोग गर्न निर्देशन दियो । त्यस्तै भक्तपुर आर कोल्ड स्टोर धेरै बर्षको नविकरण बाकि भएकोले तीन दिनभित्र नवीकरण गर्न, सरसफाईमा ध्यान दिन, एप्रोन सेतो प्रयोग गर्न, भुई, भित्ता पानी नसोसिने र सजिलै सफा गर्न मिल्ने गरी कार्पेट वा टायल राख्न, प्रयोग गरेको पानी सजिलै बाहिर जाने निकास व्यवस्था गर्न निर्देशन दियो ।

त्यस्तै भक्तपुर चिकेन हाउस नवीकरण गर्न र म्याद नाघेको न्यु भक्तपुर चाउचाउ नष्ट गर्न निर्देशन दियो । त्यस्तै एस एण्ड एस फ्रेस मिट सपमा मासुहरु खुल्ला राख्दा धुवा धुलो र झिंगाले भन्किने भएकोले सिसाको बाकस बनाई मासु जालिले छोपेर राख्न, सरसफाईमा ध्यान दिन, एप्रोन सेतो प्रयोग गर्न, भुई, भित्ता पानी नसोसिने र सजिलै सफा गर्न मिल्ने गरी कार्पेट वा टायल राख्न, प्रयोग गरेको पानी बाटोमा नआउने गरी निकास व्यवस्थित गर्न निर्देशन दिएको वडा निरिक्षक रामकृष्ण प्रजापतिले जानकारी दिए ।

अनुगमनमा भक्तपुर नगरपालिका अनुगमन समितिका सदस्य श्यामकृष्ण खत्री, रोशमैया सुवाल, ज्ञानबहादुर मानन्धर, भनपा श्यानिटेशन उपशाखाका प्रमुख दिलिपकुमार सुवाल, वडा निरीक्षक रामकृष्ण प्रजापति, जिल्ला प्रशासन कार्यालय भक्तपुरका हरिहर काफ्ले, पशु सेवा शाखा भक्तपुरका पार्वती योञ्जन, भक्तपुर धरेलु तथा साना उद्योग संघका सुमित्रा श्रेष्ठ र महानगरीय प्रहरी प्ररिसरका रेशम बस्नेतको सहभागी रहेको थियो ।

 

 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपाको केन्द्रीय समिति बैठक जारी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक सुरु भएको छ। सभापति रवि लामिछाने जेलबाट रिहा भएर फर्किएपछि आज पहिलोपटक केन्द्र...

यो बेलामा निर्वाचनमा जानुको विकल्प छैन: रवि लामिछाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले वर्तमान अवस्थामा निर्वाचनमा जानुको कुनै विकल्प नरहेको बताएका छन्। आइतबार प...

मधेश प्रदेशसभाको सभामुखमा जसपाका रामअशिष यादव निर्वाचित

जनकपुरधाम । मधेश प्रदेशसभाको सभामुखमा जनता समाजवादी पार्टी (जसपा) नेपालका रामअशिष यादव निर्वाचित भएका छन्। आज बसेको प्रदेशसभा बैठकमा भएको मत विभाजनमार...

कोशी प्राइड लिग क्रिकेट फागुन ९ देखि २१ गतेसम्म हुने

काठमाडौँ । घरेलु क्रिकेटलाई थप बलियो बनाउन तेस्रो संस्करणको कोशी प्राइड लिग (केपीएल) क्रिकेट आगामी फागुन ९ गतेदेखि २१ गतेसम्म हुने भएको छ ।  आयोजक ...

अनलाइन टिभी मिडियासँग सहकार्य गर्न सरकार तयार छ : मन्त्री खरेल

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले अनलाइन टिभी मिडियासँग सरकार सहकार्य गर्न तयार रहेको बताएका छन्। आइतबार मन्त्रालयमा आयोजित छलफल...

प्रतिनिधिसभा पुनर्स्थापनाको पक्षमा कांग्रेसका ६५ सांसदको हस्ताक्षर, शीर्ष नेताले गरेनन्

काठमाडौँ । विघटित प्रतिनिधिसभामा नेपाली कांग्रेसका तर्फबाट प्रतिनिधित्व गर्ने ६५ जना सांसदले प्रतिनिधिसभा पुनर्स्थापनाको पक्षमा हस्ताक्षर गरेका छन्। त...

रास्वपा केन्द्रीय कार्यालयमा रविलाई बाजागाजासहित स्वागत

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई पार्टी केन्द्रीय कार्यालयमा भव्य स्वागत गरिएको छ। काठमाडौंको बनस्थलीस्थित पार...

मधेश प्रदेशसभाको सभामुख पदका लागि मतदान आज, दुई प्रस्ताव पेस

जनकपुरधाम । मधेश प्रदेशसभाको रिक्त सभामुख पदका लागि आज मतदान हुने भएको छ। आइतबार बसेको प्रदेशसभा बैठकमा सभामुखका लागि दुई प्रस्ताव पेस भएका छन्। ने...

२० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक

काठमाडौँ। अधिक तरलता कायमै रहेपछि ८४ दिनका लागि राष्ट्र बैंकले आइतबार निक्षेप सङ्कलन उपकरण बोलकबोलमार्फत निक्षेप खिच्न लागेको हो। अहिले कुल निक्षेप...

रास्वपाको केन्द्रीय समिति बैठकलाई रविले सम्बोधन गर्ने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने पुन: पार्टी गतिविधिमा सक्रिय भएका छन्। सभापति लामिछानेको अध्यक्षतामा आज अपराह्न ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending