Khabar Dabali २७ श्रावण २०८३ बुधबार | 12th August, 2026 Wed
Investment bank

विवादित भवन उद्‌घाटन गर्न आउने राष्ट्रपति पौडेललाई कालोझण्डा देखाउने चेतावनी

खबरडबली संवाददाता

भक्तपुर। भक्तपुरको चाँगुनारायण नगरपालिकाको प्रशासकीय भवन उद्घाटन गर्न शुक्रबार आउने राष्टपति रामचन्द्र पौडेललाई कालो झण्डा देखाउने चेतावनी दिइएको छ । विवादित प्रशासकीय भवन उदघाटन गर्न आउने लागेको भन्दै स्थानीय पीडितहरुले नआउन र आएमा कालोझण्डा देखाउने तथा विरोधमा अनसन बस्ने चेतावनी दिएका हुन् ।

कार्यक्रममा नआउन भन्दै स्थानीयले राष्टपतिसमक्ष ज्ञापनपत्र पनि पठाएका छन् । पीडितमध्येका एक स्थानीय जीवन ढुंगानाले भक्तपुरकी प्रमुख जिल्ला अधिकारी रोशनीकुमारी श्रेष्ठलाई विषय अवगत गराउँदै उनीमार्फत राष्ट्रपतिसमक्ष ज्ञापनपत्र पेश गरेका छन् । अदालतबाट परमादेशसमेत जारी भइसकेको जग्गामा निर्मित अवैद्य संरचनाको उद्घाटन गर्न राष्ट्रपति स्वयम् आउने कुराले कानुनी राज्य र लोकतन्त्रको उपहास हुने ज्ञापनपत्रमा उल्लेख छ । आफूहरुको उठिबास नै हुने गरी बनाइएको विवादित भबन उदघाटन गर्न लागेको तयारी भएकाले आएमा आफू अनसनसमेत बस्ने चेतावनी पीडित ८० वर्षीय जेष्ठ नागरिक लीलानाथ ढुंगानाले चेतावनी दिए । बताइएअनुसार नगरपालिकाले व्यक्तिगत हक भोगको जमिन कब्जा गरी आफ्नो प्रशासकीय भवन बनाएको हो । 

चाँगुनारायण नगरपालिका वडा नम्वर ५ खरिपाटी छालिङको घुमाउने  ९नगरकोट रोड० मा नगरपालिकाले व्यक्तिले भोगचलन गरिरहेको जग्गा हडपेर करिब ५० करोड लागतमा भवन बनाएको हो । तत्कालिन जिल्ला समन्वय समितिका प्रमुख नवराज गेलाल र नगर प्रमुख सोमप्रसाद मिश्रले शिलान्यास गरेको भवनलाई पछिल्लो पटक मेयरमा विजयी भएका नगर प्रमुख जीवन खत्रीले निरन्तरता दिंदै उदघाटनको तयारी गरेका हुन् ।

नगरवासीको सेवाका लागि बन्ने प्रशासकीय भवनको शिलान्यासमै स्थानीयले पुस्तौदेखि भोगचलन गर्दै आएको जग्गा प्रयोग भएको भन्दै विरोध भएको थियो ।  नगर प्रमुख जीवन खत्रीले जमिन विवादित रहे पनि मुद्दा नगरपालिकाले नै जित्ने जिकिर गरे । आफूले पुरानो कामलाई निरन्तरता मात्र दिएको दावी गर्दै प्रमुख खत्रीले अदालतको आदेशानुसार ढुंगाना परिवारको घर नछोइएको तर जग्गा सम्बन्धी निर्णयमा नापी र मालपोतले स्पष्ट नपारेको बताए । उनले उक्त मुद्दा नगरपालिकाले जित्ने जिकिर गर्दै भवन उदघाटनको बचाउ गरे ।

चाँगुनारायणका मेयर निवर्तमान मेयर सोमप्रसाद मिश्रले आफूहरुले सार्वजनिक जग्गामा नै भवन शिलान्यास गरेको दावी गर्दै मुद्दा जित्ने ठोकुवा गरे । अदालतले जग्गा छोड्न अन्तिम आदेश गरे पूरै भवनसहित छोड्ने उनको भनाइ छ ।

यस्तो छ जग्गाको कथा
नगरपालिकाले प्रशासनिक भवन बनाएको जमिनमा स्थानीय लीलानाथ ढुंगानालगायतले आफ्नो चिर भोगको जमिन दर्ता गरी पाउँ भनी उच्च अदालत पाटनमा मुद्दा लडेको र मुद्दाको अन्तिम फैसला समेतमा लीलानाथ ढुंगाना, जीवन ढुंगाना र मिठ्ठु ढुंगानाको छुट्टाछुट्टै परमादेश जारी गरी उनीहरुको चीरभोगको आफ्नै जग्गा भएकोले पाँच रोपनीका दरले जग्गा दर्ताको लागि नापी कार्यालय र नगरपालिका लगायतको नाममा परामेश जारी भएको थियो । २०७५ पुस २५ मा जिल्ला अदालत भक्तपुरको ठहर खण्डमा समेत उक्त १५ रोपनी जुन नगरपालिकाले हडपेको छ, उक्त जग्गा परम्परागत भोग चलन गर्दै आएको चिर भोगको जग्गा हो भनी ठहर गरेको पीडितमध्येका एक जीवन ढुंगानाले जानकारी दिए ।

२०७३ चैत २२ गते भक्तपुरका प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेलको अध्यक्षतामा बसेको मालपोत, नापी, अदालत, वनलगायतका प्रमुखहरुको बैठकलेसमेत भुकम्पपछि खुलेको स्वबासी जग्गा दर्ताको लागि पुननिर्माण प्राधिकरणमा निर्णय गरी पठाएको थियो । तर जग्गा दर्ता हैन आफ्नो त घर बास नै जाने भयो, पीडित ढुंगानाले गुनासो गरे ।

२०७९ कार्तिक २३ गते उच्च अदालत पाटनले बिपक्षी चाँगुनारायण नगरपालिकासमेतका नाममा उत्प्रेषण जारी भएको, घर नभत्काउन निषेधाज्ञा समेत गरिएको र कानुन बमोजिम दर्ता प्रक्रिया अघि बढाउँन विपक्षीका नाममा परमादेश समेत भएको अवस्थामा नगरपालिकाले अदालतको अवहेलना गरी निर्णय कार्यान्वयन नगरेको पीडित पक्षको दावी छ ।

उक्त जग्गाको हकमा तत्कालिन राजा बीरेन्द्र पनि अवगत रहेको र आफूहरुको पक्षमा आदेश दिएको पीडित पक्षको जिकिर छ । २१ सालको नापीमा छुट भएपछि तत्कालिन राजा वीरेन्द्रलाई निवेदन गरी २०३८ चैत ३ गते आयोग गठन गरेपछि मालपोत कार्यालय भक्तपुरले जग्गा दर्ता गरीदिने निर्णयसमेत भएको पीडित परिवारका ढुंगानाले जिकिर गरे । उनले जनाए अनुसार २०४२ साल कार्तिक २१ गते भूमि हेर्ने तत्कालिन निर्माण तथा यातायात राज्यमन्त्री श्रीप्रसाद बुढाथोकीबाट उक्त स्थानमा बस्दै आएका २४ घर धुरीलाई आफ्नै घरजग्गा भएकाले उठाउन नपाउने निर्णय भएको थियो । पंचायती व्यवस्थामासमेत आफूहरुले न्याय पाएकाले गणतन्त्रमा न्याय पाउने कुरामा उनीहरु बिस्वस्त रहेका छन् । तर, त्यस उप्रान्त सरकारी उदाशिनताका कारण समस्या समाधान हुन नसकेको बताइएको छ । 

सरकारले भूमिहीन सुकुम्बासी र अव्यवस्थित रुपले सरकारी जग्गामा बसेकालाई बसोबासको व्यवस्था मिलाउन उच्चस्तरीय आयोग गठन गरेको छ । सोही आयोग अन्तर्गत भक्तपुरमा पनि समितिले काम गरिरहेको छ । सरकारले महत्वका साथ आयोग नै बनाएर देशभरका समस्या समाधानमा तत्परता देखाइरहँदा चाँगुनारायण नगरपालिकाले भने अदालतमा मुद्दाको किनारा नलाग्दै व्यक्तिगत हकभोगको जमिनमा बलपूर्वक भवन निर्माण गर्नुलाई अर्थपूर्णरुपमा हेरिएको छ । कतिपयले यसलाई राजनीतिक प्रतिशोधको रुपमा पनि व्याख्या गरेका छन् । नगरपालिकाले भवन शिलान्यास गरेको क्षेत्रमा वडाध्यक्ष जयन्द्र खड्काले सस्तोमा जमिन लिएको र त्यसकै भाउ बढाउन स्ववासीको पूर्जा नभएको बहानामा जग्गा हडपेको आरोप लाग्दै आएको छ ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

लुम्बिनी सरकार गठनमा मोहनविक्रम सिंहसँग ओली र प्रचण्डको दुई बुँदे सहमति

काठमाडौं । लुम्बिनी प्रदेशमा सरकार गठनका लागि नेकपा एमाले र नेकपाले नेकपा मसालसँग दुईबुँदे सहमति गरेका छन्। एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपाका संय...

बैंककबाट १८ किलो गाँजा बोकेर काठमाडौं आएका दुई भारतीय पक्राउ

काठमाडौं । थाइल्यान्डबाट १८ किलो गाँजा बोकेर नेपाल आएका दुई भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा ३६ वर्षीय सञ्जीव कुमार र २६ वर...

ओखलढुङ्गाको डाँडाखर्कमा दुई दशकदेखि निरन्तर पहिरो, पाँच परिवार उच्च जोखिममा

ओखलढुङ्गा । सिद्धिचरण नगरपालिका–५ डाँडाखर्क गाउँ मुनिबाट दुई दशकदेखि निरन्तर झरिरहेको पहिरो नियन्त्रण हुन नसक्दा पाँच घरपरिवार उच्च जोखिममा छन् ।  ...

तापक्रम बढेसँगै तराईको जनजीवन प्रभावित

महोत्तरी। साउन चौँथो साता सकिन लाग्दासमेत पर्याप्त मनसुनी वर्षा हुन नसक्दा महोत्तरी सहित तराई/मधेसमा गर्मी अत्यधिक बढेको छ। केही दिनयता मध्याह्नको ताप...

तापक्रम बढेसँगै तराईको जनजीवन प्रभावित

महोत्तरी। साउन चौँथो साता सकिन लाग्दासमेत पर्याप्त मनसुनी वर्षा हुन नसक्दा महोत्तरी सहित तराई/मधेसमा गर्मी अत्यधिक बढेको छ। केही दिनयता मध्याह्नको ताप...

सरकारको कामप्रति आङ्देम्बेको प्रश्न : ‘जेनजीले खोजेको रोजगारी कहाँ सिर्जना भयो ?’

काठमाडौँ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले जेनजी आन्दोलन र निर्वाचनबाट बनेको बालेन नेतृत्वको सरकारप्रति युवाले...

दुई बहालवाला सचिवको राजीनामा स्वीकृत

काठमाडौं । सरकारले बहालवाला दुई सचिवको राजीनामा स्वीकृत गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका पूर्वसचिव कमल...

भित्र बहस चलिरहँदा अदालत बाहिर मिटरव्याज पीडितले गरिन् आत्मदाहको प्रयास

जनकपुरधाम । भित्र बहस चलिरहँदा धनुषा जिल्ला अदालत अगाडि मिटरब्याज पीडितले आत्मदाहको प्रयास गरेका छन् । मिटरब्याज पीडितले नाराबाजी गर्दै विरोध प्रदर्शन...

सांसदको भूमिका प्रभावकारी बनाउन रास्वपाले फेरि तीनदिने प्रशिक्षण दिने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना सांसदहरूको संसदीय भूमिका थप प्रभावकारी बनाउने उद्देश्यले तीनदिने प्रशिक्षण कार्यक्रम आयोजना ग...

भारत र चीनसँगको सम्बन्धमा प्रधानमन्त्री शाहको नयाँ कूटनीतिक शैली

काठमाडौँ। प्रधानमन्त्री वालेन्द्र शाहले सरकारको नेतृत्व सम्हालेपछि पहिलोपटक नेपालका दुई ठूला छिमेकी भारत र चीनका राजदूतसँग छुट्टाछुट्टै भेटवार्ता गर्न...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending