Khabar Dabali ५ चैत्र २०८२ बिहीबार | 19th March, 2026 Thu
Investment bank

मुगु सामूहिक हत्या भएको हप्ता दिन पुग्दा पनि अनुसन्धानको टुङ्गो लागेन

खबरडबली संवाददाता

मुगु । छायाँनाथ रारा नगरपालिका–६ मन्दु गाउँमा वंश नै नाश हुने गरी भएको सामूहिक  हत्या भएको हप्ता दिन पुगेको छ । हप्ता दिन पुगिसक्दा पनि प्रहरी घटनाको यथार्थ विवरण बाहिर ल्याउन नसके पनि अनुसन्धान भइरहेको बताउँदै आएको छ  ।

गत ८ गते बुधबार सो घटना  भए पनि दुई दिनपछि शुक्रबार बिहान ९ बजे स्थानीयवासीको सूचनापश्चात् प्रहरीले २८ वर्षीय आमा श्रीदेवी, ११ वर्षीय छोरा मनोज, आठ वर्षीय छोरी अप्सरा र आठ महिनाका छोरा रहरलाई घरभित्रै मृतावस्थामा फेला पारेको थियो । वैदेशिक रोजगारीको सिलसिलामा कतारमा रहेका मृतक श्रीदेवीका श्रीमान् दीपक बोहोरा शनिबार घर पुगेपछि सोही दिन प्रहरीले चारै जनाको शवपरीक्षणका लागि जिल्ला अस्पतालमा पुर्यायाे ।

सोमबारसम्म चारवटै शवको परीक्षण सकिए पनि  मृतक श्रीमती र छोराछोरीको हत्यारा पत्ता नलागेसम्म शव नबुझ्ने अड्को दीपकले थापेपछि  दाहसस्कार हुन सकेको छैन  । घटनाबारे जानकारी पाएलगतै  जिल्ला प्रहरी कार्यालयबाट प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापासहितको अनुसन्धान टोली घटनास्थलमा खटिएर हत्याको सुक्ष्म अध्ययन गरिरहेको छ । 

सो घटना मृत्यु नभइ सामूहिक हत्या भएको आशङ्का गरी प्रहरीले शनिबार ११ गतेदेखि सुर्खेतस्थित कर्णाली प्रदेश प्रहरी कार्यालयको विशेष अनुसन्धान ब्यूरो टोली र कोहलपुरबाट तालिम प्राप्त कुकुरसहित खोज अनुसन्धान टोली खटाएर अनुसन्धान तीव्र बनाएको थियो ।जुम्लाबाट पनि सो घटनाको अनुसन्धानमा  सघाउन प्रहरीको विशेष टोली मुगु पुगेको थियो  ।

घटनाको प्रकृति र अनुसन्धानको प्रगतिबारे नजिकबाट बुझ्न प्रदेश प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक भीमप्रसाद ढकाल १२ गते घटनास्थलमा पुगेकाे थिए । उनले भने  “अनुसन्धानलाई सघन बनाएर लगिएको छ । सम्भव भएसम्मका सबै उपाय अवलम्बन गरेका छौँ । हत्यामा संलग्न दोषी पत्ता लगाउने तहसम्म जतिसक्दो  चाँडो प्रहरी पुग्नेछ ।”

घटना भएको सिङ्गो गाउँलाई उच्च निगरानीमा राखेर अनुसन्धान गरिए पनि घटना भएको हप्ता दिन वितिसक्दा पनि  खासै तथ्य भने प्रहरीले भेटाउन सकेको छैन  ।  प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाका अनुसार प्रदेश प्रहरीले प्रदेशभरिकै घटना गतिविधिमा मुगु घटनालाई उच्च प्राथमिकता राखेर प्रदेश प्रहरी प्रमुख घटनास्थलमा पुगेको छ ।अनुसन्धानका क्रममा एक व्यक्तिलाई घटनामा संलग्न भएको आशङ्कामा प्रहरीले नियन्त्रणमा लिएर  सोधपुछ गरिरहेको छ । विभिन्न कोणबाट अनुसन्धान गर्दा सम्बन्धित व्यक्तिसँग भेरिफाइ गर्न कम्तीमा एकदेखि दुई दिनसम्म लाग्छ । चार÷चार जनाको हत्या भएको छ कयौँ जनासँग सोधपुछ र भेरिफाई गर्दा धेरै दिन लाग्नु अनौठो होइन । 

“मुगु सुगम जिल्ला होइन यहाँ अनेकौ कठिनाइ ब्यहोरेर काम गर्नुपर्छ एक त घटनाको सूचना प्रहरीसम्म ढिला पुग्यो, फोन र नेटले भनेको बेला काम गर्दैन, भौगोलिक कठिनाइका कारण अनुसन्धानसम्बन्धी क्रियाकलाप गर्न घटनास्थल, सदरमुकाम र आसपास क्षेत्रमा पटक–पटक आवतजावत गर्न कठिनाइ छ यस्तै विविध समस्याले अनुसन्धानमा असर परिरहेको छ।” उनले भने । प्रहरीले अहिले प्राविधिक र मेनुल्ली दुई तरिकाबाट सो घटनाको अनुसन्धान गरिरहेको बताएको छ । घटनाको प्रकृति हेर्दा श्रीदेवीले लगाएका गहना र उनले प्रयोग गर्दै आएको मोबाइल दुई फोन सेटमध्ये एक सेट भेटिए पनि अर्को स्मार्ट सेट नभेटिएकाले  लुटपाट गर्ने मनसायले भन्दा अर्कै उद्देश्य र कारोवारले हत्या भएको हुनसक्ने अनुमान गरी प्रहरीले गरिरहेको छ  ।

प्रहरीले हालसम्म पनि घटनामा संलग्न व्यक्तिबारे ठोस प्रमाण फेला पार्न नसके पनि अनुसन्धान भने जारी रहेकाले दोषी कुनै पनि हालतमा पत्ता लगाईछाड्ने प्रहरीले जिकिर गरिरहेको छ । हप्ता दिन बित्यो घटनाको केही क्लु फेला परेको छैन । के थप अनुसन्धान गर्न केन्द्रीय अनुसन्धान टोली आउन लागेको हो भन्ने पत्रकारको प्रश्नमा प्रनाउ थापाले भने, “कुनै क्लु नभेटृाई केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइवी) झिकाउनु भनेको समय खेर फाल्नु हो । त्यसैले अहिले फिल्डमा खटिएको टोलीले हत्या र हत्याराबारे केही क्लु भेटाएमा थप अनुसन्धान गर्न सिआइवी टोली पनि मुगु आउनसक्छ ।”

शवहरुको परीक्षण सोमबारै सकिएकोले अब घटनाबारे सुक्ष्म अध्यायन र अनुसन्धान हुने पनि प्रनाउ थापाले जानकारी गराउनुभयो । यता जिल्ला अस्पतालमा शव राख्ने कोल्ड हाउस नहुँदा शवहरु गल्दै गएकाले समय मै दाहसंस्कार नभए अस्पताल क्षेत्रमा दुर्गन्ध  फैलिने त्रासमा रहेको चिकित्सक अर्जुन भामले बताए । उनले भने, “प्रहरीले अनुसन्धान गरिरहेको छ सुक्ष्म अध्ययनका लागि शवपरीक्षण पनि भइसक्यो अब आफन्तहरुले शव बुझिदिए राम्रो हुनेथियो

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

अत्यधिक रक्तश्रावबाट पीडित सुत्केरीको हेलिकप्टरमार्फत उद्धार

सङ्खुवासभा । अत्यधिक रक्तश्रावबाट पीडित एक सुत्केरीको हेलिकप्टरबाट उद्धार गरिएको छ । जिल्ला अस्पताल सङ्खुवासभामा भर्ना भएकी मकालु गाउँपालिका–१ की २८ व...

जुवातास खेलिरहेको अवस्थामा सर्लाही र दाङबाट १८ जना पक्राउ

काठमाडौं  । सर्लाही र दाङमा जुवातास खेलिरहेको अवस्थामा १८ जनालाई प्रहरीले पक्राउ गरेको छ। सर्लाहीको लालबन्दी नगरपालिका–१६ परवानीपुरबाट ४३ वर्षीय सन...

सामाजिक सञ्जालमार्फत महिलाको चरित्रहत्या गर्ने युवक पक्राउ

काठमाडौं । सामाजिक सञ्जाल प्रयोग गरी एक महिलामाथि चरित्रहत्या गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ। काठमाडौं महानगरपालिका–१६ नयाँबजार बस...

अष्ट्रेलिया पठाइदिन्छु भन्दै १२ लाख ठगी गर्ने महिला पक्राउ

काठमाडौं । अष्ट्रेलिया पठाइदिने भन्दै आकर्षक तलबको प्रलोभनमा पारी रकम ठगी गरेको आरोपमा एक महिला पक्राउ परेकी छन्। काठमाडौं महानगरपालिका–३२ बस्ने ५५...

अवैध लागूऔषधसहित देशका विभिन्न स्थानबाट १५ जना पक्राउ

काठमाडौं । देशका विभिन्न जिल्लामा गरिएको छुट्टाछुट्टै कारबाहीमा अवैध लागूऔषधसहित १५ जनालाई प्रहरीले पक्राउ गरेको छ। चितवनको भरतपुर महानगरपालिका–१ प...

उपत्यकामा जोखिमपूर्ण सार्वजनिक सवारीविरुद्ध विशेष कारबाही

काठमाडौं । यात्रुहरूको गुनासोका आधारमा २०८२ चैत ४ गते काठमाडौं उपत्यकामा सञ्चालन हुने सार्वजनिक सवारीसाधनमा विशेष चेकजाँच गरिएको छ। चेकजाँचका क्रमम...

इरानको आणविक भट्टीमा भएको आक्रमण ‘पूर्ण रुपमा अस्वीकार्य’: रुस

काठमाडाैँ । रुसले बुधबार इरानको बुशहर आणविक ऊर्जा संयन्त्रमा ‘मिसाइल हमला’ भएको भन्दै कडा शब्दमा निन्दा गरेको छ। रुसी विदेश मन्त्रालयकी प्रवक्ता मा...

हुरीले व्यावसायिक केराखेतीमा क्षति

सिन्धुली । हुरीका कारण यहाँको दुधौली नगरपालिका–१ बङ्कामा ठूलो क्षति पुगेको छ। गत सोमबार पानीसँगै आएको हुरीले केराखेतीमा क्षति गरेको हो। यहाँका किसा...

भदौ २४ घटना : केन्द्रीय कारागारबाट भागेका १२०० कैदीबन्दी अझै फरार

काठमाडौं । जेनजी आन्दोलनका क्रममा भदौ २४ गते केन्द्रीय कारागार सुन्धाराबाट भागेका एक हजार भन्दा बढी कैदीबन्दी अझै फरार छन् । केन्द्रीय कारागार कार्...

बागलुङमा जीप दुर्घटना हुँदा सात जना घाइते

बागलुङ । बागलुङमा बोलेर जीप दुर्घटना हुँदा सातजना घाइते भएका छन् । जिल्लाको गलकोट नगरपालिका–३ हटियाबाट बागलुङ बजारका लागि छुटेको लु ३ च ५१५० नम्बर को ...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: