Khabar Dabali १६ असार २०८३ मंगलवार | 30th June, 2026 Tue
Investment bank

५० करोड डलर मुल्य तोकिएका हमासका शिर्ष नेताको हत्या

खबरडबली संवाददाता

गाजा । हमासका शीर्ष अधिकारी सालेह अरोरीको मृत्यु भएको छ ।

इजरायल र हमास बीचको लडाईको बीचमा उनको मृत्यु भएको हो ।हिजबुल्लाहको टेलिभिजन स्टेशनले बेरुतको दक्षिणमा भएको विस्फोटमा सालेहको मृत्यु भएको पुष्टी गरेको छ । उसका अनुसार दक्षिणी बेरुतमा ड्रोन आक्रमणको निशानामा सालेह अरोरी मारिएका हुन ।

अल जजीराका अनुसार सालेह अरोरी हमासको राजनीतिक ब्यूरोका उपप्रमुख थिए र प्यालेस्टिनी समूहको सशस्त्र शाखा कसम ब्रिगेडका संस्थापकसमेत हुन । उनको जन्म १९६६ मा कब्जा गरिएको वेस्ट बैंकको रामल्लाहमा भएको थियो। इजरायली जेलमा १५ वर्ष बिताए पछि सालेह अरोरी लामो समयदेखि लेबनानमा निर्वासित जीवन बिताइरहेका थिए।

गत वर्ष अक्टोबरमा इजरायली सेनाले रामल्लाह नजिकैको उनको घर भत्काएको थियो। अमेरिकी सरकारले सन् २०१५ मा उनलाई विश्वव्यापी आतंकवादी घोषणा गरेको थियो र उनको बारेमा जानकारी दिनेलाई ५० लाख अमेरिकन डलर पुरस्कारको घोषणा गरेको थियो ।

बेरुतको दक्षिणी क्षेत्रमा हिजबुल्लाह र प्यालेस्टिनी समूह सक्रिय छन्। हमासको पनि त्यहाँ कार्यालय छ। अलजजीराका अनुसार हिजबुल्लाहले लेबनानमा भएको  सो हत्या पछि इजरायललाई चेतावनी दिएको छ ।

गत वर्ष इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले लेबनानमा प्यालेस्टाइनी नेताहरूलाई धम्की दिँदा हिजबुल्लाह प्रमुख हसन नसरल्लाहले लेबनानी भूमिमा कुनै पनि लेबनानी, प्यालेस्टाइन, इरानी वा सिरियाली व्यक्तिको हत्या गरे कडा प्रतिक्रिया दिइने बताएका थिए।

लेबनानका प्रधानमन्त्री नाजिब मिकातीले बेरुत विस्फोटको पछाडि इजरायलको हात रहेको आरोप लगाएका छन् । लेबनानी प्रधानमन्त्रीले भने, ‘सालेह अरोरीको हत्याको उद्देश्य लेबनानलाई देशको दक्षिणी भागहरूमा जारी आक्रमणहरूमा तान्नु हो।’


 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

गृहमन्त्री र गृहसचिवको सवारीबाट कालो सिसा हटाइयो

काठमाडौं। काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले गृहमन्त्री सुधन गुरुङ र गृहसचिव राजकुमार श्रेष्ठको सरकारी सवारीमा जडान गरिएको कालो सिसा हटाएको छ।...

विष्णु पौडेललाई थप तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति

काठमाडौं। सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानका क्रममा पक्राउ परेका नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वउपप्रधानमन्त्री विष्णु पौडेलको तीन दिन म्याद थप ...

क्याम्पसबाट दलीय विद्यार्थी संगठनका संरचना हटाउन त्रिविको निर्देशन

काठमाडौं। त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले आफ्ना आंगिक क्याम्पसहरूलाई दलीय विद्यार्थी संगठनका संरचना हटाउन निर्देशन दिएको छ। त्रिविको विद्यार्थी क...

राष्ट्रिय सभाबाट ‘विनियोजन विधेयकमाथि विचार गरियोस्’ प्रस्ताव स्वीकृत

काठमाडौँ। राष्ट्रिय सभाको बैठकले ‘प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त विनियोजन विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत गरेको छ । अर...

नयाँ कर नीति दीर्घकालीन आर्थिक हित र औपचारिकीकरणमा केन्द्रित छ: अर्थमन्त्री वाग्ले

काठमाडौँ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकारले अवलम्बन गरेका नयाँ कर नीति र बजेटका प्रावधानहरू मुलुकको दीर्घकालीन आर्थिक हित र अर्थतन्त्रको औपचार...

सरकारको पहिलो कर्तव्य राष्ट्रिय सीमा र जनताको सुरक्षा हो : भीम रावल

काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टीका नेता डा.भीम रावलले सरकारको पहिलो कर्तव्य राष्ट्रिय सीमाको रक्षा र जनताको सुरक्षा रहेको बताएको छन् । सोमबार काठ...

कीर्तिपुरस्थित होल्डिङ सेन्टरबाट एक जना पक्राउ

काठमाडौं। कीर्तिपुरस्थित होल्डिङ सेन्टरबाट प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा ३९ वर्षीय डम्बरबहादुर तामाङ रहेको जिल्ला प्रहरी परिसर ...

नेपालको हवाई क्षेत्रमा सरकार आफैँले केही गरिहाल्न सक्ने अवस्था छैन: पर्यटनमन्त्री पौडेल

काठमाडौँ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले नेपालको हवाई उद्योगको क्षेत्रमा सरकारले तत्काल ठूलो लगानी गर्न सक्ने अवस्था नरहेको ...

किसानका समस्या समाधानमा सरकार गम्भीर बन्नुपर्छ : सभापति चौधरी

काठमाडौँ। प्रतिनिधिसभाअन्तर्गतको कृषि तथा प्राकृतिक स्रोत समितिका सभापति अशोककुमार चौधरीले किसानका समस्या समाधानलाई सरकारले उच्च प्राथमिकतामा राख्नुपर...

लेखापरीक्षणको गुणस्तर सुधार गर्न वित्तीय स्वायत्तता र थप स्रोतसाधन आवश्यक: महालेखा परीक्षक राया

काठमाडौँ। महालेखा महालेखा परीक्षक तोयम रायाले लेखापरीक्षणको गुणस्तर सुधार गर्न वित्तीय तथा सङ्गठनात्मक स्वायत्तता अपरिहार्य रहेको बताएको छन्।  सोमब...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending