Khabar Dabali ३० मंसिर २०८२ सोमबार | 15th December, 2025 Mon
Investment bank

२०८० कार्तिक ११ देखि १७ गतेसम्मको राशिफल

खबरडबली संवाददाता

मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ ) : यो साता शुभ कार्यको चर्चा चल्नेछ । धर्म, तथा समाजसेवामा मन लाग्नेछ । इच्छा र आकाङ्क्षा पूर्ण हुनेछन् । भाग्योदय हुने योग छ । प्रेम र मित्रताको बन्धन कसिने बेला छ । न्यायिक र प्रशासनिक कार्यमा सफलता मिल्नेछ । नजिकको मित्रसँग भेटघाट हुनेछ । यो साताका लागि शुभ अङ्क ३, ८ र शुभ रङ्ग खैरो वा हरियो हो । कुनै शुभकर्म गर्नु पूर्व बगलामुखीको दर्शन गरी कार्य आरम्भ गर्नाले अधिक सफलता हात पर्नेछ ।

वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो ):  यो साता बेसुरमा वचन दिने बानीले अप्ठ्यारो पार्न सक्छ । सरकारी निकायको भय रहला । कार्यमा सम्पादनमा समस्या आउला । प्रतिस्पर्धीहरूले तपाईंको खुट्टा तान्ने प्रयास गर्नसक्छन् । साताको अन्त्यमा चुनौतीको सामना गर्नुपर्ला । मनमा दुबिधा पनि उत्पन्न हुनेछ । यो साताका लागि शुभ अङ्क ३, ८ र शुभ रङ्ग खैरो वा पर्पल हो । कुनै शुभकर्म गर्नु पूर्व शिवजीको स्मरण गर्नाले अधिक सफलता हात पर्नेछ ।

मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा ): यो हप्ता आफन्तहरूको सहयोगले कामहरू अगाडि बढ्नेछन् । स्वादिष्ट खानेकुरा पनि मिल्नेछ । नयाँ कार्यको चर्चा चल्नेछ । आत्मविश्वास र पराक्रममा वृद्धि हुनेछ । साताको अन्त्यमा भने आफूलाई कमजोर भएको अनुभूति हुनेछ साथै केही कठिनाइको सामना पनि गर्नुपर्ला । यो साताका लागि शुभ अङ्क१,२ र शुभ रङ्ग कालो वा सेतो हो । कुनै शुभकर्म गर्नु पूर्व गणेशजीको दर्शन गरी कार्य आरम्भ गर्नाले अधिक सफलता हात पर्नेछ ।

कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो ): यो साता कुनै कुराले मन प्रसन्न रहनेछ । राजनैतिक क्षेत्रको कार्य विस्तारै अघि बढ्नेछ । मित्र जनको साथ सहयोगले उल्लेख्य कार्य सम्पादन हुनेछ । शुभकार्यको चर्चा चल्नेछ । प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ । यो साताका लागि शुभ अङ्क २, ४ र शुभ रङ्ग गुलाबी वा घ्यू रङ्ग हो । कुनै शुभकर्म गर्नु पूर्व नवग्रहको स्मरण गरी कार्य आरम्भ गर्दा अधिक लाभ मिल्नेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): यो साता स्वास्थ्यमा सुधार आउनेछ । कृषि कार्यमा पनि सफलता मिल्नेछ । नयाँ कामको योजना बन्नेछ । आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । मध्य सातामा अनावश्यक ठाउँमा धन खर्च होला । आफूलाई कमजोर भएको अनुभूति हुनेछ । साताका लागि शुभ अङ्क ६ र शुभ रङ्ग कालो वा हरियो हो । कुनै शुभकर्म गर्नु पूर्व श्रीकृष्णजीको दर्शन गरी कार्य आरम्भ गर्नाले अधिक सफलता मिल्नेछ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो): यो साता महत्त्वपूर्ण कार्यमा व्यवधान आइपर्ला । स्वास्थ्यप्रति सजग रहनुहोला अन्यथा धन खर्च हुनेछ । साताको अन्त्यमा आफन्तले सहयोग गर्नेछन् । घरमा अतिथिको आगमन हुनेछ । शुभ कार्यको चर्चा चल्नेछ । समाजसेवामा मन पनि लाग्नेछ । यो साताका लागि शुभ अङ्क २, ३ र शुभ रङ्ग रातो वा घ्यू रङ्ग हो । कुनै शुभकर्म गर्नु पूर्व दुर्गादेवीको स्मरण गरी यात्रा गर्नाले  अधिक सफलता मिल्नेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु): यो सातामा टाढिएका मित्रसँग नजिकिने समय छ । कुनै महत्त्वपूर्ण कामको जिम्मेवारी आइलाग्नसक्छ । प्रणयप्रसङ्गका लागि श्रेष्ठ समय रहेको छ । रोकिएका काम पुनः सुरु हुन सक्छन् । मध्य सातामा झन्झटिलो काममा संलग्न हुनुपर्ने समय छ । यो साताका लागि शुभ अङ्क ६, ९ र शुभ रङ्ग हरियो हो । कुनै शुभकर्म गर्नु पूर्व बगलामुखीको दर्शन गरी कार्य आरम्भ गर्नाले राम्रो हुन्छ र 

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि):यो साता आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । मानसिक चिन्ता बढेपनि कार्यक्षेत्रमा प्रगति हुनेछ । प्रेमका कोपिलाहरू फक्रिएर जानेछन् । अध्ययनअध्यापनको क्षेत्र भने कमजोर रहन सक्छ । पारिवारिक सद्भाव पनि बढ्नेछ । यो यो साताका लागि शुभ अङ्क २, ९ र शुभ रङ्ग पहेँलो हो । कुनै शुभकर्म गर्नु पूर्व आफ्नो कुलदेवताको स्मरण गरी कार्य आरम्भ गर्नु हाेला ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि): यो साता बुद्धिको उपयोग गर्दा जटिल ठानिएको कामसमेत सम्पादन हुन सक्नेछ । मनमा हर्ष, उमङ्ग र उत्साह छाउला । नयाँ कार्यको योजना बन्ने र विभिन्न अवसर जुर्नेछ । प्रेमीबाट विशेष सहयोग मिल्नेछ । सामाजिक कार्यमा सफलता मिल्नेछ । यो साताका लागि शुभ अङ्क १, ९ र शुभ रङ्ग खरानी वा गुलाबी हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि शिवजीको दर्शन गर्नाले सफलता प्राप्त हाेला ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सुनिता डङ्गोलदेखि अब्दुस मियाँसम्म एमाले केन्द्रीय सदस्य बन्दै

काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशनमा केही चर्चित युवा नेताहरू केन्द्रीय सदस्यको सूचीमा स्थान बनाउन लागेका छन्। प्रतिनिधि मनोनयन पश्चात् यी नयाँ अ...

मकवानपुरमा सिकार दुर्घटना: एकको मृत्यु, एक पक्राउ

मकवानपुर । मकवानपुरको मनहरी–६ सिस्नेरी पाखामा सिकार खेल्न गएका दुईजनामध्ये एक जनाको लडाइँबाट अन्यको मृत्यु भएको छ। राक्सिराङ–८ राजराङका ४५ वर्षीय ग...

एमाले महाधिवेशनमा ओलीपक्षभित्रै तँछाडमछाडकाे अवस्था

महासचिवमा प्रदीप ज्ञवालीको अडान, ओली–पोखरेल भिडन्त जारी

एमाले पदाधिकारी भिडन्तको खाका तयार

ईश्वर पोखरेल अध्यक्ष, महासचिवमा सुरेन्द्र पाण्डे तय

इको पहिरो दीर्घकालीन नियन्त्रणको सहमति, दुई महिनापछि खुल्यो तातोपानी नाका सडक

सिन्धुपाल्चोक । बाह्रबिसे–कोदारी राजमार्गअन्तर्गत पर्ने इको पहिरो दुई महिनाभित्र दीर्घकालीन रूपमा नियन्त्रण गरी बस्ती संरक्षणको काम थाल्ने सहमति भएपछि...

सुन्तला खेतीले उज्यालिँदै भोजपुरका किसानको आर्थिक अवस्था

भोजपुर । भोजपुरका किसानका लागि सुन्तला खेती भरपर्दो आम्दानीको आधार बन्दै गएको छ। व्यावसायिक रूपमा सुन्तला उत्पादन गर्दै आएका किसानले बजार विस्तार र रा...

काम रोकेर छोडियो: दुर्घटनाको पर्खाइमा हेटौँडा बजार

भत्किएका संरचना, स्क्र्याब र फुटपाथ अतिक्रमणले दुर्घटनाको जोखिम बढ्दो

राजनीतिसँगै उद्यमशीलता : दुर्गाजयन्ती राईको कृषिजन्य उत्पादनमा उदाहरणीय यात्रा

खाेटाङ । राजनीति गर्दैमा अरू कुनै पेसा गर्न नहुने भन्ने मान्यता छैन। बरु राजनीतिलाई मात्रै पेसा बनाउँदा देशमा भ्रष्टाचार बढेको आरोप लाग्दै आएको छ। यही...

जेनजी आन्दोलनको प्रभाव : अनुभवी नेताहरूको चुनावबाट स्वैच्छिक अवकाश

काठमाडौँ । सरकारले आगामी फागुन २१ गते प्रतिनिधिसभा निर्वाचन घोषणा गरेसँगै देशभर चुनावी माहोल तातेको छ। नेपाली कांग्रेस, नेकपा (एमाले) र नेकपा लगायत दल...

चोरीको आरोपमा समातिएका युवकको प्रहरी हिरासतमा मृत्यु

काभ्रेपलाञ्चोक । इलाका प्रहरी कार्यालय मंगलटारको हिरासतभित्र रहेको शौचालयमा झुण्डिएको अवस्थामा एक युवक मृत फेला परेका छन्। भ्रेपलाञ्चोकको रोशी गाउँपाल...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending