Khabar Dabali १६ पुष २०८२ बुधबार | 31st December, 2025 Wed
Investment bank

हेटौँडा अस्पतालद्वारा मिर्गौला रोगीलाई नियमित डायलाइसिस सेवा

खबरडबली संवाददाता

मकवानपुर । मकवानपुरको हेटौँडा अस्पतालले मिर्गौला रोगीका लागि डायलाइसिस उपचार सेवालाई सहज बनाएको छ । यहाँ हाल मधेस प्रदेशको सिराहा, बारा, पर्सा तथा बागमती प्रदेशको सिन्धुली र मकवानपुरका गरी कूल ६६ मिर्गौला रोगीले दैनिक आलोपालो गरी डायलाइयसिस सेवा लिइरहेका छन् । 

हेटौँडा अस्पतालको डायलाइसिस युनिटका इन्चार्ज सीमा कणेलका अनुसार डायलाइसिस सेवा लिनेमा १८ महिला हुनुहुन्छ । मिर्गौला बिरामीले हप्ताको दुईपटक अनिवार्यरुपमा चिकित्सकको परामर्शअनुसार डायलाइसिस सेवा लिइरहेका छन् । उनका अनुसार हेटौँडा अस्पतालमा हाल मिर्गौला रोग विशेषज्ञ चिकित्सक उपलब्ध नहुँदा डायलाइसिस गरिरहेका बिरामीको उपचारमा समस्या भएको कणेल बताउछन् । बिरामीलाई थप उपचार गर्नुपर्ने अवस्था आए कहाँ लैजाने भन्ने समस्या रहेको उनको भनाइ छ । 

“विषेशज्ञ चिकित्सक नहुँदा मिर्गौलाका बिरामीले समस्या भोग्नु परिरहेको छ ।  अस्पतालका अन्य चिकित्सकलाई देखाउने गरिएको छ”, उनले भने। अहिले डायलाइसिस युनिट कक्षमा १३ डायलाइसिस मेसिनबाट दैनिक बिहान, दिउँसो र साझँ गरी तीनपटक प्रत्येक बिरामीलाई आलोपालो डायलाइसिस सेवा दिने गरिएको छ । 

डायलाइसिस युनिटमा सङ्घीय सरकारको स्वास्थ तथा जनसङ्ख्या मन्त्रालय, हेटौँडा उपमहानगरपालिका, रोेटरी क्लब हेटौँडा र आरोग्य स्वास्थ प्रतिष्ठान ललितपुरले डायलाइसिस मेसिन खरिद गरी उपलब्ध गराएको मदन भण्डारी स्वास्थ विज्ञान प्रतिष्ठान हेटौँडा अस्पतालका प्रमुख चिकित्सक डा रामचन्द्र सापकोटाले बताए । उनका अनुसार पुराना चारवटा डायलाइसिस मेसिन बिग्रेकाले केही दिनमा प्राविधिक बोलाएर मर्मतसम्भार गरी सञ्चालनमा ल्याइने भएको उहाँले जानकारी दिए । 

मकवानपुरमा मिर्गौला बिरामी चार सयभन्दा बढी पहिचान भएको र उनीहरुले आ–आफ्नो सुविधाअनुसार काठमाडाँै, ललितपुर, भक्तपुर र चितवनका विभिन्न अस्पतालमा डायलाइसिस सेवा लिँदैआएका जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरका सूचना अधिकारी लक्ष्यमणप्रसाद घिमिरेले जानकारी दिए । मिर्गौलाका बिरामीलाई तत्काल डायलाइसिस उपचार सेवा पाउन प्रत्येक स्थानीय निकायबाट अनिवार्य सिफारिस लिनुपर्ने र सोही अनुसार विपन्न नागरिक उपचार सेवा कोषअन्तर्गत नि:शुल्क डायलाइसिस उपचार सेवा दिने गरिएको छ । सम्बन्धित अस्पताललाई सङ्घीय स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको महाशाखामार्फत वार्षिक रकम भुक्तानी दिने गरेको बागमती प्रदेश स्वास्थ्य मन्त्रालयका सचिव दीपक तिवारीले बताए ।

मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिष्ट्रार तथा हेटौँडा अस्पताल सञ्चालन समितिका अध्यक्ष राजेश प्रसाईंले हेटौँडा अस्पतालमा विगत एक वर्षअघि सो प्रतिष्ठानले एक  मिर्गौला रोग विशेषज्ञ चिकित्सक दरबन्दी सिर्जना गरी बिरामीको उपचार गर्दैआएकामा हाल सो प्रतिष्ठानमा प्रदेश सरकारबाट बजेट विनियोजित हुँदा उत्त चिकित्सकको दरबन्दी हटाइएकाले सो चिकित्सकलाई बिदाइ गर्नु परेको र सम्बन्धित निकायमा सो चिकित्सकको दरबन्दी उपलब्ध गराउन माग गरिरहेको बताए । उनले हेटौँडा अस्पताल सञ्चालन समितिद्वारा अब तीन हप्ताभित्रै मिर्गौला रोग विशेषज्ञ चिकित्सकलाई अस्पतालमा उपलब्ध गराउन विज्ञापनद्वारा पदपूर्ति गर्न प्रक्रिया थालेको जानकारी दिए ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

समानुपातिक बन्दसूचीमाथि निर्वाचन आयोगको थाल्यो छानबिन

काठमाडौं । निर्वाचन आयोगले समानुपातिक तर्फका उम्मेदवारको बन्दसूचीमाथि छानबिन सुरु गरेको छ। आयोगका सहसचिव तथा प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार...

भूमि आयोग कास्कीका तत्कालीन अध्यक्षसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कास्की जिल्लास्थित सार्वजनिक विद्यालयको जग्गा गैरकानुनीरूपमा व्यक्तिको नाममा दर्ता गराई भ्रष्टाचार गरेको ...

मुलुक निर्वाचनतर्फ गयो, अब के होला भन्ने अन्यौलता छैन: प्रचण्ड

काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सिंगै मुलुक निर्वाचनको तयारीमा जुटेको बताएको छन्। नेप...

कमल थापाले छाडेपछि संगठनभित्र एक प्रकारको रिक्तता सिर्जना भएको थियो: राजेन्द्र लिङ्देन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० का अध्यक्ष राजेन्द्र लिङ्देनले कमल थापा पार्टीमा नहुँदा आफूलाई राप्रपा अपूर्णजस्तो महसुस हुँदै आएको ...

प्रधानमन्त्रीको उपस्थितिमा सर्वपक्षीय राष्ट्रिय संवाद सुरु

काठमडौँ । प्रधानमन्त्री सुशीला कार्कीको उपस्थितिमा सर्वपक्षीय राष्ट्रिय संवाद सुरु भएको छ । ‘शान्ति, स्थायित्व र समृद्धिका लागि सहकार्य’ विषयक छलफल का...

पेरुमा रेल दुर्घटनामा एक जनाको मृत्यु, ४० बढी घाइते

लिमा। पेरुमा भएको रेल दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने कम्तीमा ४० जना  घाइते भएका छन् । मृतक रेल चालक रहेको कुस्कोको प्रोसिक्युटर कार्यालयले पुष्...

समानुपातिक बन्दसूचीमा मेरो नातेदार छैनन्, केहि त्रुटिहरु भए सच्याउछौ: कुलमान घिसिङ

काठमाडौं । सुशीला कार्की नेतृत्वको सरकारका मन्त्री तथा हालै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग पार्टी एकीकरण गरेका कुलमान घिसिङले प्रतिनिधि सभा ...

राप्रपा र राप्रपा नेपालबीच एकतापछि कमल थापा: रोईरोई पार्टी छाडेको थिएँ, अहिले घर फर्केको अनुभूति भयो

ठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता कमल थापाले चार वर्षअघि पार्टी छाड्दा मन रोईरोई छाडेको र अहिले फर्किँदा घर फर्किएको अनुभूति भएक...

बालेन शाह परिवर्तनको झिल्को: रवी लामिछाने

पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह बालेनलाई राजनीतिक परिवर्तनको झिल्कोको...

ओलीलाई जवाफ मैले दिनुपर्दैन, भोट हाल्ने जनताले दिनुहुनेछ: रवी लामिछाने

पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफूलाई राजनीतिक आरोप–प्रत्यारोपको शृङ्खलाबाट माथि उठाउन चाहेको बताएका छन्। बु...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending