काठमाडाैं । दशैंकाे सुरुवाती सँगै गाउँघरमा माटाेकमेराेका जाेहाे हुने गर्दथ्याे । तर केही वर्षदेखी गाउँघरमा माटाेकमेराेकाे जाेहाे हुन छाडेकाे छ ।
घटस्थापनाकै दिनबाट रातोमाटो र कमेरोको जोहो गर्ने स्थानीयहरु यतिबेला बजारबाट आयातित रंग लिन बजार धाउन थालेका छन् । गाउँमा देिखने घरहरुरूको पहिचान नै थियो कमेरो र रातोमाटो । तर, हिजोआज चुना र आयातित रङले सजाउन थालिएको छ । आधुनिकताले परम्परागत घर विस्थापित हुँदै गएपछि रातोमाटो र कमेरोको प्रयोग हराएको गाउँमा बस्ने बुढापाकाहरु बताउँछन् ।
पछिल्लाे समय भुकम्प पछिका घरहरु आधुनिक तरिकाले निर्माण भएका कारण पनि गाउँघरमा राताे माटाे र कमेरेकाेकाे जाेहाे हुन छाडेकाे ओखलढुंगाकाे लिखु गाउँपालिका-६ का लेकिन्द्र भ६्६राइले बताए । दसैँ नजिकै गर्दा रातोमाटो र कमेरो ल्याउन भ्याइ नभ्याइ हुने गरेकाे भए पनि अहिले हरेक घरहरुमा सिमेन्ट प्लाष्टर भएकाले सहज भएकाे उनकाे भनाइ छ । कतिपय स्थानमा राताेमाटाे र कमेराेकाे खाडीमा पहिराेका कारण ज्यान समेत जाने पिरलाे हुने भए पनि अहिले त्याे पिपरलाे हुने नगरेकाे भट्टराईले बताए ।
पछिल्ला केही वर्ष देखी माटो र कमेराे लिन जान छाडिसकेकाले गाउँघरमा सडक पुगेपछि रातोमाटो र कमेरोको चलन हराउन थालेकाे साेही स्थानका मुक्तिबहादुर सार्कीले बताए । यतिबेला त कमेरो निकाल्ने ठाउँ पनि नपाइने उनले बताए ।
आधा-आधा भाग कमेरो र रातोमाटोले पोत्ने घरहरूको पहिचान नै भए पनि हिजोआज चुना र आयातित रङले सजाउन थालिएको छ । आधुनिकताले परम्परागत घर विस्थापित हुँदै गएपछि रातोमाटो र कमेरोको प्रयोग हराएको छ ।
५/६ वर्ष पहिलासम्म कमेरो लाउनेहरू गाडि सुविधासँगै अहिले गेरु, इनामेल र चुनालगायत प्रयोग गर्न थालेकाे रामेछापकाे मन्थली नगरपालिका १० का रामहरि श्रेष्ठकाे भनाइ छ । अहिले त सबैले चुनाले घर रंगाउने र छोराछोरी पनि कमेरो लाउन नमान्ने उनले बताए । पहिला कमेरोले घर पोत्दा देवता पनि खुसी हुन्छन् भन्ने गरिए पनि अब पुराना कुरा हराउँदै गएका श्रेष्ठले बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १२ गते, २०८२ - ०८:५८
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि तरकारी, फलफूल तथा अन्य कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार आज काली...
पौष १२ गते, २०८२ - ०८:५४
काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले अस्थायी मतदाता नामावलीमा समावेश हुने मतदाताको स्पष्ट मापदण्ड निर...
पौष १२ गते, २०८२ - ०८:५२
काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आजका लागि निर्धारित विनिमयदर अनुसार अमेरिकी डलरको मूल्य पुन...
पौष १२ गते, २०८२ - ०८:२३
अर्घाखाँची । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (माओवादी) को कम्युनबाट प्रहरीले भरुवा बन्दुकसहित ठूलो परिमाणमा विस्फोटक पदार्...
पौष १२ गते, २०८२ - ०८:२३
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आज प्रमुख तीन दलका शीर्ष नेतासँग निर्वाचनको विषयमा छलफल गर्ने भएकी छन् । राष्ट्रपति रामचन्द्र पौडेलको पहलमा श...
पौष १२ गते, २०८२ - ०७:५४
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि बस्ने भएको छ । पछिल्ला केही दिनदेखि निरन्तर जारी बैठक आज दिउँसो १ बजे पार्टी क...
पौष १२ गते, २०८२ - ०७:५२
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले आज राजधानी काठमाडौंका विभिन्न स्थानमा बिजुली कटौती हुने जनाएको छ । प्राधिकरणका अनुसार पानीपोखरी फिडर र हस्पिटल फ...
पौष १२ गते, २०८२ - ०७:५१
काठमाडौं । सरकारले विद्युतीय प्रसारण लाइनको तारमुनि पर्ने जग्गाको कित्ताकाट गर्न पाइने व्यवस्था गरेको छ । भूउपयोग नियमावली, २०७९ को तेस्रो संशोधनमार्फ...
पौष १२ गते, २०८२ - ०७:३८
काठमाडौं । देशभर पश्चिमी वायुको आंशिक प्रभाव कायमै रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल तराईका केही स्थानहरूमा हुस्सु तथा कुहिरो लागेको छ भ...
पौष ११ गते, २०८२ - २२:०६
ओखलढुंगा । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि ओखलढुङ्गामा नेकपाकाे उम्मेदवारी सिफारिसमा विवाद उत्पन्न भएको छ। शुक्रवार जिल्ला...




प्रतिकृया लेख्नुहोस्: