काठमाडौँ । काठमाडौँ महानगरपालिकी उपमेयर सुश्री सुनिता डंगोलले फरक क्षमता भएका बालबालिकाहरूलाई राज्यले विशेष प्रकारको सेवा सुविधा प्रदान गर्नुपर्ने धारणा राखेकी छन् । उपमेयर डंगोलले एशिया प्यासिफिक डाउन सिन्ड्रोम फेडेरेसन(एपिडिएसफ)को वार्षिक साधारणसभा उद्घाटन समारोहमा सो विचार व्यक्त गरेकी हुन् ।
एपिडिएसफको वार्षिक साधारण सभा अक्टोबर २५ देखि २८, २०२३ सम्म मेरियट होटल, नक्साल, काठमाडौंमा भैरहेको छ । कार्यक्रमको दोस्रो दिन आज बिहीबार काठमाडौँ महानगरपालिका उपमेयर सुश्री सुनिता डङ्गोलले वार्षिक साधारणसभाको उद्घाटन गर्दै फरक क्षमता भएका बालबालिकाहरूको स्वास्थ्य, शिक्षा र बाँकी जीवनयापनका सन्र्दभमा राज्यबाट सहयोग पाउन सकेको खण्डमा प्रभावकारी हुने विश्वास समेत व्यक्त गरिन् ।
साधारणसभामा विभिन्न ८ देशका प्रतिनिधिहरूको सहभागिता रहेको एशिया प्यासिफिक डाउन सिन्ड्रोम फेडेरेसनका उपाध्यक्ष तथा डाउन सिन्ड्रोम हेल्थ सर्पोट एसोसिएसनका अध्यक्ष डा. ललिता जोशीले बताइन् ।
एपिडिएसएफका अध्यक्ष एन. रमाचन्द्रनमले स्वागत मन्तव्य राखेका थिए भने उपाध्यक्ष डा. ललिता जोशीले सबैलाई धन्यवाद ज्ञापन गरेकी थिइन् । सो अवसरमा डाउन सिन्ड्रोम भएका बालबालिकाहरूले कुशल नृत्य समेत प्रस्तुत गरेका थिए ।
एपिडिएसएफको चिकित्सा समितिको बैठक डा. भवानी श्रीराम÷प्रदीप कुमारको अध्यक्षतामा सम्पन्न भयो । त्यस्तै, कर्नेल सुवास थापा (संस्थापक ह्याट एकेडेमी)ले सगरमाथा मापन सम्बन्धमा जानकारी दिएका थिए । डाउन सिन्ड्रोम भएका व्यक्तिहरूको लागि शिक्षा प्रणालीको लागि अगाडिको बाटोका सम्बन्धमा श्रीमती डी सविथा (भारतीय प्रशासनिक सेवाबाट सेवानिवृत्त)ले प्रस्तुतीकरण गरेकी थिइन् । त्यसैगरी सामाजिक सञ्जाललाई एक उपकरणको रूपमा प्रयोग गरेर सशक्तिकरण गर्ने बारेमा प‘ल जानोन प्रस्तुती दिएका थिए । सो अवसरमा डाउन सिन्ड्रोम अष्ट्रेलियाबाट निर्माण गरिएको स्वास्थ्य रेकर्ड एप र राम्रो स्वास्थ्य एपबारेमा जुममार्फत जानकारी दिएको थियो ।
एशिया प्यासिफिक डाउन सिन्ड्रोम फेडेरेसन (एपिडिएसएफ) एक स्वतन्त्र निकाय हो । जसले एशिया प्रशान्त क्षेत्रहरूमा डाउन सिन्ड्रोम भएका अभिभावक, हेरचाहकर्ता र व्यक्तिगतहरूलाई समर्थन गर्दछ । यसका सदस्यका रूपमा २० भन्दा बढी देशहरू छन् र दुई दशकभन्दा बढी समयदेखि सेवाहरू प्रदान गर्दै आएका छन् संयुक्त राष्ट्रको आर्थिक तथा सामाजिक परिषद् (इकोसोक)सँग सल्लाहकारको स्थितिमा छन् ।
एपिडिएसएफले डाउन सिन्ड्रमको जनसंख्यालाई स्वतन्त्र, सम्मानित जीवन बिताउन मद्दत गर्न अपनाएका उत्कृष्ट अभ्यासहरूका बारेमा सदस्य राष्ट्रहरूबिच एकआपसमा साझा गर्न र सिक्न वातावरण तयार गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्दै आइरहेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण १३ गते, २०८३ - २१:२५
काठमाडौं । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा साउन १० गते राति बोलबम यात्राका क्रममा सुरु भएको सामान्य विवाद केही मिनेटमै साम्प्रदायिक झडपमा...
श्रावण १३ गते, २०८३ - २१:१८
पाँचथर । सिँचाइ कुलोको मुहान मर्मत गर्ने लिखित सहमति कार्यान्वयन नभएको भन्दै पाँचथरका किसानले जलविद्युत् आयोजना बन्द गराएर आन्दोलन सुरु गरेका छन्। ...
श्रावण १३ गते, २०८३ - २०:४६
झापा । जंगली हात्ती धपाउन आफ्नै बारीमा बिछ्याइएको नाङ्गो विद्युतीय तार छोएर करेन्ट लाग्दा झापामा एक महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा भद्रपुर नग...
श्रावण १३ गते, २०८३ - १९:४९
पर्सा । ज्यान मार्ने उद्योग मुद्दामा फरार रहेका एक प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका–१८ इनर्वाका ६५ वर्षीय ...
श्रावण १३ गते, २०८३ - १९:३९
काठमाडौं । देशभर मनसुनी प्रणाली सक्रिय रहेकाले आज रातिदेखि लगातार तीन दिनसम्म विभिन्न स्थानमा वर्षाको सम्भावना रहेको छ। जल तथा मौसम विज्ञान विभागले वि...
श्रावण १३ गते, २०८३ - १९:३८
कालीकोट । कर्णाली राजमार्गअन्तर्गत कालीकोटको चौखोला क्षेत्रमा ठूलो ढुङ्गासहित पहिरो खस्दा सडक पूर्ण रूपमा अवरुद्ध भएको छ। बुधबार बिहान सडकमाथिबाट चट्ट...
श्रावण १३ गते, २०८३ - १९:३६
पाल्पा । जिल्लाको पूर्वखोला गाउँपालिका –१, सिलुवा सामुङ्गामा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा सामुङ्गा बस्ने २८ वर्षी...
श्रावण १३ गते, २०८३ - १९:३२
काठमाडौं । राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रपति रामचन्द्र पौडेलसँग शीतल निवासमा भेटवार्ता गरेका छन्। बुधबार भएको भेटमा मुलुकको पछिल्लो...
श्रावण १३ गते, २०८३ - १९:२७
काठमाडौं । आन्दोलनरत चिकित्सक र सरकारबीच पाँच बुँदे सहमति भएपछि चिकित्सकहरूले देशभर जारी आन्दोलन फिर्ता लिएका छन्। बुधबार स्वास्थ्य तथा खाद्य स्वच्...
श्रावण १३ गते, २०८३ - १९:०६
काठमाडौं । सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा भएको हिंसात्मक घटनाले देशभर चासो र बहस सिर्जना गरिरहेका बेला बुधबार बसेको मन्त्रिपरिषद् बैठकब...



प्रतिकृया लेख्नुहोस्: