Khabar Dabali १४ श्रावण २०८३ बिहीबार | 30th July, 2026 Thu
Investment bank

काभ्रेमा मात्रै सात वर्षमा ८४९ सहकारी बेपत्ता

काभ्रेको जनसङ्ख्याभन्दा दोब्बर सङ्ख्यामा सहकारीको सेयर सदस्य

खबरडबली संवाददाता

काठमाडौँ । काभ्रेमा विगत सात वर्षमा ८४९ वटा सहकारी बेपत्ता भएका छन् । तत्कालीन डिभिजन सहकारी कार्यालय काभ्रेमा दर्ता भएका एक हजार ४९५ सहकारीमध्ये ८४९ वटा सहकारी बेपत्ता भएका हुन् ।

हाल डिभिजन सहकारी कार्यालयमा दर्ता भएका ६४६ वटा मात्र फेला परेका छन् । जिल्ला सहकारी सङ्घले गरेको अध्ययनबाट ती सहकारी बेपत्ता भएको तथ्य सार्वजनिक भएको हो । सङ्घीयता कार्यान्वयनपछि डिभिजन सहकारी कार्यालयले १३ वटा स्थानीय निकायलाई दर्ता भएका सहकारीका कागजात बुझाएको थियो । त्यसपछिका अवधिमा सहकारीका बारेमा चासो र खोजी भएन । सङ्घले गणक खटाएर एक महिनासम्म अध्ययन गरेको थियो ।

अध्ययनबाट काभ्रेको जनसङ्ख्याभन्दा दोब्बर सङ्ख्यामा सहकारीको सेयर सदस्य रहेको पाइएको छ । सहरी क्षेत्रका स्थानीय तहमा एकै व्यक्ति धेरै वटा सहकारीमा सदस्य बनेको देखिए पनि ग्रामीण भेगमा भने अझै सहकारीको अभियान पुग्न सकेको छैन । 

२०७८ सालको जनगणना अनुसार काभ्रेपलाञ्चोक जिल्लाको जनसङ्ख्या तीन लाख ६४ हजार ३९ छ तर काभे्रपलाञ्चोकका सहकारीमा छ लाख ६९ हजार १८ जना सदस्य छन् । तीमध्ये १५ वर्षमुनिका बालबालिकाको सङ्ख्या ३० हजारभन्दा धेरै रहेको अध्ययनबाट थाहा भएको छ । सहकारीमा उनीहरू सदस्य छैनन् । 

सहकारी अभियानमा निरन्तर पुरस्कृत र सम्मानित भएको सङ्घले ७७ जिल्लामै पहिलो पटक काभ्रेबाट तथ्याङ्कीय विवरण सङ्कलन सुरु गरेको थियो । अध्ययनपछि तयार गरिएको प्रतिवेदनमा तत्कालीन सहकारी डिभिजन कार्यालयले हस्तान्तरण गरेका सहकारीमध्ये आधाभन्दा धेरै फेला नै नपरेको उल्लेख छ । जिल्ला सहकारी सङ्घ काभ्रेका अध्यक्ष दिलीप शर्माले तथ्याङ्क सङ्कलनका क्रममा आधाभन्दा धेरै सहकारी नभेटिएको बताए । 

उहाँका अनुसार कुल सहकारीमध्ये ३२ प्रतिशत बनेपामा छन् । धुलिखेलमा ११ प्रतिशत, पनौतीमा १० प्रतिशत, पाँचखालमा छ प्रतिशत, मन्डनदेउपुरमा १० प्रतिशत, नमोबुद्धमा छ प्रतिशत मात्रै सहकारी संस्था छन् । तेमाल, चौँरीदेउराली, खानीखोला र रोसी गाउँपालिकामा तीन प्रतिशत, महाभारत र बेथानचोकमा चार प्रतिशत तथा भुम्लु गाउँपालिकामा पाँच प्रतिशत सहकारी संस्था रहेका छन् । 

प्रतिवेदन अनुसार कुल सदस्यमध्ये ७८ प्रतिशत ग्रामीण क्षेत्रका छन् भने २२ प्रतिशत मात्रै सहरका छन् । सेयर सदस्यमध्ये ९४ सहर र छ प्रतिशत गाउँमा रहेका छन् । बचत र ऋणतर्फ तीन प्रतिशत गाउँ र ९७ प्रतिशत सहरकै देखिएको छ । तथ्याङ्क अनुसार छ वटा नगरपालिकामा ५०६ वटा सहकारी रहेकोमा सात वटा गाउँपालिकामा जम्मा १४० वटा मात्रै सहकारी छन् । सहकारीमा आबद्ध सेयर सदस्यमध्ये पुरुषभन्दा महिलाको सङ्ख्या धेरै देखिएको छ तर सञ्चालकमा भने पुरुष सदस्यकै बर्चस्व देखिएको छ ।

 तीन हजार ५२४ पुरुष सहकारी सञ्चालक हुँदा दुई हजार २५८ जना मात्रै महिला सहकारीका सदस्य छन् । कर्मचारीमा भने महिलाकै सङ्ख्या धेरै छ । काभ्रेमा सहकारीले दुई हजार ६५५ जनालाई रोजगारी प्रदान गरेको छ । जसमा महिला कर्मचारीको सङ्ख्या एक हजार ६२८ र पुरुषको सङ्ख्या एक हजार २७ रहेको छ । 

सहकारीले बचतकर्ताको रकम फिर्ता नगरेको भनेर आलोचना भइरहेको समयमा काभ्रेबाट मात्रै सहकारीले राज्यलाई वार्षिक २४ करोड ९१ लाख ८६ हजार रुपियाँ राजस्व तिर्ने गरेको छ । यो रकम प्राकृतिक स्रोत दोहन गरेर क्रसर र ढुङ्गा उद्योग चलाउने स्थानीय तहले गर्ने गरेको आम्दानीभन्दा पनि धेरै हो । काभ्रेमा बचत तथा ऋण सहकारीकै सङ्ख्या धेरै देखिएको छ । 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सुनसरी घटनाः डिजेबाट सुरु भएको विवाद कसरी साम्प्रदायिक हिंसामा बदलियो ?

काठमाडौं । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा साउन १० गते राति बोलबम यात्राका क्रममा सुरु भएको सामान्य विवाद केही मिनेटमै साम्प्रदायिक झडपमा...

कुलो मर्मत नगरेपछि किसानको आक्रोश, जलविद्युत् उत्पादन नै बन्द गराए

पाँचथर । सिँचाइ कुलोको मुहान मर्मत गर्ने लिखित सहमति कार्यान्वयन नभएको भन्दै पाँचथरका किसानले जलविद्युत् आयोजना बन्द गराएर आन्दोलन सुरु गरेका छन्। ...

हात्ती धपाउन बिछ्याइएको तारमा करेन्ट ग्लादा एकजनाको मृत्यु

झापा । जंगली हात्ती धपाउन आफ्नै बारीमा बिछ्याइएको नाङ्गो विद्युतीय तार छोएर करेन्ट लाग्दा झापामा एक महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा भद्रपुर नग...

तीन महिनादेखि फरार ज्यान मार्ने उद्योगका प्रतिवादी पक्राउ

पर्सा । ज्यान मार्ने उद्योग मुद्दामा फरार रहेका एक प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका–१८ इनर्वाका ६५ वर्षीय ...

तीन दिनसम्म वर्षाको चेतावनी, चार प्रदेशका पहाडी क्षेत्रमा भारी पानी पर्ने सम्भावना

काठमाडौं । देशभर मनसुनी प्रणाली सक्रिय रहेकाले आज रातिदेखि लगातार तीन दिनसम्म विभिन्न स्थानमा वर्षाको सम्भावना रहेको छ। जल तथा मौसम विज्ञान विभागले वि...

कर्णाली राजमार्गमा ठूलो पहिरो, सडक अवरुद्ध हुँदा सयौँ यात्रु बीच बाटोमै रोकिए

कालीकोट । कर्णाली राजमार्गअन्तर्गत कालीकोटको चौखोला क्षेत्रमा ठूलो ढुङ्गासहित पहिरो खस्दा सडक पूर्ण रूपमा अवरुद्ध भएको छ। बुधबार बिहान सडकमाथिबाट चट्ट...

पाल्पामा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु

पाल्पा  । जिल्लाको पूर्वखोला गाउँपालिका –१, सिलुवा सामुङ्गामा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा सामुङ्गा बस्ने २८ वर्षी...

राष्ट्रपति पौडेल र राष्ट्रियसभा अध्यक्ष दाहालबीच भेटवार्ता, पछिल्लो राजनीतिक अवस्था र संसद्को कामकारबाहीबारे छलफल

काठमाडौं । राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रपति रामचन्द्र पौडेलसँग शीतल निवासमा भेटवार्ता गरेका छन्। बुधबार भएको भेटमा मुलुकको पछिल्लो...

चिकित्सक–सरकार सहमति : आन्दोलन फिर्ता, सुरक्षा ऐन संशोधनदेखि नयाँ कार्यदल गठनसम्म ५ बुँदे सहमति

काठमाडौं । आन्दोलनरत चिकित्सक र सरकारबीच पाँच बुँदे सहमति भएपछि चिकित्सकहरूले देशभर जारी आन्दोलन फिर्ता लिएका छन्। बुधबार स्वास्थ्य तथा खाद्य स्वच्...

सुनसरी घटनामा मन्त्रिपरिषद् मौन, निर्णयबारे सरकार चुप !

काठमाडौं । सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा भएको हिंसात्मक घटनाले देशभर चासो र बहस सिर्जना गरिरहेका बेला बुधबार बसेको मन्त्रिपरिषद् बैठकब...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending