Khabar Dabali १३ चैत्र २०८२ शुक्रबार | 27th March, 2026 Fri
Investment bank

बाहिर भन्ने र सदनभित्र सांसदले गर्ने कार्यबीच फरक देखियो: सांसद सुब्बा

खबरडबली संवाददाता

काठमाडौँ । प्रतिनिधिसभा सदस्य एवं नेकपा (एमाले) की नेत्री सरस्वती सुब्बाले कानुन निर्माणको मुख्य थलो संसद्ले कानुनको संशोधन र नयाँ कानुन तीव्र गतिमा बनाउने अपेक्षा राखेकामा एक वर्षको अभ्यासमा एउटाबाहेक महत्वपूर्ण भए पनि अरु थुप्रै कानुन बनाउन नसकिएको प्रतिक्रिया दिएकी छन् । उनले विधायकी जिम्मेवारीमा आउनुअघि आफूले “सांसद विकासको पनि संवाहक हो”, भन्ने बुझेकामा कानुन र विधि निर्माणमा मात्रै खुम्चन परेपछि जेजस्तो अपेक्षा र उत्साह थियो त्यो कायम नरहेको अनुभव सुनाइन् । 

‘सांसदसँग रासस संवाद’मा नेत्री सुब्बाले भनिन्, “कानुन निर्माणको गति, तर्जुमा गरिएको बजेट र योजना कार्यान्वयनको अवस्था हेर्दा मुलुकको राजनीति अझै तरल अवस्थामा देखिन्छ । राजनीतिले जनताका अपेक्षालाई सही ढङ्गबाट सम्बोधन गर्न नसकेको प्रष्टै अनुभूति हुन्छ ।”

गाउँघरमा मतदातासँगको भेटघाटमा बजेट र विकासका योजनासँग जोडिएका विषयवस्तुमै बढी केन्द्रित रही छलफल हुने गरेको उल्लेख गर्दै उनले कानुन निर्माणमा प्रभावकारी काम गर्न नसकिएको र विकास निर्माणमा पनि जनताका अपेक्षाबमोजिम काम गर्न नपाएको अवस्थाले प्रत्येक सांसद जनतासामु कठिन प्रश्नको घेरामा परेर आलोचना खेप्न परिरहेको बताइन् ।

अर्को प्रसङ्गमा नेत्री सुब्बाले महिला सांसद भएकै कारण सदनमा बोल्न र जिम्मेवारी लिने सन्दर्भमा एमालेभित्र कुनै त्यस्तो फरकपनको महसुस नगरेको बताउँदै मुद्दाका आधारमा जिम्मेवारी र समय लिएर बोल्ने गरेको जानकारी दिइन् । एमालेको भूमिहीन सुकुम्बासी सङ्गठनको सर्लाही जिल्ला सचिव, राष्ट्रिय भूमि अधिकार मञ्च नेपालको जिल्ला अध्यक्षदेखि केन्द्रीय कोषाध्यक्ष, सचिव, महासचिव, अध्यक्षसम्म भएर काम गरेको उनीसग अनुभव छ ।

पार्टीको जनसङ्गठन भूमि अधिकार तथा श्रमिक सङ्गठनको उपमहासचिव, भूमिसम्बन्धी उच्चस्तरीय समितिको सदस्य र जिल्ला भूमि आयोगको सदस्य भएरसमेत नेत्री सुब्बाले काम गरेकी छन् । उनी एमालेका तर्फबाट प्रतिनिधिसभामा समानुपातिक निर्वाचन प्रणालीतर्फबाट सांसद निर्वाचित भएकी हुन् ।

सांसद सुब्बाले भनिन्, “बाहिर भन्ने र सदनभित्र सांसदले गर्ने कार्यबीच फरक देखिन्छ । संसद् र संसदीय समितिमा सांसद नियमित र समयमै उपस्थित हुनुपर्नेमा गणपूरक सङ्ख्या नपुगेर बैठक धेरै पटक स्थगित भएको छ । यो साँच्चिकै लाजमर्दो अवस्था हो ।”

नागरिकले गरेको अपेक्षाअनुरुप सांसदले पनि आफ्नो भूमिका र जिम्मेवारी निर्वाह गर्न नसकेको स्वीकार गर्दै संसदको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको सदस्य समेत रहेकी सांसद सुब्बाले सरकारले ‘बिजनेस’ दिन नसक्दा गएको एकवर्षमा सदन प्रभावकारी हुन नसकेको विचार प्रकट गरिन् । व्यक्ति विशेषले पनि आफ्नो जिम्मेवारीप्रति सजग हुन आवश्यक रहेको उल्लेख गर्दै उनले दल विशेषले जनप्रतिनिधिलाई दिने भूमिका र जिम्मेवारीको पक्षसमेत महत्वपूर्ण हुने धारणा राखिन् ।

निर्वाचनका बेला मत माग्न घरघर जाँदा आम मतदाताले खानेपानीका धारा, बाटो, बिजुलीका पोल, सिँचाइजस्ता स्थानीय विषयमा विशेष चासो राख्ने र उम्मेदवारले पनि त्यसैमा प्रतिबद्धता व्यक्त गर्ने गरेको सुनाउँदै उनले अहिले पनि नागरिकको अपेक्षा कानुनभन्दा ती विषय नै प्राथमिकतामा रहेका बताइन् ।

सांसद सुब्बाका अनुसार, मतदाताको मागबमोजिम कतिपय अवस्थामा आयोजनाका लागि जनप्रतिनिधिले बजेटका सन्दर्भमा मन्त्रालयका कोठा कोठा धाउन परेको अवस्था अझै विद्यमान छ । तर उनले निर्वाचनका बेला विकास निर्माणसम्बन्धी कुनै प्रतिबद्धता नगरी केबल सक्दो सहयोग गर्ने मात्र विश्वास दिलाएको घटना सुनाइन् ।

पछिल्लो समय सरकारले ल्याएको बजेटमा कुनै संशोधन नहुने भएपछि मन्त्रालय पुगेर मन्त्री र सचिवलाई भेट्ने प्रवृत्ति अन्त्य गर्दै प्रतिपक्ष दलको विधायक भएका नाताले कानुन निर्माणमै जोडबल गरेको उनले स्पष्ट पारिन् । भूमिहीन नागरिकका सरोकारका क्षेत्रमा विशेष अध्ययन र दख्खल राखेकी सांसद सुब्बाले सर्लाहीको सागरनाथ वन विकास परियोजनाको तीन हजार एक सय हेक्टर जमिनमा हजारौँ मानिस अव्यवस्थितरुपमा बसोबास गरी खेतीपाती गर्दै आएकाले कानुन बनाएर त्यसलाई व्यवस्थित गर्ने विषय नै जिल्लाको सर्वाधिक प्राथमिकताको विषय भएको बताइन् ।

सर्लाहीका हरिवन र बागमतीसहित साविकका १२ गाविस चुरे क्षेत्रमा पर्ने भएकाले चुरे संरक्षण र त्यहाँका नागरिकको जीविकोपार्जनका लागि वन र भूमि ऐनमा संशोधन गरी समस्या समाधान गर्ने विषय पनि  प्राथमिकतामा रहेको उनको भनाइ छ । नेत्री सुब्बाले केही विषयमा पार्टीले पनि प्रतिबद्धता जनाउँदै आएको र भविष्यमा पनि त्यहीँबाट राजनीति गर्नुपर्ने भएकाले विकास निर्माणसँग पनि आफ्नो सम्बन्ध केही हदसम्म जोडिने बताइन् ।

भूमिसँग जोडिएको भूमिहीनदेखि चुरे संरक्षण, जीविकोपार्जन, अव्यवस्थित बसोबास, कमैया, हरुवाचरुवालगायत विषय रहेको बताउँदै उहाँले त्यो समस्या समाधानका लागि सरकारले आयोग बनाए पनि काम भने कछुवा गतिमा भएको टिप्पणी गरिन् । सांसद सुब्बाले ऐनले अव्यवस्थितलाई ३० कट्ठा, भूमिहीन, दलित र सुकुम्बासीका लागि छ कट्ठा जमिन उपलब्ध गराउने भनी नियमावलीले प्रष्ट गरेको र त्यसअनुसार काम गर्नुपर्नेमा सरकारले पछिल्लो समय वन तथा भूमि ऐन संशोधनका नाममा कामलाई तीव्रता दिन नखोजेको प्रतिक्रिया दिइन्।

ऐन, कानुन, नीति र नियम मात्र भएर नहुँदोरहेछ भन्दै विधायक सुब्बाले सरकारका मन्त्री र सम्बन्धित विषयका आयोगका पदाधिकारीले कार्यकारी भूमिका निर्वाह नगरे वर्षौंसम्म समस्या समाधान गर्न चुनौती खडा हुने विचार प्रकट गरिन् । प्रत्येक राजनीतिक दलले सरकार र प्रतिपक्षमा हुँदा गर्ने व्यवहारमा फरक हुने गरेको बताउँदै नेत्री सुब्बाले संसदीय व्यवस्थामा कुनै दल विशेष सरकार र प्रतिपक्षमा रहेर भूमिका खेल्ने कुरा स्वभाविक भए पनि एमालेले सरकारलाई धेरै दु:ख नदिएको र जिम्मेवार प्रतिपक्षको भूमिका निर्वाह गरिरहेको प्रतिक्रिया दिइन्  ।

सरकारले संसद्मा भएका दलहरुसँग सहकार्य, समन्वय र सहयात्रा गरेर जान नेतृत्वमा रहेकाले समन्वयकारी भूमिका खेल्न पर्नेमा जोड दिँदै उनले नेतृत्व फेरिँदैमा राष्ट्रका प्राथमिकताप्राप्त योजना र कार्यक्रम प्रभावित पार्ने कार्य ठीक नभएको धारणा राखिन् । नेत्री  सुब्बाका अनुसार, भ्रष्टाचार न्यूनीकरण र सुशासन कायम गर्ने सवालमा राजनीतिक दलले मत माग्न जाँदा मात्रै भ्रष्टाचार र सुशासनको कुरा गरेर हुन्न । साँच्चिकै भ्रष्टाचार न्यूनीकरण र सुशासनमा काम गर्ने हो भने प्रत्येक राजनीतिक दलले वडादेखि केन्द्रसम्म तहगतरुपमा सङ्गठनमा रहने हरेक नेता र कार्यकर्तालाई उत्पादन र कामसँग जोड्नुपर्छ ।

उनी भन्छिन्, “राजनीति सेवा हो, पेसा होइन । राजनीति भनेको तीन महिनामा अन्न भित्र्याएको जस्तो होइन, यसमा लाग्दा खर्च हुन्छ । राजनीतिलाई सेवाका रुपमा लिएर जीविकोपार्जनका लागि अरु पेसा र व्यवसाय गर्नुपर्छ । राजनीतिलाई शुद्ध बनाए आफैँ सुशासन कायम हुन्छ ।” सांसद सुब्बा राजनीतिमा लागेपछि पार्टी प्यालेसबाट छोराछोरीको विवाह गर्न पाइन्छ, महँगो स्कुलमा पढाउन सकिन्छ, घुम्न विदेश जाऔँला, घडेरी किनौँला र घर बनाउँला भन्ने सोच बोक्ने हो भने सुशासन कायम र भ्रष्टाचार न्यूनीकरण कहिल्यै हुन्न भन्नुहुन्छ । 

कानुन बनाउने पक्षले नै कानुन उल्लङ्घन गर्ने प्रवृत्तिले समाजमा असन्तुष्टि बढेको बताउँदै उनले योगदानभन्दा बढी अपेक्षा गर्ने परिपाटीले पनि समाजमा विश्वास कमजोर हुँदै गएको प्रतिक्रिया दिइन् । तीन तहका सरकारले सातै प्रदेशमा कोसँग के क्षमता छ त्यसका आधारमा रोजगारी दिने अवसर र अवस्था सिर्जना गर्नु पर्नेमा जोड दिँदै सांसद सुब्बाले सीपका आधारमा स्वदेशमै आयआर्जन र उत्पादनमा लाग्न युवालाई सुझाव दिइन् ।

नेत्री सुब्बाले भनिन्, “पछिल्लो समय नेपालीहरु वास्तविकताभन्दा हल्लामा दौडिने र विश्वास गर्ने प्रवृत्ति बढेको छ । देश बाहिर जाँदा कस्तो दु:ख पाइन्छ, त्यतिकै मेहेनत यहाँ गर्ने हो भने के उपलब्धि हुन्छ भनी युवा र विद्यार्थीले बुझ्न जरुरी छ ।”

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बालेन रास्वपाको संसदीय दलको नेतामा चयन

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)लाई प्रतिनिधिसभा संसदीय दलको नेतामा चयन गर्ने निर्णय गरेको छ। आज...

शपथलगत्तै सर्वोच्च पुगे बालेन शाह

काठमाडौँ । सांसदको शपथ लिएलगत्तै प्रस्तावित प्रधानमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) सर्वोच्च अदालत ...

बालेनलाई संसदीय दलको नेता चयन गर्ने प्रस्ताव केन्द्रीय समितिबाट पारित

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समितिबाट संसदीय दल गठनसम्बन्धी प्रस्ताव सर्वसम्मत रूपमा पारित भएको छ। जारी केन्द्रीय सम...

कानेपोखरीमा टिप्परको ठक्करबाट साइकल यात्रीको मृत्यु

उर्लाबारी। टिप्परको ठक्करबाट मोरङको कानेपोखरी-७ मा एकजनाको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय पथरीका प्रहरी निरीक्षक डम्बर विश्वकर्माका अनुसार ब...

कानेपोखरीमा टिप्परको ठक्करबाट साइकल यात्रीको मृत्यु

उर्लाबारी। टिप्परको ठक्करबाट मोरङको कानेपोखरी-७ मा एकजनाको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय पथरीका प्रहरी निरीक्षक डम्बर विश्वकर्माका अनुसार ब...

जिबुती तटमा आप्रवासी बोकेको डुङ्गा पल्टिदा नौ जनाको मृत्यु, ४५ बेपत्ता

इथियोपिया। जिबुतीको तटमा आप्रवासी बोकेको डुङ्गा पल्टिएर दुर्घटनाग्रस्त भए पछि कम्तिमा नौ जना आप्रवासीको मृत्यु हुनुका साथै अन्य ४५ जना बेपत्ता भएको आप...

यातायात कार्यालयका अधिकृतसहित दुई जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ। मकवानपुरको हेटौँडा उपमहानगरपालिकास्थित यातायात व्यवस्था कर्याालयमा कार्यरत अधिकृत (छैटौं) अमृत भेटुवालसहित दुई जनाविरुद्ध भ्रष्टाचार मुद्दा ...

ओलीको निर्देशन: संसद्मा पार्टीकै विचार बोल्नु, ती बाहेक ‘मलाई यस्तो लाग्यो’ भनेर बोल्न मिल्दैन

काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सांसदहरूलाई संसद्मा पार्टीका आधिकारिक विचार मात्रै राख्न निर्देशन दिएका छन्। बिहीबार पार्टी केन...

निर्वाचन परिणाम अपत्यारिलो र ‘जादुमय’ देखियो: ओली

काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले हालै सम्पन्न निर्वाचनको परिणाम ‘जादुमय’ देखिएको टिप्पणी गरेका छन्। बिहीबार नवनिर्वाचित प्रतिनिध...

प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरूले शपथ ग्रहण

काठमाडौँ । प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरूले आज सिंहदरबारस्थित संसद्को अस्थायी भवनमा आयोजित सभामा पद तथा गोपनीयताको शपथ लिएका छन्। प्रतिनिधिसभा...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending