Khabar Dabali २९ मंसिर २०८२ आईतवार | 14th December, 2025 Sun
Investment bank

जाजरकोट र रुकुम पश्चिममा कस्ता घर धेरै भत्किए, बस्ती स्थानान्तरण गर्नु पर्ला कि नपर्ला ?

खबरडबली संवाददाता

काठमाडौं । जाजरकोटको रामिडाँडा केन्द्रबिन्दु भएर गत शुक्रवार राति गएको भूकम्प र त्यसपछिका परकम्पले भत्किएका घरहरूको स्थलगत अवलोकन तथा त्यसको सम्भावित कारणबारे लेखाजोखा थालिएको अधिकारीले बताएका छन्।

उनीहरूका अनुसार त्यस क्रममा एउटा टोलीले भूकम्पको प्रारम्भिक क्षतिको विवरण लिइसकेको छ भने सोमवारदेखि अर्को टोलीले विस्तृत अध्ययन सुरु गरेको छ।

उक्त क्षेत्रमा शुक्रवार राति ६.४ म्याग्निट्यूडको भूकम्प गएको थियो भने त्यसपछि सयौँ परकम्पहरू गइरहेको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ।

अवलोकनमा के देखियो?

भूकम्प गएको भोलिपल्ट काठमाण्डूबाट प्रारम्भिक मूल्याङ्कनका लागि एउटा टोली प्रभावित क्षेत्रमा गएको थियो। शनिवार उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले त्यसको जानकारी सञ्चारकर्मीहरूलाई दिएका थिए।

उनले सुरुमा नेपाल रेडक्रस सोसाइटीका प्राविधिकसहितको टोलीले क्षतिको ‘प्रारम्भिक मूल्याङ्कन’ गर्ने र त्यसपछि अर्को टोलीले विस्तृत विवरण सङ्कलन गर्ने बताएका थिए।

नेपाल रेडक्रस सोसाइटीको विपद् व्यवस्थापन विभागका निर्देशक बुद्धिसागर श्रेष्ठका अनुसार प्रारम्भिक मूल्याङ्कन गर्ने टोलीले उक्त क्षेत्रको अवलोकन तथा विवरण सङ्कलन र मूल्याङ्कनको काम सकेको छ।

“वास्तममा यो मूल्याङ्कन भनेको तत्काल राहत उपलब्ध गराउन तथा उद्धारका निम्ति गरिने हो यसमा धेरै विवरण त आउँदैन तर अवलोकन गरेर हामीले विपद्‌को अवस्था भन्न सक्छौँ,” उनले भने।

उनका अनुसार प्रारम्भिक मूल्याङ्कनका आधारमा प्राप्त विवरणले भूकम्पग्रस्त क्षेत्रमा भत्किएका तथा चर्किएका घरहरू “पुनर्निर्माण नै गर्नुपर्ने” अवस्थामा रहेको देखाएको छ।

उनले भने, “त्यहाँ अधिकांश घरहरू ढुङ्गामाटोले बनेका परम्परागत भएकाले चर्किएका घरहरूको पनि भत्काएर पुनर्निर्माण नै गर्नुपर्ने देखिएको छ। रेट्रोफिटिङ गर्न सक्ने देखिएको छैन।”

उनका अनुसार भूकम्प प्रभावित क्षेत्रहरूमा जमिनमा धाँजा फाटेको वा ठूलो पहिरो गएको अवस्था देखिएको छैन। केही स्थानमा साना सुक्खा पहिरो गएको भए पनि ठूला नदेखिएको उनले बताए।

त्यसले गर्दा ठूलो मात्रामा बस्ती नै स्थानान्तरण गर्नुपर्ने अवस्था भने नआउने हुनसक्ने देखिएको उनको भनाइ छ। यद्यपि त्यसका लागि थप र विस्तृत मूल्याङ्कनको आवश्यकता रहेको उनी बताउँछन्।

भूकम्पको प्रकृति उस्तै

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका सिस्मोलोजिस्टहरूले बताए अनुसार उक्त क्षेत्रमा गएको भूकम्प र त्यसका परकम्पहरूको प्रारम्भिक अध्ययनले यसअघि नेपालमा गएका भूकम्पभन्दा फरक प्रकृति देखा परेको छैन।

यद्यपि त्यस क्षेत्रको अध्ययनका लागि केन्द्रका वरिष्ठ सिस्मोलोजिस्ट लोकविजय अधिकारी भूकम्पलगत्तै जाजरकोट पुगेका थिए भने अन्य व्यक्तिहरू पनि अहिले त्यहाँ पुगेका छन्।

केन्द्रका सिस्मोलजिस्ट डा. चिन्तन तिम्सिनाले भने, “यो भूकम्प पनि हिमालय क्षेत्रमा गइरहेका अन्य भूकम्पकै प्रकृतिको देखिएको छ। त्यसमा कुनै युनिक कुरा देखिएको छैन।”

यद्यपि उनले त्यसबारे थप विवरण सङ्कलन गर्नका लागि केन्द्रले भूकम्पको केन्द्रबिन्दुमा अस्थाई भूकम्प मापन स्टेशन राख्न लागेको जानकारी दिए।

त्यसपछि मात्र यो भूकम्पको वास्तविक प्रकृति के हो भन्न सकिने उनको भनाइ छ। विसं २०७२ सालको भूकम्प जाँदा नेपालमा २१ वटा मात्र भूकम्प मापन स्टेशनहरू रहेका थिए भने अहिले देशभरि गरेर त्यस्ता स्टेशनहरू ४२ वटा पुगेका छन्।

पहाडको चुचुरोका घर धेरै भत्किए

भूकम्प प्रभावित क्षेत्रमा भएको भौतिक पूर्वाधारहरूको क्षतिको विस्तृत मूल्याङ्कनका लागि सोमवार जाजरकोट पुगेको टोलीले पनि काम सुरु गरिसकेको शहरी विकास तथा भवन विभागअन्तर्गतको केन्द्रीय कार्ययोजना इकाईका सिनियर डिभिजनल इन्जिनियर लीला खतिवडाले बताए।

उनको टोलीले खलङ्गा क्षेत्रको क्षतिको मूल्याङ्कन गरेर भूकम्पको केन्द्रबिन्दु भएको क्षेत्रको पनि मूल्याङ्कन गरिरहेको छ। अध्ययन नसकिए पनि अहिलेको भूकम्पले पुर्‍याएको क्षतिबारे आफूहरूले कतिपय कुराहरू आकलन गरेको जानकारी खतिवडाले बीबीसीसँग साझा गरेका छन्।

उनले भने, “यहाँ हेर्दाखेरि विशेषगरी पहाडको चुचुरोतर्फ भएका घरहरू भत्किएको देखियो। उस्तै प्रकृतिका र उत्तिकै पुराना घरहरू चुचुरोमा भत्किए पनि फेदतर्फ भत्किएका रहेनछन्।”

“तर यहाँ भत्किएका अधिकांश घरहरू भूकम्पलाई ख्याल गरेर प्रतिरोधी किसिमका बनाइएका होइनन्। जमिनमा धाँजा धेरै फाटेको र ठूला सुक्खा पहिरो गएको कम देखिएको छ। बस्तीहरू स्थानान्तरण गर्नुपर्छ कि पर्दैन भन्ने चाहिँ हामीले यो विस्तृत अध्ययन सकेपछि मात्र भन्न सक्छौँ।”

कस्तो मापदण्ड लागु हुन्छ?

खतिवडाले दिएको जानकारी अनुसार उक्त क्षेत्रमा विस्तृत अध्ययनपछि त्यहाँ २०७२ सालको भूकम्पपछि बनाइएको र त्यसबेलाका प्रभावित जिल्लाहरूमा लागु गरिएकै मापदण्ड लागु गर्ने वा नगर्ने तय हुनेछ।

उनले भने, “अहिलेसम्मको अध्ययनले यहाँ भत्किएका घरहरूमा भूकम्पको मापदण्ड पूरा गरिएको जस्तो देखिएको छैन। भूकम्प प्रतिरोधी विधिको न्यून प्रयोग र सामग्रीहरू पनि त्यस्तै प्रयोग भएकाले अनि मिस्त्रीहरूमा तालिमको कमी पनि रहेको जस्तो देखिन्छ।”

प्रभावित क्षेत्रको विस्तृत अध्ययनपछि पुनर्निर्माणको विधिको र प्राविधिकले जाँच गरेपछि प्रक्रिया अघि बढ्ने खतिवडाले जानकारी दिए। त्यस्तै अध्ययनपछि नै त्यसको ‘मोडालिटी पनि तय हुने’ उनको भनाइ छ।

विज्ञ के भन्छन्?

त्रिभुवन विश्वविद्यालयका भूगर्भशास्त्रका प्राध्यापक डा. तारानिधि भट्टराई भूकम्पले पहाडको चुचुरोका घरहरू भत्काउनुलाई अस्वाभाविक मान्न नसकिने बताउँछन्। यद्यपि भूकम्पले कस्ता असर पारिरहेको छ भनेर विस्तृत अध्ययन गरेर त्यसै अनुसार तयारी अवस्थामा बस्नुपर्ने उनको सुझाव छ।

अहिले नै आँखाले हेरेका भरमा बस्ती स्थानान्तरण गर्नुपर्छ कि पर्दैन भनेर तय गर्नुको साटो त्यसबारे विस्तृत प्राविधिक अध्ययनको खाचो रहेको उनको भनाइ छ।

उनी भन्छन्, “सबैभन्दा महत्त्वपूर्ण कुरा भनेको भुँइचालो आउँछ भन्ने वास्तविकता हो र त्यो पश्चिमी क्षेत्रमा अझ ठूलो आउँछ भन्ने विज्ञहरूले बताइरहेका छन्।”

“त्यसले गर्दा अहिलेको भन्दा ठूलो भूकम्प आउँदा हामी कसरी तयार अवस्थामा रहने र भौगर्भिक अध्ययन गरेर कुन स्थानमा बस्ती बसाउँदा ठिक हुन्छ भन्ने हेर्नुपर्ने हुन्छ। पछि सार्न चाहेर पनि हुँदैन त्यसैले बस्ती सार्ने बेला पनि यो नै हो।”

उनी भूकम्प प्रभावित क्षेत्रका सबैखाले कुराको विस्तृत अध्ययन गरेर त्यसै अनुसार कार्ययोजना अघि बढाउन सरकारलाई सुझाव दिन्छन्।

कति घरमा क्षति पुग्यो?

जाजरकोट केन्द्रबिन्दु भएको भूकम्पमा परेर हालसम्म १५३ जनाको ज्यान गएको छ भने २६४ जना घाइते भएका छन्। उक्त भूकम्पले पश्चिम नेपालका कुल १३ जिल्लामा क्षति पुगेको गृह मन्त्रालयको विवरण विपद् पूर्वतयारी तथा प्रतिकार्य शाखाले जनाएको छ।

उक्त शाखाका अनुसार ती जिल्लाहरूमा कि व्यक्तिगत घरहरूमा पूर्ण वा आंशिक क्षति भएको छ कि सरकारी कार्यालयहरूमा क्षति पुगेको छ। सबैभन्दा धेरै प्रभावित रुकुम पश्चिम र जाजरकोटमै धेरै घर तथा भवनहरू भत्किएका छन्।

रुकुम पश्चिममा १६ हजार ५ सय ७० घरहरू पूर्णरूपमा क्षतिग्रस्त छन् भने जाजरकोटमा १ हजार १ सय ७० घर पूर्णरूपमा भत्किएका छन्।

त्यस्तै रुकुम पश्चिममा ९ हजार ९ सय ६१ घरमा आंशिक क्षति पुगेको छ भने जाजरकोटमा त्यस्ता घरको सङ्ख्या ७ हजार १ सय ६६ रहेको छ। 

रुकुम पूर्वमा १८१ घरमा आंशिक र दुई घरमा पूर्ण क्षति भएको छ भने सल्यानमा ९७ घरमा आंशिक र २५ घरमा पूर्ण क्षति भएको छ। रुकुम पूर्वमा ४ वटा सरकारी कार्यालयमा पनि क्षति पुगेको छ।

रोल्पामा ८३ घरमा आंशिक र १७ घरमा पूर्ण क्षति हुनुका साथै दुईवटा सरकारी कार्यालयमा पनि आंशिक क्षति भएको छ।

नवलपरासी पूर्व, दैलेख, दाङ, बैतडी, जुम्ला, कालिकोट, प्युठान, अछामलगायतका जिल्लाहरूमा पनि केही घर भत्किएको तथा सरकारी कार्यालयहरूमा क्षति पुगेको शाखाको विवरणमा उल्लेख छ। बीबीसी 

 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एमाले संस्थापनमा आकांक्षी धेरै, इतरपक्ष प्यानलको तयारीमा

काठमाडौं । एमाले महाधिवेशनका लागि संस्थापन र इतरपक्ष आआफ्नो प्यानल बनाउने गृहकार्यमा जुटेका छन् । संस्थापनतर्फ पदाधिकारीका आकांक्षी तीन दर्जनभन्दा बढी...

काठमाडौंमा आज न्यूनतम तापक्रम ६ डिग्री सेल्सियस, देशभरको मौसम कस्तो रहन्छ ?

काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन । आज दिउँसो कोशी प्रदेशका उच्च पहाडी तथा हिम...

डडेल्धुराबाट काठमाडौं आउँदै गरेको बस दाङमा दुर्घटना

काठमाडौं । डडेल्धुराबाट काठमाडौँतर्फ जादैँ गरेको ना८ख ७४५५ नम्बरको बस दाङको लमही नगरपालिका–१ स्थित कौडियापुल नजिकै दुर्घटनामा परेको छ। पूर्व–पश्चिम रा...

दक्षिण कोरियामा बढ्यो रोजगारी

सिओल । दक्षिण कोरियामा रोजगारी लगातार बढ्दै गएको छ। विशेषज्ञहरूले यो वृद्धिलाई जनसङ्ख्या संरचनामा परिवर्तन र काम गर्ने उमेर समूहका अवसर बढेकोसँग जोडेर...

अस्ट्रेलियन डलर, युरो र कुबेती दिनारको मूल्य बढ्यो, पाउन्डको घट्यो

काठमाडाैं । नेपाल राष्ट्र बैंकले आज (बिहीबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अस्ट्रेलियन डलर, युरो र कुबेती दिनारको मूल्य...

सरकार र जेनजी प्रतिनिधिबीच भएको सम्झौतामा के छ ?

राष्ट्र प्रमुख र सरकार प्रमुख तथा मन्त्रिपरिषद्मा दुई कार्यकालमा सीमित गरिने

एनपीएल: फाइनल प्रवेशका लागि आज लुम्बिनी लायन्स र विराटनगर किङ्स भिड्दै

काठमाडौँ । त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला जारी नेपाल प्रिमियर लिग (एनपिएल)अन्तर्गत  दोस्रो क्वालिफायरमा आज अपराह्न ४ः०० बजे लुम्बिनी लायन्स ...

धार्मिक सद्भावको अनुपमस्थल ‘कम्मर शाह मजार’

बाँके । यहाँको डुडुवा गाउँपालिका–५ कम्दीस्थित हजरत कम्मर शाह बाबाको मजार धार्मिक सद्भावको अनुपम स्थल बन्दै गएको छ । कम्मर शाह बाबाको सम्झनामा यहाँ ...

बडीमालिकाका सात वडा छाउपडी गोठमुक्त

बाजुरा । बडीमालिका नगरपालिकाले सामाजिक कुसंस्कारका रुपमा रहेको छाउपडी प्रथा अन्त्यका लागि पालिकाका सात वटा वडालाई छाउ गोठमुक्त घोषणा गरेको छ । पालि...

‘प्रतिनिधिसभासहित हरेक तहका निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र शान्तिपूर्ण बनाइने’

काठमाडौँ । सरकार र जेनजीबिच आगामी प्रतिनिधिसभासहित हरेक तहका निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, शान्तिपूर्ण, सबैका लागि पहुँचयुक्त र भयरहित बनाउने सहमति...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending