धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिकामा १५ शय्याको अस्पताल निर्माणको तयारी गरिएको छ । गत असारमै निर्माण सम्पन्न भएर अहिले सो अस्पताल सञ्चालन हुनुपर्ने थियो । तर भवनको जग हाल्ने बाहेक अन्य काम अघि बढ्न सकेको छैन ।
सुरुमा रकम नआएर रोकिएको निर्माण कार्य अहिलेसम्म अघि बढ्न सकेको छैन । कहिले समयमा रकम नआउने त कहिले ठेकोदार कम्पनीको लापरबाहीका कारण समयमै ठेक्का लागे पनि काम भने सुस्त गतिमा भइरहेको पालिका अध्यक्ष ध्रव राज रायले बताए । “सम्झौता अनुसार गत असारमै निर्माण सम्पन्न भई यतिबेला अस्पताल सञ्चालन आउनु पर्ने हो । तर कहिले पसै नआउने कहिले पैसा नभएपछि ठेकेदार हराउने समस्याले अस्पतालको भवन भने जग हाल्ने काम बाहेक केही अघि बढेको छैन” अध्यक्ष रायले भने ।
धनकुटाको छथर जोरपाटी गाउँपालिकाले पाँच शय्याको अस्पताल निर्माणको तयारी गरेको छ । तयारी अनुसार यो वर्षबाट अस्पताल सञ्चालन गर्ने गरी काम अघि बढेको थियो । तर आधाकाम सम्पन्न नहुँदै बजेट आउन रोकिएपछि भवन निर्माण कार्यनै अलपत्र बनेको छ ।
अघिल्लो वर्षसम्म नियमित आएको बजेट यो वर्षबाट रोकिएको छ । अस्पताल निर्माणको काम करिब ५० प्रतिशतमात्र भएको छ ।
‘‘यो वर्षबाट बजेट नआउँदा अहिले काम ठप्प छ । ठेकेदारले बाँकी काम तीन महिनामा सकिन्छ भनेको छ । तर यो वर्ष बजेट नआउँदा थप काम अगाडि बढाउन सकिएको छैन ।’’ पालिका अध्यक्ष छत्र सुब्बाले भने, ‘‘पैसाका लागि पटक–पटक ताकेता गरे पनि कुनै सुनुवाइ भएको छैन । पैसा आएको भए धनकुटामा सबैभन्दा सुरुमा आधारभूत अस्पताल सञ्चालन गर्ने थियौं ।’’
धनकुटाको साँगुरीगढी गाउँपालिकामा आधारभूत अस्पतालका लागि जग्गा प्राप्ति र डिपिआर बाहेक अरु केही काम अघि बढ्न सकेको छैन । अघिल्ला जनप्रतिनिधिले अस्पताल निर्माणको प्रक्रिया नबढाएकाले काममा ढिलाई भएको र अहिले सबै प्रक्रिया पूरा गरी स्वास्थ्य मन्त्रालयमा फाइल पठाइसकेको पालिकाले जनाएको छ । तर मन्त्रालयबाट फाइल स्वीकृत भएर आइनसकेकाले काम अघि बढ्न नसकेको पालिका अध्यक्ष जितेन्द्र रुम्दाली राइले बताए ।
सरकारले एक साथ आधारभूत अस्पतालको सिलान्यास गरेको करिब ३५ महिना बितेको छ । तर योे अबधिमा उपलब्धी भने लगभव शून्य छ । धनकुटाकै चौबिसे गाउँपालिकामा भने ४० प्रतिशत काम भएको छ । आधा पालिकाले आधा संघीय सरकारले खर्चगर्ने गरी सम्झौता भएकाले काम गर्न असहज भएको पालिकाले जनाएको छ । अघिल्ला जनप्रतिनिधिले आधापैसा पालिकाले खर्च गर्ने गरी सम्झौता गर्नु भएको रहेछ पालिकासँग पैसा हुँदैन काम गर्न निक्कै कठिन भइरहेको पालिका अध्यक्ष राजकुमार चेम्जोङ्गले भने । शहिदभूमी गाउँपालिका र पाख्रिवास नगरपालिकामा पनि प्रगति निक्कै न्यून छ ।
स्थानीय सरकार सञ्चालन ऐन २०७४ मा सबै स्थानीय तहमा आधारभूत अस्पताल अनिवार्य निर्माण गर्नुपर्ने व्यवस्था छ । स्वास्थ्यलाई छिटो छरितो तथा सर्वसुलभ बनाउन हरेक स्थानीय तहमा अस्पताल निर्माण गर्ने सङ्घीय सरकारको योजना अनुसार स्थानीय तहमा अस्पताल निर्माणको प्रक्रिया अगाडि बढाइएको हो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण १३ गते, २०८३ - २१:२५
काठमाडौं । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा साउन १० गते राति बोलबम यात्राका क्रममा सुरु भएको सामान्य विवाद केही मिनेटमै साम्प्रदायिक झडपमा...
श्रावण १३ गते, २०८३ - २१:१८
पाँचथर । सिँचाइ कुलोको मुहान मर्मत गर्ने लिखित सहमति कार्यान्वयन नभएको भन्दै पाँचथरका किसानले जलविद्युत् आयोजना बन्द गराएर आन्दोलन सुरु गरेका छन्। ...
श्रावण १३ गते, २०८३ - २०:४६
झापा । जंगली हात्ती धपाउन आफ्नै बारीमा बिछ्याइएको नाङ्गो विद्युतीय तार छोएर करेन्ट लाग्दा झापामा एक महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा भद्रपुर नग...
श्रावण १३ गते, २०८३ - १९:४९
पर्सा । ज्यान मार्ने उद्योग मुद्दामा फरार रहेका एक प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका–१८ इनर्वाका ६५ वर्षीय ...
श्रावण १३ गते, २०८३ - १९:३९
काठमाडौं । देशभर मनसुनी प्रणाली सक्रिय रहेकाले आज रातिदेखि लगातार तीन दिनसम्म विभिन्न स्थानमा वर्षाको सम्भावना रहेको छ। जल तथा मौसम विज्ञान विभागले वि...
श्रावण १३ गते, २०८३ - १९:३८
कालीकोट । कर्णाली राजमार्गअन्तर्गत कालीकोटको चौखोला क्षेत्रमा ठूलो ढुङ्गासहित पहिरो खस्दा सडक पूर्ण रूपमा अवरुद्ध भएको छ। बुधबार बिहान सडकमाथिबाट चट्ट...
श्रावण १३ गते, २०८३ - १९:३६
पाल्पा । जिल्लाको पूर्वखोला गाउँपालिका –१, सिलुवा सामुङ्गामा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा सामुङ्गा बस्ने २८ वर्षी...
श्रावण १३ गते, २०८३ - १९:३२
काठमाडौं । राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रपति रामचन्द्र पौडेलसँग शीतल निवासमा भेटवार्ता गरेका छन्। बुधबार भएको भेटमा मुलुकको पछिल्लो...
श्रावण १३ गते, २०८३ - १९:२७
काठमाडौं । आन्दोलनरत चिकित्सक र सरकारबीच पाँच बुँदे सहमति भएपछि चिकित्सकहरूले देशभर जारी आन्दोलन फिर्ता लिएका छन्। बुधबार स्वास्थ्य तथा खाद्य स्वच्...
श्रावण १३ गते, २०८३ - १९:०६
काठमाडौं । सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा भएको हिंसात्मक घटनाले देशभर चासो र बहस सिर्जना गरिरहेका बेला बुधबार बसेको मन्त्रिपरिषद् बैठकब...



प्रतिकृया लेख्नुहोस्: