Khabar Dabali १४ श्रावण २०८३ बिहीबार | 30th July, 2026 Thu
Investment bank

कोशीमा मन्त्री बनाउन एमालेको सुची तयार, कांग्रेस–माओवादी समेट्ने प्रयासमा पन्छिदै मुख्यमन्त्री

खबरडबली संवाददाता

काठमाडौं । कोशी प्रदेशमा एमालेको सहयोगमा मुख्यमन्त्री बनेका केदार कार्की केन्द्रीय गठबन्धनमा आबद्ध दललाई पनि मिलाएर मन्त्रिमण्डल विस्तारको तयारीमा लागेका छन् । कात्तिक १ गते विश्वासको मत दिने सबै दललाई सरकारमा समेट्नुपर्ने पक्षमा मुख्यमन्त्री कार्की उभिएका हुन् । 

कोशी प्रदेश सभामा रहेका राप्रपाबाहेकका दलले कार्कीको पक्षमा मत दिएका थिए । तर, नेकपा एमालेले भने कांग्रेसबाहेकका कुनै पनि दललाई सरकारमा सहभागी गराए स्वीकार्य नहुने बताएको छ । बुधबार मुख्यमन्त्री कार्कीलाई भेटेर एमालेका नेताहरूले तत्काल सरकार विस्तार गर्न र पूर्वसहमति पालना गर्न ध्यानाकर्षण गराएका थिए । 

कोशीमा कार्कीलार्ई मुख्यमन्त्री बनाउँदा जे सहमति भएको छ, त्यसैअनुसार कार्यान्वयन होस् भनेर मूख्यमन्त्रीको ध्यानाकार्षण गराईएको एमाले संसदीय दलका प्रमुख सचेतक रेवतीरमण भण्डारीले बताए । यदि गठबन्धनलाई सामेल गराए एमाले फिर्ता हुने उनको भनाइ छ  । गठबन्धनलाई सरकारमा ल्याए एमालेले तत्काल सरकार छाड्ने र प्रतिपक्षमा बस्ने उनले बताए । एमालेको बटमलाइन केन्द्रको जस्तै गठबन्धन सरकारमा सहभागी हुनुहुँदैन भन्ने रहेको भण्डारीले बताए ।

मुख्यमन्त्री कार्कीले भने सहमतीय सरकारको लागि प्रयास गरिरहेको बताएका छन् । सरकारमा सहभागी हुन गठबन्धनलगायत दललाई आह्वान गरिसकेको र सरकारमा सबै दल सहभागी हुने सम्भावना रहेको उनले बताए । सहमतिकै प्रयासका लागि हतारहतार सरकार विस्तार नगरेको र अब छिट्टै विस्तार गर्ने उनले बताए ।

एमालेका ३९ सांसदको सहयोगमा नेपाली कांग्रेसबाट ८ सांसद लिएर असोज २७ मा कार्की मुख्यमन्त्री नियुक्त भएका हुन्।

उनले असोज २८ गते एमाले संसदीय दलका उपनेता रामबहादुर मगर र कांग्रेसमा विद्रोह गर्ने ८ मध्ये सांसद शमशेर राईलाई बिनाविभागीय मन्त्री नियुक्त गरी तीन सदस्यीय मन्त्रिपरिषद् गठन गरे । बाँकी मन्त्रिमण्डल विस्तारको लागि एमालेलेआफ्नो तर्फबाट मन्त्री बन्नेको सुची तयार गरी  मुख्यमन्त्री कार्कीलाई दबाब दिइरहेको छ ।

‘हामीले दसैँअगाडि सरकार विस्तार गरौं भनेर मुख्यमन्त्रीजीलाई भनेका हौँ, तर उहाँ काठमाडौं जानुभयो,’ एमालेका प्रमुख सचेतक भण्डारीले गुनासो गरे, ‘उहाँलाई भेटेर छिटो सरकार विस्तार गर्न भनेका छौँ, केही दिन पछि भन्नुभएको छ, आज साँझ सम्ममा मन्त्री मण्डल विस्तार होला ।’ 

नेकपा एमालेले दशै अगावै मन्त्रिपरिषद् विस्तार गर्न मुख्यमन्त्री कार्कीलाई दबाब दिएको थियो । तर, विश्वासको मत लिएकै दिन कात्तिक १ गते काठमाडौं हान्निएका उनी दशै विदा भइसकेपछि मात्र विराटनगर फर्कियर एमालेको दबाब पन्छाएका थिए । अहिले दशैं विदा सकिइसकेकोले एमालेले तत्काल मन्त्रिपरिषद् विस्तार गर्न दबाब बढाएको छ ।

कार्कीले आफ्नो सपथलगत्तै एमालेका रामबहादुर मगर र काँग्रेसको विद्रोही समूहका शमशेर राईलाई मन्त्री नियुक्त गरेका थिए । गठबन्धन दल र काँग्रेस नेता डा.कोइरालाले पनि कार्कीलाई त्यसबेला एमालेका सांसदलाई मन्त्री नबनाउन भनेका थिए । तर, विश्वासको मत लिइ नसकेकोले उनी एमालेका मगरलाई मन्त्री बनाए । एमालेले आफ्नो पार्टीलाई ५ मन्त्रालय दिनुपर्ने अडान राख्दै थप मन्त्रीहरु नियुक्त गरेर सपथ गराउन दबाब दिइरहेको छ ।

स्रोतका अनुसार सत्तारूढ गठबन्धनले कार्कीलाई स्वीकार गरेर अगाडि बढेको र काँग्रेसले पनि कुनै कार्वाही नगरि अगाडि बढेकोले कार्की अब सरकारलाई गठबन्धनकै मर्मअनुसार सञ्चालन गर्ने तयारीमा छन् । नेता डा। कोइरालाले पनि उनलाई त्यहि निर्देशन दिएको बताइन्छ । प्रदेशस्तरीय गठबन्धनका नेताहरुसँगको बैठकमा विश्वासको मत लिनुअगाडि मुख्यमन्त्री कार्कीले सोही प्रतिबद्धता काँग्रेस नेता ज्ञानेन्द्रबहादुर कार्कीको उपस्थितिमा जनाइसकेका छन् ।

मुख्यमन्त्री कार्की अब एमालेबाट मन्त्री थप गर्ने मुढमा नरहेको उनीनिकट स्रोतको भनाइ छ । अब मन्त्रिपरिषद् विस्तार गर्दा गठबन्धन दलबाट गर्ने र एमाले पनि सरकारमा सहभागी हुन चाहेमा सर्वदलीय सरकारको स्वरुप दिने तयारीमा मुख्यमन्त्री कार्की रहेको स्रोतको भनाई छ । तर, एमालेले भने गठबन्धनका माओवादीसहितका दल सरकारमा सहभागी भए सरकारबाट बाहिरिने चेतावनी दिँदै आएको छ ।

एमालेले पाचकर्ण राई, एकराज कार्की र लिलाबल्लभ अधिकारीलाई मन्त्री तथा सिर्जना राई, रामप्रसाद मेहता र निरन राईलाई तत्काल राज्यमन्त्री नियुक्त गर्न दबाब दिइरहेको छ । एमालेले दशैंविदा सकिएपछि शुक्रबार नै सरकार विस्तार गर्न मुख्यमन्त्री कार्कीलाई दबाब दिएको थियो । मुख्यमन्त्री कार्की भने नेपाली काँग्रेसले शनिबार काठमाडौंमा शुभकामना आदानप्रदान कार्यक्रम राखेको भन्दै उत्तै पुगे । लगत्तै एमालेले आइतबार सरकार विस्तार गर्न दबाब दिएको छ । तर, मुख्यमन्त्री कार्की आज  झापाको एक कार्यक्रममा सहभागी हुने भएका छन् ।

एमालेले भने आइतबार सरकारबारे मुख्यमन्त्रीसँग फाइनल कुरा गर्ने बताएको छ । 

केन्द्रीय गठबन्धनको एक घटक नेकपा माओवादी केन्द्रले मुख्यमन्त्री कार्कीलाई गठबन्धनलाई लिएर सरकार विस्तार गर्न सुझाव दिएको छ । कोशी प्रदेश सभा माओवादी संसदीय दलका नेता इन्द्र आङ्बोले मुख्यमन्त्री अप्ठेरो अवस्थामा भएरै सहमतीय सरकारको कुरा उठाएको बताए । ‘सरकार बनाउन एमालेको भूमिका भयो, तर अब गठबन्धनलाई छोड्न सक्ने ठाउँमा उहाँ हुनुहुन्न,’ आङ्बोले भने, ‘सबैलाई समेटेर सरकार विस्तार गर्ने कोसिसमै हुनुहुन्छ। अहिले एमाले पनि छोड्न सक्नुहुन्न। गठबन्धनलाई बाहिर राखेर सरकार विस्तार गर्दाको जोखिम उहाँले देख्नुभएको छ।’

मुख्यमन्त्री कार्की शीर्ष नेतासँग संवादमै छन् । माहोल बिग्रन नदिनको लागि उनले गठबन्धन र एमालेसँग निरन्तर छलफल गरिरहेका हुन्।  विश्वासको मत दिने सबै दललाई सरकारमा सहभागी गराउनकै लागि कुरेको उनको भनाई छ। 

‘शीर्ष नेतासँग संवाद, समन्वय हुन्छ, तर निर्णय हामीले गर्ने हो,’ मुख्यमन्त्री कार्कीले भने, ‘सहमतीय सरकार नहुँदा विकल्प छँदै छ।’

नेताहरूका अनुसार कोशी प्रदेशको मुख्यमन्त्री बन्दा एमालेले ५ र कांग्रेसले ४ मन्त्रालय लिने सहमति बनेको छ। अहिले एसहमतिय सरकार बनाए पनि एमालेले ५ मन्त्रीकाे दाबी गरीरहेकाे छ र मूख्यमन्त्रीलाइ दवाब दिइ रहेकाे छ ।

त्यति मात्र नभएर सरकारको नेतृत्व २–२ वर्षमा आलोपालो गर्ने समझदारी भएकाेले पनि एमालेले गठबन्धनलाई कोशी सरकारमा सहभागी गराउन चाहेको छैन । एमाले प्रमुख सचेतक भण्डारीले विश्वासको मत लिने अघिल्लो दिन  असोज ३० मा मन्त्रिमण्डलका विषयमा समझदारी गरेको बताए।

कांग्रेसलाई मुख्यमन्त्रीसहित ४ र एमालेलाई ५ मन्त्री दिने समझदारी बनेको र हाम्रा तर्फबाट मन्त्रीको नामसमेत तय भइसकेको  एमालेका सचेतक भण्डारीले बताए । एमालेले यसअघिका मुख्यमन्त्री हिक्मतकुमार कार्कीका पालामा मन्त्री बनेकालाई हालको सरकारमा पठाउने तय गरेको छ। 

सरकार बिस्तारका लागि दिएको समय पटक–पटक सार्न थालेपछि एमाले भने मुख्यमन्त्री कार्कीसँग रुष्ट बनेको छ । विश्वासको मत पाएलगत्तै सरकार विस्तार गर्ने सहमति मुख्यमन्त्रीले पालना नगरेको र दशैपछि शुक्रबार सरकार विस्तार गर्ने सहमति पनि लत्याएको एमालेको आरोप छ । अब आइतबार पनि सरकार विस्तार गर्न मुख्यमन्त्रीले चासो नदेखाए एमालेले आवश्यक निर्णय गर्ने चेतावनी प्रमुख सचेतक भण्डारीले दिएका छन् ।

तर, मुख्यमन्त्री कार्की भने कुनै खालको सहमति नबनेको दाबी गरेका छन् ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सुनसरी घटनाः डिजेबाट सुरु भएको विवाद कसरी साम्प्रदायिक हिंसामा बदलियो ?

काठमाडौं । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा साउन १० गते राति बोलबम यात्राका क्रममा सुरु भएको सामान्य विवाद केही मिनेटमै साम्प्रदायिक झडपमा...

कुलो मर्मत नगरेपछि किसानको आक्रोश, जलविद्युत् उत्पादन नै बन्द गराए

पाँचथर । सिँचाइ कुलोको मुहान मर्मत गर्ने लिखित सहमति कार्यान्वयन नभएको भन्दै पाँचथरका किसानले जलविद्युत् आयोजना बन्द गराएर आन्दोलन सुरु गरेका छन्। ...

हात्ती धपाउन बिछ्याइएको तारमा करेन्ट ग्लादा एकजनाको मृत्यु

झापा । जंगली हात्ती धपाउन आफ्नै बारीमा बिछ्याइएको नाङ्गो विद्युतीय तार छोएर करेन्ट लाग्दा झापामा एक महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा भद्रपुर नग...

तीन महिनादेखि फरार ज्यान मार्ने उद्योगका प्रतिवादी पक्राउ

पर्सा । ज्यान मार्ने उद्योग मुद्दामा फरार रहेका एक प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका–१८ इनर्वाका ६५ वर्षीय ...

तीन दिनसम्म वर्षाको चेतावनी, चार प्रदेशका पहाडी क्षेत्रमा भारी पानी पर्ने सम्भावना

काठमाडौं । देशभर मनसुनी प्रणाली सक्रिय रहेकाले आज रातिदेखि लगातार तीन दिनसम्म विभिन्न स्थानमा वर्षाको सम्भावना रहेको छ। जल तथा मौसम विज्ञान विभागले वि...

कर्णाली राजमार्गमा ठूलो पहिरो, सडक अवरुद्ध हुँदा सयौँ यात्रु बीच बाटोमै रोकिए

कालीकोट । कर्णाली राजमार्गअन्तर्गत कालीकोटको चौखोला क्षेत्रमा ठूलो ढुङ्गासहित पहिरो खस्दा सडक पूर्ण रूपमा अवरुद्ध भएको छ। बुधबार बिहान सडकमाथिबाट चट्ट...

पाल्पामा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु

पाल्पा  । जिल्लाको पूर्वखोला गाउँपालिका –१, सिलुवा सामुङ्गामा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा सामुङ्गा बस्ने २८ वर्षी...

राष्ट्रपति पौडेल र राष्ट्रियसभा अध्यक्ष दाहालबीच भेटवार्ता, पछिल्लो राजनीतिक अवस्था र संसद्को कामकारबाहीबारे छलफल

काठमाडौं । राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रपति रामचन्द्र पौडेलसँग शीतल निवासमा भेटवार्ता गरेका छन्। बुधबार भएको भेटमा मुलुकको पछिल्लो...

चिकित्सक–सरकार सहमति : आन्दोलन फिर्ता, सुरक्षा ऐन संशोधनदेखि नयाँ कार्यदल गठनसम्म ५ बुँदे सहमति

काठमाडौं । आन्दोलनरत चिकित्सक र सरकारबीच पाँच बुँदे सहमति भएपछि चिकित्सकहरूले देशभर जारी आन्दोलन फिर्ता लिएका छन्। बुधबार स्वास्थ्य तथा खाद्य स्वच्...

सुनसरी घटनामा मन्त्रिपरिषद् मौन, निर्णयबारे सरकार चुप !

काठमाडौं । सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा भएको हिंसात्मक घटनाले देशभर चासो र बहस सिर्जना गरिरहेका बेला बुधबार बसेको मन्त्रिपरिषद् बैठकब...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending