Khabar Dabali १३ चैत्र २०८२ शुक्रबार | 27th March, 2026 Fri
Investment bank

मन्त्री ज्वालाको स्पष्टीकरण: बालकुमारी सडक अवरोध भएको कुरा सुरक्षा निकायले जानकारी नै गराएन

आफ्नो कमजोरी कतै ढाकछोप गर्नलाई फरक ढंगले अभिव्यक्ति आउन थाल्यो

खबरडबली संवाददाता

ठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले बालकुमारी घटनाको प्रकरणमा आफूले सो रुट प्रयोग गर्दा त्यहाँ भइरहेको अवरोधको सम्बन्धमा सुरक्षा निकायले कुनै जानकारी नदिएको बताएका छन् । आफू एकीकृत समाजवादीको बैठकबाट सिंहदरबार जान बालकुमारीको बाटो हुँदै जान लाग्दा सुरक्षा निकायले अवरोध भएको जानकारी नगराएको उनले बताए ।

सोमबार न्यूज एजेन्सी नेपालसँग कुराकानी गर्दै मन्त्री ज्वालाले आफ्नो निजी सुरक्षा अधिकारी ९पीएसओ०ले बालकुमारी हुँदै सिंहदरबार जान लागेको जानकारी गराउँदा प्रहरीले सडकमा अवरोध भएको र त्यो बाटो प्रयोग नगर्ने सम्बन्धमा कुनै जानकारी नआएको बताएका हुन् ।

गत शुक्रवार रोजगार अनुमति प्रणाली९ईपीएस० आवेदन फारम भर्न नपाएको भन्दै बालकुमारी क्षेत्रमा युवाहरूले प्रदर्शन गरेका थिए । प्रदर्शनकारीले सोही रुट हुँदै आएको मन्त्री ज्वालाको गाडीमा आगजनी गरेका थिए भने प्रहरी हस्तक्षेपका कारण दुई जना युवाहरूको ज्यान समेत गएको थियो ।

पढ्नुहोस् मन्त्री ज्वालाको भनाइ जस्ताको तस्तै :
यो बालकुमारी घटना आफैंमा दु:खद् घटना हो । दुई जना युवाहरुको ज्यान गएको छ, केही घाइते भएका छन् र यो नघट्नुपर्ने, नहुनुपर्ने घटना भएको छ । यसप्रति म दु:ख व्यक्त गर्न चाहन्छु । त्यस दिन हाम्रो पार्टीको केन्द्रीय कमिटी बैठक कान्तिपुर पार्टी प्यालेसमा चलिरहेको थियो । त्यो बैठक दुई दिन अघिदेखि चलिरहेको थियो ।

त्यस बैठकमा म बिहानैदेखि सहभागी थिएँ । अर्कोतिर यता सिंहदरबारमा मन्त्रालयमा एउटा बैठक थियो मेरो । त्यो बैठक सुरु भइसकेपछि केही समयका लागि मन्त्रालयको बैठकमा सहभागी भएर फेरि बैठकमा फर्किने उद्देश्यले म त्यो पार्टी प्यालेसको बैठक कक्षबाट बाहिर निस्किएँ ।

बाहिर निस्किनुभन्दा अगाडि बालकुमारी क्षेत्रमा के अवस्था छ, त्यहाँ डिस्टर्ब छ कि छैन अथवा परिस्थिति के छ रुटको अवस्था के छ रु त्यो हामीलाई केही पनि थाहा भएन । हामी सामान्य अवस्थामा बाहिर निस्कियौं । निस्किंदाखेरि पनि सुरक्षा निकायबाट, सुरक्षाकर्मीबाट समेत यस विषयमा कुनै जानकारी नभएपछि हामी सामान्य रुपमा बाहिर निस्कियौं ।

संयोगले हाम्रै मन्त्रालयको राज्यमन्त्रीज्यूको गाडी भित्र पस्यो । हामी बाहिर निस्कियौं । राज्यमन्त्रीज्यूको गाडी भित्र पस्दासम्म सामान्य नै अवस्था छ ।

हामी बाहिर निस्केर अलिकति अगाडि बढिसकेपछि पारिपट्टि केही डिस्टर्ब हामीले महसुस गर्‍यौं । अब के गर्ने भन्ने त्यहाँ हाम्रो बीचमा छलफल भयो । अगाडि बढ्न पनि नसकिने पछाडि फर्किन पनि नसकिने भएपछि मुख्य बाटोमा हामी प्रवेश गर्‍यौं ।

मुख्य बाटोमा गइसकेपछि पनि केही व्यक्तिहरु आएर गाडी रोक्ने प्रयास गरे । त्यहाँ पीएसओले सम्झाउने प्रयास गरे र प्रदर्शनकारीहरु रोक्ने मध्येकै पनि कतिपय व्यक्तिहरुले यो गाडीलाई अगाडि जान दिउँ भनेर निकै धेरै प्रयास पनि गरे ।

भीड बढ्दै जान थालेपछि म त्यहाँ रहँदा झन् उत्तेजित होला भीड भन्ने हिसाबले म त्यो गाडीबाट निस्केर फेरि बैठकस्थलमै फर्किहालें । फर्केपछि म बैठकमा बसें । त्यसपछिको अवस्था पनि मलाई जानकारी छैन । त्यहाँ आगलागी भएको कुरा, गोली चलेको कुरा । गोली चलेको कुरा गाडीमा आगो लाग्नुभन्दा पहिले हो कि पछि हो यो कुरा पछि छानबिनबाट पनि थाहा होला ।

त्यहाँ गाडी पुग्यो, म केही समय रोकिएँ । रोकिएपछि त्यहाँको अवस्था तनावपूर्ण हुन्छ कि भन्ने उद्देश्यले आफ्नो बैठक कक्षमा फर्किइहालें । फर्किएपछि त्यसपछिको अवस्था के भयो रु कसरी अगाडि बढ्यो रु त्यस विषयमा पनि जानकारी छैन ।

हाम्रो गाडी त्यहाँ पुगिसकेपछि पीएसओले बारम्बार यहाँ गाडी सडकमा छ । प्रदर्शनकारीहरुले घेरिरहेका छन् । छिटोभन्दा छिटो सुरक्षाकर्मी पठाउनुपर्‍यो भनेर उनले कम्युनिकेसन गरिरहेका थिए । त्यति हुँदा पनि करिब २०र२२ मिनेटसम्म पनि त्यहाँ सुरक्षाकर्मीहरु पुगेनन् । त्यसपछि प्रदर्शनकारीहरुले आगो लगाए भन्ने कुरा पछि मैले जानकारी पाएँ ।

यो घटनामा हामी कहीं कतैबाट पनि जोडिंदैनौं । हाम्रो कुनै सम्बन्ध, साइनो पनि छैन । हाम्रो मन्त्रालयसँग जोडिएको विषय पनि होइन । हामीचाहिं सामान्य अवस्थामा बैठक कक्षबाट मन्त्रालयमा आउने क्रममा बाटोमा गाडी रोकियो । यो घटना भयो ।

यस विषयमा हामी प्रष्ट के छौं भने, न त्यो घटनाभन्दा पहिले हामीलाई जानकारी छ न हामीलाई रोकिसकेपछिको घटनाको जानकारी छ । हामी यो घटनासँग कुनै पनि हिसाबमा जोडिंदैनौं ।

भौतिक पूर्वाधार मन्त्री चढेको गाडी आएकै कारणले यो घटना घट्यो भन्ने कसैले परिभाषा गर्छ भने यो पूर्ण रुपमा गलत कुरा हो । किनकि सडक खुला छ, सडकमा गाडी त चल्छन् । अरु गाडीहरु पनि चलिरहेकै छन् । हाम्रो गाडी पनि चल्यो । त्यहाँ डिस्टर्ब छ भन्ने कुरा जानकारी भएको भए हामी जाँदैनथ्यौं । त्यो जानकारी पनि भएन ।

हाम्रो गाडी त्यो बाटोमा हिंडेकै कारणले यो घटना उत्तेजक बनेको पनि होइन । त्यसभन्दा पहिलेदेखि नै त्यहाँ भीडन्त भएको रहेछ । त्यसपछि पनि भीडन्त भइराख्यो । जहाँ गाडी जलाइयो त्यो ठाउँमा भीडन्त भएको पनि छैन ।

त्यो ठाउँमा कुनै गोली चलेको पनि छैन । त्यसकारण यो घटनामा हामीलाई जोड्ने अथवा हाम्रो गाडी सडकमा गएको कारणले यो घटना घटेको हो अथवा प्रदर्शनकारी बढी उत्तेजित भएका हुन् भन्ने कुरा गलत छ ।

बैठकस्थलबाट निस्किएपछि मैले पीएसओ र ड्राइभरलाई हामी सिंहदरबार जाऔं भने । हामी सबै गाडीमा बस्यौं । गाडीबाट हिड्यौं । हिंड्दाहिंड्दै पीएसओले हामी बालकुमारीबाट मन्त्रालय जाँदैछौं भनेर आफ्नो सेन्ट्रलमा खबर गरिरहेको मैले सुनें ।

त्यतिबेलासम्म पीएसओले वा अरु सुरक्षाकर्मीले कहीं कतैबाट यो बाटो डिस्टर्ब छ, यो बाटोमा जानुहुँदैन । अथवा अर्को कुनै रुट प्रयोग गरौं भन्ने किसिमको जानकारी कहीं कतैबाट आएन । यो जहाँबाट पनि पुष्टि हुन्छ । त्यहाँ डिस्टर्ब छ भन्दाभन्दै म मूर्खतापूर्वक त्यो बाटो त जाँदिनँ ।

बरु हामी त्यो बाटोमा प्रवेश गरिसकेपछि जो डिस्टबेन्स देखियो, त्यसपछि हामी सतर्क भयौं र अब कसरी सुरक्षित हुने भन्ने किसिमले हामीले प्रयत्न गर्‍यौं । प्रयत्न गर्दागर्दै हामी सफल भएनौं त्यो एउटा पाटो भयो । तर अहिले मन्त्रीको गाडी आएकै कारणले यो घटना यसरी अगाडि बढ्यो भन्ने कुरा जुन भनिंदैछ यो आफ्नो दोष अरुतिर पन्छाउने खालको प्रयत्नरकसरत हो भन्ने मलाई लाग्छ । त्यसकारण यो घटनाको बारेमा हामी दु:खी छौं । घटना घट्यो । नघट्नुपर्ने थियो । दुई जना युवाहरुले ज्यान गुमाए । यो एउटा दु:खद् पक्ष हो । तर हाम्रो त कहीं कतैबाट सम्बन्ध नै छैन यसमा ।

हामी सामान्य रुपमा त्यो बाटो प्रयोग गरेर मन्त्रालय आउन खोजेको हो । आउने क्रममा अवरोध भयो । अवरोध भएपछि म आफ्नो बैठकतिर फर्किएँ । त्यहाँ गाडी आगलागी भयो । हामी त पीडित पक्ष हौं, साँच्चिकै भन्दाखेरि । मान्छेको ज्यान जानेभन्दा गाडी आगलागी हुने कुरा सानो नहोला । तर हाम्रो मन्त्रालय त पीडित पक्ष हो ।

हामी विना कारण, निर्दोष हुँदाहुँदै, त्यसमा हाम्रो कुनै संलग्नता नहुँदा नहुँदै, कुनै सम्बन्ध नहुँदा नहुँदै हाम्रो त गाडी क्षति भएको छ । त्यसकारण पीडित पक्षतिर नै फेरि यो घटनालाई पन्छाएर जो सुरक्षाकर्मीले कमजोरी गरेका छन्, चाहे सुरक्षा सम्बन्धी सूचना दिने कुरा होला । चाहे गोली चलाउने अवस्था थियो कि थिएन त्यस्तो अवस्थामा गोली चलाइएको कुरा होला । यो तमाम कुरामा आफ्नो कमजोरी कतै ढाकछोप गर्नलाई फरक ढंगले अभिव्यक्ति आउन थाल्यो कि भन्ने कुरामा मलाई अनुभूति हुन थालेको छ ।

कतिले त्यहाँ मन्त्री किन गएको भन्ने पनि प्रश्न गरेछन् । दुनियाँलाई थाहा छ, दुई दिनदेखि बैठक चलिरहेको छ । केन्द्रीय कमिटी बैठकमा त मन्त्री भएको केन्द्रीय सदस्य पनि जान्छ नि ! दिनदिनै बैठकबाट मन्त्रालयमा काममा आएका छौं।

आउने जाने त तीनदिनदेखि हाम्रो चलिरहेकै छ । यस्ता कुरामा जे सत्य र वास्तविक हो त्यही नै कुरा सबैले गर्नुपर्छ । हाम्रो तर्फबाट सत्य कुराहरु प्रष्ट पारिएको छ, प्रष्ट पार्न तयार छौं ।

 

 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

प्रधानमन्त्री बालेनको शपथ समारोहमा पाँच पूर्वप्रधानमन्त्रीहरू सहभागी, ओली उपस्थित भएनन्

काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को शपथ ग्रहण समारोहमा विभिन्न राजनीतिक दलका वरिष्ठ नेता र पूर्वप्रधानमन्त्रीहरू उपस्थित भएका छन्। राष...

बालेनले लिए प्रधानमन्त्री पदको शपथ

काठमाडौं। बालेन्द्र शाह (बालेन) ले प्रधानमन्त्री पदको शपथ ग्रहण गरेका छन्। राष्ट्रपति रामचन्द्र पौडेलले शीतल निवासमा आयोजित विशेष समारोहमा ३६ वर्षी...

अमरेशले किन गरे मन्त्री बन्न अस्वीकार ?

काठमाडौं । निर्वाचित रास्वपाका सांसद अमरेशकुमार सिंहले मन्त्री बन्न अस्वीकार गरेका छन्। उद्योग, वाणिज्य एवं आपूर्ति मन्त्री बन्ने भनिएका सिंहले अस्...

एकैदिनमा सुन तोलामा ४ हजार ६ सय रुपैयाँले घट्यो, चाँदी पनि ओरालो

काठमाडौं । शुक्रबार नेपाली बजारमा सुन र चाँदी दुबैको भाउ घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ लाख ८१ हजार रुपैय...

सुनिल लम्साल भौतिक पूर्वाधार मन्त्री बन्ने

काठमाडौं । बालेन्द्र साह (बालेन)नेतृत्वको सरकारमा सुनिल लम्साल मन्त्री बन्ने भएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री समेत रहेका उ...

बालेन नेतृत्वको सरकारका १५ मन्त्रीको सूची सार्वजनिक

काठमाडौं । बालेन्द्र साह नेतृत्वको सरकारका १५ जना मन्त्रीहरूको नाम टुंगो लागेको छ। विभिन्न मन्त्रालयमा जिम्मेवारी बाँडफाँड गर्दै मन्त्रिपरिषद् गठनको प...

डीपी अर्याल प्रतिनिधिसभाको सभामुख बन्ने सहमति

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डीपी अर्याल लाई प्रतिनिधिसभाको सभामुख बनाउने सहमति भएको छ। रास्वपा सभापति रवि लामिछाने र प...

बालेन रास्वपाको संसदीय दलको नेतामा चयन

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)लाई प्रतिनिधिसभा संसदीय दलको नेतामा चयन गर्ने निर्णय गरेको छ। आज...

शपथलगत्तै सर्वोच्च पुगे बालेन शाह

काठमाडौँ । सांसदको शपथ लिएलगत्तै प्रस्तावित प्रधानमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) सर्वोच्च अदालत ...

बालेनलाई संसदीय दलको नेता चयन गर्ने प्रस्ताव केन्द्रीय समितिबाट पारित

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समितिबाट संसदीय दल गठनसम्बन्धी प्रस्ताव सर्वसम्मत रूपमा पारित भएको छ। जारी केन्द्रीय सम...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending