काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईँले राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन राजावादी नभएर केपी शर्मा ओलीको धर्मपुत्र भएको आरोप लगाएका छन् । वृहत् नागरिक मुक्ति आन्दोलनको घोषणा गर्दै प्रसाईँले राजा ल्याउने कुरा गर्ने लिङ्देन असलमा केपी ओलीको धर्मपुत्र नै रहेकाे दाबी गरेका हुन् ।
उनले राजा ल्याउने भनेर मत लिएका लिङ्देन गणतन्त्रको मन्त्री खान दौडिएको आरोप समेत लगाए । प्रसाईँले भने- मेरो घर छेउको राजेन्द्र लिङ्देन कुरा राजा ल्याउने गर्छन् । गणतन्त्रमा गएर असलमा केपी ओलीको धर्मपुत्र नै हो उहाँ । केपी ओलीले जे भन्यो त्यही गर्नुहुन्छ । राजा ल्याउने भन्यो, गणतन्त्रमा गएर मन्त्री खाइहाल्यो ।
प्रसाईँले राप्रपाबाट राजतन्त्र नफर्किने भएकाले आफूले गणतन्त्रविरुद्ध मुक्ति आन्दोलनको घोषणा गरेको बताए । उनले मङ्सिरमा गणतन्त्र ढाल्ने दाबी समेत गरेका छन् ।
मेडिकल व्यवसायीबाट राजनीतिकर्मी हुँदै पछिल्लो समय गणतन्त्र विरोधी अभियन्ता बनेका उनी पछिल्लाे समय यस्ता बिवादास्पद अभिव्यक्ति दिँदै चर्चामा रहेका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १३ गते, २०८२ - १७:०९
ललितपुर । तत्कालीन माओवादीको तर्फबाट दुई पटक प्रत्यक्ष निर्वाचन जितेकी पम्फा भुसालले फागुन २१ गते हुने निर्वाचनमा प्रत्यक्ष र समानुपातिक दुवै तर्फ उम...
पौष १३ गते, २०८२ - १७:०१
इतिहासको श्रृंखला तोड्ने होइन, जोड्ने बेला हाे
पौष १३ गते, २०८२ - ११:२१
काठमाडौं । नेपाली बजारमा दिनप्रतिदिन सुनको मूल्यले नयाँ रेकर्ड बनाइरहेका छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले अनुसार आज छापावाला सुनको मूल्य प्रतितो...
पौष १३ गते, २०८२ - ११:१३
काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा सहभागी हुने मतदाताको अन्तिम संख्या एक करोड ८९ लाख नाघेको छ । निर्वाचन आयोगले अन्तिम म...
पौष १३ गते, २०८२ - १०:३८
सिन्धुपाल्चोक । प्रतिनिधिसभा निर्वाचन फागुन २१ गते हुने–नहुने नै स्पष्ट नभएको अवस्थामा प्रमुख दल नेपाली कांग्रेसभित्र आन्तरिक विवाद झन् गहिरिँदै गएको ...
पौष १३ गते, २०८२ - १०:३६
काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपाललाई भूराजनीतिक द्वन्द्वको अखडा बनाउने प्रयासको दोस्रो चरण सुरु हुन लागेको आशंका व्यक्त गरेका छन् ।...
पौष १३ गते, २०८२ - १०:३६
काठमाडौँ । प्रतिनिधिसभा निर्वाचन २०८२ का लागि राजनीतिक दलहरूले समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत उम्मेदवारको बन्द सूची पेस गर्ने प्रक्रिया आजदेखि सु...
पौष १३ गते, २०८२ - १०:३२
गुल्मी । मुसिकोट नगरपालिका–३ बडागाउँका ५८ वर्षीय ताराबहादुर विश्वकर्माका लागि आरान केवल पेशा होइन, जीवनको कथा हो । पुस्तौँदेखि चल्दै आएको फलाम पिट्ने ...
पौष १२ गते, २०८२ - ०८:५८
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि तरकारी, फलफूल तथा अन्य कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार आज काली...
पौष १२ गते, २०८२ - ०८:५४
काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले अस्थायी मतदाता नामावलीमा समावेश हुने मतदाताको स्पष्ट मापदण्ड निर...




प्रतिकृया लेख्नुहोस्: