Khabar Dabali १४ श्रावण २०८३ बिहीबार | 30th July, 2026 Thu
Investment bank

कोशी प्रदेशमा दसैँको ६ दिनमा १३५ दुर्घटना, १६ जनाको मृत्यु

खबरडबली संवाददाता

विराटनगर । कोशी प्रदेशमा दसैँको ६ दिनमा १३५ वटा सवारी दुर्घटना भएका छन् । दुर्घटनामा परेर १६ जनाको मृत्यु भ भने २६५ जना घाइते भए ।

कात्तिक ५ गते फुलपातीका दिनदेखि ११ गते कोजाग्रात पूर्णिमाको दिनसम्म १६ जनाको मृत्यु भएको नेपाल प्रहरी राष्ट्रिय सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीले जनाएको छ ।

यस अवधिमा १३५ वटा सवारी साधन दुर्घटनामा परेका थिए भने ती दुर्घटनामा परेर ४१ जना गम्भीर घाइते भए । यस्तै २२४ जना सामान्य घाइते भएको ट्राफिक व्यवस्थापन कार्यालय इटहरीका प्रमुख एसपी सरोज पौडेलले जानकारी दिए । दससैँमा ६ हजार ६२८ वटा सवारी साधनलाई कारवाही गरिएको उनले बताए । कारवाही गरिएको सवारी साधनबाट ४४ लाख १४ हजार ५ सय रुपैयाँ जरिवाना संकलन भएको ट्राफिक प्रहरीले जनाएको छ ।

यसैबीच शुक्रबार सुनसरी र झापाको छुट्टा छुट्टै स्थानमा सवारी दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । शुक्रबार साँझ ५ बजे सुनसरीको दुहबी नगरपालिका–११ स्थित दक्षिणबाट उतरतर्फ जाँदै गरेको को ४ प ९१७८ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको को २४ प १७५८ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किँदा दुर्घटना भएको थियो । दुर्घटनामा परेर को ४ प ९१७८ नम्बरको मोटरसाइकल चालक स्थानीय ५० वर्षे अनन्तराम चौधरीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । यसैगरी शनिबार बिहान साढे २ बजे सुनसरीको धरान उपमहानगरपालिका–१५ स्थितमा प्र. १–०२–०४७ प ७७८२ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा धनकुटाको शहिदभूमिगाउँपालिका–१ का ४९ वर्षे हरिभक्त राई घाइते भएका थिए । घाइत राईको उपचारका क्रममा धरानस्थित वीपीकोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको प्रहरीले जननाएको छ ।

यसैगरी शुक्रबार साँझ ७ बजे झापाको गौरीगंज गाउँपालिका–५ मा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको को ३३ प ६३६४ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउदै गरेको को २८ प ३०८६ नम्बरको मोटरसाइकल एक आपसमा ठक्कर खाई दुर्घटना हुँदा को २८ प ३०८६ नम्बरको मोटरसाईकल चालक मोरङको रतुवामाई नगरपालिका–७ महदेवाका ६० वर्षे कैलाप्रसाद ताजपुरियाको उपचारको क्रममा निम्स अस्पताल दमकमा मृत्यु भएको थियो ।

अघिल्लो आर्थिक वर्षको तुलनामा यस आर्थिक वर्षमा सवारी दुर्घटनाको संख्यामा कमी आएको छ । आर्थिक वर्ष २०७९÷०८० मा १८० वटा सवारी दुर्घटनामा परी १६ जनाको मृत्यु भएको थियो भने ४८ जना गम्भिर घाइते र २२६ जना सामान्य घाइते भएको प्रहरीको अभिलेखमा देखिन्छ । अघिल्लो आर्थिक वर्षमा दुर्घटनामा कमी आए पनि मृत्यु हुने संख्यामा भन कमी नआएको प्रहरीले जनाएको छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सुनसरी घटनाः डिजेबाट सुरु भएको विवाद कसरी साम्प्रदायिक हिंसामा बदलियो ?

काठमाडौं । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा साउन १० गते राति बोलबम यात्राका क्रममा सुरु भएको सामान्य विवाद केही मिनेटमै साम्प्रदायिक झडपमा...

कुलो मर्मत नगरेपछि किसानको आक्रोश, जलविद्युत् उत्पादन नै बन्द गराए

पाँचथर । सिँचाइ कुलोको मुहान मर्मत गर्ने लिखित सहमति कार्यान्वयन नभएको भन्दै पाँचथरका किसानले जलविद्युत् आयोजना बन्द गराएर आन्दोलन सुरु गरेका छन्। ...

हात्ती धपाउन बिछ्याइएको तारमा करेन्ट ग्लादा एकजनाको मृत्यु

झापा । जंगली हात्ती धपाउन आफ्नै बारीमा बिछ्याइएको नाङ्गो विद्युतीय तार छोएर करेन्ट लाग्दा झापामा एक महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा भद्रपुर नग...

तीन महिनादेखि फरार ज्यान मार्ने उद्योगका प्रतिवादी पक्राउ

पर्सा । ज्यान मार्ने उद्योग मुद्दामा फरार रहेका एक प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका–१८ इनर्वाका ६५ वर्षीय ...

तीन दिनसम्म वर्षाको चेतावनी, चार प्रदेशका पहाडी क्षेत्रमा भारी पानी पर्ने सम्भावना

काठमाडौं । देशभर मनसुनी प्रणाली सक्रिय रहेकाले आज रातिदेखि लगातार तीन दिनसम्म विभिन्न स्थानमा वर्षाको सम्भावना रहेको छ। जल तथा मौसम विज्ञान विभागले वि...

कर्णाली राजमार्गमा ठूलो पहिरो, सडक अवरुद्ध हुँदा सयौँ यात्रु बीच बाटोमै रोकिए

कालीकोट । कर्णाली राजमार्गअन्तर्गत कालीकोटको चौखोला क्षेत्रमा ठूलो ढुङ्गासहित पहिरो खस्दा सडक पूर्ण रूपमा अवरुद्ध भएको छ। बुधबार बिहान सडकमाथिबाट चट्ट...

पाल्पामा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु

पाल्पा  । जिल्लाको पूर्वखोला गाउँपालिका –१, सिलुवा सामुङ्गामा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा सामुङ्गा बस्ने २८ वर्षी...

राष्ट्रपति पौडेल र राष्ट्रियसभा अध्यक्ष दाहालबीच भेटवार्ता, पछिल्लो राजनीतिक अवस्था र संसद्को कामकारबाहीबारे छलफल

काठमाडौं । राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रपति रामचन्द्र पौडेलसँग शीतल निवासमा भेटवार्ता गरेका छन्। बुधबार भएको भेटमा मुलुकको पछिल्लो...

चिकित्सक–सरकार सहमति : आन्दोलन फिर्ता, सुरक्षा ऐन संशोधनदेखि नयाँ कार्यदल गठनसम्म ५ बुँदे सहमति

काठमाडौं । आन्दोलनरत चिकित्सक र सरकारबीच पाँच बुँदे सहमति भएपछि चिकित्सकहरूले देशभर जारी आन्दोलन फिर्ता लिएका छन्। बुधबार स्वास्थ्य तथा खाद्य स्वच्...

सुनसरी घटनामा मन्त्रिपरिषद् मौन, निर्णयबारे सरकार चुप !

काठमाडौं । सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा भएको हिंसात्मक घटनाले देशभर चासो र बहस सिर्जना गरिरहेका बेला बुधबार बसेको मन्त्रिपरिषद् बैठकब...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending