बेजिङ । चीनको शाङतोङ प्रान्तमा बिहेको फोटो च्यात्ने एउटा व्यवसाय धुमधामसँग चलिरहेको छ । सम्बन्ध विच्छेद गरेका जोडीलाई यो अफलाइन व्यवसायले सस्तो र प्रभावकारी रुपमा आफ्नो बिहेको फोटो नष्ट गर्ने सेवा दिइरहेको छ । वैवाहिक सम्बन्ध बिग्रिएपछि बिहेको फोटो च्यात्नु चीनमा सोचे जस्तो सहज छैन ।
चीनमा बिहेको फोटोलाई बलियो खालको आकर्लिक क्यानभासमा अमर बनाएर राख्ने चलन छ । त्यसैले सम्बन्ध विच्छेद गरेका जोडीसामु बिहेको फोटोबाट छुट्कारा पाउन फोहोरको थुप्रोमा फ्याक्नेलगायत थोरै मात्रै विकल्प छन् । फोटो फोहोरको थुप्रोमा फ्याक्दा अरुले तस्बिरमा भएको व्यक्ति चिन्ने भयले मानिसहरु फोटो हत्तपत्त फ्याँक्दैनन् ।
जिउँदो मान्छेको फोटो जलाउनै मिलेन र साथमा राख्नु पनि पीडादायक नै भयो । यस्तोमा शाङतोङ प्रान्तमा नयाँ विजनेश भेञ्चर उदायो । कम्पनी लिउ थरका एक पुरुषले खोलेका हुन् । यो कम्पनीको विशेष सेवा नै गोपनियताको सुरक्षा गर्दै बिहेको फोटो च्यात्नु हो ।
गोपनीयतालाई विचार गरेर आफूले यो कम्पनी शुरु गरेको लिउले बाइलु भिडियोमा भनेका छन् । बिहेको फोटो व्यक्तिगत गोपनियताको चिजमा पर्छ । त्यसैले पनि आफूले दिइरहेको सेवाको माग धेरै भएको विश्वास ती पुरुषले गरेका छन् ।
अहिले तिब्बतबाहेक चीनको हरेक प्रान्त र नगरपालिकाबाट बिहेको फोटो नष्ट गरिदिन आफूहरुलाई अर्डर आइरहेको लिउले बताएका छन् । उनको कम्पनीले फोटोको आकार हेरेर १० येन देखि सय येनसम्मको शुल्क लिएर फोटो नष्ट गरिरहेको छ ।
फोटोमा भएको व्यक्ति नचिनिउन भनेर कम्पनीका कर्मचारीहरूले शुरुमा तस्बिरमा रंग छर्किदिन्छन् अनि फोटोलाई श्रेडिङ मेशिनमा हालिदिन्छन् । यो सबै प्रक्रियाको भिडियो बनाएर कम्पनीले ग्राहकलाई प्रमाणको रुपमा भिडियो पठाइदिन्छ । चीनमा अन्धविश्वासका कारण मानिसहरू फोटोलाई जलाउँदैनन् । यस्तोमा सम्बन्ध विच्छेद गरेर पुरानो जीवनसाथीसँगको आफ्ना यादहरु मेटाउन चाहने जोडीका लागि लिउको कम्पनीले राम्रो विकल्प दिइरहेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फाल्गुन २६ गते, २०८२ - २२:०३
काठमाडौं । नेपाल आयल निगम ले खाना पकाउने एलपी ग्यासको आयात पर्याप्त रहेको दाबी गर्दै बजारमा देखिएको अभाव आपूर्तिको कमी नभई बिक्रेताको अनियमितता र उपभो...
फाल्गुन २६ गते, २०८२ - २१:५८
रुपन्देही । रुकुम पश्चिम मा आफन्तको बिहे हेर्न गएका एकै परिवारका तीन किशोरीमध्ये दुई जना मृत अवस्थामा फेला परेका छन् भने एक जना अझै बेपत्ता रहेकी छन् ...
फाल्गुन २६ गते, २०८२ - २१:२८
काठमाडाैं । प्रतिनिधिसभा निर्वाचनको पछिल्लो परिणामले कोशी प्रदेश को परम्परागत राजनीतिक समीकरण नै उल्टाइदिएको छ । वर्षौंदेखि प्रभाव जमाउँदै आएका ठूला ...
फाल्गुन २६ गते, २०८२ - २१:१०
काठमाडौं । वरिष्ठ पत्रकार तथा भाषा आन्दोलनका अगुवा सुरेश किरण मानन्धरको ५९ वर्षको उमेरमा हृदयघातका कारण निधन भएको छ । वरिष्ठ पत्रकार राजेन्द्र स्था...
फाल्गुन २६ गते, २०८२ - १९:२६
काठमाडौं । प्रतिनिधिसभा निर्वाचनअन्तर्गत समानुपातिक मतगणना अन्तिम चरणमा पुगेको छ । निर्वाचन आयोग का अनुसार मंगलबार अबेरसम्म मतगणना सकिने अनुमान छ । हा...
फाल्गुन २६ गते, २०८२ - १९:१७
काठमाडौँ । प्रतिनिधि सभा निर्वाचनअन्तर्गत प्रत्यक्षतर्फको मत परिणाम सार्वजनिक भइसकेको छ भने समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा पुगेको छ । जेनजी आ...
फाल्गुन २५ गते, २०८२ - २३:२४
काठमाडौँ । प्रतिनिधि सभा निर्वाचन अन्तर्गत संखुवासभा निर्वाचन क्षेत्र नं। १ बाट नेकपा (एमाले) का उम्मेदवार अर्जुन कुमार कार्की विजयी भएका छन् । कार्की...
फाल्गुन २५ गते, २०८२ - २२:२९
काठमाडौं । धनुषा–१ मा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का उम्मेदवार मातृकाप्रसाद यादव विजयी घोषित भएका छन्। सर्वोच्च अदालतले अन्तरिम आदेश जारी नगरे...
फाल्गुन २५ गते, २०८२ - २१:४०
काठमाडौं । प्रतिनिधिसभातर्फ एउटै निर्वाचन क्षेत्र रहेको खोटाङ मा श्रम संस्कृति पार्टी ले प्रत्यक्षसँगै समानुपातिकतर्फ पनि अग्रता कायम गरेको छ। प्रत...
फाल्गुन २५ गते, २०८२ - २१:३७
काठमाडौँ । स्थानीय तहको कार्यकाल बाँकी छँदै प्रतिनिधिसभा यात्रा तय गर्ने आकांक्षासहित चुनावी मैदानमा उत्रिएका अधिकांश जनप्रतिनिधि असफल भएका छन्। पदबाट...



प्रतिकृया लेख्नुहोस्: