सिन्धुली । सिन्धुलीको कमलामाई नगरपालिका–९ र १० लाई जोड्ने गरी बागमती प्रदेश सरकारको सहयोगमा कमला नदीमा पक्की पुल निर्माण सम्पन्न भएको छ । यो पुल निर्माण सम्पन्नसँगै कमला नदीमा सञ्चालनमा आएका पक्की पुलको सङ्ख्या सात पुगेको छ ।
बागमती प्रदेश सरकारको करिब २० करोड २० लाख रुपियाँ लगानीमा कमलामाई नगरपालिका–९ र १० लाई जोड्ने गरी कमला नदीमा चार सय मिटर लामो पक्कीपुल हालै निर्माण सम्पन्न भएको प्रादेशिक सडक डिभिजन कार्यालयले जनाएको छ ।
कार्यालयका अनुसार पुल निर्माणका लागि सूर्य एन्ड सन् प्रालिले २०७६ साल जेठमा, २०७८ साल पुस मसान्तमा निर्माण सम्पन्न गर्ने गरी निर्माणको जिम्मा लिएको भए पनि कोभिडलगायत कारणले समयमा निर्माण सम्पन्न हुन सकेको थिएन । पटक पटक म्याद थप गरी पुल निर्माण सम्पन्न भएको हो ।
कुनै बेला एउटा झोलुङ्गे पुलसमेत देख्न मुस्किलपर्ने सिन्धुली जिल्लाभित्र ४० किलोमिटर लम्बाइको बहाव क्षेत्र रहेको कमला नदीमा यतिबेला पक्की पुलमय देख्दा स्थानीयवासी दङ्ग परेका छन् । जिल्लाकै सबैभन्दा ठुलो नदीका रूपमा रहेको कमला नदीमा एक दशकको अवधिमा छ वटा पक्की निर्माण भई सञ्चालनमा आएका छन् । बिपी राजमार्ग अन्तर्गत कमलामाई नगरपालिका वडा नं. ८ र १० लाई जोड्ने गरी कमला नदीको माईस्थानमा भने पक्की पुल २०५४ सालतिर बनेको हो ।
कमला खोलामा मदन भण्डारी राजमार्ग अन्तर्गत दुधौली नगरपालिका–२, रतनपुर र वडा नं. ३ झुङ्गालाई जोड्ने, वडा नं. ३ मिलनचौक र वडा नं. ४ डकाहालाई जोड्ने, वडा नं. ६ हर्षाही र वडा नं. ५ खनिया जोड्ने, वडा नं. ११ टा“डी र वडा नं ९ को हात्तीवन गाँछी जोड्ने, वडा नं. ११ र उदयपुरको बेलसोत जोड्ने पक्की पुल निर्माण भई सञ्चालनमा आइसकेको छ । कमला नदीमा पक्की पुल निर्माणसँगै स्थानीयमा खुसियाली छाएको कमलामाई नगरपालिका–१० का निवर्तमान वडाध्यक्ष कैलाश ढुङ्गेलले बताए । “पुल नहुँदा यस क्षेत्रका मानिसले नदी वारपार गर्दा बर्सेनि ज्यान गुमाउनुपर्ने अवस्था थियो,” उनले भने, “अहिले सबै समस्याबाट मुक्ति पाइएको छ । किसानको उत्पादन पनि बेचबिखनमा टेवा पुगेको छ ।”
कमला नदीको शिर (मुहान) रहेको ग्वाङखोलमा पनि बागमती प्रदेश सरकारकै लगानीमा तीन वटा पक्की पुल निर्माणाधीन अवस्थामा रहेको छ । कमलामाई नगरपालिका–४ का वडाध्यक्ष महेन्द्रप्रसाद ढकाल ग्वाङखोलामा कमलामाई नगरपालिकाभित्र वडा न ४ र ६ लाई जोड्ने, वडा नं. ५ र ६ लाई जोड्ने गरी मधुटार पुल र कारागार पुल निर्माणाधीन रहेको जानकारी दिए । सङ्घीय सरकार, प्रदेश सरकारलगायत विभिन्न दातृ निकायको सहयोगमा पछिल्लो समयमा कमला नदी, ग्वाङखोला, मरिण खोलालगायतका नदी, खोलामा तीव्र रूपमा पक्की पुल निर्माण भइरहेको उनले बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण १३ गते, २०८३ - २१:२५
काठमाडौं । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा साउन १० गते राति बोलबम यात्राका क्रममा सुरु भएको सामान्य विवाद केही मिनेटमै साम्प्रदायिक झडपमा...
श्रावण १३ गते, २०८३ - २१:१८
पाँचथर । सिँचाइ कुलोको मुहान मर्मत गर्ने लिखित सहमति कार्यान्वयन नभएको भन्दै पाँचथरका किसानले जलविद्युत् आयोजना बन्द गराएर आन्दोलन सुरु गरेका छन्। ...
श्रावण १३ गते, २०८३ - २०:४६
झापा । जंगली हात्ती धपाउन आफ्नै बारीमा बिछ्याइएको नाङ्गो विद्युतीय तार छोएर करेन्ट लाग्दा झापामा एक महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा भद्रपुर नग...
श्रावण १३ गते, २०८३ - १९:४९
पर्सा । ज्यान मार्ने उद्योग मुद्दामा फरार रहेका एक प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका–१८ इनर्वाका ६५ वर्षीय ...
श्रावण १३ गते, २०८३ - १९:३९
काठमाडौं । देशभर मनसुनी प्रणाली सक्रिय रहेकाले आज रातिदेखि लगातार तीन दिनसम्म विभिन्न स्थानमा वर्षाको सम्भावना रहेको छ। जल तथा मौसम विज्ञान विभागले वि...
श्रावण १३ गते, २०८३ - १९:३८
कालीकोट । कर्णाली राजमार्गअन्तर्गत कालीकोटको चौखोला क्षेत्रमा ठूलो ढुङ्गासहित पहिरो खस्दा सडक पूर्ण रूपमा अवरुद्ध भएको छ। बुधबार बिहान सडकमाथिबाट चट्ट...
श्रावण १३ गते, २०८३ - १९:३६
पाल्पा । जिल्लाको पूर्वखोला गाउँपालिका –१, सिलुवा सामुङ्गामा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा सामुङ्गा बस्ने २८ वर्षी...
श्रावण १३ गते, २०८३ - १९:३२
काठमाडौं । राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रपति रामचन्द्र पौडेलसँग शीतल निवासमा भेटवार्ता गरेका छन्। बुधबार भएको भेटमा मुलुकको पछिल्लो...
श्रावण १३ गते, २०८३ - १९:२७
काठमाडौं । आन्दोलनरत चिकित्सक र सरकारबीच पाँच बुँदे सहमति भएपछि चिकित्सकहरूले देशभर जारी आन्दोलन फिर्ता लिएका छन्। बुधबार स्वास्थ्य तथा खाद्य स्वच्...
श्रावण १३ गते, २०८३ - १९:०६
काठमाडौं । सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा भएको हिंसात्मक घटनाले देशभर चासो र बहस सिर्जना गरिरहेका बेला बुधबार बसेको मन्त्रिपरिषद् बैठकब...



प्रतिकृया लेख्नुहोस्: