Khabar Dabali २७ श्रावण २०८३ बुधबार | 12th August, 2026 Wed
Investment bank

बालेनलाई प्रचण्डको प्रश्न: प्रधानमन्त्रीले समस्या समाधान गर्न बल गरिराखेको छ भन्न तपाईंलाई केले रोक्यो ?

जवाफ नसुनी हिँड्ने गरेको भन्दै बालेनसँग प्रचण्डले पोखे असन्तुष्टि

खबरडबली संवाददाता

काठमाडौ । ललितपुर महानगरपालिकाको १०५ औं स्थापना दिवसमा प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' सहभागी रहे।

यो कार्यक्रममा ललितपुर महानगरका मेयर चिरीबाबु महर्जनसँगै काठमाडौंका मेयर बालेन शाह पनि सहभागी थिए।

प्रधानमन्त्री दाहाल बोल्नुअघि काठमाडौंका मेयर बालेनले शुभकामना मन्तव्य राख्ने क्रममा प्रधानमन्त्रीलाई फोहोर व्यवस्थापनमा देखिएका कानुनी जटिलता फुकाइदिन र खोला अतिक्रमण गरेको बसेको बस्ती हटाइदिन सहयोग मागेका थिए ।

बालेनले भनेका थिए, ‘कुनै कुनै अतिक्रमणहरु हामी आफैंले पनि रोक्न सक्छौं । खोला अतिक्रमण चाहिँ, सम्माननीय ज्यू यहीँ हुनुहुन्छ, उहाँले चहानुभयो भने यहाँदेखि अर्को कार्यक्रममा जान जति समय लाग्छ त्यति समयमा समाधान हुने विषय हो त्यो । सम्माननीय ज्यूले चाहनुभयो, गृहमन्त्री ज्यूले चाहानुभयो भने पाँच मिनेटदेखि एक घण्टाभित्र सल्टिने समस्या पनि छन् ।’ आफ्ना कुरा राखेर बालेन कार्यक्रमबाट हिँडे ।

प्रचण्डले आफू बोल्ने क्रममा आफ्ना कुरा राख्ने तर जवाफ नसुनी हिँड्ने गरेको भन्दै प्रचण्डले बालेनसँग असन्तुष्टि जनाए । ‘बालेन जी हिँडिहाल्नुभयो । मलाई फेरि पहिला बोलेर हिँड्नीसँग पनि अलिअलि इरिटेसन हुन्छ’ उनले भने, ‘आफूले भन्ने कुरा जेजे भन्नु छ भनिहाल्नी अनि त्यसको जवाफ सुन्नका लागि बस्दै नबस्नी गर्न हुन्न । बस्नुपर्छ प्रमुख अतिथिले बोल्ने बेलासम्म ।’

बागमती किनारका सुकुम्बासी बस्ती वा तीनकुने र फोहोरमैला व्यवस्थापनका निम्ति मिलेर काम गर्न आफूले पहल गरेको प्रधानमन्त्री दाहालको भनाइ छ।

‘के अहिलेको प्रधानमन्त्री जत्तिको सकारात्मक र रचनात्मक ढंगले यी समस्या समाधान गर्न समन्वय अर्को कहीँ कसैले देख्नुभएको छ ?,’ मेयर बालेनलाई प्रश्न गर्दै प्रधानमन्त्री दाहालले भने, ‘तपाईं त्यसलाई सम्बोधन गर्न किन डराउनुहुन्छ ? तपाईं काठमाडौंको मेयर भएकोले ललितपुर र भक्तपुरलाई समन्वय गर्ने बढी जिम्मेवारी तपाईं‌को छ।’ 

प्रधानमन्त्री दाहालले आफूले मेयर शाहलाई सहयोग गर्ने बताइरहेको पनि बताए। ‘प्रधानमन्त्रीले समस्या समाधान गर्न बल गरिराखेको छ भन्न तपाईंलाई केले रोक्यो ?,’ उनले प्रश्न गरे।

मेयर शाह र मन्त्री प्रकाश ज्वाला कार्यक्रमको अन्तिमसम्म नबसेको भन्दै ललितपुरका मेयर चिरीबाबु महर्जन पनि असन्तुष्ट देखिएका थिए। ‘माननीय मन्त्रीज्यू, उहाँ पनि गइसक्नुभयो। अब बालेन जी पनि गइसक्नुभयो, मलाई रिस उठ्यो के गर्नेरु ’ उनले भने।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

ओखलढुङ्गाको डाँडाखर्कमा दुई दशकदेखि निरन्तर पहिरो, पाँच परिवार उच्च जोखिममा

ओखलढुङ्गा । सिद्धिचरण नगरपालिका–५ डाँडाखर्क गाउँ मुनिबाट दुई दशकदेखि निरन्तर झरिरहेको पहिरो नियन्त्रण हुन नसक्दा पाँच घरपरिवार उच्च जोखिममा छन् ।  ...

तापक्रम बढेसँगै तराईको जनजीवन प्रभावित

महोत्तरी। साउन चौँथो साता सकिन लाग्दासमेत पर्याप्त मनसुनी वर्षा हुन नसक्दा महोत्तरी सहित तराई/मधेसमा गर्मी अत्यधिक बढेको छ। केही दिनयता मध्याह्नको ताप...

तापक्रम बढेसँगै तराईको जनजीवन प्रभावित

महोत्तरी। साउन चौँथो साता सकिन लाग्दासमेत पर्याप्त मनसुनी वर्षा हुन नसक्दा महोत्तरी सहित तराई/मधेसमा गर्मी अत्यधिक बढेको छ। केही दिनयता मध्याह्नको ताप...

सरकारको कामप्रति आङ्देम्बेको प्रश्न : ‘जेनजीले खोजेको रोजगारी कहाँ सिर्जना भयो ?’

काठमाडौँ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले जेनजी आन्दोलन र निर्वाचनबाट बनेको बालेन नेतृत्वको सरकारप्रति युवाले...

दुई बहालवाला सचिवको राजीनामा स्वीकृत

काठमाडौं । सरकारले बहालवाला दुई सचिवको राजीनामा स्वीकृत गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका पूर्वसचिव कमल...

भित्र बहस चलिरहँदा अदालत बाहिर मिटरव्याज पीडितले गरिन् आत्मदाहको प्रयास

जनकपुरधाम । भित्र बहस चलिरहँदा धनुषा जिल्ला अदालत अगाडि मिटरब्याज पीडितले आत्मदाहको प्रयास गरेका छन् । मिटरब्याज पीडितले नाराबाजी गर्दै विरोध प्रदर्शन...

सांसदको भूमिका प्रभावकारी बनाउन रास्वपाले फेरि तीनदिने प्रशिक्षण दिने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना सांसदहरूको संसदीय भूमिका थप प्रभावकारी बनाउने उद्देश्यले तीनदिने प्रशिक्षण कार्यक्रम आयोजना ग...

भारत र चीनसँगको सम्बन्धमा प्रधानमन्त्री शाहको नयाँ कूटनीतिक शैली

काठमाडौँ। प्रधानमन्त्री वालेन्द्र शाहले सरकारको नेतृत्व सम्हालेपछि पहिलोपटक नेपालका दुई ठूला छिमेकी भारत र चीनका राजदूतसँग छुट्टाछुट्टै भेटवार्ता गर्न...

राष्ट्रिय भेलामा खड्काको सहभागिताबारे कोइराला र खड्काबिच छलफल

काठमाडौं । नेपाली कांग्रेसका पूर्वउपसभापति पूर्णबहादुर खड्का र पूर्वमहामन्त्री डा। शशांक कोइरालाबीच भेटवार्ता भएको छ। आगामी शुक्रबार काठमाडौंको सुकेधा...

कांग्रेस इतर समूहको राष्ट्रिय भेला शुक्रबारदेखि सुकेधारास्थित मिराकल पार्टी प्यालेसमा

काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतर समूहले राष्ट्रिय भेलाको तयारी तीव्र बनाएको छ। आगामी २९ साउनमा आयोजना हुने भेलाका लागि काठमाडौंको सुकेधारास्थ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending