Khabar Dabali १ चैत्र २०८२ आईतवार | 15th March, 2026 Sun
Investment bank

पश्चिमी वायुको प्रभावले वर्षा र हिमपातको सम्भावना

खबरडबली संवाददाता

काठमाडौँ । नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेकाले आगामी तीन दिन उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ । 

जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार दिउँसो देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागको मौसम सामान्यतया सफा रहनेछ । देशको पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागको मौसम सामान्यतया सफा रहनेछ । देशको पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । रातिको समयमा कोशी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

भोलि कात्तिक २२ गते बुधबार पनि देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागको मौसम सामान्यतया सफा रहनेछ । पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

कात्तिक २३ गते बिहीबार देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

प्रतिनिधिसभा सदस्य निर्वाचनमा ४.७ प्रतिशत मत बदर

काठमाडौँ। यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा चार दशमलव सात प्रतिशत मत बदर भएको निर्वाचन आयोगले जनाएको छ । आयोगका सहायक प्रवक्ता...

श्रम संस्कृति पार्टीले समानुपातिक सांसदको नाम टुंग्यायो

काठमाडौं । हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा समानुपातिक तर्फ ४ सांसद पाउने गरी मत प्राप्त गरेपछि श्रम संस्कृति पार्टीले समानुपातिक सांसदका ला...

एमालेले समानुपातिक सांसदको लागि १६ जनाको नाम सिफारिस गर्यो, को- को परे ?

काठमाडौं । नेकपा एमालेले समानुपातिकतर्फ प्रतिनिधित्वका लागि चयन हुने १६ जना सांसदको नाम टुंगो लगाएको छ। शनिबार पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवा...

नेपालका शान्ति सैनिक सुरक्षित – लेबनानमा हवाई आक्रमण भए पनि मानवीय क्षति छैन

काठमाडौँ । नेपाली सेनाले लेबनानमा तैनाथ नेपाली शान्ति सैनिक सुरक्षित रहेको पुष्टि गरेको छ। लेबनानस्थित नेपाली शान्ति सैनिकको बटालियन हेडक्वार्टरमा हवा...

गुन्डुमा एमाले सचिवालय बैठक सुरु, बाबुको शोकमा रहेको अवस्थामै सहभागी भए ओली

काठमाडौँ ।  नेकपा (एमाले) को केन्द्रीय सचिवालय बैठक सुरु भएको छ । भक्तपुरस्थित गुन्डुमा सचिवालय बैठक सुरु भएको हो । अध्यक्ष केपी शर्मा ओली बाबुको शोकम...

ललितपुर महानगरपालिकाको प्रशासनिक कामका लागि तीन वटा भवन तयार

ललितपुर। ललितपुर महानगरपालिकाको लखनखेलस्थित नव निर्मित प्रशासकिय भवन (ब्लक सि)को शनिवार उद्घाटन गरिएको छ । ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्...

इथानोल मिश्रित पेट्रोल: ऊर्जा आयात घटाउने र रोजगारी बढाउने नीति लागू

काठमाडौँ। सरकारले पेट्रोलमा इथानोल मिश्रण गरी प्रयोगमा ल्याउने नयाँ नीति कार्यान्वयनमा ल्याएको छ । मन्त्रिपरिषद्ले जारी गरेको ‘पेट्रोलमा इथानोल मिश...

मध्यपूर्वको अस्थिरताप्रति सरकार सजग, विदेशमा रहेका नेपालीको सुरक्षालाई उच्च प्राथमिकता: परराष्ट्रमन्त्री

काठमाडौं । परराष्ट्रमन्त्री बालानन्द शर्माले पश्चिमी एशिया (मध्यपूर्व) लगायत विश्वका विभिन्न क्षेत्रमा देखिएको अस्थिरता र द्वन्द्वप्रति सरकार गम्भीर र...

लागु औषध ट्रामाडोल र स्पास्पेन सहित चौधरी पक्राउ

इनरुवा। सुनसरीको गढी गाउँपालिका २ औरावनीबाट लागु औषध ट्रामाडोल र स्पास्पेन सहित एकजना पक्राउ परेका छन् ।  जिल्लाको गढी गाउँपालिका वडा नम्बर २ औरावन...

तीन महिनापछि पोखरा–जोमसोम हवाई उडान सुरु

मुस्ताङ। प्रतिकूल मौसमका कारण बन्द भएको पोखरा–जोमसोम हवाई सेवा पुन: सुरु भएको छ। मङ्सिर १५ गतेदेखि हुस्सु, हिमपातसहित जाडोयाममा यात्रुको चाप समेत न्यू...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: