Khabar Dabali १४ पुष २०८२ सोमबार | 29th December, 2025 Mon
Investment bank

भूकम्पमा बाँचेकाहरु भन्छन् : ‘भाग्यले बचायो, अस्पतालसम्म आइपुगेका छौँ अब त केही नहोला कि’

खबरडबली संवाददाता

बाँके ।  ‘भूकम्प जाँदा घरमा हामी पाँच जना सुतिरहेका थियौँ । अचानक घर हल्लायो । सपना जस्तै लागेको थियो । उठ्न नभ्याउँदै घर भत्कियो । हाम्रो घर गल्र्यामगुर्लुम्मै ढल्यो । रुवाबासी मच्चियो । माथिबाट खसेको काठ तेर्सो परेको हुनाले हामी बाच्यौँ । आमा र दाई च्यापिनुभयो”, ओठ कपाउँदै अनि आँखभरि आँशु बनाउँदै आफ्ना पीडा सुनाउनुभयो भेरी नगरपालिका–१ जाजरकोटकी यमुना रावलले । 

छब्बीस वर्षीया यमुनाको भनाइअनुसार शुक्रबार राति भूकम्प जाँदा माथिल्लो दुई कोठामा आमा र ठूल्दाइ सुत्नु भएको थियो भने तल उहाँको तीन जना परिवार । भूकम्पले घर हल्लाउँदा यमुनालाई भने सपनामा आफू काँपेको झैँ लागेको थियो । जब अचानक घरको माथिल्लो भाग खस्यो त्यसपछि सबै घर भत्कियो ।

भाग्न नपाउँदै घरले उहाँको परिवारका सबै सदस्यलाई पुरिसकेको थियो । उहाँले थरथर ओठ कमाउँदै आफ्ना पीडा सुनाउनुभयो, ‘‘हामी भाग्नै पाएनौं । म, मेरो श्रीमान र छोरालाई त माथिबाट खसेर तेर्सिएको काठले बचाएको हो ।’’ शनिबार दिउँसो अस्पतालको प्राङ्गडमा बिरामी श्रीमान्लाई खाना बोकेर जाँदै गर्नुभएकी यमुनाले श्रीमान्को दाँहिने कोखामा काठले चोट लागेको बताउनुभयो । भूकम्पमा परेर उहाँको दाँहिने टाउकोमा र दाहिने खुट्टामा पनि चोट लागेको छ । 

यमुना विस्तारै हिँडडुल गर्न सक्नुहुन्छ भने उहाँको श्रीमान्लाई नेपालगञ्जस्थित भेरी अस्पतालमा भर्ना गरिएको छ । छोरालाई खासै चोट नलागेको हुनाले यमुनाले छिमेकीको भरमा जाजरकोट नै छाड्नु भएको छ । एउटै घरमा साँझको खाना खाएर सँगै सुतेका आमा र दाइलाई गुमाउनु पर्दाको पीडाले सताएको त छ नै । नसोंचेको घटना भयो । आमा र दाइलाई गुमाउनु पर्दा असैह्य पीडा भएको यमुनाले रुँदै बताइन्। 

उनले भनिन्, “अस्पतालसम्म श्रीमान्लाई ल्याएर उपचार गराउन पाएकोमा उनलाई केही हलुको भएको छ । अब त उहाँलाई केही हुँदैन जस्तो लागेको छ ।” छोरालाई अरुको जिम्मा लाएर आफू नेपालगञ्ज श्रीमान्को उपचारमा आएकी यमुनालाई भूूकम्पले अझै तर्साइरहेको बताउनुहुन्छ । उहाँ बेलाबेलामा एकोहोरो हुने, डराइरहेको जस्तो देखिनुहुन्छ ।

नलगाड नगरपालिका–१ जाजरकोटका यादव महराको अवस्था पनि उस्तै छ । भूकम्पले गाउँमा धेरैको ज्यान गए पनि उहाँका परिवारका सबै सदस्य सकुशल नै छन् । छोराको टाउकोमा भने चोट भने लागेको छ । “भूकम्प जाँदा होश नै भएन । बचाउन त सबै परिवारलाई बचाएँ तर छोरालाई टाउकोमा चोट लाग्न पुग्यो । अस्पतालसम्म आइपुगेका छौँ । केही दिनमा ठीक होला भन्ने विश्वास छ”, उहाँ भन्नुहुन्छ ।

छोरालाई पीडामा छट्पटाएको देख्न सकिरहेको छैन भन्नुहुन्छ यादव । सानो छोरालाई चोट लाग्नुभन्दा बरु आफूलाई किन लागेन भन्दै अस्पतालको सिंढी बसेर रोइरहनु भएका यादवले उपचारमा खटिनुभएका चिकित्सकसँग जसरी भए पनि छोरालाई निको बनाइदिन आग्रह गर्दै गरेको दृश्यले सबैलाई भावुक बनाइरहेको हुन्छ । ‘‘भूकम्प जाँदा हामी सबैजना घरमै सुते पनि निदाएका भने थिएनौं । एक्कासी भूकम्प गएको क्षणभरमै घर भत्कियो । मैले चनाखो भएर भत्किएको घरबाट आफना बच्चाहरु र श्रीमतीलाई निकाल्न सफल भएँ । तर मेरा साढे तीन वर्षको छोरोलाई भत्किएको घरको ढुङ्गाले टाउकोमा चोट लाग्यो’’ यादवले रुँदै छोरालाई लागेको चोटको कथा सुनाइन् । 

यादव जस्तै भूकम्पमा परी घाइते भएकाहरु अस्पतालभित्र अर्धचेत अवस्थामा शय्यामा छन् भने उहाँहरुका आफन्तजन र परिवारका सदस्यहरु बाहिर घाइतेहरुको शिघ्र उपचारको आशामा पर्खाइमा छन् । यमुना र यादव जस्तै सुवर्णा शाह पनि आफ्नो २१ वर्षीया छोरी ईशा शाह पनि चाँडै निको भएर घर फर्कने पर्खाइमा हुनुहुन्छ । ईशालाई भूकम्पले टाउको, घाँटी र हात खुट्टामा चोट लागेको छ । 

दसैँ मनाउन आमा सुवर्णासँगै जाजरकोट मामाघरमा जानुभएकी ईशा आफ्नो सानी आमाका दुई दिदीबहीनीहरुसँगै रातिको खाना खाएर सुतेको थिइन् । आफ्नो छोरी ईशासँगै बहिनीहरुका दुई छोरी पनि भूकम्पमा परी मृत्यु भएको सुवर्णाले भावविभोर हुँदै सुनाइन् । “हामी दसैँ मनाउन माइती गाउँ जाजरकोट गएका थियौँ । यही आइतबार फर्कने हाम्रो तयारी थियो । तर भूकम्पले हाम्रो परिवारको मुटु चुँडालेर गयो”, सुवर्णाले रुँदै पीडा पनि सुनाइन् । 
उहाँका एक छोरी र एक छोरी हुनुहुन्छ । सपरिवार नै दसैँ मनाउन जाजरकोट जानुभएकी सुवर्णा र छोरालाई चोट लागे पनि छोरी ईशा भने गम्भीर घाईते भएको उहाँले बताउनुभयो । “चोट त हामीलाई पनि लागेको छ तर धेरै चोट मेरी छोरीलाई लागेको छ । भगवान्सँगै छोरीलाई केही पनि नहोस्, उनलाई चाँडै निको भइदियोस् भनेर प्राथना गरिरहेको छु । भाग्यले उनलाई बचाएको छ । अब डाक्टरले पनि बचाई दिनु हुनेछ भन्ने आशा छ”, सुवर्णाले छोरीको मायमा रुँदै भनिन् ।

चन्दा शाह पनि भूकम्पमा परी घाइते हुनुभएका श्रीमान् चाँडै नै निको हुने आशामा छिन् । भेरी नगरपालिका–३ खलङ्गा जाजरकोटका ४८ वर्षीय चन्दाका श्रीमान् विमलकुमार कार्कीको पनि दाँहिने खुट्टा भाँचिएको छ । विमल शनिबार बिहान भेरी अस्पतालमा उपचारका लागि पुग्नुभएको पहिलो बिरामी छिन। 

परिवारबाट १० वर्षदेखि अलग बस्दै आउनुभएका कार्कीलाई उहाँकी पत्नी चन्दा शाह कार्कीले अस्पताल पुर्‍याउनुभएको थियो । चन्दालाई पनि यमुनालाई जस्तै श्रीमान्को रेखदेख गर्न र खानाको जोहो गर्न भ्याइनभ्याइ भएको छ । “भूकम्पले मेरो श्रीमान्लाई घाइते बनाएपनि त्यसको पीडा मलाई र मेरो चार सन्तानलाई अझ बढी भएको छ”, श्रीमती चन्दाले रुँदै भनिन् । विमल खलङ्गाको पीपलडाँडामा एक्लै बस्दै आउनु भएको थियो भने चन्दा चार छोरीसँगै १० मिनेटको दूरीमा बस्ने गर्नुहुन्थ्यो । आफ्नो परिवारको सहारा नै श्रीमान् भएको हुनाले भूकम्पमा परेर उनै श्रीमान् नै घाइते भएको हुँदा चन्दालाई आफ्नो परिवारमा ग्रहण लागे जस्तै भएको छ । 

जाजरकोटलाई केन्द्रबिन्दु बनाएर आएको भूकम्पमा परी घाइते भएका जाजरकोटबाट ३८ जनाको अहिले नेपालगञ्जको भेरी अस्पतालमा उपचार भइरहेको छ । अर्का एकजनाको कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको छ । शुक्रबार एक जनाको उपचारका लागि अस्पताल ल्याउँदै गर्दा बाटैमा मृत्यु भएको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले बताए प्रजिअ पोखरेलका अनुसार शनिबार राति साढे बाह्र बजेसम्म थप छ जनालाई उपचारका लागि अस्पताल ल्याइएको छ । उपचाररत बिरामीको अवस्था सुधारोन्मुख र खतरामुक्त रहेको पनि उहाँले जानकारी दिए। 

प्रजिअ पोखरेलले हिजो शुक्रबार नै नौ जना डाक्टरको टोलीसहित आवश्यकीय औषधिहरु रुकुमको चौरझारीमा पठाइसकेको पनि बताए । भेरी अस्पताल, सैनिक अस्पताल र प्रहरी अस्पतालमा एक सय पाँच वटा शय्या तयारी अवस्थामा राखिएको छ । कोहलपुर मेडिकल कलेजलाई पनि तयारी अवस्थामा रहन भनिएको छ । पर्याप्त मात्रामा डक्टर, नर्सिङ स्टाफ र अन्य आवश्यक सामग्रीको प्रबन्ध मिलाइएको छ । हेलिकप्टरबाट आउने बिरामीका लागि राझा बिमानस्थल र सैनिक ब्यारेकको हेलिप्याडमा दुई/दुई वटा एम्बुलेन्स तैनाथ गरिएको छ ।

बिरामीलाई रगतको अभाव हुन नदिन केही पिन्ट रगत मौज्दात रहेको छ । अपुग भएमा ताजा रगत आपूर्तिको लागि रक्तदाताको व्यवस्था मिलाइएको अस्पतालले जनाएको छ । समितिका अध्यक्ष शाहले अस्पतालको नयाँ भवनको भूइँतलामा भूकम्पबाट घाइते बिरामीलाई उपचार गर्न आवश्यकताअनुसार शय्या तयारी अवस्थामा राखिएको बताए। जाजरकोट र रुकुमपश्चिममा अहिलेसम्म डेढ सयभन्दा बढीले ज्यान गुमाएका छन् । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपाको केन्द्रीय समिति बैठक जारी, समानुपातिक सूचीलाई अन्तिम रूप दिँदै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक जारी रहेको छ । पार्टी केन्द्रीय कार्यालय बनस्थलीमा भइरहेको बैठकमा समानुपातिकतर...

रमेश लेखकले २३ र २४ मा भएका घटनाबारे आयोगमा के भने ?

काठमाडौँ । भदौ २३ र २४ गते भएका घटनाको छानबिन गर्न गठित आयोगमा उपस्थित भई पूर्वगृहमन्त्री रमेश लेखकले सोमबार आफ्नो लिखित धारणा पेस गरेका छन्। आयोगक...

आयोगमा लेखकको जवाफ: बल प्रयोगको आदेश दिएको छैन, लोकतन्त्रविरोधीले ‘हाइज्याक’ गरी हिंसात्मक बनाए

काठमाडौँ । भदौ २३ र २४ गते भएका घटनाका सम्बन्धमा गठित जाँचबुझ आयोगसमक्ष पूर्वगृहमन्त्री रमेश लेखकले आफ्नो लिखित धारणा पेस गरेका छन्। सोमबार आयोगमा ...

जाँचबुझ आयोगमा रमेश लेखकको बयान सकियो

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखकले जेनजी आन्दोलनका क्रममा भएको जनधनको क्षतिबारे जाँचबुझ आयोगमा बयान दिएका छन्। भदौ २...

इलामका सडक पुनर्निर्माणमा २ अर्ब १९ करोड स्रोत सहमति

काठमाडौँ। गत १८ र १९ असोजको भारी वर्षाका कारण क्षति पुगेका इलामका सडकको मर्मत तथा पुनर्निर्माणका लागि अर्थ मन्त्रालयले दुई अर्ब १९ करोड रुपियाँ स्रोत ...

सेयर कारोबारी दीपेन्द्र अग्रवाल ४९ लाख धरौटीमा रिहा

काठमाडौँ । सेयर कारोबारी दीपेन्द्र अग्रवाललाई प्रहरीले धरौटी जमानतमा रिहा गरेको छ। केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले ४९ लाख १९ हजार ८६५ रुपैयाँ ध...

मेक्सिकोमा यात्रु बहाक रेल दुर्घटना हुँदा १३ को मृत्यु, ९८ जना घाइते

मेक्सिकोसिटी। मेक्सिकोको सेलिना क्रुज-कोटजाकोलकोस मार्गमको तेहुआनटेपेक रेलवेको इस्थमसको इन्टरओसेनिक कोरिडोरमा यात्रु बहाक रेल दुर्घटना हुँदा कम्तिमा १...

रास्वपा र उज्यालो नेपाल एकता वार्ता निष्कर्षविहीन, भागबन्डामै अड्कियो छलफल

रास्वपाले १५ प्रतिशतभन्दा बढी दिन नसक्ने अडान राखेपछि वार्ता निष्कर्षमा पुग्नन सकेन

रेणु यादव र प्रदीप यादवद्वारा जसपा परित्याग, उपेन्द्र यादवसँग एकता

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालकी सहअध्यक्ष रेणु यादव र उपमहासचिव प्रदीप यादवले पार्टी परित्याग गरेका छन्। उनीहरूले लोकतान्त्रिक समाजवादी...

आयोगमा बयान दिन उपस्थित भए रमेश लेखक

काठमाडौँ । नेपाली कांग्रेसका नेता तथा पुर्वगृहमन्त्री रमेश लेखक जेनजी आन्दोलनपछि गठित जाँचबुझ आयोगमा बयान दिन उपस्थित भएका छन् । सोमबार लेखक आयोगमा बय...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending