Khabar Dabali २४ मंसिर २०८२ मंगलवार | 9th December, 2025 Tue
Investment bank

उदयपुरमा आठ वटा पुल अलपत्र हुँदा पहाडी जिल्लाका सर्वसाधरणलाई सास्ती

खबरडबली संवाददाता

उदयपुर । हिमाली क्षेत्रका जिल्लालाई उदयपुरसँग जोड्ने गरी सुनकोशी नदीमा एक दशकअघि निर्माण सुरु गरिएका विभिन्न आठ वटा ठुला पक्की पुल निर्माणको काम अलपत्र परेको छ । पहाडी जिल्लाहरूलाई तराईसँग जोड्न सुनकोशी नदीमा निर्माण गर्न थालिएका आधा दर्जन पुलको काम बिचैमा अलपत्र हुँदा चार जिल्लाका बासिन्दाले कोशी नदी वारपार गर्न निकै ठुलो सास्ती खेप्दै आएका छन् । आमनिर्वाचनका क्रममा मत बटुल्ने अस्त्र बन्ने गरेको कोशीमा निर्माणाधीन पुलहरू दलका नेताहरूको शिलान्यास गर्ने होडले उदयपुर र उदयपुरसँग सीमा जोडिएका पहाडी जिल्ला भोजपुर, खोटाङ, ओखलढुङ्गा र सोलुखुम्बुका बासिन्दाले सास्ती खेप्नु परेको हो । 

२०७४ सालको चुनाव ताका तत्कालीन प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले २०७४ भदौ ३१ गते खोटाङ र उदयपुर जोड्ने सुनकोशी नदीको धाप्लाङ साथै भोजपुर र उदयपुर जोड्ने सुनकोशी नदीको रानीटारमा निर्माण गरिने दुई वटा पक्की पुलको एकै दिन शिलान्यास गरेका थिए ती दुवै पुल अहिलेसम्म अलपत्र छन् । शिलान्यास गरेको पुल छ वर्ष बितिसक्दासमेत १५ प्रतिशतभन्दा बढी काम नहुँदा स्थानीय बासिन्दामा पुल बन्ला र उक्त पुलबाट सहज आवतजावत गर्न पाइएला भन्ने आशा मरेर निराशा हुन थालेको छ । 

त्यति मात्र होइन उदयपुर जिल्लाको त्रियुगा नदीमा १४ वर्षअघि निर्माण सुरु गरिएको सिवाही पुल तीन वर्षअघि निर्माण सम्पन्न हुनै लाग्दा नदीमा आएको बाढीले भत्काएर अलपत्र बनेकोमा अहिलेसम्म पनि त्यही हालतमा छ । त्यस्तै १० वर्षअघि निर्माण सुरु गरिएको सुनकोशी नदीका छ वटा तथा त्रियुगा र गिनेरी खोलाको एक एक वटा गरी आठ वटा पुलको काम अलपत्र हुँदै आएको छ । राज्यले उचित बजेटको सुनिश्चितता र दीर्घकालीन गुरुयोजना निर्माण नै नगरी चुनावमा मत बटुल्ने होडबाजी गरी हतारमा हचुवाको भरमा पुल निर्माणको काम थालेर बिचैमा छोड्ने परिपाटीले उदयपुरका निर्माणाधीन सबै पुल अलपत्र हुँदै आएका हुन् ।  

२०७९ को सङ्घीय चुनाव ताका उदयपुर र खोटाङलाई छोटो दुरीमा सडक सञ्जालसँग जोड्ने भन्दै दुधकोशी नदीको वंशिलाघाटमा मोटरेबल पक्की पुल निर्माण गरिने भन्दै २०७९ साल पुस १ गते तत्कालीन परराष्ट्रमन्त्री एवं उदयपुर क्षेत्र नं. १ का सङ्घीय सांसद डा. नारायण खड्काले शिलान्यास गरेका थिए । उक्त वंशिलाघाटको मोटरेबल पक्की पुल निर्माणको काम पनि अहिलेसम्म अगाडि बढेको छैन । 

कुल १९ करोड १८ लाख ४१ हजार रुपियाँको लागतमा निर्माण गरिने गरी कालिका–भेदान्सी जेभी बालुवाटार काठमाडौँलाई कामको जिम्मा लगाइएको चौदण्डीगढी नगरपालिकाको वडा नं –५, शिवाइबाट बेल्टार वीरेन्द्रबजार छुइला हुँदै वंशिलाघाटबाट खोटाङ जिल्लाको चिसापानी खोटाङ दिक्तेल सडकखण्ड अन्तर्गत पर्ने दुधकोशी नदीमा निर्माण गरिने १५० मिटर लम्बाइ र ११ मिटर चौडाइ रहेको पुल अहिलेसम्म शिलान्यासमा मात्र सीमित बनेको छ ।

३३ महिनाभित्र निर्माण सम्पन्न हुने गरी २०७७ साल पुस २८ गते नै सम्झौता गरिएको भए पनि पुलको निर्माण कार्य अहिलेसम्म सुरु नै नहुनु सडक विभागको पुल महाशाखाको समेत गम्भीर लापरबाही भएको भन्दै स्थानीय बासिन्दा आक्राेशित भएका छन् । निर्माणको ठेक्का लिएको कम्पनीका मालिकको राजनीतिक दलसँगको आबद्धताका कारणसमेत पुल निर्माणमा ढिलासुस्ती हुने गरेको र समयमै निर्माण नगरेर अलपत्र पार्ने गरेको स्थानीयवासीको भनाइ छ । ठेक्का सम्झौता गरी तोकिएको मापदण्ड अनुसार काम नगरेपछि बेलका नगरपालिका–३ स्थित गिदेरी खोला पक्की पुल निर्माणमा पनि चरम ढिलासुस्ती भएको छ । 

कुल १३ करोड ३९ लाख ६७ हजार ४७९ रुपियाँ लागतमा २१८ मिटर लम्बाइ तथा सात वटा वेल फाउन्डेसन पिल्लर र छ वटा स्पान रहेको गिदेरी खोलाको पुलको काम अहिलेसम्म पिल्लर उठाउनेभन्दा बढी कुनै काम हुन नसकेको बेलका नगरपालिकाका पूर्वनगर प्रमुख दुर्गाकुमार थापाले बताए । उक्त पुल निर्माणका लागि २०७१ साल असार २५ गते पप्पु मृत सञ्जीवनी जेभी बानेश्वरले दुई करोड रुपियाँ लहानस्थित डिभिजन सडक कार्यालयबाट पेस्की लिएकोमा काम नगरेपछि निजबाट एक करोड ४० लाख रुपियाँ यसअघि नै फिर्ता गरिएको डिभिजन सडक कार्यालय लहानले जनाएको छ । 

यसै गरी निर्माण सम्पन्न हुने मिति दुई वर्ष बितिसक्दा पनि चौदण्डीगढी नगरपालिका वडा नं १ को रानीटारस्थित दुधकोशी नदीमा पुल निर्माणको काम पनि अलपत्र अवस्थामा छ । कोशी प्रदेश सरकारले निर्माण सुरु गरेको मैनामैनी र भोजपुरको हतुवागढी जोड्ने दुधकोशी नदीको अर्काे पक्की पुलको पनि निर्माण कार्य अलपत्र परेको छ । कालिका कन्स्ट्रक्सनले निर्माणको जिम्मा पाएको उक्त पुल कहिले बन्छ भन्न सक्ने अवस्था छैन । चौदण्डीगढी नगरपालिकाको लामा खोलामा निर्माणाधीन पुलसमेत अलपत्र परेको छ ।

शिवाही पुलको निर्माण २०६७ सालमा सुरु गरिएको हो । १२ वटा पिल्लर र ११ वटा स्ल्याब रहेको पुलको सिवाही खण्डको दुई वटा स्ल्याब बाढीले बगाएको छ । कुल ११ करोड २६ लाख रुपियाँको लागतमा दुई वर्षमा सम्पन्न गर्ने गरी आर्थिक वर्ष २०६७/६८ मा निर्माण सुरु भएको पक्की पुल हालसम्म सञ्चालनमा आउन सकेको छैन । पटक पटक म्याद थप्दासमेत पुल निर्माण कार्य अझै अधुरै रहेको छ । 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेकपा नेता काशी महतोको निधन, पार्टी र समाजमा अपूरणीय क्षति

काठमाडौँ । महोत्तरीका पूर्व नेकपा (माओवादी केन्द्र) जिम्मेवार नेता तथा हाल नेपाली कम्युनिस्ट पार्टीका नेता काशी महतो (करण)को  निधन भएकाे छ । महतोको नि...

जुम्लामा ‘फायर हाइड्रेन्ट’ को सफल प्रयोग, जोगियो ठूलो क्षति

जुम्ला । जुम्लाको चन्दननाथ नगरपालिका–५, खलङ्गा बजारको एक मोबाइल पसलमा हालै भएको आगलागीलाई ‘फायर हाइड्रेन्ट’ को प्रयोग गरी नियन्त्रणमा लिइएको छ। दमकल छ...

एमाले महाधिवेशनअगाडि पोखरेलको फरक दस्तावेज, ओलीसँग छलफलको तयारी

काठमाडौँ । मंसिर २७ गतेदेखि सुरु हुने एमालेको ११औँ महाधिवेशन नजिकिँदै गर्दा पार्टीभित्र राजनीतिक प्रस्तावलाई लिएर मतभेद सतहमा आएको छ । अध्यक्ष केपी शर...

४ महिनाका शिशुको हत्या आरोपमा प्रहरी असई पक्राउ

काठमाडौँ । नेपाल प्रहरीका प्रहरी सहायक निरीक्षक (असई) पुष्कर कार्कीले आफ्नै चार महिनाका छोराको हत्या गरेको अभियोगमा पक्राउ परेका छन् । घटना काठमाडौँको...

विप्लव, प्रभाकर र घनश्याम सँग बलदेव आक्रमक: अन्तिममा तीनैजना ओलीकै पछि लाग्छन्

रुपन्देही । नेपाली कम्युनिष्ट पार्टीका नेता चक्रपाणि खनाल ‘बलदेव’ले कम्युनिष्ट आन्दोलनभित्र देखिएका असन्तुष्ट धारहरू अन्ततः केपी शर्मा ओलीतर्फै मोडिने...

सल्यानको कोटबारामा बस दुर्घटना

सल्यान । सल्यानको बाफुखोलाबाट दाङको तुलसीपुर आइरहेको ना४ख ६२३२ नम्बरको बस सल्यानको कोटबारामा दुर्घटना भएको छ । बसमा यात्रुहरु सवार नभएको र चालकलाई ...

राष्ट्रिय बायोग्यास कार्यक्रम कागजमै सीमित, मैदानमा प्रणाली बन्द

उपेक्षा र मर्मत अभावले बायोग्यास प्रणाली धराशायी, ऊर्जा रूपान्तरणमै संकट

जेनजी आन्दोलनपछिको चुनौतीबीच पनि तनहुँ प्रशासनको सेवा निरन्तर

तनहुँ  । जेनजी आन्दोलनका क्रममा तोडफोड र आगजनीका कारण केही समय अवरुद्ध बनेको जिल्ला प्रशासन कार्यालय तनहुँले कठिन अवस्थाबीच पनि सेवा प्रवाहलाई निरन्तर...

नेपाल बैंक र क्यूरा हेल्थबीच स्वास्थ्य सेवामा छुटसम्बन्धी सम्झौता

काठमाडौँ । नेपालकै पहिलो बैंक नेपाल बैंक लिमिटेड र क्यूरा हेल्थ प्रा. लि.बीच स्वास्थ्य सेवामा विशेष छुट प्रदान गर्ने सम्बन्धी सम्झौता सम्पन्न भएको छ ।...

मतपत्रमा १०७ चिन्ह: प्रतिनिधि सभा चुनावमा ११४ दल मैदानमा

काठमाडौँ । फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा यसपटक मतदाताले फरक–फरक १०७ वटा निर्वाचन चिन्हमध्ये आफ्नो रोजाइ छान्नुपर्नेछ । निर्वाचन आयोगले चु...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending