Khabar Dabali २३ मंसिर २०८२ सोमबार | 8th December, 2025 Mon
Investment bank

मुगु सामूहिक हत्या भएको हप्ता दिन पुग्दा पनि अनुसन्धानको टुङ्गो लागेन

खबरडबली संवाददाता

मुगु । छायाँनाथ रारा नगरपालिका–६ मन्दु गाउँमा वंश नै नाश हुने गरी भएको सामूहिक  हत्या भएको हप्ता दिन पुगेको छ । हप्ता दिन पुगिसक्दा पनि प्रहरी घटनाको यथार्थ विवरण बाहिर ल्याउन नसके पनि अनुसन्धान भइरहेको बताउँदै आएको छ  ।

गत ८ गते बुधबार सो घटना  भए पनि दुई दिनपछि शुक्रबार बिहान ९ बजे स्थानीयवासीको सूचनापश्चात् प्रहरीले २८ वर्षीय आमा श्रीदेवी, ११ वर्षीय छोरा मनोज, आठ वर्षीय छोरी अप्सरा र आठ महिनाका छोरा रहरलाई घरभित्रै मृतावस्थामा फेला पारेको थियो । वैदेशिक रोजगारीको सिलसिलामा कतारमा रहेका मृतक श्रीदेवीका श्रीमान् दीपक बोहोरा शनिबार घर पुगेपछि सोही दिन प्रहरीले चारै जनाको शवपरीक्षणका लागि जिल्ला अस्पतालमा पुर्यायाे ।

सोमबारसम्म चारवटै शवको परीक्षण सकिए पनि  मृतक श्रीमती र छोराछोरीको हत्यारा पत्ता नलागेसम्म शव नबुझ्ने अड्को दीपकले थापेपछि  दाहसस्कार हुन सकेको छैन  । घटनाबारे जानकारी पाएलगतै  जिल्ला प्रहरी कार्यालयबाट प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापासहितको अनुसन्धान टोली घटनास्थलमा खटिएर हत्याको सुक्ष्म अध्ययन गरिरहेको छ । 

सो घटना मृत्यु नभइ सामूहिक हत्या भएको आशङ्का गरी प्रहरीले शनिबार ११ गतेदेखि सुर्खेतस्थित कर्णाली प्रदेश प्रहरी कार्यालयको विशेष अनुसन्धान ब्यूरो टोली र कोहलपुरबाट तालिम प्राप्त कुकुरसहित खोज अनुसन्धान टोली खटाएर अनुसन्धान तीव्र बनाएको थियो ।जुम्लाबाट पनि सो घटनाको अनुसन्धानमा  सघाउन प्रहरीको विशेष टोली मुगु पुगेको थियो  ।

घटनाको प्रकृति र अनुसन्धानको प्रगतिबारे नजिकबाट बुझ्न प्रदेश प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक भीमप्रसाद ढकाल १२ गते घटनास्थलमा पुगेकाे थिए । उनले भने  “अनुसन्धानलाई सघन बनाएर लगिएको छ । सम्भव भएसम्मका सबै उपाय अवलम्बन गरेका छौँ । हत्यामा संलग्न दोषी पत्ता लगाउने तहसम्म जतिसक्दो  चाँडो प्रहरी पुग्नेछ ।”

घटना भएको सिङ्गो गाउँलाई उच्च निगरानीमा राखेर अनुसन्धान गरिए पनि घटना भएको हप्ता दिन वितिसक्दा पनि  खासै तथ्य भने प्रहरीले भेटाउन सकेको छैन  ।  प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाका अनुसार प्रदेश प्रहरीले प्रदेशभरिकै घटना गतिविधिमा मुगु घटनालाई उच्च प्राथमिकता राखेर प्रदेश प्रहरी प्रमुख घटनास्थलमा पुगेको छ ।अनुसन्धानका क्रममा एक व्यक्तिलाई घटनामा संलग्न भएको आशङ्कामा प्रहरीले नियन्त्रणमा लिएर  सोधपुछ गरिरहेको छ । विभिन्न कोणबाट अनुसन्धान गर्दा सम्बन्धित व्यक्तिसँग भेरिफाइ गर्न कम्तीमा एकदेखि दुई दिनसम्म लाग्छ । चार÷चार जनाको हत्या भएको छ कयौँ जनासँग सोधपुछ र भेरिफाई गर्दा धेरै दिन लाग्नु अनौठो होइन । 

“मुगु सुगम जिल्ला होइन यहाँ अनेकौ कठिनाइ ब्यहोरेर काम गर्नुपर्छ एक त घटनाको सूचना प्रहरीसम्म ढिला पुग्यो, फोन र नेटले भनेको बेला काम गर्दैन, भौगोलिक कठिनाइका कारण अनुसन्धानसम्बन्धी क्रियाकलाप गर्न घटनास्थल, सदरमुकाम र आसपास क्षेत्रमा पटक–पटक आवतजावत गर्न कठिनाइ छ यस्तै विविध समस्याले अनुसन्धानमा असर परिरहेको छ।” उनले भने । प्रहरीले अहिले प्राविधिक र मेनुल्ली दुई तरिकाबाट सो घटनाको अनुसन्धान गरिरहेको बताएको छ । घटनाको प्रकृति हेर्दा श्रीदेवीले लगाएका गहना र उनले प्रयोग गर्दै आएको मोबाइल दुई फोन सेटमध्ये एक सेट भेटिए पनि अर्को स्मार्ट सेट नभेटिएकाले  लुटपाट गर्ने मनसायले भन्दा अर्कै उद्देश्य र कारोवारले हत्या भएको हुनसक्ने अनुमान गरी प्रहरीले गरिरहेको छ  ।

प्रहरीले हालसम्म पनि घटनामा संलग्न व्यक्तिबारे ठोस प्रमाण फेला पार्न नसके पनि अनुसन्धान भने जारी रहेकाले दोषी कुनै पनि हालतमा पत्ता लगाईछाड्ने प्रहरीले जिकिर गरिरहेको छ । हप्ता दिन बित्यो घटनाको केही क्लु फेला परेको छैन । के थप अनुसन्धान गर्न केन्द्रीय अनुसन्धान टोली आउन लागेको हो भन्ने पत्रकारको प्रश्नमा प्रनाउ थापाले भने, “कुनै क्लु नभेटृाई केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइवी) झिकाउनु भनेको समय खेर फाल्नु हो । त्यसैले अहिले फिल्डमा खटिएको टोलीले हत्या र हत्याराबारे केही क्लु भेटाएमा थप अनुसन्धान गर्न सिआइवी टोली पनि मुगु आउनसक्छ ।”

शवहरुको परीक्षण सोमबारै सकिएकोले अब घटनाबारे सुक्ष्म अध्यायन र अनुसन्धान हुने पनि प्रनाउ थापाले जानकारी गराउनुभयो । यता जिल्ला अस्पतालमा शव राख्ने कोल्ड हाउस नहुँदा शवहरु गल्दै गएकाले समय मै दाहसंस्कार नभए अस्पताल क्षेत्रमा दुर्गन्ध  फैलिने त्रासमा रहेको चिकित्सक अर्जुन भामले बताए । उनले भने, “प्रहरीले अनुसन्धान गरिरहेको छ सुक्ष्म अध्ययनका लागि शवपरीक्षण पनि भइसक्यो अब आफन्तहरुले शव बुझिदिए राम्रो हुनेथियो

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेकपा नेता काशी महतोको निधन, पार्टी र समाजमा अपूरणीय क्षति

काठमाडौँ । महोत्तरीका पूर्व नेकपा (माओवादी केन्द्र) जिम्मेवार नेता तथा हाल नेपाली कम्युनिस्ट पार्टीका नेता काशी महतो (करण)को  निधन भएकाे छ । महतोको नि...

जुम्लामा ‘फायर हाइड्रेन्ट’ को सफल प्रयोग, जोगियो ठूलो क्षति

जुम्ला । जुम्लाको चन्दननाथ नगरपालिका–५, खलङ्गा बजारको एक मोबाइल पसलमा हालै भएको आगलागीलाई ‘फायर हाइड्रेन्ट’ को प्रयोग गरी नियन्त्रणमा लिइएको छ। दमकल छ...

एमाले महाधिवेशनअगाडि पोखरेलको फरक दस्तावेज, ओलीसँग छलफलको तयारी

काठमाडौँ । मंसिर २७ गतेदेखि सुरु हुने एमालेको ११औँ महाधिवेशन नजिकिँदै गर्दा पार्टीभित्र राजनीतिक प्रस्तावलाई लिएर मतभेद सतहमा आएको छ । अध्यक्ष केपी शर...

४ महिनाका शिशुको हत्या आरोपमा प्रहरी असई पक्राउ

काठमाडौँ । नेपाल प्रहरीका प्रहरी सहायक निरीक्षक (असई) पुष्कर कार्कीले आफ्नै चार महिनाका छोराको हत्या गरेको अभियोगमा पक्राउ परेका छन् । घटना काठमाडौँको...

विप्लव, प्रभाकर र घनश्याम सँग बलदेव आक्रमक: अन्तिममा तीनैजना ओलीकै पछि लाग्छन्

रुपन्देही । नेपाली कम्युनिष्ट पार्टीका नेता चक्रपाणि खनाल ‘बलदेव’ले कम्युनिष्ट आन्दोलनभित्र देखिएका असन्तुष्ट धारहरू अन्ततः केपी शर्मा ओलीतर्फै मोडिने...

सल्यानको कोटबारामा बस दुर्घटना

सल्यान । सल्यानको बाफुखोलाबाट दाङको तुलसीपुर आइरहेको ना४ख ६२३२ नम्बरको बस सल्यानको कोटबारामा दुर्घटना भएको छ । बसमा यात्रुहरु सवार नभएको र चालकलाई ...

राष्ट्रिय बायोग्यास कार्यक्रम कागजमै सीमित, मैदानमा प्रणाली बन्द

उपेक्षा र मर्मत अभावले बायोग्यास प्रणाली धराशायी, ऊर्जा रूपान्तरणमै संकट

जेनजी आन्दोलनपछिको चुनौतीबीच पनि तनहुँ प्रशासनको सेवा निरन्तर

तनहुँ  । जेनजी आन्दोलनका क्रममा तोडफोड र आगजनीका कारण केही समय अवरुद्ध बनेको जिल्ला प्रशासन कार्यालय तनहुँले कठिन अवस्थाबीच पनि सेवा प्रवाहलाई निरन्तर...

नेपाल बैंक र क्यूरा हेल्थबीच स्वास्थ्य सेवामा छुटसम्बन्धी सम्झौता

काठमाडौँ । नेपालकै पहिलो बैंक नेपाल बैंक लिमिटेड र क्यूरा हेल्थ प्रा. लि.बीच स्वास्थ्य सेवामा विशेष छुट प्रदान गर्ने सम्बन्धी सम्झौता सम्पन्न भएको छ ।...

मतपत्रमा १०७ चिन्ह: प्रतिनिधि सभा चुनावमा ११४ दल मैदानमा

काठमाडौँ । फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा यसपटक मतदाताले फरक–फरक १०७ वटा निर्वाचन चिन्हमध्ये आफ्नो रोजाइ छान्नुपर्नेछ । निर्वाचन आयोगले चु...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending