Khabar Dabali ११ चैत्र २०८२ बुधबार | 25th March, 2026 Wed
Investment bank

पशुपतिमा बालाचर्तुदशीको तयारी पूरा

खबरडबली संवाददाता

काठमाडौँ । पशुपति क्षेत्र विकास कोषले बालाचर्तुदशी पर्वका लागि सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

पशुपतिनाथ मन्दिर परिसरमा आइतबार रातिदेखि सुरु हुने बालाचतुर्दशी पर्वका लागि सम्पूर्ण तयारी पूरा गरेको कोषका सदस्यसचिव राजुकुमार खत्रीले जानकारी दिए । उनका अनुसार कोषले बालाचर्तुदशीको अवसरमा दीपप्रज्ज्वलनदेखि ‘कोर’ क्षेत्रमा शतबीज छर्ने व्यवस्था मिलाइएको जनाएको छ ।

आफ्ना दिवङ्गत भएका पितृहरूको सम्झनामा मृतकका आफन्तजनबाट रातभर दीप प्रज्ज्वलन गरी भोलिपल्ट शतबीज छर्ने भएकाले उनीहरूको सुरक्षादेखि सहज ढङ्गले कार्यसम्पन्न गर्नेसम्मको व्यवस्था कोषले मिलाएको कोषका कार्यकारी निर्देशक डा घनश्याम खतिवडाले बताए। उनले भने, “नेपाल प्रहरी र सशस्त्र प्रहरीको सुरक्षा मूल शिविर बनाई संयुक्त सुरक्षा योजनाअनुसार भक्तजनको सुरक्षाका लागि कोर क्षेत्रमा शतबीजमार्ग र बत्ती बाली बस्ने स्थानमा पर्याप्त सुरक्षाकर्मी खटाइने भएको छ ।”

यसैगरी मृगस्थलीभित्र मृग राखेको स्थानमा पनि शतबीज छर्ने परम्परा भएको मृगस्थली प्रवेश गर्ने द्वारमा पनि विशेष सुरक्षाकर्मीको टोली परिचालन गरिने कोषले जनएको छ । कोषले पर्व, मेला र विशेष अवसरमा चोरीका घटना पनि हुनसक्ने सभावनालाई मध्यनजर गरी बहुुमूल्य गरगहना लगाएर नआउन पनि भक्तजनलाई आग्रह गरेको छ । यसैगरी छालाको जुत्ता पनि नलगाइदिन अनुरोध गरिएको छ ।

मदिराजन्य पदार्थ बिक्री वितरण हुन नदिन तथा अन्य अवाञ्छित गतिविधि नहोस् भन्नका विशेष सुरक्षा टोली परिचालन गर्नुका साथै ठाउँ ठाउँमा सिसी क्यामेरा जोड्ने काम गरिएको कोषका सदस्यसचिव खत्रीले बताए। यसैगरी पशुपतिनाथ मन्दिर परिसरमा यही मङ्सिर २४ गते रातिदेखि सुरु हुने बालाचतुर्दशी पर्वमा जथाभावी शतबीज नछर्न पशुपति क्षेत्र विकास कोषले आग्रह गरेको छ ।

आउँदो सोमबार शतबीज छर्दा १३ बुँदे नियम पालना गर्न भक्तजनलाई अनुरोध गरिएको छ । कोषले ढुङ्गा छापेको ठाउँमा शतबीज नछर्न र वृक्षरोपण गरेको ठाउँ र बिरुवाको संरक्षण गर्न तथा बालबालिकाको साथमा परिचयपत्र राख्न आग्रह गरिएको छ । कोषले कैलाश चौरमा पाल राखी बत्ती बाल्न नपाइने तर शतबीज भने छर्न पाइने जनाएको छ । बत्ती बाल्नका लागि कैलाशको फेदी, पशुपतिनाथ मन्दिर परिसर, पशुपति कोरक्षेत्र, हंशमण्डप, चौरसहित वाग्मती नदीको खाली किनारामा व्यवस्था गरिएको जनाएको छ ।

बालाचतुर्दशी पर्वलाई लक्षित गरी पशुपति मन्दिरको वरपरका क्षेत्रमा माछा, मासु, जाड–रक्सी र अन्य नशालु लागू पदार्थ सेवन तथा बिक्री/वितरणमा रोक लगाइएको छ । आफ्ना पितृको स्मृतिमा अघिल्लो दिन रातभर बत्ती बालेर जाग्राम बस्ने र भोलिपल्ट बिहानै शतबीज छर्ने चलन छ ।

पशुपतिनाथमा लाग्ने बालाचतुर्दशी पर्वलाई मध्यनजर गर्दै गौशाला मित्रपार्क सडकबाट पूर्व, पशुपति क्षेत्रको पूर्व सिमानादेखि पश्चिम, गौशाला तिलगङ्गा चक्रपथबाट उत्तर, मित्रपार्क–उमाकुण्ड–गौरीघाट हुँदै गुहृयेश्वरीबाट दक्षिणभित्रका सबै भागमा यही मङ्सिर २७ गतेसम्म मासु तथा मदिरा उत्पादन, बिक्री, ओसारपसार, भण्डारण र सेवनमा पूर्णरूपमा रोक लगाइएको पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव खत्रीले बताए।

उहाँले भन्नुभयो, “बालाचतुर्दशी पर्वलाई मध्यनजर गर्दै हामीले जिल्ला प्रशासन कार्यालयमार्फत राष्ट्रदेव भगवान् पशुपतिनाथ मन्दिर परिसर र आसपासका विभिन्न क्षेत्रमा मासु तथा मदिरा उत्पादन, बिक्री, ओसारपसार, भण्डारण र सेवन गर्न नपाइने सूचना प्रकाशित गरेका छौँ, उक्त सूचनाको बर्खिलाप हुने गरी कुनै काम गरेमा प्रचलित कानुनबमोजिम कारबाही हुने छ ।”

यसैगरी बालाचतुर्दशी पर्वका लागि पशुपतिनाथमा आउने भक्तजनका लागि नेपाली सेना र पशुपति क्षेत्र विकास कोषले नि:शुल्करूपमा ९१३ हजार स्क्वाएर फिट० टेन्ट तथा पार्किङको व्यवस्था मिलाएको कोषका सदस्यसचिव खत्रीले बताए। उनले भने, “बालाचतुर्दशी पर्व लाग्ने कैलाशडाँडा र कोर एरियालाई व्यवस्थित बनाइएको छ, भक्तजनलाई कुनै समस्या आउन दिइने छैन ।”

पशुपतिनाथमा मङ्सिर २४ र २५ गते लाग्ने बालाचतुर्दशी पर्वलाई सभ्य र भव्यताका साथ सफल पार्नका लागि नेपाली सेना, नेपाल  प्रहरी, सशस्त्र प्रहरी तथा पशुपति क्षेत्र विकास कोषका सम्पूर्ण जनशक्ति खटिएको पशुपति क्षेत्र विकास कोषमा कार्यकारी निर्देशक डा खतिवडाले बताए ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सिंहदरबारबाट बिदा भइन् प्रधानमन्त्री कार्की, सामान निजी निवासमा सारियो

काठमाडौं । प्रधानमन्त्री शुशिला कार्की राजकीय जिम्मेवारीबाट अलग हुने तयारीमा रहेकी छन्। शुक्रबार प्रस्तावित नयाँ प्रधानमन्त्री बालेन शाहले पद तथा गोपन...

अदालतको फैसला नआएसम्म महाधिवेशन हुन सक्दैन : श्याम घिमिरे

देउवालाई बेवास्ता गरेर अघि बढ्दा कांग्रेसले निर्वाचनमा लज्जास्पद हार व्यहोरेको आरोप

कांग्रेसको १५ औँ महाधिवेशन भदौमा

काठमाडौँ। नेपाली कांग्रेसले आफ्नो १५ औँ महाधिवेशनका लागि प्रस्तावित कार्यतालिका सार्वजनिक गरेको छ । पार्टीको केन्द्रीय कार्यसमितिले तयार पारेको प्र...

तौल घटाउने औषधिमा भारतको चेतावनी

नयाँदिल्ली। तौल घटाउने औषधिको सस्तो जेनेरिक संस्करण बजारमा तीव्ररूपमा फैलिन थालेपछि भारतले त्यसको दुरुपयोग र स्वास्थ्य जोखिमबारे कडा चेतावनी दिएको छ ।...

‘तेल भिसा’चलचित्र निर्माता शिवराज कार्की पक्राउ

काठमाडौं । चलचित्र ‘तेल भिसा’ का निर्माता शिवराज कार्की पक्राउ परेका छन्। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय को टोलीले उनलाई स्वयम्भू बाट पक...

कांग्रेसद्वारा संविधान संशोधन अध्ययन गर्न विज्ञ समिति गठन गर्ने तयारी

काठमाडौं । नेपाली कांग्रेस ले संविधान संशोधनसम्बन्धी अध्ययन गर्न विज्ञ समिति गठन गर्ने तयारी गरेको छ। पार्टी उपसभापति पुष्पा भुसालको संयोजकत्वमा समिति...

बित्थडचिर गाउँपालिकाका प्रशासकीय अधिकृतसहित पाँचविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बझाङको बित्थडचिर गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत चक्रदेव भट्टसहित पाँचजनाविरुद्ध भ्...

नयाँ प्रधानमन्त्रीले शपथ लिएकै दिन कार्कीले बालुवाटार छाड्ने

काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीले नयाँ प्रधानमन्त्रीका रूपमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले शपथ लिए...

धनुषाको बस्ती नजिकै चितुवा देखिएपछि स्थानीय त्रसित

ढल्केबर। धनुषाको मिथिला नगरपालिका-७, एक्लेबरस्थित मानवबस्ती नजिकै जङ्गली चितुवा देखापरेको छ । वडाध्यक्ष रामबहादुर स्याङ्दनले मङ्गलबार बिहान १० बजे एक्...

मुलुकमा सुशासन कायम गर्न सरकारसँग सहकार्य गर्छौँ : सभापति थापा

काठमाडौँ। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मुलुकमा सुशासन कायम गर्न तथा शासकीय सुधारका सन्दर्भमा अब बन्ने सरकारसँग सहकार्य गर्न पार्टी तयार रह...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: