Khabar Dabali २७ बैशाख २०८३ आईतवार | 10th May, 2026 Sun

जाजरकोट र रुकुम पश्चिममा कस्ता घर धेरै भत्किए, बस्ती स्थानान्तरण गर्नु पर्ला कि नपर्ला ?

खबरडबली संवाददाता

काठमाडौं । जाजरकोटको रामिडाँडा केन्द्रबिन्दु भएर गत शुक्रवार राति गएको भूकम्प र त्यसपछिका परकम्पले भत्किएका घरहरूको स्थलगत अवलोकन तथा त्यसको सम्भावित कारणबारे लेखाजोखा थालिएको अधिकारीले बताएका छन्।

उनीहरूका अनुसार त्यस क्रममा एउटा टोलीले भूकम्पको प्रारम्भिक क्षतिको विवरण लिइसकेको छ भने सोमवारदेखि अर्को टोलीले विस्तृत अध्ययन सुरु गरेको छ।

उक्त क्षेत्रमा शुक्रवार राति ६.४ म्याग्निट्यूडको भूकम्प गएको थियो भने त्यसपछि सयौँ परकम्पहरू गइरहेको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ।

अवलोकनमा के देखियो?

भूकम्प गएको भोलिपल्ट काठमाण्डूबाट प्रारम्भिक मूल्याङ्कनका लागि एउटा टोली प्रभावित क्षेत्रमा गएको थियो। शनिवार उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले त्यसको जानकारी सञ्चारकर्मीहरूलाई दिएका थिए।

उनले सुरुमा नेपाल रेडक्रस सोसाइटीका प्राविधिकसहितको टोलीले क्षतिको ‘प्रारम्भिक मूल्याङ्कन’ गर्ने र त्यसपछि अर्को टोलीले विस्तृत विवरण सङ्कलन गर्ने बताएका थिए।

नेपाल रेडक्रस सोसाइटीको विपद् व्यवस्थापन विभागका निर्देशक बुद्धिसागर श्रेष्ठका अनुसार प्रारम्भिक मूल्याङ्कन गर्ने टोलीले उक्त क्षेत्रको अवलोकन तथा विवरण सङ्कलन र मूल्याङ्कनको काम सकेको छ।

“वास्तममा यो मूल्याङ्कन भनेको तत्काल राहत उपलब्ध गराउन तथा उद्धारका निम्ति गरिने हो यसमा धेरै विवरण त आउँदैन तर अवलोकन गरेर हामीले विपद्‌को अवस्था भन्न सक्छौँ,” उनले भने।

उनका अनुसार प्रारम्भिक मूल्याङ्कनका आधारमा प्राप्त विवरणले भूकम्पग्रस्त क्षेत्रमा भत्किएका तथा चर्किएका घरहरू “पुनर्निर्माण नै गर्नुपर्ने” अवस्थामा रहेको देखाएको छ।

उनले भने, “त्यहाँ अधिकांश घरहरू ढुङ्गामाटोले बनेका परम्परागत भएकाले चर्किएका घरहरूको पनि भत्काएर पुनर्निर्माण नै गर्नुपर्ने देखिएको छ। रेट्रोफिटिङ गर्न सक्ने देखिएको छैन।”

उनका अनुसार भूकम्प प्रभावित क्षेत्रहरूमा जमिनमा धाँजा फाटेको वा ठूलो पहिरो गएको अवस्था देखिएको छैन। केही स्थानमा साना सुक्खा पहिरो गएको भए पनि ठूला नदेखिएको उनले बताए।

त्यसले गर्दा ठूलो मात्रामा बस्ती नै स्थानान्तरण गर्नुपर्ने अवस्था भने नआउने हुनसक्ने देखिएको उनको भनाइ छ। यद्यपि त्यसका लागि थप र विस्तृत मूल्याङ्कनको आवश्यकता रहेको उनी बताउँछन्।

भूकम्पको प्रकृति उस्तै

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका सिस्मोलोजिस्टहरूले बताए अनुसार उक्त क्षेत्रमा गएको भूकम्प र त्यसका परकम्पहरूको प्रारम्भिक अध्ययनले यसअघि नेपालमा गएका भूकम्पभन्दा फरक प्रकृति देखा परेको छैन।

यद्यपि त्यस क्षेत्रको अध्ययनका लागि केन्द्रका वरिष्ठ सिस्मोलोजिस्ट लोकविजय अधिकारी भूकम्पलगत्तै जाजरकोट पुगेका थिए भने अन्य व्यक्तिहरू पनि अहिले त्यहाँ पुगेका छन्।

केन्द्रका सिस्मोलजिस्ट डा. चिन्तन तिम्सिनाले भने, “यो भूकम्प पनि हिमालय क्षेत्रमा गइरहेका अन्य भूकम्पकै प्रकृतिको देखिएको छ। त्यसमा कुनै युनिक कुरा देखिएको छैन।”

यद्यपि उनले त्यसबारे थप विवरण सङ्कलन गर्नका लागि केन्द्रले भूकम्पको केन्द्रबिन्दुमा अस्थाई भूकम्प मापन स्टेशन राख्न लागेको जानकारी दिए।

त्यसपछि मात्र यो भूकम्पको वास्तविक प्रकृति के हो भन्न सकिने उनको भनाइ छ। विसं २०७२ सालको भूकम्प जाँदा नेपालमा २१ वटा मात्र भूकम्प मापन स्टेशनहरू रहेका थिए भने अहिले देशभरि गरेर त्यस्ता स्टेशनहरू ४२ वटा पुगेका छन्।

पहाडको चुचुरोका घर धेरै भत्किए

भूकम्प प्रभावित क्षेत्रमा भएको भौतिक पूर्वाधारहरूको क्षतिको विस्तृत मूल्याङ्कनका लागि सोमवार जाजरकोट पुगेको टोलीले पनि काम सुरु गरिसकेको शहरी विकास तथा भवन विभागअन्तर्गतको केन्द्रीय कार्ययोजना इकाईका सिनियर डिभिजनल इन्जिनियर लीला खतिवडाले बताए।

उनको टोलीले खलङ्गा क्षेत्रको क्षतिको मूल्याङ्कन गरेर भूकम्पको केन्द्रबिन्दु भएको क्षेत्रको पनि मूल्याङ्कन गरिरहेको छ। अध्ययन नसकिए पनि अहिलेको भूकम्पले पुर्‍याएको क्षतिबारे आफूहरूले कतिपय कुराहरू आकलन गरेको जानकारी खतिवडाले बीबीसीसँग साझा गरेका छन्।

उनले भने, “यहाँ हेर्दाखेरि विशेषगरी पहाडको चुचुरोतर्फ भएका घरहरू भत्किएको देखियो। उस्तै प्रकृतिका र उत्तिकै पुराना घरहरू चुचुरोमा भत्किए पनि फेदतर्फ भत्किएका रहेनछन्।”

“तर यहाँ भत्किएका अधिकांश घरहरू भूकम्पलाई ख्याल गरेर प्रतिरोधी किसिमका बनाइएका होइनन्। जमिनमा धाँजा धेरै फाटेको र ठूला सुक्खा पहिरो गएको कम देखिएको छ। बस्तीहरू स्थानान्तरण गर्नुपर्छ कि पर्दैन भन्ने चाहिँ हामीले यो विस्तृत अध्ययन सकेपछि मात्र भन्न सक्छौँ।”

कस्तो मापदण्ड लागु हुन्छ?

खतिवडाले दिएको जानकारी अनुसार उक्त क्षेत्रमा विस्तृत अध्ययनपछि त्यहाँ २०७२ सालको भूकम्पपछि बनाइएको र त्यसबेलाका प्रभावित जिल्लाहरूमा लागु गरिएकै मापदण्ड लागु गर्ने वा नगर्ने तय हुनेछ।

उनले भने, “अहिलेसम्मको अध्ययनले यहाँ भत्किएका घरहरूमा भूकम्पको मापदण्ड पूरा गरिएको जस्तो देखिएको छैन। भूकम्प प्रतिरोधी विधिको न्यून प्रयोग र सामग्रीहरू पनि त्यस्तै प्रयोग भएकाले अनि मिस्त्रीहरूमा तालिमको कमी पनि रहेको जस्तो देखिन्छ।”

प्रभावित क्षेत्रको विस्तृत अध्ययनपछि पुनर्निर्माणको विधिको र प्राविधिकले जाँच गरेपछि प्रक्रिया अघि बढ्ने खतिवडाले जानकारी दिए। त्यस्तै अध्ययनपछि नै त्यसको ‘मोडालिटी पनि तय हुने’ उनको भनाइ छ।

विज्ञ के भन्छन्?

त्रिभुवन विश्वविद्यालयका भूगर्भशास्त्रका प्राध्यापक डा. तारानिधि भट्टराई भूकम्पले पहाडको चुचुरोका घरहरू भत्काउनुलाई अस्वाभाविक मान्न नसकिने बताउँछन्। यद्यपि भूकम्पले कस्ता असर पारिरहेको छ भनेर विस्तृत अध्ययन गरेर त्यसै अनुसार तयारी अवस्थामा बस्नुपर्ने उनको सुझाव छ।

अहिले नै आँखाले हेरेका भरमा बस्ती स्थानान्तरण गर्नुपर्छ कि पर्दैन भनेर तय गर्नुको साटो त्यसबारे विस्तृत प्राविधिक अध्ययनको खाचो रहेको उनको भनाइ छ।

उनी भन्छन्, “सबैभन्दा महत्त्वपूर्ण कुरा भनेको भुँइचालो आउँछ भन्ने वास्तविकता हो र त्यो पश्चिमी क्षेत्रमा अझ ठूलो आउँछ भन्ने विज्ञहरूले बताइरहेका छन्।”

“त्यसले गर्दा अहिलेको भन्दा ठूलो भूकम्प आउँदा हामी कसरी तयार अवस्थामा रहने र भौगर्भिक अध्ययन गरेर कुन स्थानमा बस्ती बसाउँदा ठिक हुन्छ भन्ने हेर्नुपर्ने हुन्छ। पछि सार्न चाहेर पनि हुँदैन त्यसैले बस्ती सार्ने बेला पनि यो नै हो।”

उनी भूकम्प प्रभावित क्षेत्रका सबैखाले कुराको विस्तृत अध्ययन गरेर त्यसै अनुसार कार्ययोजना अघि बढाउन सरकारलाई सुझाव दिन्छन्।

कति घरमा क्षति पुग्यो?

जाजरकोट केन्द्रबिन्दु भएको भूकम्पमा परेर हालसम्म १५३ जनाको ज्यान गएको छ भने २६४ जना घाइते भएका छन्। उक्त भूकम्पले पश्चिम नेपालका कुल १३ जिल्लामा क्षति पुगेको गृह मन्त्रालयको विवरण विपद् पूर्वतयारी तथा प्रतिकार्य शाखाले जनाएको छ।

उक्त शाखाका अनुसार ती जिल्लाहरूमा कि व्यक्तिगत घरहरूमा पूर्ण वा आंशिक क्षति भएको छ कि सरकारी कार्यालयहरूमा क्षति पुगेको छ। सबैभन्दा धेरै प्रभावित रुकुम पश्चिम र जाजरकोटमै धेरै घर तथा भवनहरू भत्किएका छन्।

रुकुम पश्चिममा १६ हजार ५ सय ७० घरहरू पूर्णरूपमा क्षतिग्रस्त छन् भने जाजरकोटमा १ हजार १ सय ७० घर पूर्णरूपमा भत्किएका छन्।

त्यस्तै रुकुम पश्चिममा ९ हजार ९ सय ६१ घरमा आंशिक क्षति पुगेको छ भने जाजरकोटमा त्यस्ता घरको सङ्ख्या ७ हजार १ सय ६६ रहेको छ। 

रुकुम पूर्वमा १८१ घरमा आंशिक र दुई घरमा पूर्ण क्षति भएको छ भने सल्यानमा ९७ घरमा आंशिक र २५ घरमा पूर्ण क्षति भएको छ। रुकुम पूर्वमा ४ वटा सरकारी कार्यालयमा पनि क्षति पुगेको छ।

रोल्पामा ८३ घरमा आंशिक र १७ घरमा पूर्ण क्षति हुनुका साथै दुईवटा सरकारी कार्यालयमा पनि आंशिक क्षति भएको छ।

नवलपरासी पूर्व, दैलेख, दाङ, बैतडी, जुम्ला, कालिकोट, प्युठान, अछामलगायतका जिल्लाहरूमा पनि केही घर भत्किएको तथा सरकारी कार्यालयहरूमा क्षति पुगेको शाखाको विवरणमा उल्लेख छ। बीबीसी 

 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending