Khabar Dabali १९ बैशाख २०८३ शनिबार | 2nd May, 2026 Sat

पश्चिमी सीमा नाका गड्डाचौकी भएर आउने पर्यटक बढे

खबरडबली संवाददाता
कञ्चनपुर । पश्चिमी सीमा नाका गड्डाचौकी भएर आउने पर्यटकको सङ्ख्या बढ्दो रुपमा रहेको छ । यस वर्षको अक्टोबर महिनासम्म आठ सय ८७ विदेशी पर्यटक भित्रिएका छन् । 
 
गत वर्षको डिसेम्बर महिनासम्म पाँच सय ४२ पर्यटक भित्रिएका थिए । गत वर्षभन्दा यस वर्षको अक्टोबरसम्म मात्रै तीन सय पाँच बढी पर्यटक भित्रिएका छन् । कोरोनाको सङ्क्रमण पश्चात आवतजावतमा सहज वातावरण भएपछि विदेशी पर्यटक आउने क्रम बढदो रुपमा रहेको छ ।
 
भारतबाट स्थल मार्ग हुँदै पर्यटक भित्रिएका हुन् । सीमा नाकाबाट भित्रिने पर्यटकमा फ्रान्स, इजरायल, रुस, संयुक्त अधिराज्य अमेरिका, जापानलगायत युरोपियन देशका रहेका छन् । अध्यागमन कार्यालय गड्डाचौकीका अध्यागमन अधिकृत पदमराज भट्टका अनुसार सबैभन्दा बढी पर्यटक अक्टोबर महिनामा एक सय ६१ जना आएका छन् । जनवरीमा ३१, फरवरीमा ६३, मार्चमा एक सय ३७, अप्रिलमा एक सय १३, मेमा ८५, जुनमा ४५, जुलाईमा २०, अगस्तमा ३७ र सेप्टेम्बरमा एक सय ५५ जना पर्यटक भित्रिएका छन् ।
 
सन् २०२० मा छ सय २०, सन् २०२१ मा ५८ पर्यटक सीमा नाका भएर आएका थिए । सीमा नाका भएर बाहिरिने पर्यटकको सङ्ख्या भने शून्य रहेको छ । भारत सरकारले निश्चित नाकाबाट मात्रै पर्यटक बाहिरिने अनुमती दिएपछि यो नाकाबाट बाहिरिने पर्यटक शून्य भएका हुन ।
 
कोरोना महामारीको सङ्क्रमण पश्चात९सन् २०२१ को डिसेम्बर देखि० सीमा नाका भएर भारततर्फ जाने पर्यटकलाई भारत सरकारले रोकेको अधिकृत भट्ट बताउन्छन् । “सीमा नाका भएर भित्रिने पर्यटकमध्ये केही एक दिन महेन्द्रनगर बजार क्षेत्रका होटलमा बसेर अन्यत्र जाने गरेका छन्”, भट्टले भन्नुभयो, “केही सिधैँ गन्तव्यमा जाने गरेका छन् ।”
 
उनका अनुसार अधिकांश पर्यटक पोखरा, काठमाडौँ, लुम्बिनी, अछामको रामारोशन, खप्तड, बर्दिया, चितवन राष्ट्रिय निकुञ्ज घुम्नका लागि आउने गरेका छन् । महिनामा एक/दुई जना मात्रै पर्यटकले शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज घुम्नका लागि इच्छा जाहेर गर्ने गरेका छन् । “कुन गन्तव्यमा जाने भन्नेबारे विदेशी पर्यटकले आउन अघि नै योजना बनाइसकेका हुन्छन्”, उनले भने, “सोहीअनुसार उहाँहरु गन्तव्यमा जानका लागि रुटको प्रयोग गर्ने र होटलमा बस्ने गरेका छन् ।” 
 
भारत हुँदै यहाँ आइपुग्ने अधिकांस पर्यटकले भारतीय रुपैयाँ बोकेर आउने गरेकाले भिसा दिँदा लाग्ने शु:ल्क डलरमा लिइने भएकाले सटही काउन्टर नहुँदा डलर खोज्ने झन्झट हुने गरेको छ । नेपाली नागरिकसँग वैवाहिक सम्बन्धमा बाँधिएका विदेशीको भिसा म्याद समाप्त भएको खण्डमा थप्न चाहे ९० डलर भिसा शुल्क लिएर थप्न सक्ने अधिकार अध्यागमन अधिकृतलाई रहेको छ ।
 
यसैगरी पर्यटकले तोकेको समय अवधि पूरा गरी एक महिना अझै नेपालमै घुम्ने इच्छा जाहेर गरेमा तोकिएको भिसा शुल्क लिएर म्याद थप्न सक्ने व्यवस्था रहेको भट्ट बताउनुहुन्छ । उहाँका अनुसार विवाह भिसाको म्याद थप्ने विदेशीको सङख्या केही वर्षदेखि बढ्दो रुपमा रहेको छ । 
Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

आगामी बजेट निजी क्षेत्रमैत्री हुनेछ: अर्थमन्त्री वाग्ले

काठमाडौँ।अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले नेपालको वर्तमान आर्थिक अवस्था १० वर्षअघिको भारतको अवस्थासँग मिल्दोजुल्दो रहेको उल्लेख गरेको छन् । बाह्रखर...

धोबी खोला करिडोरका पक्की घर भत्काउन थालियो

काठमाडौँ। काठमाडौँ महानगरपालिका–१० धोबी खोला क्षेत्रमा रहेको देवीनगरमा अतिक्रमण गरी बनाइएका पक्की भवनहरू भत्काउन सुरु गरिएको छ । आजदेखि यहाँ रहेका ...

प्रधानमन्त्री बालेनलाई ज्ञवालीको प्रश्न : बागमतीमा बगेको आँशुले नेपाल हाँसिरहेको देखिन्छ कि रोइरहेको ?

काठमाडौं । नेकपा एमालेका नेता प्रदीप ज्ञवाली ले बागमती नदी किनारमा सुकुमवासी बस्ती हटाउने क्रममा देखिएको मानवीय पीडामाथि प्रश्न उठाउँदै सरकारको विकास ...

इजरायलका लागि जासुसी गरेको आरोपमा इरानद्वारा दुई जनालाई मृत्युदण्ड

तेहरान। इरानले इजरायलका लागि जासुसी गरेको आरोपमा शनिबार दुई जनालाई  मृत्युदण्ड दिएको इरानी अदालतले जनाएको छ । यघौब करिम्पोर र नासेर बेक्रजादेहलाई गुप्...

राष्ट्रपतिद्वारा तीन अध्यादेश जारी

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले शनिबार तीनवटा नयाँ अध्यादेश जारी गरेका छन्। नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले नेपालको संव...

मापदण्ड मिचेको निष्कर्षपछि रोकिएको विष्णुमतीको घर पुन: भत्काउन सुरु

काठमाडौं । नदी किनारका अनधिकृत संरचना हटाउने क्रममा नयाँ बसपार्क नजिकै विष्णुमती नदी किनारमा पुगेपछि रोकिएको डोजरले पुन: काम अघि बढाएको छ। उक्त क्ष...

सुकुम्बासी समस्या समाधानमा लोकतान्त्रिक शैली अपनाउन कांग्रेसको आग्रह

काठमाडौँ। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका संसदीय दलका नेता  भीष्मराज आङ्देम्बेले सुकुम्बासी बस्ती हटाउन सरकारले लोकतान्त्रिक शैली अपनाउनु पर्ने...

सल्यानमा भवनको जग खन्ने क्रममा ८६ वटा बम फेला

सुर्खेत । सल्यानमा भवन निर्माणका लागि जग खन्ने क्रममा ठूलो परिमाणमा बम तथा विस्फोटक पदार्थ फेला परेको छ। शारदा नगरपालिका–३ स्थित जिल्ला प्रहरी कार्...

रोल्पा जिप दुर्घटना: छानबिन समितिको अवधि सकियो, प्रतिवेदन कार्यान्वयन गर्न सरकार प्रतिबद्ध

काठमाडौँ । रोल्पाको थवाङमा भएको जिप दुर्घटनाको सत्यतथ्य छानबिन गर्न गठित समितिको समयावधि आज सकिएको छ । २०८३ वैशाख १७ गते रोल्पाको थवाङ गाउँपालिका–१ मा...

नेकपाको एकता महाधिवेशनको कार्यतालिका सार्वजनिक

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले एकता राष्ट्रिय महाधिवेशनको कार्यतालिका सार्वजनिक गरेको छ। पार्टीका संयोजक पुष्पकमल दाहाल 'प्रचण्...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending