Khabar Dabali २७ फाल्गुन २०८२ बुधबार | 11th March, 2026 Wed
Investment bank

देशभरका २२ स्थान जनप्रतिनिधि विहीन, कहिले होला उपनिर्वाचन ?

मनाेज भट्टराई
मनाेज भट्टराई

काठमाडौं । देशभर २२ स्थान जनप्रतिनिधि विहीन भएको छ । गत १० वैशाखमा प्रतिनिधिसभा सदस्यको रिक्त पदमा मात्रै निर्वाचन भए पनि प्रदेश र स्थानीय तहमा रिक्त पदको निर्वाचन नहुँदा देशभर २२ स्थान जनप्रतिनिधि विहीन भएको हो ।

रिक्त रहेको स्थानमा कानुनअनुसार उपनिर्वाचन गराउनुपर्ने प्रावधान रहेको छ । संविधानको धारा १७६ को ८ मा प्रदेशसभा सदस्यको रिक्त भएका निर्वाचन गर्नुपर्ने व्यवस्था छ ।  ‘प्रदेशसभाको कार्यकाल छ महिनाभन्दा बढी अवधि बाँकी छँदै कुनै सदस्यको स्थान रिक्त भएमा त्यस्तो स्थान जुन निर्वाचन प्रणालीबाट पूर्ति भएको सोही प्रक्रियाद्वारा पूर्ति गरिनेछ,’ उक्त धारामा भनिएको छ । 

स्थानीय तह निर्वाचन ऐन २०७३ को दफा ३ को २ मा उपनिर्वाचनको व्यवस्थाअनुसार रिक्त रहेका स्थानमा पुनः निर्वाचन हुनेछ ।  निर्वाचन आयोगले देशभर सङ्घीयसहित २२ जनप्रतिनिधिको पद रिक्त रहेको जनाएको छ । सङ्घ, प्रदेश र स्थानीय तह गरी विभिन्न १९ जिल्लामा २२ जनप्रतिनिधिको पद रिक्त रहेको आयोगले जनाएको हो ।

आयोगका सह प्रवक्ता सूर्य प्रसाद अर्यालले ०७९ वैशाख ३० मा भएको स्थानीय तह निर्वाचन र मङ्सिर ४ को प्रदेश तथा सङ्घीय निर्वाचनमा निर्वाचित प्रतिनिधिसभा सदस्य एक, प्रदेशसभा सदस्य एक, नगरपालिका प्रमुख एक, गाउँपालिका अध्यक्ष एक, उपाध्यक्ष एक, जिल्ला समन्वय समिति प्रमुख दुई र १७ वडाध्यक्षको पद रिक्त भएको जानकारी दिए । प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्य, स्थानीय तहका गाउँपालिका अध्यक्ष उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख उपप्रमुख र वडा अध्यक्षको उपनिर्वाचनको व्यवस्थाअनुसार निर्वाचन हुने भए पनि जिल्ला समन्वय समिति प्रमुखको हकमा भने निर्वाचन गराउनु पर्ने बाध्यता नरहेको आर्यालको भनाइ छ । 

कहाँ–कहाँ रिक्त छ ?

देशभर रिक्त भएका पदमध्ये काँग्रेसका १२ स्थान, एमालेका ५, माओवादी ४ र स्वतन्त्र एक रहेका छन् । सबैभन्दा धेरै सुदूरपश्चिममा रिक्त रहेको आयोगले बताएको छ ।

नेकपा एमालेका उपाध्यक्षसमेत रहेका संविधानसभा अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य सुवास नेम्वाङको गत भदौ २७ गते निधन भए पछि पुनः प्रतिनिधिसभामा एक पद रिक्त रहेको छ । संविधानसभाका अध्यक्षसमेत रहेका नेम्वाङ ०७९ साल मङ्सिरमा भएको निर्वाचनमा इलामको क्षेत्र नम्बर २ बाट निर्वाचित भएका थिए । उनको निधनसँगै इलाम क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा नेतृत्वविहीन बनेको छ ।  उक्त निर्वाचन क्षेत्रमा अब पुनः निर्वाचन गर्नुपर्ने कानुनी प्रावधान रहेको छ । प्रतिनिधिसभाको कार्यकाल ४ वर्षभन्दा धेरै बाँकी रहेकोले उक्त निर्वाचन क्षेत्रमा पुनः निर्वाचन गर्नुपर्ने भएको हो ।

यसै गरी गत ५ असारमा गाडी दुर्घटनामा परी सुदूरपश्चिम प्रदेशका सांसद पृथ्वीबहादुर सिंहको निधन भयो । बझाङ १ को निर्वाचन क्षेत्र नं। क बाट प्रदेशसभामा निर्वाचित भएका सिंह  सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्रीसमेत रहेका थिए ।  उनी पनि गत ४ मङ्सिरमा भएको चुनावमा काँग्रेसबाट निर्वाचित भएका थिए । उनको निधनसँगै बझाङ १ को ‘क’ जनप्रतिनिधिविहीन छ ।

कैलाली र ओखलढुङ्गाका जिल्ला समन्वय समिति प्रमुखको निधन पछि यी दुई जिल्लाका जिल्ला समन्वय समिति पनि पद रिक्त रहेको छ । जिसस कैलाली प्रमुख पदमबहादुर कलेलको र ओखलढुङ्गा प्रमुख डिल्लीराम खनालको निधन पश्चात् दुई जिल्लामा जिसस प्रमुखको पद रिक्त भएको हो ।

यस्तै गरी स्थानीय तह अन्तरगत एक गाउँपालिकाका अध्यक्ष र एक नगर प्रमुखको पनि पद  रिक्त रहेको छ । रौतहटको मौलापुर नगरपालिका नगरप्रमुख रिनकुमारी साहले दल त्याग गरेकी छन् ।  गत  असोज २९ मा उनी पदमुक्त भएपछि नगरपालिकामा नगर प्रमुखको पद रिक्त भएको हो । साह एमालेबाट निर्वाचित भएकी थिइन् । उनले दल त्यागको घोषणा गरे पछि निर्वाचन आयोगले गत असोज २९ गते उक्त नगरपालिकामा नगर प्रमुखको पद रिक्त रहेको जनाएको हो ।

दैलेखको महाबु गाउँपालिका अध्यक्ष लछुमन गुरुङको उच्च रक्तचापका कारण गत माघमा निधन भएको थियो । उनको निधन पछि गाउँपालिका अध्यक्ष वीहीन भएको छ ।

दोलखाको गौरीशङ्कर गाउँपालिका उपाध्यक्ष श्यामसुन्दर तामाङको हृदयाघातबाट निधन भएपछि सो गाउँपालिकाको उपाध्यक्ष पद पनि रिक्त रहेको  छ ।  

१७ वटा वडामा छैनन् वडाध्यक्ष 

यसै गरी देशभर १७ वटा वडा वडाध्यक्ष विहीन भएका छन् । यी वडाहरूमा वडाध्यक्ष विहीन भएपछि नागरिकहरू समस्यामा पर्दै आएका छन् । कतिपय वडामा त कार्यवहाक वडाध्यक्षले एकले अर्काेलाई देखाउँदा देखाउँदै हैरानी खेप्नु परेकाे नागरिक गुनासाे समेत सुनिँदै आएकाे छ ।

कोसी प्रदेशमा सङ्घ र स्थानीय तह गरी जम्मा तीन स्थान जनप्रतिनिधि विहीन भएका छन् । प्रतिनिधिसभामा इलाम २ रिक्त रहेको छ भने सुनसरीको गढी गाउँपालिका वडा नं ६ र उदयपुरको त्रियुगा नगरपालिका वडा नं १२ वडाध्यक्ष विहीन भएको छ ।

मधेस प्रदेशमा पनि तीन स्थान जनप्रतिनिधि विहीन भएको छ । रौतहटको मौलापुर नगरपालिका नगरप्रमुख विहीन भएको छ भने रौतहटकै ईशनाथ नगरपालिकाको वडा नं ७ र राजपुर नगरपालिकाको वडा नं ६ मा पनि पद रिक्त रहेको छ ।

बागमती प्रदेश अन्तरगत दोलखाको गौरीशङ्कर गाउँपालिका उपाध्यक्ष र चार वटा वडा अध्यक्ष विहीन भएका छन् ।  काठमाडौँको कीर्तिपुर नगरपालिका वडा नं ४, काठमाडौं महानगरपालिका वडा नं १६, मकवानपुरको  हेटौँडा उप महानगरपालिकाको वडा नं १२, नुवाकोटको ककनी गाउँपालिका वडा नं २ पनि वडा अध्यक्ष विहीन भएका छन् ।

काठमाडौं महानगरपालिकाको १६ नम्बर वडामा पनि पुनः निर्वाचन गर्नुपर्ने भएको छ । पछिल्लो समय काठमाडौं महानगरपालिका वडा नं १६ का वडाध्यक्ष मुकुन्द रिजालको निधन भयो । उनी २०७९ सालमा भएको स्थानीय तहको निर्वाचनमा काठमाडौं महानगरपालिका–१६ मा वडाध्यक्षमा काँग्रेसबाट निर्वाचित भएका थिए । लरिजाको निधनसँगै वडा नम्बर १६ पनि जनप्रतिनिधिविहीन भएको छ । 

गण्डकी प्रदेशमा एक स्थानमा मात्रै जनप्रतिनिधि वीहीन भएको छ । गोरखाको गोरखा नगरपालिका वडा नं ५ मा वडाध्यक्षको पद रिक्त रहेको निर्वाचन आयोगले जनाएको छ ।

लुम्बिनी प्रदेशको गुल्मीको मुसिकोट गाउँपालिका वडा नं १,  रोल्पाको रुन्टीगढी गाउँपालिका वडा नं ४ र बर्दियाको ठाकुर बाबा नगरपालिका वडा नं ४ पनि जनप्रतिनिधि विहीन अवस्थामा रहेको छ ।

कर्णाली प्रदेशमा पनि दैलेखको महाबु गाउँपालिका अध्यक्षसहित तीन स्थान जनप्रतिनिधि विहीन भएको छ । दैलेखको महाबु गाउँपालिका अध्यक्ष, कालिकोटको तिलागुफा नगरपालिका वडा नं ४ वडाध्यक्ष र जाजरकोटको कुशे गाउँपालिका वडा नं ७ वडाध्यक्ष विहीन भएको निर्वाचन आयोगले जनाएको छ ।

सुदूरपश्चिम प्रदेशमा एक प्रदेश सभा सदस्य सहित चार स्थान रिक्त रहेको आयोगले जनाएको छ । बझाङ १ को निर्वाचन क्षेत्र नं। क मा प्रदेशसभा सदस्य, दार्चुलाको दुहुँ गाउँपालिका वडा नं ५ मा वडाध्यक्ष, बझाङको सुर्मा गाउँपालिका ४ र डोटीको पूर्वी चौकी गाउँपालिका वडा नं  ६ का वडाध्यक्षको निधन पछि यी वडाहरू वडाध्यक्ष विहीन भएका हुन् ।

रिक्त कति स्थानमा भयो उपनिर्वाचन ?

आयोगले प्रतिनिधिसभा सदस्यको तीन ठाउँमा पद रिक्त हुँदा गत १० वैशाखमा उपनिर्वाचन गराइसकेको छ । आयोगले चितवन २, बारा २ र तनहुँ १ मा प्रतिनिधिसभा सदस्यको पद रिक्त भएपछि गत १० वैशाखमा उपनिर्वाचन गराएको थियो । गत वर्ष मङ्सिरमा सम्पन्न सङ्घीय निर्वाचनबाट चितवन २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, बारा २ मा जनता समाजवादी पार्टीका रामसहायप्रसाद यादव र तनहुँ १ मा तत्कालीन काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल चुनिएका थिए ।

यीमध्ये नागरिकता विवादले सांसद पद गुमेपछि रविको निर्वाचन क्षेत्र रिक्त भएको थियो भने राष्ट्रपतिमा रामचन्द्र पौडेल र उपराष्ट्रपति रामप्रसाद सहाय यादव निर्वाचित भएपछि बारा २ र तनहुँ १ को प्रतिनिधिसभा सदस्य पद रिक्त थियो ।  आयोगले तीनै वटै स्थानमा उपनिर्वाचन गराएपछि चितवन २ मा लामिछाने पुनः निर्वाचित भएका छन् भने तनहुँ १ बाट रास्वपाका स्वर्णिम वाग्ले र बारा २ मा जसपा अध्यक्ष उपेन्द्र यादव निर्वाचित भइसकेका छन् ।

गत मङ्सिरमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनपछि रिक्त पदमा गत वैशाखमै उपनिर्वाचन गरे पनि सरकारले प्रदेश र स्थानीय तहमा रिक्त पदको उपनिर्वाचन गर्न हालसम्म गर्ने मिति घोषणा गरेकाे  छैन ।  १० वैशाखमा प्रतिनिधिसभा सदस्यको रिक्त पदमा मात्रै निर्वाचन भए पनि प्रदेश र स्थानीय तहमा रिक्त पदको निर्वाचन भएको छैन भने नेम्वाङको मृत्युसँगै फेरी सङ्घीय संसद्को पनि निर्वाचन गराउनुपर्ने भएको छ । 

कहिले होला त उपनिर्वाचन ?

रिक्त रहेको स्थानमा सरकारसँग परामर्श गरेर चुनाव गराउने आयोगका सह प्रवक्ता अर्यालको भनाइ छ । उनका अनुसार आयोगले केही दिनअघि प्रधानमन्त्री पुष्पकमल दाहाल एवं उपप्रधानमन्त्रीद्वय नारायणकाजी श्रेष्ठ र पूर्णबहादुर खड्कासँग रिक्त स्थानको निर्वाचनका लागि प्रक्रियामा जान आयोगले आग्रह गरेको थियो । 

सरकारले घोषणा गरेको मितिमा आयोग चुनाव गराउन तयार रहेको उनले बताए ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

पूर्वप्रधानमन्त्री डा. भट्टराई भारत प्रस्थान

काठमाडौँ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई भारत प्रस्थान गरेका छन् । भारतको नयाँ दिल्लीमा आयोजना हुने अन्तर्राष्ट्रिय बौद्धिक तथा वैज्ञानिक विम...

काठ निकासी घुस प्रकरण : ३ जनालाई कैद र जरिवानाको फैसला

काठमाडौँ । सामुदायिक वनको काठ निकासी र छोडपुर्जी मिलाइदिने बहानामा घूस लिएको अभियोगमा विशेष अदालतले पूर्ण शङ्कर यादवसहित ३ जनालाई दोषी ठहर गर्दै कैद र...

नेकपा जोगाउन खोज्दा एमालेमा जाँदैछ भनियो, अन्यायको मौन समर्थन गर्न सकिनँ : हरिबोल गजुरेल

काठमाडौं । सिन्धुली-२ मा बागी उम्मेदवारलाई समर्थन गरेपछि नेकपाबाट कारबाहीमा परेका नेता हरिबोल गजुरेलले पार्टी नेतृत्वले गरेको अन्यायको मौन समर्थन गर्न...

मानुपातिक मतपरिणाम सार्वजनिक : कुन दलले कति मत पाए ?

काठमाडौं । प्रतिनिधिसभा निर्वाचनअन्तर्गत समानुपातिकतर्फको मतगणना सम्पन्न भएको छ । निर्वाचन आयोग का अनुसार कुल १ करोड ७ लाख ६९ हजार ५४३ सदर मतमध्ये विभ...

रास्वपाको दुई तिहाइमा ‘दुई सिट’को दूरी : यस्तो छ संसद्को नयाँ अंकगणित

काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फको मतगणना सम्पन्न भएको छ । निर्वाचन आयोग का अनुसार १ करोड ७ लाख ३९ हजार ११५ मत सदर भएको छ...

सकियो समानुपातिकतर्फको मतगणना

काठमाडौं । समानुपातिक तर्फको मतगणना सकिएको छ । निर्वाचन आयोगका सूचना अधिकारी सुमन घिमिरेले समानुपातिक तर्फको मतगणना सकिएको जानकारी दिए । उनका अनुसा...

ग्यास आयात पर्याप्त, बजारमा भने अभाव : बिक्रेतालाई अनिवार्य बिक्री विवरण राख्न निर्देशन

काठमाडौं । नेपाल आयल निगम ले खाना पकाउने एलपी ग्यासको आयात पर्याप्त रहेको दाबी गर्दै बजारमा देखिएको अभाव आपूर्तिको कमी नभई बिक्रेताको अनियमितता र उपभो...

रुकुममा बिहेबाट फर्किँदा भेरीमा दुःखद घटना : तीनमध्ये दुई किशोरी मृत, एक अझै बेपत्ता

रुपन्देही । रुकुम पश्चिम मा आफन्तको बिहे हेर्न गएका एकै परिवारका तीन किशोरीमध्ये दुई जना मृत अवस्थामा फेला परेका छन् भने एक जना अझै बेपत्ता रहेकी छन् ...

कोशीमा नयाँ राजनीतिक भूचाल : रास्वपाको १७ सिट र श्रम संस्कृतिको उदयले पुराना दल सिमित

काठमाडाैं  । प्रतिनिधिसभा निर्वाचनको पछिल्लो परिणामले कोशी प्रदेश को परम्परागत राजनीतिक समीकरण नै उल्टाइदिएको छ । वर्षौंदेखि प्रभाव जमाउँदै आएका ठूला ...

वरिष्ठ पत्रकार तथा भाषा आन्दोलनका अगुवा सुरेश मानन्धरको निधन

काठमाडौं । वरिष्ठ पत्रकार तथा भाषा आन्दोलनका अगुवा सुरेश किरण मानन्धरको ५९ वर्षको उमेरमा हृदयघातका कारण निधन भएको छ । वरिष्ठ पत्रकार राजेन्द्र स्था...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE