Khabar Dabali २३ मंसिर २०८२ सोमबार | 8th December, 2025 Mon
Investment bank

देशभरका २२ स्थान जनप्रतिनिधि विहीन, कहिले होला उपनिर्वाचन ?

मनाेज भट्टराई
मनाेज भट्टराई

काठमाडौं । देशभर २२ स्थान जनप्रतिनिधि विहीन भएको छ । गत १० वैशाखमा प्रतिनिधिसभा सदस्यको रिक्त पदमा मात्रै निर्वाचन भए पनि प्रदेश र स्थानीय तहमा रिक्त पदको निर्वाचन नहुँदा देशभर २२ स्थान जनप्रतिनिधि विहीन भएको हो ।

रिक्त रहेको स्थानमा कानुनअनुसार उपनिर्वाचन गराउनुपर्ने प्रावधान रहेको छ । संविधानको धारा १७६ को ८ मा प्रदेशसभा सदस्यको रिक्त भएका निर्वाचन गर्नुपर्ने व्यवस्था छ ।  ‘प्रदेशसभाको कार्यकाल छ महिनाभन्दा बढी अवधि बाँकी छँदै कुनै सदस्यको स्थान रिक्त भएमा त्यस्तो स्थान जुन निर्वाचन प्रणालीबाट पूर्ति भएको सोही प्रक्रियाद्वारा पूर्ति गरिनेछ,’ उक्त धारामा भनिएको छ । 

स्थानीय तह निर्वाचन ऐन २०७३ को दफा ३ को २ मा उपनिर्वाचनको व्यवस्थाअनुसार रिक्त रहेका स्थानमा पुनः निर्वाचन हुनेछ ।  निर्वाचन आयोगले देशभर सङ्घीयसहित २२ जनप्रतिनिधिको पद रिक्त रहेको जनाएको छ । सङ्घ, प्रदेश र स्थानीय तह गरी विभिन्न १९ जिल्लामा २२ जनप्रतिनिधिको पद रिक्त रहेको आयोगले जनाएको हो ।

आयोगका सह प्रवक्ता सूर्य प्रसाद अर्यालले ०७९ वैशाख ३० मा भएको स्थानीय तह निर्वाचन र मङ्सिर ४ को प्रदेश तथा सङ्घीय निर्वाचनमा निर्वाचित प्रतिनिधिसभा सदस्य एक, प्रदेशसभा सदस्य एक, नगरपालिका प्रमुख एक, गाउँपालिका अध्यक्ष एक, उपाध्यक्ष एक, जिल्ला समन्वय समिति प्रमुख दुई र १७ वडाध्यक्षको पद रिक्त भएको जानकारी दिए । प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्य, स्थानीय तहका गाउँपालिका अध्यक्ष उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख उपप्रमुख र वडा अध्यक्षको उपनिर्वाचनको व्यवस्थाअनुसार निर्वाचन हुने भए पनि जिल्ला समन्वय समिति प्रमुखको हकमा भने निर्वाचन गराउनु पर्ने बाध्यता नरहेको आर्यालको भनाइ छ । 

कहाँ–कहाँ रिक्त छ ?

देशभर रिक्त भएका पदमध्ये काँग्रेसका १२ स्थान, एमालेका ५, माओवादी ४ र स्वतन्त्र एक रहेका छन् । सबैभन्दा धेरै सुदूरपश्चिममा रिक्त रहेको आयोगले बताएको छ ।

नेकपा एमालेका उपाध्यक्षसमेत रहेका संविधानसभा अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य सुवास नेम्वाङको गत भदौ २७ गते निधन भए पछि पुनः प्रतिनिधिसभामा एक पद रिक्त रहेको छ । संविधानसभाका अध्यक्षसमेत रहेका नेम्वाङ ०७९ साल मङ्सिरमा भएको निर्वाचनमा इलामको क्षेत्र नम्बर २ बाट निर्वाचित भएका थिए । उनको निधनसँगै इलाम क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा नेतृत्वविहीन बनेको छ ।  उक्त निर्वाचन क्षेत्रमा अब पुनः निर्वाचन गर्नुपर्ने कानुनी प्रावधान रहेको छ । प्रतिनिधिसभाको कार्यकाल ४ वर्षभन्दा धेरै बाँकी रहेकोले उक्त निर्वाचन क्षेत्रमा पुनः निर्वाचन गर्नुपर्ने भएको हो ।

यसै गरी गत ५ असारमा गाडी दुर्घटनामा परी सुदूरपश्चिम प्रदेशका सांसद पृथ्वीबहादुर सिंहको निधन भयो । बझाङ १ को निर्वाचन क्षेत्र नं। क बाट प्रदेशसभामा निर्वाचित भएका सिंह  सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्रीसमेत रहेका थिए ।  उनी पनि गत ४ मङ्सिरमा भएको चुनावमा काँग्रेसबाट निर्वाचित भएका थिए । उनको निधनसँगै बझाङ १ को ‘क’ जनप्रतिनिधिविहीन छ ।

कैलाली र ओखलढुङ्गाका जिल्ला समन्वय समिति प्रमुखको निधन पछि यी दुई जिल्लाका जिल्ला समन्वय समिति पनि पद रिक्त रहेको छ । जिसस कैलाली प्रमुख पदमबहादुर कलेलको र ओखलढुङ्गा प्रमुख डिल्लीराम खनालको निधन पश्चात् दुई जिल्लामा जिसस प्रमुखको पद रिक्त भएको हो ।

यस्तै गरी स्थानीय तह अन्तरगत एक गाउँपालिकाका अध्यक्ष र एक नगर प्रमुखको पनि पद  रिक्त रहेको छ । रौतहटको मौलापुर नगरपालिका नगरप्रमुख रिनकुमारी साहले दल त्याग गरेकी छन् ।  गत  असोज २९ मा उनी पदमुक्त भएपछि नगरपालिकामा नगर प्रमुखको पद रिक्त भएको हो । साह एमालेबाट निर्वाचित भएकी थिइन् । उनले दल त्यागको घोषणा गरे पछि निर्वाचन आयोगले गत असोज २९ गते उक्त नगरपालिकामा नगर प्रमुखको पद रिक्त रहेको जनाएको हो ।

दैलेखको महाबु गाउँपालिका अध्यक्ष लछुमन गुरुङको उच्च रक्तचापका कारण गत माघमा निधन भएको थियो । उनको निधन पछि गाउँपालिका अध्यक्ष वीहीन भएको छ ।

दोलखाको गौरीशङ्कर गाउँपालिका उपाध्यक्ष श्यामसुन्दर तामाङको हृदयाघातबाट निधन भएपछि सो गाउँपालिकाको उपाध्यक्ष पद पनि रिक्त रहेको  छ ।  

१७ वटा वडामा छैनन् वडाध्यक्ष 

यसै गरी देशभर १७ वटा वडा वडाध्यक्ष विहीन भएका छन् । यी वडाहरूमा वडाध्यक्ष विहीन भएपछि नागरिकहरू समस्यामा पर्दै आएका छन् । कतिपय वडामा त कार्यवहाक वडाध्यक्षले एकले अर्काेलाई देखाउँदा देखाउँदै हैरानी खेप्नु परेकाे नागरिक गुनासाे समेत सुनिँदै आएकाे छ ।

कोसी प्रदेशमा सङ्घ र स्थानीय तह गरी जम्मा तीन स्थान जनप्रतिनिधि विहीन भएका छन् । प्रतिनिधिसभामा इलाम २ रिक्त रहेको छ भने सुनसरीको गढी गाउँपालिका वडा नं ६ र उदयपुरको त्रियुगा नगरपालिका वडा नं १२ वडाध्यक्ष विहीन भएको छ ।

मधेस प्रदेशमा पनि तीन स्थान जनप्रतिनिधि विहीन भएको छ । रौतहटको मौलापुर नगरपालिका नगरप्रमुख विहीन भएको छ भने रौतहटकै ईशनाथ नगरपालिकाको वडा नं ७ र राजपुर नगरपालिकाको वडा नं ६ मा पनि पद रिक्त रहेको छ ।

बागमती प्रदेश अन्तरगत दोलखाको गौरीशङ्कर गाउँपालिका उपाध्यक्ष र चार वटा वडा अध्यक्ष विहीन भएका छन् ।  काठमाडौँको कीर्तिपुर नगरपालिका वडा नं ४, काठमाडौं महानगरपालिका वडा नं १६, मकवानपुरको  हेटौँडा उप महानगरपालिकाको वडा नं १२, नुवाकोटको ककनी गाउँपालिका वडा नं २ पनि वडा अध्यक्ष विहीन भएका छन् ।

काठमाडौं महानगरपालिकाको १६ नम्बर वडामा पनि पुनः निर्वाचन गर्नुपर्ने भएको छ । पछिल्लो समय काठमाडौं महानगरपालिका वडा नं १६ का वडाध्यक्ष मुकुन्द रिजालको निधन भयो । उनी २०७९ सालमा भएको स्थानीय तहको निर्वाचनमा काठमाडौं महानगरपालिका–१६ मा वडाध्यक्षमा काँग्रेसबाट निर्वाचित भएका थिए । लरिजाको निधनसँगै वडा नम्बर १६ पनि जनप्रतिनिधिविहीन भएको छ । 

गण्डकी प्रदेशमा एक स्थानमा मात्रै जनप्रतिनिधि वीहीन भएको छ । गोरखाको गोरखा नगरपालिका वडा नं ५ मा वडाध्यक्षको पद रिक्त रहेको निर्वाचन आयोगले जनाएको छ ।

लुम्बिनी प्रदेशको गुल्मीको मुसिकोट गाउँपालिका वडा नं १,  रोल्पाको रुन्टीगढी गाउँपालिका वडा नं ४ र बर्दियाको ठाकुर बाबा नगरपालिका वडा नं ४ पनि जनप्रतिनिधि विहीन अवस्थामा रहेको छ ।

कर्णाली प्रदेशमा पनि दैलेखको महाबु गाउँपालिका अध्यक्षसहित तीन स्थान जनप्रतिनिधि विहीन भएको छ । दैलेखको महाबु गाउँपालिका अध्यक्ष, कालिकोटको तिलागुफा नगरपालिका वडा नं ४ वडाध्यक्ष र जाजरकोटको कुशे गाउँपालिका वडा नं ७ वडाध्यक्ष विहीन भएको निर्वाचन आयोगले जनाएको छ ।

सुदूरपश्चिम प्रदेशमा एक प्रदेश सभा सदस्य सहित चार स्थान रिक्त रहेको आयोगले जनाएको छ । बझाङ १ को निर्वाचन क्षेत्र नं। क मा प्रदेशसभा सदस्य, दार्चुलाको दुहुँ गाउँपालिका वडा नं ५ मा वडाध्यक्ष, बझाङको सुर्मा गाउँपालिका ४ र डोटीको पूर्वी चौकी गाउँपालिका वडा नं  ६ का वडाध्यक्षको निधन पछि यी वडाहरू वडाध्यक्ष विहीन भएका हुन् ।

रिक्त कति स्थानमा भयो उपनिर्वाचन ?

आयोगले प्रतिनिधिसभा सदस्यको तीन ठाउँमा पद रिक्त हुँदा गत १० वैशाखमा उपनिर्वाचन गराइसकेको छ । आयोगले चितवन २, बारा २ र तनहुँ १ मा प्रतिनिधिसभा सदस्यको पद रिक्त भएपछि गत १० वैशाखमा उपनिर्वाचन गराएको थियो । गत वर्ष मङ्सिरमा सम्पन्न सङ्घीय निर्वाचनबाट चितवन २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, बारा २ मा जनता समाजवादी पार्टीका रामसहायप्रसाद यादव र तनहुँ १ मा तत्कालीन काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल चुनिएका थिए ।

यीमध्ये नागरिकता विवादले सांसद पद गुमेपछि रविको निर्वाचन क्षेत्र रिक्त भएको थियो भने राष्ट्रपतिमा रामचन्द्र पौडेल र उपराष्ट्रपति रामप्रसाद सहाय यादव निर्वाचित भएपछि बारा २ र तनहुँ १ को प्रतिनिधिसभा सदस्य पद रिक्त थियो ।  आयोगले तीनै वटै स्थानमा उपनिर्वाचन गराएपछि चितवन २ मा लामिछाने पुनः निर्वाचित भएका छन् भने तनहुँ १ बाट रास्वपाका स्वर्णिम वाग्ले र बारा २ मा जसपा अध्यक्ष उपेन्द्र यादव निर्वाचित भइसकेका छन् ।

गत मङ्सिरमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनपछि रिक्त पदमा गत वैशाखमै उपनिर्वाचन गरे पनि सरकारले प्रदेश र स्थानीय तहमा रिक्त पदको उपनिर्वाचन गर्न हालसम्म गर्ने मिति घोषणा गरेकाे  छैन ।  १० वैशाखमा प्रतिनिधिसभा सदस्यको रिक्त पदमा मात्रै निर्वाचन भए पनि प्रदेश र स्थानीय तहमा रिक्त पदको निर्वाचन भएको छैन भने नेम्वाङको मृत्युसँगै फेरी सङ्घीय संसद्को पनि निर्वाचन गराउनुपर्ने भएको छ । 

कहिले होला त उपनिर्वाचन ?

रिक्त रहेको स्थानमा सरकारसँग परामर्श गरेर चुनाव गराउने आयोगका सह प्रवक्ता अर्यालको भनाइ छ । उनका अनुसार आयोगले केही दिनअघि प्रधानमन्त्री पुष्पकमल दाहाल एवं उपप्रधानमन्त्रीद्वय नारायणकाजी श्रेष्ठ र पूर्णबहादुर खड्कासँग रिक्त स्थानको निर्वाचनका लागि प्रक्रियामा जान आयोगले आग्रह गरेको थियो । 

सरकारले घोषणा गरेको मितिमा आयोग चुनाव गराउन तयार रहेको उनले बताए ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेकपा नेता काशी महतोको निधन, पार्टी र समाजमा अपूरणीय क्षति

काठमाडौँ । महोत्तरीका पूर्व नेकपा (माओवादी केन्द्र) जिम्मेवार नेता तथा हाल नेपाली कम्युनिस्ट पार्टीका नेता काशी महतो (करण)को  निधन भएकाे छ । महतोको नि...

जुम्लामा ‘फायर हाइड्रेन्ट’ को सफल प्रयोग, जोगियो ठूलो क्षति

जुम्ला । जुम्लाको चन्दननाथ नगरपालिका–५, खलङ्गा बजारको एक मोबाइल पसलमा हालै भएको आगलागीलाई ‘फायर हाइड्रेन्ट’ को प्रयोग गरी नियन्त्रणमा लिइएको छ। दमकल छ...

एमाले महाधिवेशनअगाडि पोखरेलको फरक दस्तावेज, ओलीसँग छलफलको तयारी

काठमाडौँ । मंसिर २७ गतेदेखि सुरु हुने एमालेको ११औँ महाधिवेशन नजिकिँदै गर्दा पार्टीभित्र राजनीतिक प्रस्तावलाई लिएर मतभेद सतहमा आएको छ । अध्यक्ष केपी शर...

४ महिनाका शिशुको हत्या आरोपमा प्रहरी असई पक्राउ

काठमाडौँ । नेपाल प्रहरीका प्रहरी सहायक निरीक्षक (असई) पुष्कर कार्कीले आफ्नै चार महिनाका छोराको हत्या गरेको अभियोगमा पक्राउ परेका छन् । घटना काठमाडौँको...

विप्लव, प्रभाकर र घनश्याम सँग बलदेव आक्रमक: अन्तिममा तीनैजना ओलीकै पछि लाग्छन्

रुपन्देही । नेपाली कम्युनिष्ट पार्टीका नेता चक्रपाणि खनाल ‘बलदेव’ले कम्युनिष्ट आन्दोलनभित्र देखिएका असन्तुष्ट धारहरू अन्ततः केपी शर्मा ओलीतर्फै मोडिने...

सल्यानको कोटबारामा बस दुर्घटना

सल्यान । सल्यानको बाफुखोलाबाट दाङको तुलसीपुर आइरहेको ना४ख ६२३२ नम्बरको बस सल्यानको कोटबारामा दुर्घटना भएको छ । बसमा यात्रुहरु सवार नभएको र चालकलाई ...

राष्ट्रिय बायोग्यास कार्यक्रम कागजमै सीमित, मैदानमा प्रणाली बन्द

उपेक्षा र मर्मत अभावले बायोग्यास प्रणाली धराशायी, ऊर्जा रूपान्तरणमै संकट

जेनजी आन्दोलनपछिको चुनौतीबीच पनि तनहुँ प्रशासनको सेवा निरन्तर

तनहुँ  । जेनजी आन्दोलनका क्रममा तोडफोड र आगजनीका कारण केही समय अवरुद्ध बनेको जिल्ला प्रशासन कार्यालय तनहुँले कठिन अवस्थाबीच पनि सेवा प्रवाहलाई निरन्तर...

नेपाल बैंक र क्यूरा हेल्थबीच स्वास्थ्य सेवामा छुटसम्बन्धी सम्झौता

काठमाडौँ । नेपालकै पहिलो बैंक नेपाल बैंक लिमिटेड र क्यूरा हेल्थ प्रा. लि.बीच स्वास्थ्य सेवामा विशेष छुट प्रदान गर्ने सम्बन्धी सम्झौता सम्पन्न भएको छ ।...

मतपत्रमा १०७ चिन्ह: प्रतिनिधि सभा चुनावमा ११४ दल मैदानमा

काठमाडौँ । फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा यसपटक मतदाताले फरक–फरक १०७ वटा निर्वाचन चिन्हमध्ये आफ्नो रोजाइ छान्नुपर्नेछ । निर्वाचन आयोगले चु...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending