सिन्धुली । सिन्धुलीको कमलामाई नगरपालिका–९ र १० लाई जोड्ने गरी बागमती प्रदेश सरकारको सहयोगमा कमला नदीमा पक्की पुल निर्माण सम्पन्न भएको छ । यो पुल निर्माण सम्पन्नसँगै कमला नदीमा सञ्चालनमा आएका पक्की पुलको सङ्ख्या सात पुगेको छ ।
बागमती प्रदेश सरकारको करिब २० करोड २० लाख रुपियाँ लगानीमा कमलामाई नगरपालिका–९ र १० लाई जोड्ने गरी कमला नदीमा चार सय मिटर लामो पक्कीपुल हालै निर्माण सम्पन्न भएको प्रादेशिक सडक डिभिजन कार्यालयले जनाएको छ ।
कार्यालयका अनुसार पुल निर्माणका लागि सूर्य एन्ड सन् प्रालिले २०७६ साल जेठमा, २०७८ साल पुस मसान्तमा निर्माण सम्पन्न गर्ने गरी निर्माणको जिम्मा लिएको भए पनि कोभिडलगायत कारणले समयमा निर्माण सम्पन्न हुन सकेको थिएन । पटक पटक म्याद थप गरी पुल निर्माण सम्पन्न भएको हो ।
कुनै बेला एउटा झोलुङ्गे पुलसमेत देख्न मुस्किलपर्ने सिन्धुली जिल्लाभित्र ४० किलोमिटर लम्बाइको बहाव क्षेत्र रहेको कमला नदीमा यतिबेला पक्की पुलमय देख्दा स्थानीयवासी दङ्ग परेका छन् । जिल्लाकै सबैभन्दा ठुलो नदीका रूपमा रहेको कमला नदीमा एक दशकको अवधिमा छ वटा पक्की निर्माण भई सञ्चालनमा आएका छन् । बिपी राजमार्ग अन्तर्गत कमलामाई नगरपालिका वडा नं. ८ र १० लाई जोड्ने गरी कमला नदीको माईस्थानमा भने पक्की पुल २०५४ सालतिर बनेको हो ।
कमला खोलामा मदन भण्डारी राजमार्ग अन्तर्गत दुधौली नगरपालिका–२, रतनपुर र वडा नं. ३ झुङ्गालाई जोड्ने, वडा नं. ३ मिलनचौक र वडा नं. ४ डकाहालाई जोड्ने, वडा नं. ६ हर्षाही र वडा नं. ५ खनिया जोड्ने, वडा नं. ११ टा“डी र वडा नं ९ को हात्तीवन गाँछी जोड्ने, वडा नं. ११ र उदयपुरको बेलसोत जोड्ने पक्की पुल निर्माण भई सञ्चालनमा आइसकेको छ । कमला नदीमा पक्की पुल निर्माणसँगै स्थानीयमा खुसियाली छाएको कमलामाई नगरपालिका–१० का निवर्तमान वडाध्यक्ष कैलाश ढुङ्गेलले बताए । “पुल नहुँदा यस क्षेत्रका मानिसले नदी वारपार गर्दा बर्सेनि ज्यान गुमाउनुपर्ने अवस्था थियो,” उनले भने, “अहिले सबै समस्याबाट मुक्ति पाइएको छ । किसानको उत्पादन पनि बेचबिखनमा टेवा पुगेको छ ।”
कमला नदीको शिर (मुहान) रहेको ग्वाङखोलमा पनि बागमती प्रदेश सरकारकै लगानीमा तीन वटा पक्की पुल निर्माणाधीन अवस्थामा रहेको छ । कमलामाई नगरपालिका–४ का वडाध्यक्ष महेन्द्रप्रसाद ढकाल ग्वाङखोलामा कमलामाई नगरपालिकाभित्र वडा न ४ र ६ लाई जोड्ने, वडा नं. ५ र ६ लाई जोड्ने गरी मधुटार पुल र कारागार पुल निर्माणाधीन रहेको जानकारी दिए । सङ्घीय सरकार, प्रदेश सरकारलगायत विभिन्न दातृ निकायको सहयोगमा पछिल्लो समयमा कमला नदी, ग्वाङखोला, मरिण खोलालगायतका नदी, खोलामा तीव्र रूपमा पक्की पुल निर्माण भइरहेको उनले बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २३ गते, २०८२ - ११:०७
काठमाडौँ । महोत्तरीका पूर्व नेकपा (माओवादी केन्द्र) जिम्मेवार नेता तथा हाल नेपाली कम्युनिस्ट पार्टीका नेता काशी महतो (करण)को निधन भएकाे छ । महतोको नि...
मंसिर २३ गते, २०८२ - १०:५७
जुम्ला । जुम्लाको चन्दननाथ नगरपालिका–५, खलङ्गा बजारको एक मोबाइल पसलमा हालै भएको आगलागीलाई ‘फायर हाइड्रेन्ट’ को प्रयोग गरी नियन्त्रणमा लिइएको छ। दमकल छ...
मंसिर २३ गते, २०८२ - १०:५२
काठमाडौँ । मंसिर २७ गतेदेखि सुरु हुने एमालेको ११औँ महाधिवेशन नजिकिँदै गर्दा पार्टीभित्र राजनीतिक प्रस्तावलाई लिएर मतभेद सतहमा आएको छ । अध्यक्ष केपी शर...
मंसिर २३ गते, २०८२ - १०:४९
काठमाडौँ । नेपाल प्रहरीका प्रहरी सहायक निरीक्षक (असई) पुष्कर कार्कीले आफ्नै चार महिनाका छोराको हत्या गरेको अभियोगमा पक्राउ परेका छन् । घटना काठमाडौँको...
मंसिर २३ गते, २०८२ - १०:४९
रुपन्देही । नेपाली कम्युनिष्ट पार्टीका नेता चक्रपाणि खनाल ‘बलदेव’ले कम्युनिष्ट आन्दोलनभित्र देखिएका असन्तुष्ट धारहरू अन्ततः केपी शर्मा ओलीतर्फै मोडिने...
मंसिर २३ गते, २०८२ - १०:४५
सल्यान । सल्यानको बाफुखोलाबाट दाङको तुलसीपुर आइरहेको ना४ख ६२३२ नम्बरको बस सल्यानको कोटबारामा दुर्घटना भएको छ । बसमा यात्रुहरु सवार नभएको र चालकलाई ...
मंसिर २३ गते, २०८२ - १०:४१
उपेक्षा र मर्मत अभावले बायोग्यास प्रणाली धराशायी, ऊर्जा रूपान्तरणमै संकट
मंसिर २३ गते, २०८२ - ०९:५८
तनहुँ । जेनजी आन्दोलनका क्रममा तोडफोड र आगजनीका कारण केही समय अवरुद्ध बनेको जिल्ला प्रशासन कार्यालय तनहुँले कठिन अवस्थाबीच पनि सेवा प्रवाहलाई निरन्तर...
मंसिर २३ गते, २०८२ - ०७:०२
काठमाडौँ । नेपालकै पहिलो बैंक नेपाल बैंक लिमिटेड र क्यूरा हेल्थ प्रा. लि.बीच स्वास्थ्य सेवामा विशेष छुट प्रदान गर्ने सम्बन्धी सम्झौता सम्पन्न भएको छ ।...
मंसिर २३ गते, २०८२ - ०६:५५
काठमाडौँ । फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा यसपटक मतदाताले फरक–फरक १०७ वटा निर्वाचन चिन्हमध्ये आफ्नो रोजाइ छान्नुपर्नेछ । निर्वाचन आयोगले चु...




प्रतिकृया लेख्नुहोस्: